
प्रकाशित मिति । ६ चैत्र २०७९
काठमाडौ । प्रतिनिधि सभा सदस्य, पुर्वमन्त्री तथा रास्वपाकी नेता डा. तोषिमा कार्कीले मध्यरातमा सामाजिक संजालमा आफ्नो धारणा राखेकी छिन ।
कार्कीले यो धर्तीमा मनिसहरुलाई कति धेरै फुर्सद है भन्दै कडा धारणासहित चेतावनी दिएकी हुन । आफ्ना नामका धेरै फेक आइडीहरु खोलेर विभिन्न गलत प्रायोजन गरेकोमा उनले गुनासो गरेकी हुन ।
आफुले गर्दै नगरेका कामहरु पनि आफ्नै फेक आइडीहरुबाट शेर गर्ने, विभिन्न डिमान्डहरु गर्ने गरेको पाइएको भन्दै त्यस्ता गतिविधि रोक्न आग्रह गरेकी छिन । यदि ती गतिविधि नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी पनि उनले दिएकी हुन ।
हेर्नुस जस्ताको तस्तै धारणा
यो धर्तीमा मानिसहरुलाई कति धेरै फुर्सद है| यो सानो तिनो कुरा वास्ता गर्न हुन्न भनेको तर… अलि धेरै नै गर्न थालेछन्| विभिन्न फेक पेज, फेक अकाउण्ट, फेक ईन्स्टा, फेक टिकटक बनाएर मेरा मित्रहरुमा भ्रम फैलउने काम गरिरहेका रहेछन्|
जथाभावि नेगेटिभ कमेन्ट लेख्ने, अपाच्य असामाजिक अस्लिल पोष्ट हाल्ने, आफ्नो बिजनेस को विज्ञापन हाल्ने, राजनैतिक मतभेद ल्याउने कुराकानी गरी मेसेजहरु पठाइदिने | …….. ??
कृपया सबैमा जानकारी…
हामीले कुनै पनि टिकटक या ईन्स्टा या फेसबुक अकाउण्ट बाट कसैलाई पनि त्यस्ता व्यक्तिगत मेसेज पठाउने गरेको छैनौ| त्यसैले त्यस्ता मेसेजहरु आएमा तुरन्तै रिपोर्ट गरिदिनुहोला| मलाई सहयोग गर्नुस्|
मलाई एड गर्नुस्| मेरो पेज फलो गर्नुस्| यो किताब किन्नुस्| आर्थिक सहयोग गर्नुस्| आदि ईत्यादि … यस किसिमका मेसेज र पोष्टहरु हामीले कहिल्यै गरेका छैनौ र गर्दैनौ पनि|
यसरी हाम्रो नाममा अनेक ग्रुप तथा पेज खोली मिसयुज गरी हामीलाई बदनाम गर्न खोज्नेहरुलाई अन्तिम चेतावनी : तुरन्तै ति कृयाकलापहरु बन्द गर्नुहोस् नत्र हामी कानुनी करवाहीमा गई सो कार्य गर्ने व्यक्तिहरुलाई सार्वजनिक जानकरीमा ल्याउनेछौँ|
प्रधानमन्त्री दाहालले तीन महिनामा दोस्रो पटक पाए विश्वासको मत
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत पाएका छन् । चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री दाहाललाई १७२ सांसदले विश्वासको मत दिएका हुन् । सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै नेमकिपा ‘मत दिन्न’ भन्ने पक्षमा उभियो ।
सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री दाहालले तीन महिनाको अन्तरालमा दोस्रोपटक संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यस पटक एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो ।
यसअघि पुस ११ मा शपथ लिएका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला सत्तामा संसद्को दोस्रो ठूलो दल एमाले, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायत थिए । सत्तारुढ दलहरूको संख्या पाँच थियो भने विश्वासको मत नदिने सांसदहरूको संख्या भने २ मात्रै थियो ।
२ सय ७५ सदस्यीय संसद्मा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्रै दाहालको विपक्षमा मत जाहेर गरेका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षमा बस्ने घोषणा गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि भोट हालेको थियो । दाहालले विश्वासको मत दिएर कांग्रेसले झैं प्रतिपक्षमा बस्ने राजनीतिक दलहरूमा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत थिए ।
एजेन्डा मिलेका कारण यो गठबन्धन टिक्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा दलहरू एजेन्डाका हिसाबले एकै स्थानमा रहेको कारण चाँडै विश्वासको मत लिनुपर्ने अवस्था नआउने बताएका छन् । विश्वासको मतमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री दाहालले लोकतन्त्र, गणतन्त्र र शान्तिका लागि त्यस्तो नहुने बताए ।
एजेन्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको उल्लेख गर्दै उनले भने, ‘पुरानो कुरा नल्याउने विषयमा बाहिर गएपछि एमालेसँग टिक्दैन कि भन्ने लागेको थियो । तर अहिलेको गठबन्धन टिक्ने प्रचुर सम्भावना छ किनभने एजेन्डाका हिसाबले एकै ठाउँमा छौं । यो चाहिँ टिक्छ भन्ने लाग्छ ।’
अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बाँयापट्टि लबीमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको बताए । उनले भने, ‘ त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बाँयापट्टि लबीमा तपाईं र म एकैठाउँमा हुन्छौं भन्नुभएको छ । उहाँको भनाइलाई पुष्टि गर्ने कि हामीहरू सबैको हातमा छ ।’
प्रधानमन्त्री दाहालले २ महिनापछि पुन: विश्वासको मत लिने अवस्था नआउने पनि प्रष्ट पारे । उनले भने, ‘अघि पनि कुरा उठ्यो २ महिनापछि फेरि विश्वासको मत लिने अवस्थामा आउने होइन ? मलाई आउँदैन र आउन पनि दिनु हुँदैन ।
लोकतन्त्र र गणतन्त्रका लागि शान्तिका लागि । मैले धेरै कुरा छलफल गरेको कानुनविद्सँग पनि छलफल गरेको छु । अहिले १० वटा दल भइयो एउटाले समर्थन फिर्ता लिने भएपछि २-२ महिनामा लिनुपर्ने भयो । तर बुझ्दा त्यस्तो हुँदैन । संसद्मा बहुमत छ भन्ने विषयमा लाग्दासम्म विश्वासको मत लिनु पर्दैन ।’