सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रहरीको सुरक्षामा लग्दै गरेको ९ लाख लुटियो !

प्रकाशित मिति । १४ चैत्र २०७९ ।

सिराहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा एक मनी ट्रान्सफरका कर्मचारीबाट अज्ञात लुटेराहरूले ९ लाख रुपैयाँ लुटपाट गरेको छ।

प्रहरीको सुरक्षामा मिर्चैयाबाट रुपैयाँ लिएर कल्याणपुर जाँदै गर्दा लुटेराहरूले मनी ट्रान्सफरका कर्मचारीबाट ९ लाख रुपैयाँ लुटेको छ।

मिर्चैया नगरपालिका–३ मिर्चैया–कल्याणपुर सडक खण्डको बतहा पुलनजिकैबाट लुटेराहरूले ९ लाख नगद लुटेर फरार भएका छन्।

प्रहरीको सुरक्षामा राजाराम सब मनि ट्रान्सफर कल्याणपुरका कर्मचारी ९ लाख रुपैयाँ लिएर ज. ६ प. ८५८१ नम्बरको मोटरसाइकलमा कल्याणपुर बजार आउँदै गर्दा बाटोबाट लुटेराहरूले लुटेर फरार भएका छन्।

मोटरसाइकलमा रहेका चारजना लुटेराले रकम लुटेर फरार भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले बताएका छन्।

यसअघि २०७५ सालमा पनि राजाराम मनी ट्रान्सफरका सञ्चालन राजाराम साहको २५ लाख ६० हजार रुपैयाँ मिर्चैया–कल्याणपुर सडकखण्डको डुमरी नजिकैबाट लुटिएको थियो। त्याे रकम पनि अझै फिर्ता नआएको सञ्चालक साहले बताएका छन्।

खुलामञ्‍चमा प्रहरीले प्रवेश नदिएपछि सडकपेटीमै बास

काठमाडौँ — सरकारलाई आफ्ना माग सुनाउन ११ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरू सोमबार राति खुलामञ्च अगाडि सडकपेटीमै रात कटाउने भएका छन् । प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि सयौं पीडितहरूले सडकपेटीमै सुतेका हुन् ।

सोमबार दिनभर खुलामञ्चको गेट अगाडि प्रदर्शन गरेका पीडितहरू रात परेपछि खुलामञ्चभित्र सेल्टर बनाउने भन्दै प्रहरीसँग आग्रह गरे पनि प्रहरीले प्रवेश गर्न नदिएपछि उनीहरूले बाहिरै ओछ्यान लगाए ।

पीडितहरूको प्रदर्शनमा अगुवाइ गरेका अधिकारकर्मी संघर्ष दाहालका अनुसार उनीहरू बासका लागि खुलामञ्चभित्रै रात कटाउने योजनामा थिए । राति अबेरसम्म पनि पीडितहरूले प्रहरीसँग अनुरोध गरिरहेको अधिकारकर्मी दाहालले बताए ।

यस क्रममा प्रहरीसँग उनीहरूको केही बेर धकेलाधकेलसमेत भएको थियो । प्रहरीले प्रवेश नै गर्न नदिएपछि उनीहरू पेटीमै सुतेका छन् ।

बर्दिबासदेखि ११ दिनको पैदल यात्रापछि आइतबार बिहान काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । यस क्रममा उनीहरूले ‘मिटरब्याजीलाई कारबाही गर’, ‘सहुलियत दरमा ऋणको व्यवस्था गर’, ‘तमसुक व्यवस्था खारेज गर’, ‘मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ लगायतका नारा लगाएका थिए ।

सरकारले पहिले आफूसँग गरेका सम्झौता पालना गर्नुपर्ने उनीहरूको माग छ । साथै सरकारले माग पूरा नगरेसम्म आफूहरू घर नफर्किने उनीहरूले चेतावनी दिएका छन् ।


Last Updated on: March 28th, 2023 at 9:49 am


१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया