
कस्तो निर्दयी संस्कार ! किन गरिन्छ नाबालिग छोरीको योनी छेदन ?
प्रकाशित मिति । ४ चैत्र २०७९ ।
काठमाडौं । संस्कार नै निर्दयी छ । जसले मानवीय व्यवहार गर्न सकेको हुन्न । केही यस्ता संस्कार छन् जो सुन्दापनि अचम्ममा परिन्छ ।
महिलाको योनी छेदन गर्ने एक निर्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ ।
भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कु–प्रथा अझै पनि विद्यमान छ । बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन, तथापी यस कुप्रथामा कुनै कमी आएको छैन् ।
जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् ।
उनीहरुले मेरो योनी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाँउमा केही कालो पाउडर छर्किदिए ।
‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पु¥याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घटनाबारे उनी बेलिबिस्तार लगाउछिन्, ‘उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा । त्यपछि उनीहरुले मेरो योनी तन्काएर केही चिज काटे
मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाँउमा केही कालो पाउडर छर्किदिए । पाइन्ट लगाइदिए र हजुआमाले मलाई घर लगिन् । ’ यो घटना ठीक ४० वर्ष अगाडिको हो । सो घटना सम्झेर रानालभी झै पनि दुखित र लज्जाबोध हुन्छिन् । यसै महिना उनीलगायत अन्य पीडित महिला महिलाको गुप्तांग ‘छेदन (फिमेल जेनिटिय मल्टिलेसन अर्थात एमएमजी) बिरुद्ध अभियानमा संलग्न भएकी छिन् । किनभने अहिलेपनि यो संस्कार विद्यमान छ ।
चिकित्सकीय कारण छैन
एफएमजी अन्र्तगत महिलाको यौन अंगलाई आशिक वा पूर्ण रुपमा छेदन गरिन्छ ।छेदनको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पितृसतात्मक सोचमा आधारित छ । योनिच्छेद गरेपछि महिलाको यौन शक्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको उनको भनाई छ
‘महिलाको यौन इच्छा नियन्त्रण गर्नु र उनलाई यौन कार्यमा कम आनन्ददायी बनाउनु यसको मुख्य उदेश्य हो,’ उनी भन्छिन् । कुनैबेला अफ्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एफएमजी गरिन्थ्यो । तर, भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गोप्य रुपमा राखियो । यो प्रथा इन्डोनेसियामा अझै पनि विद्यमान रहेको बताइन्छ । त्यहाँ कानूनी रुपमा नै यो प्रथालाई स्वीकार गरिएको छ ।
यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो । उनीहरुले अहिले ‘गुज्रात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कुरुती र कुप्रथाबाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यक्ति शारीरिक र मानसिक रुपमा अस्वस्थ हुन थालेका छन् ।
कसरी गरिन्छ योनिछेदन ?
योनीछेदन विधि विभिन्न जातीय समूहहरुबीच फरक फरक हुन्छ । जस्तैः योनीको भंगाकुर पत्र र मुन्डलाई हटाइन्छ भने कुनै समुदायले योनी मुखको भित्रि भोगस्ठलेबिया लाई हटाउछन् । मुत्र निकास हुन र मासिक धर्मको समयमा अबरोध नहोस भनेर सानो द्वार राखिएको हुन्छ ।
सहबास र बच्चा जन्माउँदा योनी आफै खुल्ने बताइन्छ । यस पक्रियाले योनीमा संक्रमण, दीर्घकालिन पीडा र बच्चा जन्माउदा समस्या हुने बताइन्छ । चिकित्सा विज्ञानमा अहिलेसम्म यसको कुनै फाइदा उल्लेख गरिएको छैन ।
घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता
कूल १० टिम सहभागी हुने, प्रथम पुरस्कार ५ लाख ५ सय ५५ रुपैयाँ
लमजुङ — यसअघि खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको स्मार्ट भिलेज घलेगाउँले यसवर्ष पहिलोपटक आमन्त्रित गोल्डकप फुटबल खेलाइँदैछ । वैशाख १ गतेदेखि हुने प्रतियोगितामा आमन्त्रण गरिएअनुसार जिल्लाबाहिरका ६ टिम र जिल्लाभित्रका ४ टिम गरी कूल १० टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा पहिलो हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्डकप र मेडल पुरस्कार राखिएको छ । दोस्रो हुनेलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ राखिएको छ । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद १०/१० हजार रुपैयाँ राखिएको छ । घलेगाउँबासीले यसअघि ५ पटकसम्म खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक छैटौं संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो ।
पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले शुक्रबार सदरमुकाम बेंसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रेमबहादुर घलेले ग्रामीण भेगमा यतिका ठूला राशि राखेर आयोजना गरिने प्रतियोगिता यो सम्भवतः पहिलो रहेको बताए । ‘समुद्री सतहदेखि २१ सय मिटर उचाइमा यो प्रतियोगिता हुँदैछ । यो उचाइमा हुने फुटबल प्रतियोगितामा यति धेरै पुरस्कार राखेर आयोजना गरिएको यो पहिलो हुनसक्छ,’ उनले दाबी गरे । यो कार्यक्रम सक्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
घलेगाउँस्थित नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा जिल्ला बाहिरका कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाजकल्याण खेलकुद केन्द्र काठमाडौं, सशस्त्र प्रहरी क्लब (एपीएफ) काठमाडौं, गोरखा ब्वाइज बुटवल र (रड्स) रामपुर चितवनले खेल्नेछन् ।
लमजुङका क्लबमा लालीगुराँस युवा क्लव भुजुङ, त्रिवेणी युवा क्लब बेंसीसहर, बुद्ध युथ क्लब भोटेओडार र बेंसीसहर युथ सोसाइटी शेराले फुटबल खेल्नेछन् । आमन्त्रित भएकाले खेलाडीलाई खाना र बासको व्यवस्था निःशुल्क रहेको अध्यक्ष घलेले बताए । खेल संयोजक गंगा घलेले १० वटामात्रै टिम खेलाइने यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने टिम र खेलाडीले खेललाई थप रोचक बनाउने दाबी गरे ।
क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने सर्वाधिक राशिको फुटबल प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने दाबी गरे । ‘घलेगाउँमा आफैंमा एउटा ब्राण्ड हो । यो प्रतियोगिताले घलेगाउँलाई थप उचाइमा पुर्याउनेछ ।’ क्व्होलासोंथार गाउँपालिका ३ का अध्यक्ष आसबीर गुरुङले घलेगाउँको प्रचारप्रसारका लागि यसअघि गीतिभिडियोसमेतको सहारा लिँदै आएकोमा उत्कृष्ट फुटबल प्रतियोगितामार्फत पर्यटन प्रवर्द्धन गरिने बताए ।
पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका सचिव उमलबहादुर विकले पहिलो पुरस्कारको प्रायोजन पर्यटन समिति आफैंले गर्ने र दोस्रो पुरस्कार वडाध्यक्ष आसबीर गुरुङमार्फत गरिने बताए । उनले चर्चित कलाकारको सांगीतिक कार्यक्रमसमेत राखिएको र सबैको तयारी थालिएको बताए ।