
प्रकाशित मिती । १५ फाल्गुन २०७९ ।
सारा नेपाल चकित पर्नेगरी धमलापत्नी एलिजा भोलि लिदैछिन् जीवनकै बोल्ड डिसिजन, भाग्यमा लेखेरै ल्याएकी रहेछिन् !
रुपन्देही । कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेकी छन् । उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन् । शनिवार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा उनलाई पार्टी प्रवेश गराउन सो पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र गौतम रुपन्देही आइसकेका छन् ।
यो विषयलाई शुक्रवारसम्म गोप्य राख्न खोजिए पनि सो पार्टी निकट एक नेताले यसको पुष्टि गरेका छन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।
एलिजा गौतम निकट एकजनाले उनलाई तत्काल पार्टी प्रवेश गराएर उन्मुक्ति सरकारमा गए मन्त्री बनाउनेसम्मको आन्तरिक समझदारी बनेको छ । उन्मुक्तिले पाएको कोटामा एलिजा मन्त्री बन्ने सम्भावना छ, सांसद नभएपनि ६ महिना मन्त्री बन्ने कानुनी व्यवस्था छ, सायद यही आधारमै उहाँ प्रवेश गर्न लागेको मैले बुझेको छु’ उनले भने ।
त्यसैगरी एलिलासहित लुम्बिनीबाट राष्ट्रिय सभाको माघ २५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि उन्मुक्तिमा प्रवेश गर्दै छन् । उनी बैंकर तथा व्यवसायी हुन् । माघ ११ गते सत्तारुढ दलको सहमति विपरीत उन्मुक्तिले उनको उम्मेदवारी दर्ता गराएको छ ।
उम्मेदवारी दर्ता गराउन दाङको निर्वाचन कार्यालय पुगेकी उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठले दलको तर्फबाट दिएको उम्मेदवारी फिर्ता नहुने दाबी गरेकी छन् ।
नागरिक उन्मुक्तिले पार्टीको उपाध्यक्ष नै बनाउने गरी एलिजालाई प्रवेश गराउन लागेको सो पार्टी निकट स्रोतले नेपाल प्रेसलाई बताएको छ । गौतम र रायसहित अन्य व्यक्तिहरू पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
खगेन्द्र बस्नेतको सम्झना
काठमाडौँ — नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व खगेन्द्रबहादुर बस्नेतको ९५ औं जन्मजयन्ती र संस्थाको ५३ औं स्थापना दिवस मनाइएको छ ।
संस्थाको केन्द्रीय कार्यालय जोरपाटीमा बिहीबार विभिन्न कार्यक्रम गरी स्व बस्नेतको जन्मजयन्ती र संस्थाको स्थापना दिवस मनाइएको हो । सभापति साम्देन लामाको अध्यक्षता भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल, उपप्रमुख सान्नानी लामालगायतको उपस्थिति थियो ।
कार्यक्रममा अर्थोपेडिक अस्पतालका संस्थापक डा. अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्वसभापति प्रा. शंकरराज पाठक, विद्यालयका पूर्वशिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा फाउन्डेशनका निर्देशक लोप्साङ डोल्मालाई कदरपत्रले सम्मान गरिएको थियो ।
त्यस अवसरमा माडबारि सेवा समिति झापाले अपांगता भएकाहरुलाई भोजन गराउनुका साथै विभिन्न सामग्री हस्तान्तरण गरेको थियो ।
टुँडिखेलमा तीन दिवसीय सोनाम ल्होछार पर्व मनाइने
काठमाडौँ — सोनम ल्होछार २८५९ औं हृयोअी तावार ल्हो (बिरालो वर्ष) को अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइने भएको छ । ल्होछार मूल समारोह समितिले बिहीबार बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो ।
समितिकाअनुसार तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ–संस्थाहरुको सहभागितमा टुँडिखेलमा शुक्रबार, शनिबार र आइतबार ल्होछार पर्वलाई हर्षोल्लासका साथ मनाउन लागिएको हो । तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा, बोन्पो तथा लामा गुरुहरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्यातिप्राप्त कलाकारहरुद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुतिहरु हुनेछन् ।
यस्तै तामाङ समुदायको मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुहरुलाई स्टलमा प्रदर्शन गरिने घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङले बताए । उनका अनुसार पहिलो दिन शुक्रबार अपराह्न ४ देखि बेलुकी ९ बजेसम्म सांस्कृतिक उपसमितिले कलाकारहरुद्वारा विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुति गर्नेछ ।
त्यस्तै दोस्रो र तेस्रो दिन बिहान ८ देखि बेलुकी १० बजेसम्म क्रमशःविशेष पूजापाठपछि सांगीतिक कार्यक्रमहरु तय गरिएका छन् । तेस्रो दिन १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालको समेत उपस्थितिमा विशेष समारोह रहने छ ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार पर्वको विशिष्ट स्थान रहेकाले सम्पूर्ण समुदायलाई आ–आफ्नो स्थानबाट उत्साहका साथ मनाउन सहअध्यक्ष घिसिङले आग्रह गरे । ल्होछारले तामाङ जातिको उद्गम सभ्यता, संस्कृति, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्ने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङ, उपाध्यक्ष रामकृष्ण ब्लोन, उपाध्यक्ष सीता लामा, कार्यवहाक महासचिव जगतमान लामा दोङलगायत घेदुङका पदाधिकारी र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु सहभागी थिए ।
तामाङहरुले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ‘ल्हो’को अर्थ साल, वर्ष र ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष भन्ने हुन्छ । विभिन्न पशुपंक्षीहरुको नामबाट १२ वटा ‘ल्हो’को नाम राखिएको हुन्छ । प्रत्येक वर्ष फेरिने दिनलाई समुदायले ल्हो पोबा/दोवा वा ल्होछार भनिन्छ ।
विगत झण्डै तीन दशकदेखि काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइँदै आएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष भने समुदायले आ–आफ्नै घरमा ल्होछार मनाएका थिए । यस वर्ष ल्होछारको मुख्य दिन माघ ८ गते सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
नुवाकोटको बेलकोटगढीमा ग्यास पड्किएर आगलागी
नुवाकोट — बेलकोटगढी नगरपालिका ८ पाँचखलेस्थित विश्वनाथ पुडासैनीको घरमा ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको बताइएको छ ।
आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले आगलागी पीडितलाई स्थानीय प्रशासन र नेपाल रेडक्रस सोसाइटीको संयुक्त रुपमा आवश्यकीय सहयोग र सामग्री प्रदान गरेका थिए ।
ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर घर पूर्णरुपमा जलेको छ । बिदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।