बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

प्रकाशित मिति । २५ बैशाख २०७९।

काठमाडौं : साहित्यकार मनोज राज सुवेदी अब गीत लेखनमा पनि सक्रिय हुन थालेका छन्। झन्डै एक दशकदेखि अनवरत कविता लेख्दै आएका सुवेदीले पहिलो गीत बजारमा ल्याएका छन्।

केही दिन अघि उनले लेखेको गीत ‘मलाई भन्थे सबैले’ ओएसआर डिजिटलको युट्युव च्यानलबाट बजारमा सार्वजनिक गरिएको हो। गीतमा लोकप्रिय गायक प्रवीण बेडवालको सुमधुर आवाज रहेको छ।

त्यस्तै, लोकप्रिय संगीतकार महेश खड्काले गीतमा संगीत भरेका छन्। महाराज थापाको गीतमा अरेन्जमेन्ट छ। गीत सुन्दा निकै मर्मस्पर्शी शब्दहरूले कानलाई आनन्दित दिलाउँछन्। सुवेदीले लेखेको यो गीत पहिलो हो जस्तो लाग्दैन। निकै निखारिएका शब्दहरू छन् गीतमा।

गीत लेखनमा सुवेदीको डेव्यू भएपनि उत्कृष्ट शब्दहरु छन्। गीतको भाव अनुसारको संगीत र गायिकी छ। त्यसैले पनि होला यो गीतले सुन्ने जोकोहीको मन छुन्छ। गीतको भिडियो भने सामान्य बनाइएको छ।

स्टुडियो भर्सनमा तयार गरिएको भिडियोमा प्रवीण बेडवाल नै फिचर्ड छन्। सर्जक सुवेदीलाई पनि भिडियोमा देख्न सकिन्छ। पूजा ठकुरीको निर्देशनमा तयार भएको भिडियोलाई मुकेश हुमागाइँले खिचेका हुन् भने विनोद बमले सम्पादन गरेका छन्।

गीतले यतिबेला निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। सुवेदीलाई पनि शब्द लेखनको तारिफ मिलिरहेको छ। उत्कृष्ट कविता लेख्दै आइरहेका सुवेदीले गीत पनि अब्बल तरिकाले लेख्न सक्छन् भन्ने आभाष यो गीतले गराएको छ। भिडियो..


Last Updated on: May 8th, 2023 at 2:38 pm


२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया