सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


८३ करोड विद्युत् महसुल नतिर्ने २ उद्योगको काटियो लाइन

प्रकाशित मिति । ४ चैत २०७९ ।

४ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने उद्योगहरुमा लाइन काट्न थालेको छ । पछिल्लो एक हप्तामा प्राधिकरणले ८३ करोड रुपैयाँबराबर विद्युत मसुल नतिर्ने २ ठूला उद्योगहरुमा लाइन काटेको छ ।

प्राधिकरणले आइतबार रोल्पाको रोल्पा सिमेन्ट उद्योगमा लाइन काटेको थियो । कम्पनीले ८ करोड ४४ लाख रुपैयाँ महसुल नतिरेपछि उद्योगमै लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

शुक्रबार पनि प्राधिकरणको करिब ७५ करोड महसुल बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटिएको थियो । लामो समयसम्म बक्यौता भुक्तानमिा चासो नदिएपछि लाइन काटिएको प्राधिकरणे जनाएको छ । सोनाले डेडिकेटेडबापतको ३२ करोड ९४ लाख र पछिको ४१ करोड ६६ लाख बक्यौता तिर्न बाँकी छ ।

प्राधिकरणको बक्यौता ४० अर्ब नाघिसकेको छ । डेडिकेटेडबापतकै महसुल २० अर्ब नाघेको छ ।

अर्थतन्त्रमा केही अप्ठ्यारा छन्, सरकार र निजी क्षेत्र मिलेर हटाउनुपर्छ : अर्थमन्त्री महत

काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा केही अप्ठ्यारा र व्यवधान रहेको उल्लेख गर्दै निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटवार्तामा महतले भने, ‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ ।

तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं, अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर व्यवधान हटाउनुपर्छ ।’ राजनीतिक विषय र आर्थिक दायित्वबीच तादम्यता नहुँदा पनि समस्या सिर्जना भएको उनले बताए ।

बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वलाई राजनीतिक क्षेत्रबाट आर्थिक स्रोतको पहिचान र परिचालन गरी सँगसँगै लैजानुपर्नेमा त्यसो हुन नसकेको महतको भनाइ छ । ‘हामीले प्रतिस्पर्धा गर्दै गयौं, परिवेश र वास्तविकता अर्कोतिर थियो’ उनले भने ।

उद्योगी र बैंकहरुले एकअर्कालाई सहयोग गर्नुपर्नेमा महतले जोड दिए । ‘महासंघको नेतृत्व बैंकरको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं’ उनले भने ‘यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’

अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरिरहेको बताए । अहिले बैंकर्स संघले घटाएको ब्याजदरले अप्ठ्यारोलाई सहज बनाउन मद्दत पुग्ने महतको भनाइ छ । ‘निजी क्षेत्रले पनि वास्तविकता भन्नुहोस्, मौद्रिक नीतिमार्फत सम्बोधन गराउन सरकार तयार छ’ उनले भने ।

काठमाडौँ — फ्रेन्ड्स क्लबले सोमबार सहिद स्मारक लिग ए डिभिजन ०७८–०८० मा प्रभावशाली जित निकाल्दै आफूमाथि रहेको रेलिगेसन दबाब कम गरेको छ । सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० ले हरायो ।

त्यसका लागि राफिक अमिनुले २ तथा अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले १/१ गोल गरे ।

फ्रेन्ड्सको यो दोस्रो जित हो र यससँगै उसको ८ अंक भएको छ । हिमालयन भने ९ अंकमै सीमित रह्यो ।

च्यासलमा भएको अर्को खेलमा चर्च ब्वाइज र थ्री स्टारले निरश गोलरहित बराबरी खेले । चर्च ब्वाइजको यो लगातार छैटौं बराबरी हो । यो नतिजापछि दुवै टिम समान १५/१५ अंकमा रहे ।


Last Updated on: April 17th, 2023 at 8:50 pm


९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया