
हेर्नुस राप्रपा कसरी झर्यो जिरोमा ?
राप्रपाले किन राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गर्याे ?
– प्रवक्ता मोहन श्रेष्ठ – राप्रपाको भोट ‘निर्णायक’ नभएको कारणले यसपाली तटस्थ बस्ने निर्णय राप्रपाले गर्याे ।
– अध्यक्ष राजेन्द्र लिङ्देन – वर्तमान परिस्थिति र हाम्रा आम शुभेच्छुकको चाहनालाई ध्यानमा राख्दै भोलि सम्पन्न हुने राष्ट्रपति पदको मतदानमा राप्रपाले सहभागी नहुने निर्णय गरेको छ ।
राप्रपालाई भोट हाल्नेले टाउकोमा हात राखेर भन्दै छन्
१) हिजो प्रचण्डलाई प्रधानमन्त्री बनाउन दौडेर समर्थक र प्रस्तावक बस्यो त्यो पनि उप प्रधानमन्त्री खानलाई । अनि भन्यो देशलाई स्थायीत्व प्रदान गर्न सरकारमा गएको ।
२) प्रदेश खारेजी, संघीयता विरोधि भन्ने राप्रपा प्रदेशमा सभामुख र मन्त्री खान बार्गेनिङ ग¥यो र खायो ।
३) प्रचण्ड सरकारले कार्बाही गर्ने थाहा भएपछि एक दिन अगाडिनै सरकारबाट बाहिरियो जुन कुराको कुनै तुकनै थिएन ।
४) एमालेको जहाँ सरकार बनेको छ त्यहाँ राप्रपाले सरकार नछोड्ने निर्णय ग¥यो र अहिले पनि प्रदेशहरुमा त्यो समीकरण छँदैछ ।
५) राष्ट्रपति निर्वाचनमा एमालेकै उमेदवारले जित्ने र सहयोग गर्ने भनी बारम्बार मिडियामा राप्रपा अध्यक्ष लिङ्देन बोले ।
६) राष्ट्रपति निर्वाचनमा कांग्रेस उमेदवारलाई सघाउ पुर्याउने उदेश्यले ‘एमाले’ ओलीलाई धोखा दिदंै निर्वाचनमा तटस्थ बस्ने निर्णय ग¥यो । हिजो एमालेको सहयोगमा विभिन्न क्षेत्र बाट निर्वाचित हुनु, अहिले हिजोको सहमति लत्याउदै ‘तटस्थ’ बस्नु त्यो राजनीतिमा बेईमानी हो ।
७) राष्ट्रपति निर्वाचनमा भोट बहिस्कार गर्न नसक्नु राप्रपाले गणतन्त्र स्विकार्दै अघि बढेकोमा दुईमत रहेन ।
८) हिन्दुराज्य भन्नु समानुपातिक सांसद क्रिस्चियनलाई बनाउनु ।
९) राजा आउ भन्नु राजतन्त्र हटाउनेलाई प्रधानमन्त्रीमा समर्थन गर्नु ।
१०) राजा चाहिन्छ भन्नु अनि राजाले स्विकारोक्ती प्रदान गरेको दुर्गा प्रसाईको अभियानमा राप्रपाका कार्यक्रतालाई त्यस्तो ‘बैंक ठग’ लाई हामी साथ दिदैनौं भनी कार्यक्रममा नजान ‘ह्विप’ जारी गर्नु राप्रपाको लागि दुर्भाग्यपूर्ण हो ।
नोट – प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदानमा भाग नलिनु एमालेलाई धोखा दिनु साथै राजनीतिक वेइमानी हो । राप्रपासँग २४५० मतभार छ ।राप्रपाले किन राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गर्याे ?
प्रवक्ता मोहन श्रेष्ठ – राप्रपाको भोट ‘निर्णायक’ नभएको कारणले यसपाली तटस्थ बस्ने निर्णय राप्रपाले गर्याे ।
अध्यक्ष राजेन्द्र लिङ्देन – वर्तमान परिस्थिति र हाम्रा आम शुभेच्छुकको चाहनालाई ध्यानमा राख्दै भोलि सम्पन्न हुने राष्ट्रपति पदको मतदानमा राप्रपाले सहभागी नहुने निर्णय गरेको छ ।
आत्महत्या रोक्न पूर्वसंकेतको पहिचान
के–कस्ता मनोवैज्ञानिक र मनोसामाजिक अवस्थाका कारण मानिसहरू अन्तिम विकल्पका रूपमा आत्महत्या रोज्न बाध्य हुन्छन् भन्ने ठम्याउन जटिल भए पनि यस्ता अधिकांश घटनामा केही समानता भेटिन्छन् ।
कमजोर सामाजिक–आर्थिक अवस्थिति तथा परिवार र समाजसँगको सम्बन्धमा देखा पर्ने भावनात्मक उतारचढावले व्यक्तिमा मनोविचलन आउने गर्छ । यस्तो परिस्थिति र आत्महत्याको निर्णयबीच देखा पर्ने अप्रत्याशित व्यवहारलाई पहिचान गरी बेलैमा सम्बन्धित व्यक्तिलाई व्यक्तिगत वा व्यावसायिक मनोसामाजिक परामर्शसहितको उपचार पुर्याउन सके आत्महत्याका घटनालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । यसका लागि आत्महत्याका पूर्वसंकेतहरूलाई गम्भीरतापूर्वक लिन परिवार र समाज, अनि पहिचानपछि मानसिक स्वास्थ्य समस्याको उपचारका लागि मनोचिकित्साको सहज प्रबन्ध मिलाउन राज्यको भूमिका महत्त्वपूर्ण हुने गर्छ ।
पछिल्लो समय नेपाली समाजमा गरिबी, बेरोजगारी, कमजोर सामाजिक सुरक्षाभाव बढ्दो छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध र मन्दीतर्फ उन्मुख विश्व अर्थतन्त्रका कारण यो अवस्था झनै सघन बन्दो छ ।
व्यक्तिविशेषको उन्नतिलाई अवरोध पुर्याउने यस्तो वातावरणले जोकोहीमा मनोविचलन ल्याउन सक्छ । यिनै कारण हुनुपर्छ, विज्ञहरूका अनुसार नेपाली समाजमा मानसिक स्वास्थ्य समस्या एउटा मुख्य जनस्वास्थ्य समस्याका रूपमा देखा परिरहेको छ, र आत्महत्याका घटना डरलाग्दो गरी बढिरहेका छन् ।
नेपाल प्रहरीका अनुसार मुलुकमा हरेक दिन औसत १८ जनाले आत्महत्या गर्छन् । पाँच वर्षयता मात्रै ३३ हजार ८ सय ६१ जनाले आत्महत्या गरेका छन् । यो संख्या दुर्घटना तथा अरू स्वास्थ्य समस्याबाट हुने अकाल मृत्युभन्दा निकै धेरै हो ।
त्यसमा पनि आत्महत्या गर्नेहरू धेरै युवा उमेर समूहका छन् । युवाहरूले अन्तिम विकल्पका रूपमा आत्महत्या रोज्न बाध्य हुनुले कतै समाज संकटोन्मुख दिशामा त छैन भन्ने देखाउँछ । त्यसैले यसलाई खतराको सूचकका रूपमा बुझ्नुपर्छ, र व्याप्त निराशालाई चिर्दै आर्थिक–सामाजिक सुधारको थालनी गर्नुपर्छ ।
आत्महत्यालाई नितान्त व्यक्तिगत मानसिक समस्याका रूपमा मात्र लिनु हुँदैन; यो अवस्थासम्म पुग्नुमा समाजमा व्याप्त निराशाको पनि भूमिका हुने गर्छ । कोभिड महामारी तथा विश्व आर्थिक मन्दीको मारमा पर्दा पनि त्यसबाट आमजनलाई बाहिर निकाल्न उपयुक्त आर्थिक नीतिका लागि सरकारले खासै प्रयास नगरेको परिस्थितिमा बढ्दो आत्महत्याका घटनाप्रति पर्याप्त चिन्तन गर्नु आवश्यक छ । यस्तो बेला युवामाझ आशाको सञ्चार गर्न सक्ने राजनीतिक इच्छाशक्तिको आवश्यकता नेपाली समाजलाई निकै बढी छ ।
आर्थिक–सामाजिक समस्याहरू हल गर्न आवश्यक कदम चाल्नुका अतिरिक्त, आत्महत्या रोकथामका लागि यसका पूर्वसंकेतहरू पहिचान गर्न पनि उत्तिकै आवश्यक छ । आत्महत्या गर्ने ९० प्रतिशतभन्दा बढी व्यक्तिले कुनै न कुनै पूर्वसंकेत दिने गरेको विज्ञहरू बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक व्यक्तिले आत्महत्या गर्नुअघि पनि २० पटकसम्म यस्तो प्रयास गरेका हुन्छन् । यसको अर्थ आत्महत्याको घटनाभन्दा २० गुणाभन्दा बढी त्यस्ता प्रयासका घटना भएका हुन्छन् । यी व्यक्तिहरूले दिने पूर्वसंकेतहरू पहिचान गर्न परिवार, साथीसँगी, सहपाठी–सहकर्मी लगायतले सक्छन् ।
जस्तो- धेरैजसो व्यक्ति शिक्षा र पेसा–व्यवसायमा भोग्नुपरेको असफलता, सम्बन्धविच्छेद, नजिकका व्यक्तिको मृत्यु लगायतका भावनात्मक कारण उदास हुने गर्छन् । यसबाट असुरक्षाभाव पैदा भई कतिपयले असहाय महसुस गर्छन्; कतिले मृत्युबारे कुरा गर्छन्; विषादी, हतियार, औषधि अथवा अन्य माध्यमकै खोजी पनि गर्छन् ।
नेपाली समाजमा मनोस्वास्थ्य समस्यालाई गम्भीरतापूर्वक लिने नगरिएकाले पनि यस्ता पूर्वसंकेतहरूलाई त्यति वास्ता गरिन्न । यसले गर्दा तनाव व्यवस्थापनमा सघाएर आत्मबल वृद्धि गर्नेसहित पहिलो परामर्शदाता बन्न परिवार वा नजिकका व्यक्ति चुकिरहेका छन् । यसर्थ, आत्महत्या तथा आत्महानिका व्यावहारिक संकेतहरू चिनेर त्यसपछिको उपचार प्रक्रियालाई सहज बनाउनु जरुरी छ ।
प्रथमतः नेपाली समाजमा मानसिक स्वास्थ्य समस्या भएकाहरूमा हेय दृष्टि दिने प्रवृत्तिमै सुधार ल्याउनु जरुरी छ । आफूहरूलाई जनाउने शब्द असाध्यै अमर्यादित भएकैले पनि धेरैले मानसिक स्वास्थ्य समस्यालाई लुकाउने गरेको यथार्थ बुझ्न आवश्यक छ । त्यसैले मानसिक रोगलाई अरू स्वास्थ्य समस्याजत्तिकै सामान्य रूपमा समाजमा स्थापित गराउनुपर्छ । र, समस्यामा रहेका व्यक्तिलाई परिवार र समाजले पर्याप्त ढाडस दिई आवश्यकता अनुसार आधिकारिक मनोविज्ञ/मनोचिकित्सकहरूकहाँ पुर्याउनुपर्छ ।
अर्को, यसको उपचारको सहज पहुँच बढाउनुपर्छ । अहिले मनोचिकित्सा उपचार सेवा काठमाडौं लगायत ठूला सहरकेन्द्रित छन् । त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग अनुसार त्यहाँ हरेक महिना सरदर १५–२० जना आत्महत्याको प्रयास गरेकाहरू उपचारका लागि पुग्छन् ।
कतिपय सहरकेन्द्रित निजी परामर्श केन्द्रमा पनि यस्तो सुविधा छ । यस्ता केन्द्रहरू जति देशव्यापी रूपमा स्थापित हुन्छन्, त्यति मनोसमस्या न्यूनीकरणमा सघाउ पुग्छ । त्यसैले व्यावसायिक मनोपरामर्शका लागि सरकारले लगानी बढाउनुपर्छ ।
स्वास्थ्य मन्त्रालयले नै कर्णाली तथा सुदूरपश्चिम लगायतका प्रादेशिक वा जिल्ला अस्पतालमा मानसिक स्वास्थ्य विशेषज्ञ पुर्याउन नसकेको स्विकारेको अवस्थामा यो कार्य चुनौतीपूर्ण पक्कै छ । तर पनि सुविचारित योजना बनाएर अघि बढ्नुको विकल्प छैन; देशभरका स्वास्थ्य संस्थाहरूमा निश्चित वर्षभित्र मनोचिकित्सक वा सम्बन्धित तालिमप्राप्त स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन सरकार दृढसंकल्प हुनैपर्छ ।