सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


अर्ब लगानीमा नेपालकै पहिलो सिसाको पुल बन्दीपुरमा बन्दै

पहिलोपटक सिसाको पुल बनाउने प्रधानमन्त्री प्रचण्डलाई देश बिदेशबाट बधाईको ओइरो

प्रकाशित मिति । ५ चैत्र २०७९ ।

काठमाडौं। निजी लगानीमा नेपालमा पहिलोपटक सिसाको पुल (स्काइ वाक) निर्माण हुने भएको छ।बन्दीपुर स्काइवाक एन्ड बन्जिजम्प प्रालिले सिसाको पुल बनाउन लागेको हो। सिसाको पुल बनाउन १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए।

यो अनुमानित लागत हो। लागत योभन्दा बढी पनि हुन सक्ने सम्भावना छ। सिसाको पुल बनाउन अहिले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको छ।

डिपिआर तयारपछि आयोजनाको काम सुरु हुने अध्यक्ष शर्माले बताए। डिपिआरपछि मात्र सिसाको पुलको लागत यकिन हुने उनको भनाइ छ।

सिसाको पुल उत्तरी छिमेकी चीन र रुसमा मात्र भएको उनले बताए। स्काइवाकमा नेपाल एसबिआई बैंक र एनएमबी बैंकको लगानी हुनसक्ने उनको भनाइ छ।

स्वदेशी तथा विदेशी पर्यटक लक्ष्य गरी सिसाको पुल पूर्वाधार तयार पारिएको हो। बन्दीपुर केबुलकार चढेर माथिल्लो भागमा पुगेपछि सिसाको पुलबाट घना जंगललगायत अन्य मनमोहक दृष्यावलोकन गर्न सकिने छ।

बैंकसँग प्रारम्भिक छलफलमात्र भएको शर्माले बताए। निर्माणाधीन बन्दीपुर कुेबलकारको माथिल्लो तहमा रहने १७ तले पाँचतारे होटलको सभाहल पछाडिको भागमा भीरमा सिसाको पुल बन्ने छ। पुलको लम्बाइ ६५ मिटर हुनेछ।

सिसाको पुल जमिनको सतहबाट ३ सय मिटरमाथि निर्माण हुनेछ। पुलमुनि खोप्चा घना जंगल छ। भीरबाट सिधै सिसाको पुलमा हिँड्न मिल्ने छ। पुलबाट पर्यटकले आनन्द लिन सक्ने शर्माको भनाइ छ।

डिपिआर तयारपछि आवश्यक स्वीकृति लिएर पूर्वाधार निर्माणको काम सुरु हुने उनले जानकारी दिए। काम सुरु गरेको एक वर्षमा सिसाको पुल बनाइसक्ने लक्ष्य कम्पनीको छ।

पूर्वाधार निर्माणको काम सुरु गर्न अझै केही समय लाग्ने अध्यक्ष शर्माले बताए। यस्तै बैंकसँग ऋण लिने काम डिपिआरपछि मात्र अघि बढ्ने भएको छ।

शर्माको अगुवाइमा बन्दिपुरमा साढे २ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटलसहित केबुलकार निर्माण पनि भइरहेको छ। केबुलकारको काम अन्तिम चरणमा पुगेको छ।

बन्दिपुरमा केबुलकार, होटसँगै सिसाको पुल परियोजना रहेको छ। शर्माको अगुवाइमा तनहुँ खैरेनी नजिकै बुढीमाई छिन्केश्वरीमा पनि केबुलकार सञ्चालन गर्ने तयारी भइरहेको छ।

यसको डिपिआर तयार भइसकेको छ भने वातवरणीय प्रभाव मूल्यांकन (इआइए) को काम जारी रहेको शर्माले बताए।

माओवादीलाई रायमाझीको आरोप- ‘संसद्‌मा तेस्रो दलको फूर्ति’

अर्घाखाँची — एमाले सचिव टोपबहादुर रायमाझीले गठबन्धनले गर्दा संसद्‌मा रहेका ठूला दल सरकार बाहिर रहनु परेको बताएका छन् । संसद्‌मा तेस्रो दलको सबैभन्दा बढी फूर्ति भएको टिप्पणी गरे ।

राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको शनिबार सन्धिखर्कमा उद्घाटन गर्दै रायमाझीले ठूला पार्टी एकातिर छन्, गठबन्धनका कारण तेस्रो (माओवादी केन्द्र)ले धेरै फूर्ति लगाएको आरोप लगाए । उनले वर्तमान गठबन्धन धेरै समय नटिक्ने र यसले देशको विकास गर्न नसक्ने दाबी गरे ।

पाँच दलीय गठबन्धन भएर घेराबन्दी गर्दा पनि लोकप्रिय मतका आधारमा पहिलो दल भएको दाबी गर्दै पछिल्लो सयम एमालेको विरुद्धमा देशी, विदेशी शक्तिकेन्द्र लागेको उनले बताए । उनले एमाले प्रतिपक्षमा भए पनि देश, जनता, लोकतन्त्र, राष्ट्रियता, विकास, समृद्धि र सुशासनको पक्षमा सधैं रहेको बताए ।

आउँदो चुनावमा संसद्‌मा ५१ प्रतिशत एमाले सांसद बनाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको रायमाझीले दाबी गरे । पार्टीलाई कार्यगत एकता, संगठनको स्थिति मजबुद, वैचारिक, राजनीतिकरुपमा बलियो एमाले बनाउन ग्रासरुट अभियान सुरु भएको उनको भनाइ छ ।

भन्ज्याङमा अझै कोभिडको अवरोध

मेचीको उच्च भेग जहााबाट त्रिदेशीय सिमाना भन्ज्याङको यात्रामा देखिन्छ- शेर्पा संस्कृति र हिमाली जनजीवन
चीनमा कोरोना संक्रमण देखिएपछि बन्द टिप्ताला भन्ज्याङ नाका अहिलेसम्म खुलेको छैन, सडकको ट्र्याकखोल्ने काम बस्तीदेखि १० किलोमिटर तलसम्म पुगेपछि रोकिएको छ

ताप्लेजुङ — मौवाटार तलको समथर भूभागमा चौंरी मात्र देखिन्छन् । त्यसको माथि वनभेडाहरू भीरमा अडिएर चरिरहेका हुन्छन् । तमोर नदीको उद्गमस्थल यहीं हो । नेपाल र चीनको सिमाना छुट्याउने ७९ नम्बरको पिलर यहाँ छ ।

वरिपरि बाह्रैमास हिउँले ढाकेका थुम्का देखिन्छन् । थोरै उकालो चढे सिंजेमा ताल पुगिन्छ । सशस्त्र प्रहरीको सुरक्षा बेसक्याम्प मौवाटार सर्न लागेकाले मानवीय उपस्थितिका लागि नयाँ र आकर्षक गन्तव्य बन्ने भएको छ ।

धेरैले सुनेको तर देशदेशावर गर्ने घुमन्तेमध्येका निकै थोरैको पाइला परेको थलो हो, ताप्लेजुङको ओलाङचुङगोला । उत्तर र दक्षिणमा दुई छिमेकी चीन र भारतसँग सिमाना जोडिएका मुलुकका दुई मात्रै जिल्ला छन् ताप्लेजुङ र दार्चुला । ताप्लेजुङको उत्तरतर्फको मानवीय बस्ती भएको नाकाको कारण पनि चर्चामा थियो ओलाङचुङगोला । यहाँ जन्मेहुर्केकाको योगदानले यसको चर्चालाई थप उचाइमा पुर्‍यायो ।

आँखाका डा. सन्दुक रुइत, चीनका लागि नेपाली वाणिज्यदूत ताम्ला उक्याव, हाल वाग्मती प्रदेश सांसद पूर्वपर्यटनमन्त्री याङकिला शेर्पा, अमेरिकामा व्यवसाय गर्दै आएका तेन्जिङ उक्यावजस्ता व्यक्तिका कारण पनि यो ठाउँले चर्चा पायो । अहिले भने ओलाङचुङगोलाको तुलनामा टिप्ताला भन्ज्याङको चर्चा छ । बस्तीबाट २४ किलोमिटर दूरीको टिप्ताला भन्ज्याङलाई पर्यटकले जीवनमा एक पटक पुग्नैपर्ने भूगोलका रूपमा चर्चा हुन थालेको छ । फक्ताङलुङ–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामा भन्छन् ‘यो त पदयात्रा मन पराउने लागि पर्यटकका लागि अद्भूत ठाउँ हो ।’

५ हजार ३ सय मिटर उचाइमा रहेको द्विदेशीय सिमानाको एउटा गन्तव्य हो भन्ज्याङ । यहाँबाट उत्तरतर्फ चीनका भूभाग देखिन्छन् । पूर्व–दक्षिणतर्फ वरिपरि हिमाल छ । जहाँ बाह्रै महिना हिउँसँग खेल्न पाइन्छ । तमोर नदीको मुहानमा सलल पानी बगेको देख्न सकिन्छ । वनभेडा (नाउर) को बथान मज्जैले देखिन्छ ।

केही तल फाँटभरि सयौं चौंरी भेटिन्छन् । बिनापुल तमोर तर्न भने अलि तल झर्दा पुलको सहारा लिनुपर्छ । तीन/चार घण्टा हिँड्न हिम्मत गरे विशाल सिंजेमा तालमा पुगिन्छ । हिमाल, सिमाना, पोखरी, नदी, घरपालुवा र वन्यजन्तु सबै पाइने यहाँभन्दा सुन्दर गन्तव्य कहाँ हुन सक्छ ?’ छेतेन व्याख्या गर्छन् ।

सदरमुकाम फुङलिङबाट यहाँ पुग्ने मोटरबाटो निर्माण अन्तिम चरणमा छ । अब बाँकी करिब १२ सय मिटर ट्र्याक खुलेपछि गाडीमै चढेर टिप्ताला भन्ज्याङ पुग्न सकिन्छ । अहिले नै भने सदरमुकाम फुङलिङबाट लेलेप इलाडाँडा छेउको सुकेपानीसम्म गाडी जान्छ । इलाडाँडा मानवीय बस्ती भएको व्यापारिक केन्द्र तथा होमस्टे हो । त्यहाँबाट पैदल एक घण्टामा सुकेपानी पुगिन्छ ।

सुकेपानीदेखि पनि मोटरबाटो तीन किलोमिटर टाढासम्म खनिएको छ । तर, तमोर नदी तार्न नसकिने भएकाले साना सवारीसाधन चल्दैनन् । सुकेपानीदेखि ओलाङचुङगोला १२ किलोमिटर दूरीमा छ । जन्मथलो ओलाङचुङगोला भएका देशविदेशमा रहेकाको लगानीमा चीनसँगको सिमाना टिप्ताला भन्ज्याङदेखि बस्तीसम्म मोटरबाटो खनिएको छ ।

कोरोना संक्रमण सुरु हुनुअघि चीनका सवारीसाधन बस्तीसम्मै आउजाउ गर्न थालेका थिए । अहिले पनि चिनियाँ ठेकदारका एक्स्काभेटर, डिजेल बोक्ने ट्यांकर ओलाङचुङगोलामै छन् । संक्रमण सुरु भएपछि सिमानाका बन्द भएको र चिनियाँहरू आउन नपाएका कारण तीन वर्षदेखि ती यन्त्र थन्किएका हुन् । चीनमा संक्रमण देखिएपछि बन्द भएको टिप्ताला भन्ज्याङ नाका अहिलेसम्म पनि खुलेको छैन ।

बस्तीदेखि सदरमुकामसम्मतर्फको सडकको ट्र्याक खोल्न हेभी इक्विपमेन्टहरू भाडामा ल्याइएको थियो । बस्तीदेखि १० किलोमिटर तलसम्म ट्र्याक खोलेर फर्कने क्रममा बस्तीमा पुगेपछि रोकिएको हो । ‘यति लामो समयसम्म यसरी बन्द हुन्छ भन्ने उनीहरूलाई पनि भएन होला,’ निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटेले भने, ‘संक्रमण लम्बिँदै जाँदा यत्तिका वर्ष त्यतिकै थन्किए ।’

सदरमुकामतर्फबाट भइरहेको ट्र्याक खोल्ने क्रम सकिएपछि सिमानासम्मकै सडक पन्छाएपछि मात्रै ती मेसिन फर्काउन सकिने उनी बताउँछन् । सदरमुकामबाट विस्तार भइरहेको सडक वैशाखसम्ममा सिमानासम्मै पुग्ने निर्माण कम्पनीका प्रबन्धक दावा शेर्पाले बताए । यहाँ काठमाडौंको एसबीए एलाइट जेभी कम्पनीले निर्माणको काम गरिरहेको छ ।

५६ परिवारको बसोबास रहेको ओलाङचुङगोलाको झुरुप्प बस्तीका प्रायः घर जोडिएका छन् । भुइँतलामा ढुंगाको गाह्रो र त्यसमाथि सबै काठको प्रयोग गरेर बनाइएको घरका धुरी पनि काठकै छन् । कसैकसैले सदरमुकाम फुङलिङबाट लगेर जस्तापाता पनि लगाउन थालेका छन् ।

यहाँका बसोबासी शेर्पा समुदाय मात्रै छन् । संस्कृति रहनसहन पनि समुदायअनुसारकै छ । बस्तीदेखि पाँच सय मिटरमाथि यहाँको आस्थाको धरोहर गुम्बा छ । ४ सय वर्ष पुरानो मानिने यो गुम्बामा बत्ती बाल्न देशविदेशबाट आउँछन् । बर्सेनि कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि यहाँ फुटुक पर्व मनाइन्छ । यो बेला बस्तीका सबै नागरिक गुम्बाको वरिपरि टेन्ट टाँगेर उतै बस्ने, सामूहिक भोज गर्ने र पर्व मनाउने गर्छन् ।

चौंरी पाल्ने, गलैंचा बुन्ने मुख्य पेसा रहेको यहाँका बासिन्दाको चौंरीका गोठ मौवाटारमा राखिन्छन् । मौवाटार टिप्ताला भन्ज्याङ नजिकको सम्म परेको फाँट हो । वरिपरि डाँडाले घेरिएको बीचको खुल्ला चौर भएको फाँटलाई मौवाटार नामकरण गरिएको छ । यहाँबाट नेपाल–चीनको सीमा टिप्ताला भन्ज्याङ पुग्न नौ किलोमिटर पैदल हिँड्नुपर्छ ।

मोटरबाटो र छोटो बाटो दुवै प्रयोग गर्न सकिन्छ । छोटो बाटो प्रयोग गरे तमोर नदीको किनारैकिनार भएर जानुपर्छ । करिब ४ हजार मिटर उचाइमा रहेको यहाँबाट ५ हजार ३ सय मिटरमाथि चढ्नुपर्ने भएकाले सुस्तरी हिँड्नुपर्ने चौंरी पालक नुपु शेर्पा सुझाउँछन् । पदयात्रीलाई लेक लाग्ने जोखिम हुन्छ । लुम्बासुम्बा हिमाल जाने पदमार्ग पनि यहीँबाट छुटिन्छ । द ग्रेट हिमालयन ट्रेलको मार्गमा पर्छ मौवाटार ।

सामान्यतः सिमानादेखि २५ किलोमिटर क्षेत्रसम्म आउजाउ गर्न पाउने प्रचलन छ । टिप्तालादेखि चीनको तिब्बतमा रहेको नजिकको बस्ती रिउ बजार र घुम्तीमा हो । वडाध्यक्ष छेतेनका अनुसार ओलाङचुङगोलावासी भने सिमाना बन्द नहुँदा बिनारोकटोक रिउ बजारसम्म पुग्थे ।

तिब्बती पनि ओलाङचुङगोलासम्म आउँछन् । कोरोना संक्रमणपछि भने आवतजावत ठप्प छ । टिप्ताला भन्ज्याङदेखि वारि ओलाङचुङगोला आउन र तिब्बतको रिउ वा घुम्तीमा जान ओरालो लाग्नुपर्छ । वारिपारिका बस्ती ३१ सय मिटर उचाइको भूभागमा छन् ।

यहाँको मुख्य खाना भात, उवाको पिठो, कोदो, जौं, गहुँबाट बनाइएको तोङवा, याकको मासु हो । खसी, कुखुरालगायतका अन्य मासु खानुपरे पहिल्यै अर्डर गर्नुपर्ने स्थानीय बताउँछन् । स्थानीयले खाजाका रूपमा पिठो र खानाका रूपमा दाल, भात, तरकारी प्रयोग गर्ने डोमा शेर्पा बताउँछिन् ।

जाडो भगाउने र शरीरमा पानीको मात्रा पुर्‍याउने भन्दै अधिकांशले तोङवा खाने गरेको उनले सुनाइन् । मादक पदार्थको केही मात्रा रहने भएकाले यसले शरीरलाई मात पनि दिन्छ । भन्ज्याङको फेदमा रहेको मौवाटार तुलनात्मक रूपमा न्यानो हुने भएकाले यहाँ गोठ राख्ने गरिएको नुपुले सुनाए ।

तिब्बत पुगेर फर्किएका उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तारानाथ घिमिरे भन्ज्याङको नेपालतर्फको भागमा हिमाली शृंखला भएकाले त्यहाँ पुगेपछि स्वर्गानुभूति हुने बताउँछन् । ‘यहाँ नेपाल–चीन छुट्याउने नाकामा पुगेर तस्बिर खिचाउँदा कतै अर्कै संसारमा त पुगेको छैन जस्तो हुँदो रहेछ,’ घिमिरेले थपे, ‘टलक्क टल्किएको हिमशृंखला र सिमानाको पिलरमा पुग्दा सारा थकान मेटिन्छ ।’ उनका अनुसार यहाँ पुग्दा उनीको न्यानो टोपी र बाक्लो ज्याकेट भने लगाउनु आवश्यक हुन्छ ।

तमोर नदीको मूलमा ठाउँ–ठाउँबाट भुलुक–भुलुक भएर पानी उम्रन्छ । सलल बगेको आवाज सुनिने तर बाहिर नदेखिने भूमिगत क्षेत्र पनि छ । ढुंगाको खुड्किला–खुड्किला भएर छङछङ बग्ने नदीको बहावले आँखा टोलाउने घिमिरे सुनाउँछन् । तिब्बततिरबाट नेपालकै अरुण नदीमा मिसिने खोला सुरु हुन्छ । टिप्ताला भन्ज्याङदेखि सुरु भएको तमोर सप्तकोशी नदीमा मिसिन्छ ।

हाल ओलाङचुङगोलामै रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेसक्याम्प मौवाटारमै सर्दै छ । त्यसका लागि भौतिक संरचना निर्माण गरिएको छ । संखुवासभाको थुदामपछि यहाँ सार्ने प्रक्रिया सुरु हुने प्रशासन स्रोतले जनाएको छ । यो क्षेत्रको अर्को गन्तव्य सिंजेमा ताल हो । ओलाङचुङगोलाबाट अगाडि बढ्दै जाँदा मौवाटार पुग्नुअघि नै सिंजेमा ताल पुग्ने बाटो छुट्छ । यसलाई जनाउ दिन स्थानीयले एउटा धर्मशाला बनाएका छन् ।

त्यसको छेउमा ठाडो खोला बग्छ । यो सिंजेमा तालबाट आएको खोला भएकाले सिंजेमा खोला पनि भनिन्छ । यही खोलाको किनारैकिनार भएर उकालो चढ्दा तालमा पुगिन्छ । ‘हामी यहाँको स्थानीय त दुई/अढाई घण्टामै पुग्छौं,’ छेतेनले भने, ‘बाहिरबाट आउनेलाई चाहिँ उकालो हिँड्नुपर्दा लाग्न समय यकिन गर्न सकिँदैन ।’ हिमाली क्षेत्रमा विस्तारै हिँडेर जाँदा चार/पाँच घण्टामा पुगिने उनको दाबी छ । यातायात चल्दा सिमानादेखि बस्तीसम्म पुग्न डेढ घण्टा मात्रै लाग्छ ।

जनगणना–२०६८ मा यहाँको जनसंख्या २ सय ७६ थियो । १ सय ४० महिला र १ सय ३६ पुरुष छन् । अहिले पनि जनसंख्यामा उल्लेख्य वृद्धि छैन । सिमानादेखि आधा दिनको पैदलमा याङमा पुगिन्छ । यो बस्तीमा ११ परिवारको मात्रै बसोबास छ । घर भने १७ वटा छन् । यातायात चल्न थालेपछि गोलादेखि सिमानासम्म गएर त्यहाँबाट याङमा जान सहज हुने वडाध्यक्ष छेतेन बताउँछन् । यसअघि जोङगिनमा पनि तीन परिवारको बसोबास थियो । पटक/पटक चोरी भएपछि यहाँका सबै परिवार ओलाङचुङगोलामा बसाइँ सरे र बस्ती नै रित्तियो ।

अहिले नै भने यातायात र पैदलबाट गरी फुङलिङबाट एकै दिनमा पनि ओलाङचुङगोला पुगिन्छ । त्यहाँबाट चार–पाँच घण्टामा मौवाटार पुगिन्छ । फुङलिङबाट इलाडाँडासम्म नियमित जिप चल्छ । एउटा जिपले १४ जनासम्म यात्रु बोक्छ । भाडादर एकतर्फी १८ सय रुपैयाँ छ । त्यहाँबाट पैदल हिँड्नुपर्छ । सदरमुकामबाट गएका अधिकांशले लेलेपको इलाडाँडा बस्ने र भोलिपल्ट बिहानै यात्रा सुरु गर्छन् । यहाँबाट ओलाङचुङ नपुग्दासम्म बीचमा बस्ने, खाने ठाउँ छैन ।

गोठ हुँदा जोङगिनमा सामान्य चिया–खाजासम्म पाइन्छ । इलाडाँडामा खाना खाएर हिँडे दिउँसो एकपटक बाटोमा खाजा खाएर पुगिन्छ । बीचबीचमा खानका लागि थर्मसमा तातो चिया बोक्नेहरू प्रशस्तै हुन्छन् । इलाडाँडामा सिजनअनुसार हरियो मकै पोलेर, आलु उसिनेर, कोदो, फापरको रोटी पकाएर खान पाइन्छ । यहीकै बासिन्दाले खाजा तयार पारिदिन्छन् । यहाँबाट पाँचदेखि सात घण्टामा गोलाको बस्ती पुगिन्छ ।

ओलाङचुङगोला–मौवाटार–टिप्ताला भन्ज्याङ–सिजेमाताल पुगेर फर्कन आर्थिक हिसाबले पनि कठिन छैन । काठमाडौंबाट हिसाब गर्ने हो भने इटहरी–बिर्तामोड बसभाडा १५ सय रुपैयाँसम्म लाग्छ । बिहान चढेको गाडीले बेलुका र बेलुका चढेको गाडीले बिहान गन्तव्यमा पुर्‍याउँछ । यहाँबाट जिप पाइन्छन् । ताप्लेजुङसम्मको भाडा १५ सय रुपैयाँ छ । बिर्तामोडबाट इलाम पाँचथरको फिदिम हुँदै करिब नौ घण्टाको यात्रामा सदरमुकाम फुङलिङ पुगिन्छ । इटहरीबाट तमोर करिडोरको सडकमार्ग भएर ५/६ घण्टामै फुङलिङ पुगिन्छ ।

यो जिल्लामा एक रातका लागि पाँच सयदेखि ५ हजारसम्मका होटल छन् । मासु, भात तीनदेखि चार सय रुपैयाँ छाक पाइन्छ । फुङलिङदेखि इलाडाँडाको भाडा १८ सय छ । इलाडाँडामा सादा खानाको २ सय र रातको ५ सय रुपैयाँसम्म पर्छ । ओलाङचुङगोलामा सादा खाना ३ सय रुपैयाँ छाक छ । १ हजार रुपैयाँमा होटल कोठा पाइन्छ । यहाँका हरेक घरमा होमस्टे सुविधा छ । मौवाटारमा भने गोठमा बस्नुपर्छ । खानाको पैसा गोलाको जस्तै हो । हमेसा सुतेको पैसा लिँदैनन् ।

टिप्तालामा गलैंचा, राडी, चौंरी र भेडाको घिउ, छुर्पी, भीरमौरी र घरमौरीको मह कोसेली किन्न पाइन्छ । गलैंचा प्रतिगोटा १५ हजार रुपैयाँसम्म पर्छ । घिउ र छुर्पी प्रतिकिलो एक हजार रुपैयाँमा पाइन्छ । मह पनि बोतलको एक हजार पर्छ । टिप्ताला भन्ज्याङसम्मको यात्राका क्रममा लेक, औल, हिमाल, पहाड, तराई सबै अनुभूति गर्न पाइने घिमिरेको अनुभव छ । संक्रमण अघिसम्म यो क्षेत्रका बासिन्दाको कारोबार चीनसँग बढी थियो ।

नेपालबाट गलैंचा, ऊन, घिउ, मह, छुर्पी, याक, चौंरी निर्यात हुने गरेको थियो । चीनबाट खाद्यान्नदेखि नुन, पिठोलगायतका वस्तु आयात हुन्थ्यो । भोटे, शेर्पा अनुहारका लागि सहज भए पनि अरू समुदायका खासै नगएकाले चीन जानका लागि कति सहज हुन्छ यसै भन्न नसकिने वडाध्यक्ष छेतेन बताउँछन् । दुई दशक अघिसम्म चिनियाँले नेपालबाट चामल, मकै, कोदोजस्ता अन्न लैजान्थे ।

गलैंचाका रङ बनाउने खयर, मजिठो, रूखका बोक्रा पनि भोट लैजाने गरेको गोलामा जन्मेहुर्केका ताम्ला उक्याव बताउँछन् । भोटबाट गलैंचा, पाखी चुटुक, उनीको कपडाको कम्बल, घोडा, च्याङ्ग्राजस्ता वस्तु आउँथे । भोटको घोडा भारतका विभिन्न सहरमा लगेर गोलाकै व्यापारीले बिक्री पनि गर्ने गरेको उक्याव बताउँछन् । ‘पुरातन कालमा गोला नेपाल र भोटबीच व्यापार गर्ने ठूलै केन्द्र थियो,’ ताम्लाले भने ।

भन्ज्याङको नामकरण शेर्पा भाषाबाट भएको पाइन्छ । थिपथलाबाट अपभ्रंश भई टिप्ताला भएको वालुङ दर्पण नामक पुस्तकमा उल्लेख छ । ‘थिप’ भनेको ओझेल र ‘थला’ को अर्थ ठाउँ हो । घामको ओझेलमा पर्ने भएकाले स्थानीयले थिपथला नाम राखेको पुस्तकमा उल्लेख छ । चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न र ओलाङचुङगोला नाकालाई सडक सञ्जालले जोड्न गोलामा जन्मेर अमेरिका, बेलायत, काठमाडौंलगायतका स्थानमा रहेकाहरूले ३ करोडको हाराहारीमा रकम संकलन गरेका थिए ।

वालुङ समाजले यतिको रकम संकलन गरेर सडक निर्माण गरेका हुन् । तत्कालीन ओलाङचुङगोला गाविसले ४२ र सांसद विकास कोषको १० लाख पनि सडक निर्माणमा लगाइएको थियो । सडक निर्माणका लागि नेपाल सरकारले चीनसँग भाडामा मेसिन मागेको थियो । तमोर किनारैकिनार निर्माण भइरहेको करिडोर पूरा हुँदा टिप्ताला भन्ज्याङदेखि विराटनगर रानी भन्सारसम्मको दूरी २ सय ७१ किलोमिटर मात्रै हुने उत्तर–दक्षिण लोकमार्ग आयोजनाले जनाएको छ । यो सडक निर्माण भएर सञ्चालनमा आएपछि नेपाल, भारत र चीनको त्रिदेशीय नाका जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हुने सडक कार्यालयका प्रमुख अमिन्द्र खड्काले बताए ।


Last Updated on: March 19th, 2023 at 8:41 am


४७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया