सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । १८ चैत्र २०७९

काठमाडौँ — एमालेले पूर्वउपाध्यक्ष तथा गत महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका नेता भीम रावलसँग छलफल गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार सचिवालयको शनिबार बसेको बैठकले रावलसँग छलफल गरेर आवश्यक टुंगोमा पुग्नका लागि वार्ता टोली गठन गरिएको हो ।

‘पूर्वउपाध्यक्ष, दसौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमै रहनुभएको तर पार्टीको विधि, विधानअनुसार नचलिकन बसिरहनुभएको भीम रावलसँग कुरा गर्न र टुंगोमा पुग्नका लागि ग्रास रुट अभियानको सुदूरपश्चिम अनुगमन गर्ने उपाध्यक्ष विष्णु पौडेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा नेतृत्वको समिति गठन भएको छ,’ उनले भने ।

रावल पछिल्लो समय एमालेसँग असन्तुष्ट छन् । पार्टीले जिम्मेवारी नदिएको भन्दै उनी असन्तुष्ट रहेका हुन् । २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उनलाई टिकट दिइएको थिएन भने पार्टीमा कुनै जिम्मेवारी पनि दिइएको थिएन ।

चितवनको सौराहामा भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

रामेछाप — विगत चार महिनादेखि बन्द रहेको रामेछाप विमानस्थल लुक्लातर्फको उडानका लागि शनिबारदेखि फेरि सञ्चालनमा ल्याइएको छ । विमानस्थलबाट काठमाडौं र देशका अन्य विमानस्थलमा भने उडान भएको छैन ।

बसन्त ऋतुमा सगरमाथा क्षेत्रतर्फ जाने पर्यटकलाई लक्षित गरी विमानस्थलबाट उडान र अवतरण थालिएको हो । रामेछाप विमानस्थलबाट सोलुको लुक्लातर्फ निजी क्षेत्रका तारा, सीता र समिट एयरले शनिबार बिहानै देखि उडान थालेका हुन् ।

केही दिनदेखि रामेछाप विमानस्थलमै जहाजलाई रात्रिकालीन पार्किङ गरेर उडान थालिएको भए पनि नियमित उडान भने शनिबारबाट आरम्भ भएको रामेछाप नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यसअघि सन् २०२२ को नोभेम्बरसम्म रामेछापबाट लुक्लाको उडान हुने गरेको थियो । काठमाडौंभन्दा पूर्व तर्फको सबैभन्दा नजिकको रामेछाप विमानस्थलसम्म पर्यटकहरुलाई सडक मार्ग हुँदै पुर्‍याउने र रामेछापबाट जहाजमा लुक्ला लैजाने व्यवस्था गरिएको छ ।

बिहान ६ बजेदेखि रामेछाप विमानस्थलमै रहेका जहाजहरुलाई प्रयोग गरी तीनवटै कम्पनीका जहाजले यात्रु ओसार्ने छन् ।

काठमाडौं विमानस्थलमा जहाजको अवतरण र उडान धेरै भएकाले लामो समय प्रतिक्षामा बस्नुपर्ने समस्या हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापलाई वैकल्पिक विमानस्थलको रुपमा अघि सारहेको हो । कोभिड महामारीभन्दा अघिका दुई वर्ष पनि रामेछापबाट लुक्लाको उडान गरिएको थियो ।


Last Updated on: April 1st, 2023 at 11:41 pm


१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया