बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । २६ चैत्र २०७९ ।

काठमाडौँ — पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा आइतबार सुशील विष्ट निर्वाचित भएका छन् । उनले अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

विष्टले स्वतन्त्र विद्यार्थी समूहभन्दा पनि नेपाल विद्यार्थी संघको बागी उम्मेदवार हुन् । सचिव र कोषाध्यक्षमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।

सचिवमा अविनाश भण्डारी र कोषाध्यक्षमा तिलकबहादुर कुमाल निर्वाचित भएका निर्वाचन अधिकृत छविराम बरालले जानकारी दिए । समानुपातिकतर्फ भने अनेरास्ववियुले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

समानुपातिकमा प्राप्त गरेको मतको आधारमा उपाध्यक्ष, सहसचिव लगायत ५० प्रतिशत सदस्य निर्वाचित गर्ने व्यवस्था छ ।

त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गते स्ववियु निर्वाचन गर्न निर्देशन दिएको थियो । तोकिएको मितिमा निर्वाचन गराउन नसक्ने क्याम्पसले एक महिनाभित्र निर्वाचन गराउनु पर्ने व्यवस्था गरिएको छ । त्यस व्यवस्थाअनुसार काठमाडौं उपत्यका र बाहिरका क्याम्पसहरुमा क्याम्पसहरुले निर्वाचनको मिति घोषणा गरेका छन् ।

काभ्रे — जिल्लाको रोशी गाउँपालिका–९ स्थित मंगलटारमा सञ्चालन भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ५ सय १ जना लाभन्वित भएका हुन् ।

त्रिभुवन युनिभर्सिटी माइक्रोबमयोलोजी केन्द्रीय विभाग र मंगलजन विजय माध्यमिक विद्यालयको संयुक्त आयोजनामा चैत्र २४ र २५ गते दुई दिन सञ्चालन भएको शिविरबाट ५ सय १ जना लाभन्वित भएका हुन् । शिविरमा स्त्रीरोग, ल्याबको सेवा (सुगर, प्रेसर, रगत, दिसा, पिसाब), नाक, कान, घाँटी, हाडजोर्नी, जनरल मेडिसिनसँग सम्बन्धित उपचारहरु गराइएको शिविरका संयोजक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार शिविरमा सुगर, प्रेसर, छाला, मूत्रनली, ग्यास्ट्रिक, भिटामिन लगायत सबै खालका औषधिहरु ४ सय ५० भन्दा बढी बिरामीलाई निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा टोली नेताको रुपमा माइक्रोबमयोलोजी केन्द्रीय विभागका प्रमुख डा. कोमलराज रिजालको नेतृत्व तथा प्रेम पौडेलको संयोजनमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालबाट जनरल हेल्थमा डा. सुरेन्द्र बस्नेत, स्त्रीरोग विशेषज्ञ डा. कविता अधिकारी, हाडजोर्नी विशेषज्ञमा डा. नवराज बस्नेत, नाक, कान घाँटी विशेषज्ञ डा. कृति अधिकारी र डा. प्रवेश घिमिरे, छाला रोग विशेषज्ञ डा. सहज्योति शाहले जाँच गरेका थिए ।

त्यस्तै, ल्याबमा टाइटन हेल्थ केयर सेन्टर बसुन्धराबाट ईश्वरीय लामिछानेको नेतृत्वमा सेवा प्रदान गरेका थिए । मंगलजन विजय माध्यमिक विद्यालय तथा विशेषगरी शिक्षक राजेन्द्रप्रसाद अधिकारीको अगुवाइमा शिविर सञ्चालन भएको थियो ।


Last Updated on: April 9th, 2023 at 11:07 pm


१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया