मंगलबार १४ चैत्र २०७९


अष्ट्रेलियामा रहस्यमय बन्दै नेपाली युवाको मृत्यु

प्रकाशित मिति । ४ चैत्र २०७९ ।

अस्ट्रेलियामा गत शुक्रबार बेलुकी आफ्नै कोठामा ब्रिटिस केटी अमिलियासँग मृत भेटिएका नेपाली युवा ब्राजिल गुरुङको मृत्यु रहस्यमय बन्दै गएको छ।

सन् २०१४ को अक्टोबरमा डिपेन्डेट भएर अस्ट्रेलिया आएका ब्राजिल केहि महिनादेखि श्रीमतीसँग छुट्टिएर बसेका थिए। यसैबीच घटना रहस्यमय बनेको र मृतकमाथि एकोहोरो आरोप लागिरहको साथै बिना प्रमाण एकोहोरो समाचार आउनुले आफ्नो परिवारलाई मर्माहत बनाएको भन्दै ब्राजिलकी दिदी सानुले छानविनको दायरालाई फराकिलो बनाउन माग गरेकी छन्।

विशेषत: घटना घट्नु लगत्तै ब्रिटिस मिडियाले मृतकले अमिलियाको हत्या गरेर आफूले आत्महत्या गरेको भन्दै समाचार प्रकाशित गरेपछि मृतककी दिदी सानुले पोष्टमार्टम रिपोर्ट र अन्य प्रमाणबिनानै त्यस्तो अरोप लगाउनु आधारहिन भएको बताइन्। हात बाँधेको अवस्थामा आत्महत्या गरेको र भुइँमा लडिरहेको व्यहोराले पनि परिवारलाई यो भवितव्यमा अरु कसैको हात हुनसक्ने आशंका उब्जाएको उनले बताइन्।

बिहिबार राति १० बजे मृतकको पूर्व प्रेमीका इनेलेदीदी सानुलाई फोन गरेर ब्राजिल तनावमा रहेकोले जे पनि हुन सक्ने बताएकी थिइन्। दिदी सोनुले भाइलाई धेरैपटक फोन गर्दा नलागेपछि स्वयं इनेलाई समेत कोठामा गएर हेर्न अनुरोध गरेकी थिइन्। शुक्रबार साझ पाँच बजे ब्राजिलको घरबेटीलाई फोन गरेर भाइको अवस्था हेरिदिन आग्रह गरेकी थिइन्। घरबेटीले हुन्छ भनेका थिए तर राती १२ बजे भाइ कोठामा मृत अवस्थामा भेटिएको खबर आयो। दीदी सानुले पीडा छोप्दै भनिन्।

सानुले गभ्भीर हुदै भनिन्, ‘ब्राजिलसँगै रेस्टुरेन्टमा काम गर्ने अर्की केटी मर्सिडिजले ब्राजिलको फेसबुकमा मरिसकेपछि बदलाको भावनाले अपनत्व दर्शाउने खाले म्यासेज गरेकाले पनि घटनाक्रममा शंका गर्ने प्रशस्त ठाउँ रहेको छ।’

एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले भने, ‘एकोहोरा गलत समाचारले परिवार मात्र हैन सारा नेपाली समाज नै बदनाम हुन लागेको छ। त्यसैले सम्बन्धित सबै पक्षले धैर्यधारण गरेर सत्यतथ्यका आधारमा यसबारे बोल्नुपर्छ।’

सिड्नीमा ब्राजिलको दाहसंस्कार गरिएपनि उनको फोरेन्सीक रिपोर्ट भने आउन बाँकी नै रहेको छ।

फेसबुक र युट्युबमा फर्किए ट्रम्प

काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् । नेपाली समयअनुसार शनिबार बिहान उनले यी दुवै प्लाटफर्ममा ‘म फर्किएँ’ शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट गर्दै पुनरागमनको जानकारी दिएका थिए । भिडियोमा उनले सन् २०१६ को चुनावी सफलतापछि ‘यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ’ भन्दै गरेको दृष्य राखिएको छ ।

ट्रम्पले यसअघि सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा हुनुभन्दा केहीसमयअघि मात्रै अन्तिम पटक फेसबुकमा लेखेका थिए । दोस्रो पटक राष्ट्रपति बन्ने चाहना अधुरो रहेको झोंकमा संसद्मा हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनलाई जनवरी ७ देखि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको थियो । गत जनवरी २५ मा फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्म्सले ट्रम्पका खाता फुकुवा गरिदिने बताए पनि उनी फर्किन्छन्रफर्किँदैनन् भन्ने यकिन थिएन ।

सन्सपेन्सन हटाउने क्रममा मेटाले राजनीतिकर्मीहरूका कुरा सर्वसाधरणले थाहा पाउनुपर्छ तर नीति उल्लंघका घटना पुनस् दोहोर्याीए उनीमाथि ‘थप कारबाही’ हुने जनाएको थियो । ट्वीटर इनल मस्कको स्वामित्वमा आएपछि उनलाई त्यसमा पनि गत नोभेम्बरमै ‘रिइन्स्टेट’ गरिएको थियो । अर्थात उनका प्रतिबन्धित खाता फुकुवा गरिएको थियो । तर ट्रम्पले यतिञ्जेल त्यसमा कुनै ट्वीट गरेका छैनन् ।

सन् २०१६ मा विशेषत: फेसबुकलगायत सामाजिक सञ्जालको सहयातामा ट्रम्पले चुनाव जितेका थिए । आगामी राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिन चाहेका ट्रम्पलाई फेसबुक, युट्युबजस्ता प्लाटफर्मबाट चन्दा संकलनलगायत काममा सहजता हुने भएको छ ।

फेसबुकमा उनका १४६ मिलियन फलोअर छन् । वासिङ्टन पोस्टको एक समाचार अनुसार हालसम्म ट्रम्पले जति अर्को कुनै राजनीतिकर्मीले फेसबुक र इन्स्टाग्राममा पैसा खन्याएको छैन । सन् २०१८ को मेदेखि २०२३ को जनवरीसम्म ट्रम्प र उनी संलघ्न राजनीतिक अभियान आयोजकहरूले १.३ मिलियन विज्ञापनका लागि मेटालाई १५९ मिलियन डलर तिरेको मेटाले जनाएको छ ।

तेस्रो लिगलिगे साइकल दौडको उपाधि आर्मीका टमाटालाई

गोरखा — पालुङटार नगरपालिकास्थित लिगलिगकोटमा भएको‘लिगलिगे साइकल दौड’ को उपाधि नेपाली सेनाका हिमाल टमाटाले जितेका छन् । शनिबार भएको साइकल दौडमा कुल ५३ किलोमिटर दौड दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पार गर्दै टमाटा पहिलो बनेका हुन् ।

कञ्चनपुर महेन्द्रनगर–१२ का टमाटाले यसअघिको दुई संस्करणको प्रतियोगितामा पनि भाग लिएका थिए । पहिलो लिगलिगे दौडमा दोस्रो र दोस्रो लिगलिगे दौडमा चौथो बनेका टमाटा तेस्रो प्रयासमा शनिबार भएको प्रतियोगितामा पहिलो वने । उनि त्रिभुवन आर्मी क्लबका हुन् ।

‘पहिलो संस्करणदेखि नै म लिगलिगे साइकल दौडमा भाग लिएको छु,’ उनले भने,‘पहिलोमा दोस्रो भएँ, दोस्रोमा चौथो बनेको थिएँ, यो पटक पहिलो बनेँ, निकै खुसी लागेको छ ।’ लिगलिकोटको साइकल रुट निकै उत्कृष्ट रहेको उनले सुनाए । ‘यो अन्तर्राष्ट्रियस्तरको रुट छ, यो रुटमा रोड, अफरोड गोरेटो बाटो सबै पर्छ,’ उनले भने,‘साइकल यात्रा गर्नेका लागि उत्कृष्ट छ ।’

पुरुष इलाइटतर्फको प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो बनेका छन् । दुई घण्टा २४ मिनेट ४१ सेकेन्डमा उनले निर्धारित दूरी पार गरे । त्यस्तै काठमाडौका कुमार तामाङ तेस्रो बनेका छन् । दुई घण्टा २४ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गदै उनी तेस्रो बनेका हुन् । प्रतियोगितामा लक्ष्मण मल्ल चौथो र मानबहादुर थापा मगर पाचौँ वने । मल्ल एपीएफ र थापा नेपाल आर्मीका हुन् ।

पुरुष मास्टरतर्फ पहिलो हर्क लामा, दोस्रो विकास महर्जन, तेस्रो देवबहादुर बोहोरा बनेका छन् । लामाले लामाले दुई घण्टा ३२ मिनेट ४ सकेन्ड, महर्जनले दुई घण्टा ४९ मिनेट ५५ सेकेन्ड र बोहोराले दुई घण्टा ५२ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरेका छन् ।

लिगलिगकोटबाट शुरु भएको साइकल दौड आपँपिपल भञ्ज्याङ– हर्मि भञ्ज्याङ– मुकुन डाडाँ–आपपिपल अस्पताल–वनटार– भण्डारथोक–चेपेपुल–गरमबेंसी–चेपेघाट दोभान–हवाइग्राउण्ड– तालपोखरी–कालमाटा–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइटेल–वटडाडाँ–वोहोरागाउँ–बिजुलीडाँडा–खोल्ली हुँदै पुनः लिगलिगकोटमा आएर टुंगिएको थियो ।

कुल ५३ किलोमिटर साइकल दौडमा इलाइटतर्फ प्रथम हुनेलाई ७५ हजार दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई ३० हजार नगद पुरस्कार रहेको छ । चौथो हुनेलाई १५ हजार र पाँचौं हुनेलाई ७५ सय नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टस् क्लबका संस्थापक अध्यक्ष सञ्जीव राना मगरले बताए ।

त्यस्तै मास्टर पुरुषतर्फ प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगिताका विजेतालाई नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गर्ने छन् । अहिले पुरस्कार वितरण समारोह चल्दै छ ।


Last Updated on: March 18th, 2023 at 7:02 pm


तपाईको प्रतिक्रिया