
अदालत उपस्थित हुनुअघि हिरासतमा ट्रम्प‚ आफूमाथि लागेका आरोप मिथ्या भएको दाबी
प्रकाशित मिति। २२ चैत्र २०७९ ।
काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेका आरोपहरू मिथ्या भएको दाबी गरेका छन् । बुधबार पूर्वराष्ट्रपति ट्रम्पले म्यानहटनस्थित अदालतमा आफूमाथि लागेका गम्भीर प्रकृतिका ३४ मुद्दा मिथ्या भएको दाबी गरेका हुन् ।
म्याहटन अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा पूर्वराष्ट्रपति ट्रम्पले आफूले कुनै अपराध नगरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू गलत भएको दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
उनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले हिरासतमा लिएको थियो । गिरफ्तारीपछि ट्रम्पले मारेलागोमा आफ्ना समर्थकहरूलाई करिब २५ मिनेट गरेको सम्बोधन गर्दै आफूमाथि लागेका आरोपहरू गलत र तथ्यहीन भएको दाबी गरेका हुन् ।
न्युयोर्कको म्यानहटनस्थित अदालत परिसरमा ट्रम्पका समर्थकले प्रदर्शन गरेका छन् । ट्रम्प आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । उनले अमेरिकाको पक्षमा उभिनु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।
ट्रम्पले भने आफूले बिजनेस रेकर्डमा कुनै गडबडी नगरेको बताएका छन् । उनीमाथि ३४ वटा गम्भीर प्रकृतिको अपराध गरेको आरोप लागेको छ । उनीमाथि विभिन्न महिलासँग सम्बन्ध राखेकोलगायतका आरोप लागेको छ ।
ट्रम्पले गरेको सम्बोधनमा उनले म्यानहटनका जिल्ला न्यायाधिवक्ताकी श्रीमती र उनको मुद्दा हेरिरहेकी न्यायाधीशको छोरीमाथि मिथ्या आरोप लगाएका थिए । ट्रम्पले आफ्ना अधिवक्ताले आफूमाथि कुनै मुद्दा नलागेको दाबी गरेको बताएका छन् ।
पोर्नस्टार अभिनेत्री स्टर्मी डेनियल्ससँग ट्रम्पको सम्बन्धलाई लिएर म्यानहटन जिल्ला अदालतको ग्र्यान्ड जुरीले गरेको अनुसन्धानपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । जुरीले उनलाई दोषी ठहर गर्ने प्रबल सम्भावना रहेको ट्रम्प आफैंले बताउने गरेका छन् । दोषी ठहर भएमा ७६ वर्ष ट्रम्प अमेरिकी इतिहासमा अपराधको आरोप लाग्ने पहिलो राष्ट्रपति हुनेछन् ।
सन् २०१६ को चुनावी अभियानका क्रममा ट्रम्पले आफूहरूको सम्बन्धबारे नबोल्न डेनियल्सलाई १ लाख ३० हजार डलर घुस दिएको आरोप लागेको छ । यदि यो विषय प्रमाणित भए आगामी चुनावमा उनको उम्मेदवारीमा समेत ठूलो झट्का लाग्नेछ ।
लन्डन — चेल्सीले इंग्लिस प्रिमियर लिगमा मंगलबार गोलरहित नीरस बराबरी खेलेको छ । स्टायनफोर्ड ब्रिजमा भएको यो खेलमा दुवै क्लबले उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन् ।
व्यवस्थापक ग्राहम पोटरलाई बर्खास्त गरेयता चेल्सीको जिम्मेवारी ब्रुनो साल्टरले सम्हालेका छन् । योर्गन क्लोपले भने म्यानचेस्टर सिटीविरुद्ध बेहोरेको हारको खेलबाट ६ खेलाडी परिवर्तन गर्दै उनले टिम मैदानमा उतारेका थिए ।
रेलिगेसनबाट बच्न संघर्षरत दुई टिमबीचको खेलमा लिड्सले नटिङ्घम फरेस्टलाई २–१ ले हरायो । यस्तै एस्टन भिल्लाले व्यवस्थापकविहीन अर्को क्लब लेस्टर सिटीलाई २–१ ले पराजित गर्यो ।
ब्राइटन भने बर्नमाउथमाथि २–० ले विजयी रह्यो । बर्नमाउथ, लेस्टर र साउथह्याम्पटन अंक तालिकाको अन्तिम तीन स्थानमा छन् ।