सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


१० वटा डोजर चलाएर एकै छिनमा खाली गराइयो बस्ती

२०८० वैशाख ६ गते १९:०६

६ वैशाख, विराटनगर । अदालतले रिट खारेज गरेको २४ घण्टा नबित्दै सुनसरीको दुहबी नगरपालिकाले ५० वर्ष पुरानो बस्तीमा डोजर चलाएको छ । दुहबी नगरपालिका– ५ दुहबी बजारको पुरानो बस्तीमा मंगलबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाको ९ कट्ठा साढे ९ धुर जग्गामा निर्माण भएको संरचना हटाएर खाली गराएको छ ।

नगरपालिकाका प्रवक्ता विजयकुमार चौधरीका अनुसार नगरपालिकाको नाममा रहेको जग्गामा निर्माण भएको संरचना खाली गराउन सूचना जारी गरे पनि स्थानीय वासिन्दाले ठाउँ छाड्न मानेका थिएनन् । नगरपालिकाले एक्कासी डोजर प्रयोग गर्दा दुहबी बजार क्षेत्र मंगलबार दिनभर तनाबग्रस्त बनेको थियो ।

नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गामा बनेको संरचना हटाउन गत पुसमा ३५ दिने सूचना जारी गरेको थियो । तर सो क्षेत्रका बासिन्दाले पुस १५ गते उच्च अदालत विराटनगरमा नगरपालिकाको सूचना विरुद्ध रिट दायर गरेका थिए ।

वैशाख ४ गते उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारी र किरणकुमारी गुप्ताको इजलासले रिट खारेज गरेपछि नगरपालिकालाई संरचना भत्काउने बाटो खुलेको थियो । रिट खारेज भएपछि कार्यपालिका बैठक बसेर भत्काउने निर्णयलगत्तै डोजर प्रयोग भएको चौधरीले बताए ।

उनका अनुसार डोजर प्रयोग गरेर खाली गराइएको क्षेत्रमा २०३० साल भन्दा अगाडिदेखि बसोबास गरिरहेका मानिसहरु थिए । सुरुमा झुप्रा संरचना बनाएर बसेको पातलो बस्तीमा बजार बढेपछि संरचना र बस्ती थपिएको थियो ।

संरचना हटाएको स्थानमा व्यापारिक कम्प्लेक्स निर्माण गर्ने पालिकाको तयारी छ । ‘त्यहाँ अब मल बन्छ, त्यसको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको छ’, प्रवक्ता चौधरीले भने, ‘उच्च अदालत विराटनगरले नगरपालिकाको पक्षमा फैसला गरेपछि संरचना हटाउन सहज भयो ।’ अब सपिङ कम्प्लेक्स निर्माण भएपछि विस्थापितलाई नै मलभित्र व्यवसाय गर्नका लागि प्राथमिकतामा राखिने नगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोधका कारण विराटनगर धरान जोड्ने ६ लेन सडकको काम दुहबी खण्डमा अगाडि बढेको छैन । दुहबीबाट दक्षिण तर्फको क्षेत्रमा ६ लेन सडक निर्माणको काम भइरहेको छ । उत्तरतर्फ पनि काम अन्तिम चरणमा छ ।

दुहबी बजार क्षेत्रको करिब २ किलोमिटर खण्डमा सडक विस्तारको काम अघि बढेको छैन । सडक निर्माण नहुँदा दुहबी बजार क्षेत्रमा ट्राफिक जाम छ । नगरपालिकाले खाली गराएको क्षेत्र ६ लेन सडकको क्षेत्रभित्र नै पर्छ ।

मुख्यमन्त्री अधिकारीलाई माओवादीको जवाफ : समर्थन दिन सक्दैनौं

९ वैशाख, काठमाडौं । माओवादी केन्द्र, संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखेका छन् । त्यसक्रममा उनले माओवादीलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए ।

छलफलमा भाग लिँदै माओवादी संसदीय दलका नेता चुमानले आफ्नो दलले समर्थन फिर्ता लिएरै यो अवस्थामा आइपुगेकाले समर्थन गर्न नसक्ने बताएका छन् । उनले भने, ‘मुख्यमन्त्रीजीले जो प्रस्ताव राख्नु भएको छ, हामीले समर्थन दिनसक्ने भएन ।’

उनले यो विवादको उत्पत्ति प्रदेशमा नभई संघमा भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन सत्ता गठबन्धनको घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहकार्य हुनुपर्ने भएपनि त्यसो नभएको उनले बताए ।


Last Updated on: April 22nd, 2023 at 6:36 pm


९१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया