मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । १६ फाल्गुन २०७९ ।

काठमाडौं । सामाजिक सञ्जालमा मात्र होइन, हरेक ठाउँमा अहिले ‘बलात्कार’ भन्ने शब्दलाई लिएर समाज विभाजित छ । पछिल्लो समय चर्चामा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको प्रकरणले त अझ सोसल मिडियामा ‘हानाथाप’ नै चलिरहेको पाइन्छ।

तर, पीडित भनिएकी किशोरीको मनमा के बितिरहेको छ भन्ने कसैले आँकलन गर्न सकेका छैनन्। आफूमाथि भएको पीडा न्यायालयमा ओकल्दा उनलाई अपराधी नै ठानिएको अनुभूति गरेकी छन्, उनले। अझ, सन्दीपलाई चोख्याउन न्यायालय नै लागिरहेको आशंका भइरहँदा ती किशोरीको मनमा झन् विक्षिप्तता छाएको स्पष्ट देखिन्छ।

अन्याय परेका बखत न्यायका लागि धाइने अदालतका हरेक आदेश आफ्ना लागि करेन्टबाट दिइएको टर्चरजस्तो उनी बताउँछिन्। ‘न्यायको आभास मेरा लागि पासोसरह भइरहेको छ, ठुलो ह्याम्मरले निरीह पिनलाई हिर्काएझैं, करेन्ट लगाएर दिइने टर्चरजस्तो,’ केटिएम दैनिकसँगको कुराकानीमा उनले भनिन्, ‘मेरो यो लडाइँ आफ्नो जितको लागि नभएर मैले भोगेको पीडा आगामी दिनमा अरूले भोग्न नपरोस् भनेर हो।’

हुन पनि आफूविरुद्ध आउने हरेक आदेश वा बयानका बारे परिवारलाई बुझाउन हरसम्भव कोसिस गर्ने ती किशोरीले आफ्नो मनलाई भने बुझाउन सकिरहेकी छैनन्। हात र आँखाबीच गहिरो सम्बन्ध बनाइसकेकी छिन्, उनले भने, ‘एकपछि अर्का आदेश चट्याङसरह लाग्छन्, अझ रक्षाबन्धनमा राखी बाँधेर दिदीको साइनो गाँसेको मान्छेले दिएको हचुवा बयान जब मिडियामा आयो, त्यसबाट त मुटु छियाछिया भएको छ,’ उनी भन्छिन्।

दिदी सम्बोधन गर्ने युवतीको उक्साहटमा सन्दीपलाई भेट्न पुगेको पीडित किशोरीको भनाइ छ। उनका अनुसार सन्दीपले आफूलाई भेट्न बोलाएको दिन उक्त खबर रुममेट दिदीलाई सुनाएकी थिइन्। दिदीले आफूलाई उनकै कपडासमेत लगाइदिएर पठाएको सुनाउँदै उनी भन्छिन्, ‘भेट्न जानुपूर्व रुममेट भनिने दिदीलाई जाउँ कि नजाऊँ भनेर सोध्दा उहाँले आफू पनि सन्दीपको डाइहार्ड फ्यान रहेको र आफूलाई पनि भेट्ने इच्छा रहेको बताउनुभएको थियो।’

ती किशोरी निस्किने बेलामा आफ्नो नाम लिएर सन्दीपले ‘हाई’ गरेको एउटा भिडिओ सम्भव भएसम्म बनाएर आफूलाई पठाउन आग्रहसमेत गरेकी थिइन्। तर अहिले रुममेट दिदीले सन्दीपलाई चोख्याउन उनकै पक्षमा बयान दिएको ती किशोरीको दाबी छ।

‘अहिले उहाँले सन्दीपलाई भेट्न जान लागेको कुरा ब्वाइफ्रेन्ड र होस्टल सञ्चालकलाई समेत नभन्नू भनेको भन्दै बयान दिनुभएछ,’ उनी भन्छिन्, ‘यी सब बनावटी कुरामात्र हुन्। एकाएक यसरी कुरा आउनुले झनै शंका उब्जाएको छ। बन्द इजलासबाट हेरिने मुद्दामा त पीडितको बकपत्र भइरहँदा सम्बन्धित पक्षबाहेक इजलासभित्र कोही पनि आउन नपाइने होइन र? तर बकपत्र चलिरहँदा रुममेट इजलासभित्रै आएर मेरै अगाडि सन्दीपसँग कानेखुसी गरिरहनुभएको थियो, यो सबै पीडितको मनोबल गिराउने रणनीति हो।’

उसै त फागुन ५ गते स्कटल्यान्डविरुद्धको क्रिकेट खेलमा सन्दीपले ती युवतीलाई आफ्नो भिआइपी सिटमा राखेर खेल देखाएका थिए। खेलपछि सन्दीपकी आमासँगै मैदान प्रवेश गरेकी ती युवतीले उनलाई अंकमाल गरेका थिए। सन्दीप र ती युवतीले अँगालो हाल्दै गरेको सो फोटो सोसल मिडियामा सार्वजनिक भएको थियो।

सो फोटो आफ्नो सामाजिक सञ्जालमा राख्दै ती युवतीले लेखेकी छन्, ‘तिमीले गर्ने स-साना कुराहरूले मलाई स्मरण गराउँछ कि म किन हरपल तिमीमा आकर्षित हुन्छु।’

उक्त खेलमा सन्दीपले तीन विकेट लिँदा नेपालले स्कटल्यान्डमाथि तीनै विकेटको जित हात पारेको थियो।

क्यान्सर उपचारको सकस

शरीरका सबैजसो अंगमा उत्पन्न हुन सक्ने क्यान्सर अनुमान गरेभन्दा धेरै गुणा भयावह हुन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरि वार्षिक १ करोड मानिसको क्यान्सरका कारण मृत्यु हुने गर्छ ।

रोकथामका उपायहरू नअपनाउने हो भने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको हाल वार्षिक ३०,००० नयाँ क्यान्सरका बिरामीहरूको संख्या लाखौंमा पुग्न सक्छ । अझ नेपालजस्तो कम विकसित देशमा यसको उपचार आम सर्वसाधारणले धान्नै नसक्ने गरी महँगो छ ।

सार्वजनिक अस्पतालले क्यान्सरको उपचार गर्ने गरे पनि त्यसका लागि चाहिने सामान्य उपकरण पनि उपलब्ध छैनन् । यसको रोकथामका लागि जनचेतनाका साथै सरकार र चिकित्सकहरू पनि सर्वसुलभ र सस्तो उपचारका क्षेत्रमा योजनाबद्ध किसिमले लाग्नुपर्छ ।

के हो क्यान्सर ?

हाम्रो शरीरको प्रारम्भिक एकाइ (कोष) को संख्या ३७ खर्ब छ र २०,००० आनुवंशिक कणले वंशानुगत रूपमा चारित्रिक विशेषताहरू सन्ततिमा सार्ने तथा स्थायी कोषहरूको विभाजनको नियमन गर्छन् । यो निर्दिष्ट कोषीय चक्रको नियमन पनि कोषभित्रै रहेका आनुवंशिक कण अर्थात् जिनबाट सम्पादित हुने गर्छ ।

यी कोषहरू विभाजित हुने या पुराना क्षयीकरण भै नयाँ नयाँ सृजित हुने गर्छन् । कुनै आन्तरिक, बाह्य वा वातावरणीय खलबल पैदा भए ती कोषहरू अप्राकृतिक, विशृंखलित र अनियन्त्रित तवरले वृद्धि र विभाजित हुने गर्छन् ।

यसरी निर्दिष्ट चक्रमा परिवर्तित भैरहनुको सट्टा वंशानुगत खराबी, धूमपान, विभिन्न हानिकारक रसायन, मद्यपानजस्ता हानिकारक वस्तुहरूका कारण प्राकृतिक कोषहरू अनियन्त्रित एवम् अप्राकृतिक गति र पथमा संख्यात्मक रूपमा वृद्धि हुँदै जान्छन्, तिनले आफ्नो सीमा नाघ्छन्Ù ती क्यान्सरयुक्त तन्तु छेउमा सर्दै या रक्तकोषको माध्यमबाट शरीरका अन्य भागमा फैलिन थाल्छन् । यसरी क्यान्सर भनेको शरीरका अस्वाभाविक कोषहरू अनियन्त्रित किसिमले रूपान्तरण र संख्यामा वृद्धि हुनु पनि हो ।

क्यान्सरको पूर्वअवस्थामा दाग, घाउ, टाटा, गिर्खा जस्ता लक्षण देखिन्छन् । प्रारम्भिक अवस्थामै पत्ता लागे, सावधानी अपनाए या उपचार गरे क्यान्सर निको पनि हुन सक्छÙ पूर्ण रूपमा उन्मुक्ति पाउन सकिन्छ । क्यान्सर जुनसुकै उमेर, पेसा, लिंगका व्यक्तिलाई लाग्न सक्छ । पूर्णतः निको हुन नसके पनि बिरामीलाई पीडाबाट मुक्ति दिलाउन सकिन्छ । क्यान्सरपीडितलाई सबैको स्नेहको जरुरत छ ।

उपचार

क्यान्सरको उपचार मूलतः दुई प्रकारका हुन्छन्— निको पार्ने र लक्षण या दुखाइहरू घटाउने । शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापीसहित टार्जेटेडथेरापी, जिनथेरापी जस्ता आधुनिक उपायहरू अत्यन्तै महँगा हुन्छन् ।

समयमै उपचार गरे निको हुन्छ भन्ने जनचेतना फैलाउन सकिए पनि यसको उपचार महँगो पर्ने भएकाले बिरामीले पाइरहेका हुन्नन् । त्यसैले सहज उपचार सेवाको प्रत्याभूति हुनुपर्छ । क्यान्सरका बिरामीहरूप्रति सरकार असंवेदनशील छ । उनीहरूको उपचार सेवाका क्षेत्रमा पर्याप्त काम भएका छैनन् । सबै केन्द्रीय अस्पताल एवम् सार्वजनिक क्यान्सर अस्पतालहरूमा रेडियोथेरापी सेवाको व्यवस्थापन नगरिनुबाट पनि यो प्रस्ट हुन्छ ।

सरकारसम्म पहुँच भएका देशका प्रभावशाली चिकित्सकहरूले यो सवाल उठाउनुपर्ने हो । वरिष्ठ चिकित्सकहरू सम्पूर्ण नागरिकको स्वास्थ्यको संरक्षक हुनुपर्ने हो, अभिभावक बन्नुपर्ने हो । अन्य देशमा चिकित्सकहरूले यो भूमिका निर्वाह गरेका हुन्छन् । नेपालमा त, जिम्मेवार चिकित्सकहरू नै परोक्ष या अपरोक्ष रूपमा निजी अस्पतालमा लगानीकर्ता छन् ।

नेपालबाट ठूलो संख्यामा क्यान्सरका रोगीहरू दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालसहित भारतका विभिन्न अस्पतालमा जाने क्रम घट्न सकेको छैन । यसो हुनुका पछि स्वदेशभित्र स्तरीय सेवा उपलब्ध नहुनुभन्दा पनि जानकारीको अभाव र विभिन्न खाले कमिसनसहितका आर्थिक चलखेलहरू नै जिम्मेवार छन् ।

नेपालका निजी अस्पतालहरूमा क्यान्सर उपचार अस्वाभाविक रूपमा महँगो छ । सरकारले बिरामीलाई उपलब्ध गराउने १ लाख रुपैयाँ हात्तीको मुखमा जिराझैं बन्न पुग्छ । त्यसैले वीर, कान्ति, टिचिङ आदि सार्वजनिक अस्पतालहरूमा क्यान्सर उपचारको प्रबन्ध हुनुपर्छ ।

हालै सरकारी लगानीमा २०६८ सालदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्माणाधीन सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल स्वास्थ्यमन्त्रीले उद्घाटन गरे तर रेडियोथेरापीसम्म उपलब्ध छैन । वीरमा खरिद गरिएको अत्याधुनिक प्रविधि प्रयोगमै नआई बेकामे हुन पुग्यो ।

जनचेतना र रोकथाम

सरकारले विगतमा झैं रोगबारे सचेतता फैलाउने घोषणा गरेको छ । यसका माध्यमहरू बहुआयामिक र बहुपक्षीय छन् । धूमपान, मद्यपानका हानिहरूबारे सरकारी विज्ञापन या जानकारी औपचारिकताजस्तै प्रतीत हुन्छ । यिनको बिक्री–वितरणमा कमी आउन सकेको छैन । अम्मलीहरूको संख्या पनि बढिरहेको छ । अझ रक्सी पिउँदा धूमपान या सुर्तीसेवन गर्नु झनै हानिकारक हुन्छ ।

अन्य देशमा अल्कोहल, विकिरणीय, रासायनिक प्रदूषण, आनुवंशिक कारणले प्रकोपका रूपमा रहेका पाठेघर, स्तन, पाचन प्रणाली, थाइरोइडका क्यान्सरका रोगीहरू नेपालमा बढिरहेका छन् । मुखको क्यान्सरका बिरामी विकसित राष्ट्रहरूमा घटिरहे पनि यहाँ बढिरहेका छन् ।

यसो हुनुको मूल कारण गुट्खा, सुर्तीजस्ता हानिकारक वस्तुहरूको अत्यधिक प्रयोग नै हो । सुर्तीमा रहेका क्यान्सरयुक्त रसायनहरू सहजै तन्तु एवम् कोषमा पुग्छन् । यस्ता हानिकारक वस्तुहरूको बिक्री–वितरण र सेवनमा कमी ल्याउन राजनीतिक दलहरू र सरकार मात्र होइन, मेडिकल काउन्सिल, स्वास्थ्य निकाय, चिकित्सकका संघ–संगठन कसैको ध्यान नजानु दुःखद छ ।


Last Updated on: March 1st, 2023 at 12:15 am


२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया