बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


उपत्यकामा धमाधम बढ्न थाले बिजुली ट्याक्सी

१७ वटा भइसके दर्ता

प्रचण्ड सरकारले विद्युतीय सुबिधा बिस्तार गरेपछि एलेक्ट्रीक ट्याक्सी सहज भएको हो

माओवादीका जनार्दन शर्मा उर्जामन्त्री भएको बेला लोडसेडिङ मुक्त भएको हो, त्यतिबेला सरकारको नेतृत्व पनि प्रचण्डले नै गरेका थिए ।

प्रकाशित मिति । ५ चैत २०७९ ।

५ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्न थालेको छ । साना ठूला सवारीको कार्यालय, एकान्तकुनाका अनुसार अहिलेसम्म १७ वटा विद्युतीय ट्याक्सी दर्ता भएर सञ्चालनमा आइसकेका छन् ।

‘सट्टा दर्तामा अब विद्युतीय ट्याक्सीहरु दर्ता हुने क्रम बढेको छ,’ कार्यालयका प्रमुख मदन पोखरेलले भने,‘अब उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दै जान्छ ।’

बागमती प्रदेशले प्रदेशभित्र नयाँ र सट्टा दर्ता हुने ट्याक्सीहरुलाई अनिवार्य रुपमा विद्युतीय बनाउने गरी मापदण्ड ल्याएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमतीले जारी गरेको ‘सार्वजनिक यात्रुबाहक ट्याक्सी सेवाको गुणस्तर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८’ अनुसार ट्याक्सी धनीहरुले विद्युतीय ट्याक्सी किन्न थालेका हुन् ।

मापदण्डअनुसार विद्युतीय ट्याक्सीलाई साधाराण ट्याक्सी र विशेष (डिलक्स) ट्याक्सीमा वर्गीकरण गरी दुई किसिममा वर्गीकरण गरिएको छ । मापदण्डअनुसार २० वर्ष पुगेका काठमाडौं उपत्यकाभित्र चल्ने ट्याक्सीको सट्टा नयाँ ट्याक्सी किन्दा विद्युतीय नै किन्नुपर्ने अवस्था छ ।

सरकारले साधारण र डिलक्सका लागि छुट्टाछट्टै दरमा ट्याक्सी भाडा तय गर्ने भनिए पनि अहिलेसम्म फरक दर तय भएको छैन ।

नयाँ मापदण्डअनुसार २० वर्षअघि नै कसैले ट्याक्सीको सट्टा दर्ता गर्न चाहेमा कम्तीमा ट्याक्सीको उत्पादन अवधि १५ वर्ष पुगेको हुनुपर्छ । ट्याक्सीभित्र डिजिटल डिस्प्ले बोर्डसहितको मिटर जोड्नेपर्ने व्यवस्था मापदण्डले गरेको छ ।

प्रदेश सरकारले विशेष प्रकृतिका ट्याक्सीमा रुपमा सेडान कार र भ्यान दुबै प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । अहिलेसम्म नेपालमा भ्यानलाई ट्याक्सीका रुपमा प्रयोग गर्ने अभ्यास छैन ।

मन्त्रालयले ‘ट्रान्समिसन’लाई अटोमेटिक हुनुपर्ने, बुट स्पेस (डिकी) साधाराण ट्याक्सीको लागि २०० लिटर र विशेषका लागि २५० लिटरमाथि हुनुपर्ने भनिएको छ । साधारण ट्याक्सीको मोटर क्षमता ३० किलोवाट र विशेष ट्याक्सीको ५० किलोवाट त्यसभन्दा माथि हुनुपर्ने व्यवस्था छ ।

साधारण ट्याक्सीका लागि २० किलोवाट आवर र विशेषका लागि ४० किलोवाट आवर सोभन्दा माथिको लिथिम आयोन ब्याट्री हुनुपर्ने भनिएको छ । ग्राउन्ड क्लेयरेन्स साधारणका लागि १७० एमएम र विशेषका लागि १७५ एमएम अनिवार्य गरिएको छ ।

साधारणमा ड्राइभर एयरब्याग र विशेष्मा डुअल एयरब्याग हुनुपर्ने मापदण्ड छ । साधारणमा जीपीएस सिस्टम आवश्यक भनिएपनि विशेषका लागि अनिवार्य गरिएको छ ।

साधारण ट्याक्सी कम्तीमा एक पटकको चार्जमा २१० किलोमिटर गुड्न सक्ने हुनुपर्ने र विशेषका लागि २७५ किलोमिटरको रेन्ज हुनुपर्ने तोकिएको छ । साधारण ट्याक्सीमा दुर्घटना हुँदा खुल्ने ‘एयरब्याग’ ड्राइभरका लागि मात्रै अनिवार्य गरिएको छ । धेरै भाडा खर्चिन नसक्ने यात्रुको सुरक्षा पक्षलाई ध्यान दिएर मापदण्ड बनाइएको छैन ।

विशेष (डिलक्स) ट्याक्सी भनिए पनि त्यसमा वाइफाइ, गाडीभित्रको हेड रुम, लेग रुमसहितको पर्याप्त स्पेसबारेको मापदण्ड, मोबाइल चार्ज गर्ने सुविधा, कप होल्डर, र विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल, टाउको अड्याउने हेड रेस्ट, पछाडिसम्म वातानुकूलित गर्ने गरी एसी, पछाडिको भागमा टच स्क्रिनसहितको डिस्प्ले मापदण्डले अनिवार्य गरेको छैन ।

मापदण्डअनुसार अहिले ट्याक्सी धनीले साधारण ट्याक्सीका रुपमा टाटाको एक्प्रेस टी ईभीलाई विद्युतीय ट्याक्सीका रुपमा दर्ता गरिरहेका छन् । अन्य कम्पनीहरु पनि विद्युतीय ट्याक्सी ल्याएर बजारमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।


Last Updated on: April 18th, 2023 at 11:08 am


७३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया