
मेयर बालेनको एकपछि अर्को महत्पूर्णकाम बालेनले बाजागाजा सहित दमकल उद्घाटन गरे (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)
प्रकाशित मिति । २९ मंसिर, २०७९ ।
काठमाडौं– २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यससँगै महानगरले घोषणा भएका दिन विभिन्न कार्यक्रम गरि महानगर दिवस मनाइदै आइरहेको छ ।
महानगर घोषणा भएको २५ वर्ष पुगेको छ । शनिवार र आइतवार काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस मनाउने भएको छ । यसका लागि कामपा प्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ ।
शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरका शाक्यले नगरबासीका बीचमा बसेर महानगर दिवस मनाउने गरी कार्यक्रम तय गरिएको बताए ।
‘परम्परागत बाद्यबादन, बाद्यबादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिबिधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक संघसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता हुनेछ’ कार्यक्रममा बोल्दै उनले भने ‘हामी बसन्तपुरको खुल्ला ठाउँमा दिवसका कार्यक्रम आयोजना गर्छौ ।’
यस्ता छन् महानगर दिवसका कार्यक्रमहरु
शनिवार बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल र्याली हुनेछ ।
त्यस्तै दिउँसो १ बजे रामहिटीमा रहेको नवनिर्मित दमकल भवनको उद्घाटन गरिनेछ ।
शनिवार र आइतवार बसन्तपुरमा मौलिकता झल्किने प्रकारका फोटो प्रदर्शनी हुनेछ ।
महानगरबाट तालिम पाएका स्थानीय साना उद्यमीहरुबाट तयार पारिएका बस्तु तथा सामाग्रीको प्रदर्शनी र मौलिक खाद्यबस्तुको प्रदर्शनी एवं बिक्री गरिनेछ । यसको व्यवस्थापन खर्च महानगरले गर्नेछ भने त्यसबाट प्राप्त आम्दानी सहभागी आफैंले लैजान पाउनेछन् ।
दुवै दिन बसन्तपुरमा मौलिक सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।
महानगर दिवसको उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरुलाई नगद सहित सम्मान गरिने छ ।
त्यसैगरी मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारी लगायत इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
महानगरले १० जना पत्रकारलाई वितरण गरिँदै आएको महानगर सुशासन पत्रकारिता पुरस्कारलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।
गत वर्ष जस्तै यसपटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै महानगर दिवसका अवसरमा आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ ।
दिवसले आपसी सद्भाव र आत्मीयतामा बृद्धि होस् भन्ने भन्ने उद्देश्यले शुक्रवार जनप्रतिनिधि र कर्मचारीकाबीच डोरी तान्ने र घैंटो फोड्ने प्रतियोगिता हुँदैछ ।
त्यस्तै महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता हुनेछ ।
दिवसको अवसर पारेर सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा हुँदैछ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो ।
दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी,
करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा कविता, निबन्ध तथा खेलकुद उपसमिति गठन गरिएको र ती समितिले आफ्ना—आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको मेयर शाक्यको भनाइ छ ।
राष्ट्रपतिसमक्ष मुख्यमन्त्रीको गुनासो- संघले अधिकार नदिँदा प्रदेश निरीह बने
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संघले संविधानप्रदत्त अधिकार नदिँदा प्रदेश सरकार निरीह बनिरहेको गुनासो गरेका छन्।
बिहीबार विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको औद्योेगिक व्यापारिक मेला विराट एक्स्पोको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुख्यमन्त्री राईले गुनासो गरेका हुन्।
उनले प्रदेश सरकारहरूले संघले बेवास्ता गर्दा बनाएका कानुनहरू प्रयोगमा ल्याऊ नपाएको संविधानअनुसार साझा वित्तीय अधिकारहरू उपभोग गर्न नपाउँदा बजेट निर्माणमा पनि संघकै भर पर्नु बाध्यता कायमै रहेको बताए।
उनले संघबाट अधिकार दिलाउन पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति भण्डारीसँग भने, ‘राष्ट्रपतिज्यू तपाईं हाम्रो अभिभावक हो। संघीयताको संरक्षक हो। यसैले, भन्नका लागि संघीयता भनिए पनि देशमा अझै केन्द्रीकृत शासन प्रणाली कायमै छ। प्रदेशलाई अधिकार दिलाउन पहल गरिदिनु होला।’
राईले संघीयताको व्यावहारिक कार्यान्यवन हुन सके देशमा विकासले गति लिने दाबी गरे। उनले सीमित आयस्रोत र संघको अनुदानमा भरपर्दा सानो बजेट बनाउनुपर्ने बाध्यता भए पनि संघले भन्दा जिल्लामा प्रदेश सरकारले कैयौँ गुणा धेरै योजनाहरू लैजान सफल भएको दाबी गरे।
उनले भने, ‘हाम्रो सिंगो प्रदेशको बजेट संघको एउटा मन्त्रालयको जति पनि छैन तर म चुनौती दिन्छु, संघीय सरकारलाई, आउनुहोस् कसले कहाँ धेरै योजना कार्यान्वयन गरायो।’
मुख्यमन्त्री राईले नागरिकता र पासपोर्ट बनाउने अधिकार अब पालिकामै दिनुपर्नेमा जोड दिए।
जापानद्वारा पूर्वसभामुख पौडेललाई उच्च सम्मान
जापानी सम्राट नरुहितो र जापान सरकारलाई धन्यवाद दिन चाहन्छु : पूर्वसभामुख पौडेल
काठमाडौँ — पूर्वसभामुख तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्रान्ड कोर्डन : दि अर्डर अफ द राइजिङ सन’ विभूषणबाट सम्मान गरेको छ । जापानले यसअघि नै घोषणा गरेको सो विभूषण बिहीबार काठमाडौंस्थित जापानी दूतावासमा नेपालका लागि जापानका राजदूत किकुता युताकाले पौडेललाई हस्तान्तरण गरे ।
जापानी दूतावासका अनुसार पौडेललाई प्रदान गरिएको उक्त विभूषण विदेशी नागरिकलाई जापान सरकारले दिने सबैभन्दा उच्च तहको सम्मान हो ।
जापानका सम्राट मेइजीले सन् १८७५ मा उक्त विभूषणको स्थापना गरेका थिए । पौडेललाई सभामुख हुँदा नेपाल-जापान संसदीयमैत्री समिति संघ गठन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथा नेपाल–जापान सम्बन्धलाई बलियो बनाउन खेलेको भूमिकाको आधारमा उक्त विभूषण उनलाई प्रदान गरिएको राजदूत किकुताले बताए ।
जापानका सम्राट नरुहितोले हस्तान्तरण गर्नुपर्ने उक्त विभूषण कोभिड-१९ का कारणले गर्दा सन् २०२० मै दिइसक्नुपर्ने थियो । तर‚ कोभिड-१९ संक्रमण कम भएपछि अहिले दूतावासबाटै पुरस्कार दिइएको हो ।
पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत हुन् । उक्त संघ सन् १९९९ मा गठन भएको थियो । सम्मान ग्रहण गरेपछि पूर्वसभामुख पौडेलले जापानी सम्राट नरुहितो र जापान सरकारलाई धन्यवाद दिए । उनले दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन आफूले लेखेको भूमिकालाई कदर गरेर सम्मान गर्दा खुसी लागेको बताए ।
राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको परिणाम प्रतिवेदन पेस
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार पेस गरेको छ ।
नेपालको संविधानको धारा ६२ एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् । उक्त निर्वाचनमा रामचन्द्र पौड्याल निर्वाचित भएका थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले उक्त निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराएकामा आयोग, सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा आयोग हार्दिक धन्यवाद व्यक्त गरे । प्रमुख आयुक्त थपलियाले निर्वाचनको व्यवस्थापन र प्रक्रिया तथा परिणामबारे अवगत गराएका थिए ।
कार्यक्रममा निर्वाचन आयुक्त र आयोगका उच्चपदाधिकारी सहभागी भएका थिए । वर्तमान राष्ट्रपतिको कार्यकाल यही फागुन २८ गते सकिँदैछ ।