मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


१० महिनामै टुट्यो नायिका वर्षाको विवाह, आशिषले गरे अर्कै युवतीसँग बिहे

प्रकाशित मिति । ३० फाल्गुन २०७९ ।

काठमाडौं : नायिका वर्षा शिवाकोटीले अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेको एक वर्ष पनि भएको छैन।

उनीहरूले गत वैशाखमा गुपचुप विवाह गरेका थिए। विवाहको १० महिनामै दुवैको वैवाहिक सम्बन्ध अन्त्य भएको छ।

वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौं। तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम – आशिष र वर्षा।’

बीचमा यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको लख काटिएको थियो। यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन्। एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भयो।

सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरियो।

उनीहरूको वैवाहिक अवस्थाबारे उकेराले जिज्ञासा राख्दा वर्षाले प्रष्ट केही खुलाइनन्। उनले ‘सामाजिक सञ्जाल पारदर्शी छ। पब्लिक रुपमा यसबारे बोल्नु छैन। जसले जे सोच्दा पनि हुन्छ। सबैलाई आफूखुसी सोच्ने स्वतन्त्रता छ,’ मात्र भनिन्।

उकेराले सोमबार बाजा बजाएर आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो फेला पारेकाले नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि हुन्छ।

अमेरिका घुमेर फर्किए लगत्तै नायिका वर्षाले २०७९ वैशाखमा आशिषसँग विवाह गरेको बाहिरिएको थियो। उनले इन्स्टाग्राममा तस्विर राखेर यसको पुष्टि गरिन्। पछि वैवाहिक कार्यक्रमका थप तस्विर पनि बाहिरिए।

उनले अमेरिका निवासी इन्जिनियर गेलालसँग मागी विवाह गरेकी थिइन्। परिवारबाट विवाहको कुरा आएपछि उनले अमेरिका गएर आशिषलाई भेटेकी थिइन्। पछि विवाहको योजना बनाएर दुवैले नेपाल फर्किएर विवाह गरेका थिए।

विवाह भएको ४ दिनमै उनका श्रीमान आशिष वर्षालाई छाडेर अमेरिका पुगे। वर्षा ‘लक्का जवान’ फिल्मको प्रमोसनमा व्यस्त थिइन्।

फिल्म रिलिज भएपछि उनी अमेरिका गइन्। वर्षाले नेपाल फर्किए लगत्तै श्रीमानसँगको फोटो सामाजिक सञ्जालबाट हटाएकी थिइन्। सोमबार त आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्विरै बाहिरियो।

जित्नेको मात्रै हुन्छ र इतिहास ?

केही सातायता ‘भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि राज्यबाट लाखौं रुपैयाँ चन्दा–सहयोग’ शीर्षकमा हल्लाखल्ला र भाइरल हुने खबरहरू सार्वजनिक आइरहेका छन् । नेपाल सरकारको प्रबन्धमा गृह मन्त्रालयले दिने आसचपु (आर्थिक सहायता चन्दा पुरस्कार) को विवरणमा मेरो नाम जोडिँदै आएको छ ।

रकम दिनेलिने सूचीमा मात्रै पारिनु तर वर्षौंवर्षदेखि मलाई नेपाल राज्यले दिँदै आएको शरण तथा जीवनयापन सम्बन्धी साथ–सहयोगका बारेमा कहीँकतै नबोलिनु ममाथिको अन्यायझैं भएको छ ।

भुटान सरकारको जातीय सफाया र सैन्य दमनबीच जीवनरक्षाका निम्ति नेपालसम्म आएका १ लाखभन्दा बढी भुटानी नागरिकका निम्ति गाँस–बास–कपासको आवाज उठाउनमा, तिनको मानव अधिकार र स्वैच्छिक घरफिर्तीका पक्षमा म लगातार दृढ रहँदै आएको छु । भुटानी शरणार्थीको हक–अधिकारका पक्षमा २०६० चैतमा रत्नपार्कमा अनशन बसेको समय र त्यसपछिको हरेक अभियानमा नेताहरू गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, अमिक शेरचन, नारायणमान बिजुक्छे, हृदयेश त्रिपाठीसहितले ‘पूर्ण समर्थन र ऐक्यबद्धता’ जनाउँदै आउनुभएको थियो, छ ।

पछि २०६२/६३ सालको जनआन्दोलनपछि अन्तरिम संविधान बन्ने बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि आर्थिक सहयोग प्रबन्धमा स्पेस राख्ने’ भनेबमोजिम तत्कालीन परराष्ट्रमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा मन्त्रिपरिषद्ले गरेको निर्णयमा मलाई निश्चित रकम मासिक सहयोग र केही सुरक्षा प्रबन्ध गरिएको हो, यो इतिहासलाई आज भुल्न मिल्दैन । त्यो प्रबन्धमा जीपनयापनका निम्ति वार्षिक १२ लाख रुपैयाँ, एउटा गाडी र एक जना सहायकसहितको सुविधा उपलब्ध गराउने भनिए पनि त्यसपछिका वर्षहरूमा त्यसले निरन्तरता पाउन सकेन ।

काठमाडौं धाएर अग्रज राजनीतिक नेताहरूसँग भेटघाट गर्दै आफ्नो शरणागत अवस्थाबारे खुलाएपछि फेरि सहयोग खुल्थ्यो, फेरि बन्द हुन्थ्यो । यी वर्षहरूमा राज्यबाट मैले पाएको सहयोगको यो थोरैतिनो प्रबन्धबारे नेताहरू पुष्पकमल दाहाल, केपी ओली, शेरबहादुर देउवा, झलनाथ खनाल, रामचन्द्र पौडेल, उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठ आदि जानकार हुनुहुन्छ नै ।

यो इतिहास र पृष्ठभूमिमाझ हरेक पटक अनेक कानेखुसीका बहानामाझ सहयोग रोकिँदै आएको कटु यथार्थ मैले पाउने रकमको बैंक विवरण वा सरकारी अभिलेख हेरेबाटै पनि स्पष्ट हुन्छ । यो अनाहकको आरोप सह्य नभएर यो स्पष्टीकरण लेखेको हुँ ।

आफ्नै राज्यमा लोकतन्त्र, स्वतन्त्रता र आत्मनिर्णयको अधिकार खोज्ने हुँदा देशनिकाला बेहोरिरहेको मलाई आज अर्कै देश–जनताले आश्रय दिएका मात्रै हुन् । स्वतन्त्रता र मानव अधिकारको हिमायतीका रूपमा यो राज्यले मलाई सामान्य जीविकोपार्जनको भरथेग गरिदिएको मात्रै हो । त्यसैले ‘टेकनाथ रिजालले राज्यबाट र शरणार्थीका नाममा लाखौं रुपैयाँ लिइरहेको छ’ भनेर जनमानसमा भ्रम फैलाउने काम जेजसरी भएको छ, त्यो निन्दनीय छ, अन्यायपूर्ण छ ।

भुटानी शरणार्थीको स्वैच्छिक घरफिर्तीको आन्दोलन र अन्तरात्माको आवाज आज सुषुप्त बनेझैं लाग्न सक्छ । आफ्नो माटामा जोडिन पाउने नैसर्गिक अधिकारको चीत्कार तत्काल नसुनिएको मात्रै हो, आवाज भने निभेको छैन ।

शिविरभित्र अथवा मजस्तै बाहिर शरणागत भएर बस्ने ७ हजारभन्दा बढी भुटानी शरणार्थीमध्ये एक जना मात्रैले आफ्नो घरफिर्तीको नैसर्गिक, मानवीय र प्राकृतिक अधिकारको बोली बोलुन्जेल भुटानी नागरिक हुनुको यो धुकधुकी रहन्छ नै । अरू कोही यसमा प्राणप्रणले जोडिएनन् भने पनि म एक जना त रहन्छु नै, सास चलुन्जेल । आफ्नो जातीय पहिचानको जरोकिलोका निम्ति अन्तर्मनको अठोटले लडिरहेको र दासताविरुद्ध जेलनेल भोगेको यो भुक्तभोगीलाई नेपाल राज्यले दिएको सम्मान, सुरक्षा र भरथेगलाई अनर्थ रूपमा नहेरिदिन–नबुझिदिन म बिन्ती गर्छु ।

अर्कातिर, भुटानमा स्वतन्त्रता र आफ्नो भाषा–संस्कृतिको अग्राधिकारका निम्ति आवाज उठाउन थालेकै समयदेखिका केही भुटानी नागरिक अझै पनि राजबन्दी हैसियतमा भुटानका कारागारहरूमा थुनामै छन् । तीन दशकदेखि लगातार थुनामा रहेका ५० भन्दा बढी यी ज्ञात–अज्ञात राजबन्दीले बेहोरिरहेको यातना पनि भुटानी शासक र शासनले प्रचार गर्दै आएको ‘सुखी–खुसी राष्ट्र’ को प्रतिरोधको अव्यक्त आवाज हो ।

उता, पुनर्बसोबासमा पुगेर माइती न मावलीको हविगत बेहोर्ने लाखौं भुटानी नागरिक र एक प्रकारले शरणार्थी हुँदै अनागरिक बनाइएका हजारौंको अन्तरात्माले समेत भुटानी नरसंहारको इतिहास भुल्न दिनेछैन । इतिहासको यो कालखण्डमा स्वतन्त्रता र अधिकारको लडाइँ लडिरहेका बेला तत्काल जितहारको परिणाम खोजिरहनुको अर्थ देखिँदैन ।

स्वतन्त्रताको पक्षमा लड्दै र भिड्दै हिँडिएको लामो यात्रा हो यो । इतिहासमा हार खाइसकेको पुस्ता वा सफायामा परेको नामेट जातिका रूपमा चिनिने–चिनाउने मनोकांक्षा कम्तीमा मसँग छैन ।

हिजो (र, आज पनि) नेपाल–नेपालीले हामी भुटानी नागरिकलाई यो माटोमा शरण नदिएका भए इतिहासको गर्तमा हामी कहाँ हुने थियौं होला ? भनिन्छ— इतिहास जित्नेको मात्रै लेखिन्छ, हार्नेको लेखिन्न । हामी विजयी हुन्छौं कि पराजित ? हामीले आफ्नो माटोबाटोमा जोडिन पाऔं र आफ्नो प्राणरक्षा गरिपाऔं भनेर विश्वसमुदायसँग हारगुहार गर्नु गलत थियो/हो त ? जातीय अस्तित्व र गौरवको हिसाबमा लोपोन्मुख हैसियतमा आइपुगेका हामी भुटानी नागरिक (ल्होत्साम्पा) को चिनारी इतिहासका पानामै सीमित होला त ? यसमाथि गुणीजनको विवेक पुगोस्, सबैले मनभित्रैबाट समीक्षा गरिदिनुहोस् ।

रिजाल भुटानी शरणार्थीको अधिकारका पक्षधर तथा मानव अधिकारवादी नेता हुन् ।


Last Updated on: March 14th, 2023 at 6:45 pm


१०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया