सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


९ चैत २०८०

काठमाडौँ — वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको ६३ लाख रुपैयाँ ठगी गरेका छन् । उनीहरुबाट ६३ लाख रुपैयाँ ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौँको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि सात लाख रुपैयाँ लाग्ने भन्दै रकम ठगेको पाइएको छ । दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक एक लाख रुपैयाँ कमाइ हुने लोभ देखाएका थिए ।

पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई गएराति झापाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौँमा पठाइएको राठौरले जानकारी दिए ।

यस्तै कार्यालयले फेसबुकको दुरुपयोग गरी मानिसको चरित्रहत्या गर्ने दोलखाका शम्भूलाई पनि पक्राउ गरी थप कारबाहीका लागि ललितपुर प्रहरीलाई बुझाएको प्रहरी उपरीक्षक राठौरले बताए ।

रामेछाप — रामेछापको मन्थली नगरपालिका ३ मा शुक्रबार अपराह्न परेको चट्याङका कारण दुई जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चट्याङ लागेर घाइते हुनेमा रालटारकी ४० वर्षीया सुमित्रा कार्की र उनकै ९ वर्षीया छोरी अनिता कार्की रहेका छन् ।

रणजोर खोलामा कपडा धुँदै गरेका आमाछोरी चट्याङ लागेर घाइते भएपछि उपचारका लागि नजिकैको मन्थली लगिएको थियो ।

यसैबीच शुक्रबार अपराह्न परेको चट्याङ लागेर दोरम्बा शैलुङ गाउँपालिका १ डडुवाका तुलबहादुर तामाङको खोरमा बाँधेरका १५ वटा बाख्रा मरेको पनि जिल्ला प्रहरी काार्यलयले जनाएको छ ।

शुक्रबार साँझ हावाहुरी, असिनापानी र चट्याङ परेको थियो । असिनाले केही क्षेत्रमा बालीनाली र फलफूल खेतीमा क्षति पुर्‍याएको छ ।


Last Updated on: April 22nd, 2023 at 3:12 pm


२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया