सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । २५ चैत २०७९ ।

नेपालको कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्। माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदेर्ल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी छिन्।

विश्वकै अती उत्कृष्ट मानिने र अन्तरिक्ष्यमा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले ( Andre Kuipers )अध्ययन गरेको नेदर्ल्यान्द्सको टियु देल्फ्त बिश्व बिद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग Aerospace Engineering अन्तर्गत अन्तरिक्ष्य ( Space Exloration) बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व बिद्यालय कै एक उत्कृष्ट बिद्दार्थी मानिन्छिन् भने हालै उनी विद्यार्थी काउन्सिलमा समेत भारी मतले बिजयी भएकी छिन्।

अन्तरिक्ष्य यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु अन्तरिक्ष्यमा यान तथा सेट्लाइट पठाउने यस टिममा सहभागी भए लगतै यदी उनको सपना पुरा भएमा अन्तरिक्ष्यमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुल कि नागरिक बन्ने छिन्। नेपालको कास्की पोख रामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदेर्ल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी छिन्।

काठमाडौँ — ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । शुक्रबार राति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन् ।

नक्सा पास नै नगरी र आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको भनाइ छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् ।

निर्माणाधीन अपार्टमेन्ट वरपरका एक तला जति घरहरू भासिएका छन् । डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् ।

अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन्। शनिबार बिहान भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् ।

सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् । उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन् ।

सडकसमेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन् । उनीहरूले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ ।


Last Updated on: April 8th, 2023 at 6:42 pm


१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया