सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । १८ चैत २०७९ ।

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या देखिएपछि उनी शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेल चिकित्सकहरुको निगरानीमा रहेको शिक्षण अस्पतालले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ,’ डिउटी अफिसरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्णरूपमा नाका संचालनमा आएपछि रसुवागढी नाकाबाट सामान लिन केरूङ जान लागेको कन्टेनर ।
रसुवा — पूर्णरूपमा रसुवागढी नाका खुलेको पहिलो दिन लोड भएका र खाली गरी ५४ कन्टेनर केरुङ पुगेका छन् । सामान लोड भएका २२ र खाली भएका ३२ कन्टेनर केरुङ पुगेका हुन् ।

शनिबार बिहानदेखि रसुवागढी नाका कोभिडभन्दा अगाडि जस्तै गरी मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन आएको हो ।

रसुवागढी नाका चीनतर्फको भूभागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा दुवै देशका अधिकारीले औपचारिक कार्यक्रम गरेर शनिबारदेखि पूर्णरूपमा रसुवागढी नाका खुलेको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाए । रसुवागढी नाकाबाट आंशिक रूपमा आयात–निर्यात हुँदै आएको थियो ।

नाकाबाट हुने सामान निर्यात पनि ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । यसअघि नाकाबाट प्रतिदिन चिनियाँ १४ कन्टेनरले सामान नेपालतर्फ ल्याइदिने गरेका थिए ।

निर्यात हुने सामान पनि तिनै कन्टेनरले लैजान्थे । शनिबार पैठारी भएका २२ कन्टेनरमा मूर्ति, कार्पेट, बाँसको मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायत वस्तु रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

शनिबार रसुवागढी नाकाबाट २५ जना आएको र १२ जना गएको पनि अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए । अध्यागमन कार्यालय रसुवागढीले जारी गर्दै आएको नेपाल–चीन सीमा क्षेत्रका नागरिकका लागि प्रस्थान प्रवेश अनुमतिपत्र लिएका २ सय ४० जनाको नवीकरण पनि शनिबार भएको छ ।

नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रे बैठकले ल्हासामा गत बुधबार आयात निर्यात गर्ने सहमति गरेपछि रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएको हो । बैठकले रसुवागढीबाट निकासी पैठारी र मानिसको आवतजावतसहित पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत नवराज ढकालले बताए ।

अब सीमा क्षेत्रमा व्यवसायीले कुनै किसिमको समस्या भोग्नुनपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको भनाइ छ । तातोपानी नाका पनि एक महिनापछि पूर्णरूपमा खुल्ने चिनियाँ अधिकारीले जनाएका छन् ।

रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएपछि व्यवसायी, सीमा क्षेत्रका बासिन्दा तथा सरोकारवाला उत्साहित छन् ।


Last Updated on: April 1st, 2023 at 11:13 pm


१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया