सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

प्रकाशित मिति । २ चैत २०७९ ।

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार विहान बसेको नेपाल बैंकर्स संघको बैठकले १ वैशखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।

१ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको उनले बताए ।

यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएको कोइरालाले जानकारी दिए ।

सुजन बागले जिब्रो छेडाए

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–८ बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर बिस्काः (बिस्केट) जात्राअन्तर्गत जिब्रो छेड्ने जात्राको परम्परा जोगाएका छन् । उनले पहिलोपल्ट जिब्रो छेडाएका हुन् ।

जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुर थिमि बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । यसअघि उनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पल्ट जिब्रो छेडाइसकेका छन् भने सुजनले यसवर्ष जिब्रो छेडाएर बुबाको बिडो थामेका हुन् ।

दुई दशकभन्दा बढी जिब्रो छेड्ने जात्राको परम्परा सुजनकै परिवारले धानिसकेका छन् । सुजनका बुबा बुद्धकृष्णले ९ पल्ट, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाएका छन् । ‘उहाँहरुले जोगाउनुभएको संस्कृति बचाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ, मैले आफ्नो कर्तव्य पालनामात्र गरेको हुँ,’ उनले भने ।

हालसम्म क–कसले जिब्रो छेडाए भन्ने एकीन तथ्यांक नभए पनि स्थानीयका अनुसार बुद्धकृष्णले ९, कृष्णचन्द्र बाग श्रेष्ठले १२, हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७,

दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, बुद्धचन्द्र बागश्रेष्ठले ७, जुजुभाइबास श्रेष्ठले ८ जिब्रो छेडाएर मौलिक परम्परा धानेका छन् । सुजनलाई शनिबार दिउँसो उनकै ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडिदिएका छन् ।

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेवासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । तीनदिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ ।

जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नुअघि शक्तिपिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि अर्धचन्द्राकार बत्ति (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।

जिब्रो छेडेर नगर परिक्रमा गराएर बोडेकै महालक्ष्मी मन्दिर परिक्रमा गराई सुइरो झिकेर महालक्ष्मी मन्दिरमै ठोक्ने परम्परा छ। जिब्रोबाट सुइरो निकालेपछि महालक्ष्मी मन्दिरकै माटो जिब्रोमा लगाइदिन्छ ।


Last Updated on: April 16th, 2023 at 12:27 am


१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया