बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


‘जनयुद्ध’ र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय

प्रकाशित मिति । १५ फाल्गुन २०७९ ।

काठमाडौँ — सरकारबाट नेकपा एमालेसहितका दलहरू बाहिरिएपछि माओवादी केन्द्रका प्रधानमन्त्रीसहित पाँच र जनमत पार्टीका एक मन्त्री मात्रै रहेको अवस्थामा मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‍को सोमबारको बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका प्रेस विज्ञ नरेन्द्र केसीका अनुसार मन्त्रिपरिषद्‍ बैठकले उक्त निर्णय गरेको हो ।

उनले भने, ‘जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने आज बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ । बाँकी निर्णयको नियमित पत्रकार सम्मेलनबाट जानकारी हुने छ ।’

त्यसैगरी रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । प्रचण्डप्रती रबीको सकारात्मक धारणा हुनुमा अब उपनिर्वाचनपछि रास्वपा पुन सरकारमा जान सक्छ ।

रबीलाई निर्वाचित गराई पुन गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डले बचन दिएको भन्ने हल्ला पनि चलेको छ । रास्वपाका अरु सांसदबाहेक रबीलाई गृहमन्त्री बनाउ प्रचण्डले अहिलेसम्म गृहमन्त्री नियुक्ति गरेका छैनन ।

क्यान्सर उपचारको सकस

शरीरका सबैजसो अंगमा उत्पन्न हुन सक्ने क्यान्सर अनुमान गरेभन्दा धेरै गुणा भयावह हुन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरि वार्षिक १ करोड मानिसको क्यान्सरका कारण मृत्यु हुने गर्छ ।

रोकथामका उपायहरू नअपनाउने हो भने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको हाल वार्षिक ३०,००० नयाँ क्यान्सरका बिरामीहरूको संख्या लाखौंमा पुग्न सक्छ । अझ नेपालजस्तो कम विकसित देशमा यसको उपचार आम सर्वसाधारणले धान्नै नसक्ने गरी महँगो छ ।

सार्वजनिक अस्पतालले क्यान्सरको उपचार गर्ने गरे पनि त्यसका लागि चाहिने सामान्य उपकरण पनि उपलब्ध छैनन् । यसको रोकथामका लागि जनचेतनाका साथै सरकार र चिकित्सकहरू पनि सर्वसुलभ र सस्तो उपचारका क्षेत्रमा योजनाबद्ध किसिमले लाग्नुपर्छ ।

के हो क्यान्सर ?

हाम्रो शरीरको प्रारम्भिक एकाइ (कोष) को संख्या ३७ खर्ब छ र २०,००० आनुवंशिक कणले वंशानुगत रूपमा चारित्रिक विशेषताहरू सन्ततिमा सार्ने तथा स्थायी कोषहरूको विभाजनको नियमन गर्छन् । यो निर्दिष्ट कोषीय चक्रको नियमन पनि कोषभित्रै रहेका आनुवंशिक कण अर्थात् जिनबाट सम्पादित हुने गर्छ ।

यी कोषहरू विभाजित हुने या पुराना क्षयीकरण भै नयाँ नयाँ सृजित हुने गर्छन् । कुनै आन्तरिक, बाह्य वा वातावरणीय खलबल पैदा भए ती कोषहरू अप्राकृतिक, विशृंखलित र अनियन्त्रित तवरले वृद्धि र विभाजित हुने गर्छन् ।

यसरी निर्दिष्ट चक्रमा परिवर्तित भैरहनुको सट्टा वंशानुगत खराबी, धूमपान, विभिन्न हानिकारक रसायन, मद्यपानजस्ता हानिकारक वस्तुहरूका कारण प्राकृतिक कोषहरू अनियन्त्रित एवम् अप्राकृतिक गति र पथमा संख्यात्मक रूपमा वृद्धि हुँदै जान्छन्, तिनले आफ्नो सीमा नाघ्छन्Ù ती क्यान्सरयुक्त तन्तु छेउमा सर्दै या रक्तकोषको माध्यमबाट शरीरका अन्य भागमा फैलिन थाल्छन् । यसरी क्यान्सर भनेको शरीरका अस्वाभाविक कोषहरू अनियन्त्रित किसिमले रूपान्तरण र संख्यामा वृद्धि हुनु पनि हो ।

क्यान्सरको पूर्वअवस्थामा दाग, घाउ, टाटा, गिर्खा जस्ता लक्षण देखिन्छन् । प्रारम्भिक अवस्थामै पत्ता लागे, सावधानी अपनाए या उपचार गरे क्यान्सर निको पनि हुन सक्छÙ पूर्ण रूपमा उन्मुक्ति पाउन सकिन्छ । क्यान्सर जुनसुकै उमेर, पेसा, लिंगका व्यक्तिलाई लाग्न सक्छ । पूर्णतः निको हुन नसके पनि बिरामीलाई पीडाबाट मुक्ति दिलाउन सकिन्छ । क्यान्सरपीडितलाई सबैको स्नेहको जरुरत छ ।

उपचार

क्यान्सरको उपचार मूलतः दुई प्रकारका हुन्छन्— निको पार्ने र लक्षण या दुखाइहरू घटाउने । शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापीसहित टार्जेटेडथेरापी, जिनथेरापी जस्ता आधुनिक उपायहरू अत्यन्तै महँगा हुन्छन् । समयमै उपचार गरे निको हुन्छ भन्ने जनचेतना फैलाउन सकिए पनि यसको उपचार महँगो पर्ने भएकाले बिरामीले पाइरहेका हुन्नन् । त्यसैले सहज उपचार सेवाको प्रत्याभूति हुनुपर्छ ।

क्यान्सरका बिरामीहरूप्रति सरकार असंवेदनशील छ । उनीहरूको उपचार सेवाका क्षेत्रमा पर्याप्त काम भएका छैनन् । सबै केन्द्रीय अस्पताल एवम् सार्वजनिक क्यान्सर अस्पतालहरूमा रेडियोथेरापी सेवाको व्यवस्थापन नगरिनुबाट पनि यो प्रस्ट हुन्छ ।

सरकारसम्म पहुँच भएका देशका प्रभावशाली चिकित्सकहरूले यो सवाल उठाउनुपर्ने हो । वरिष्ठ चिकित्सकहरू सम्पूर्ण नागरिकको स्वास्थ्यको संरक्षक हुनुपर्ने हो, अभिभावक बन्नुपर्ने हो । अन्य देशमा चिकित्सकहरूले यो भूमिका निर्वाह गरेका हुन्छन् । नेपालमा त, जिम्मेवार चिकित्सकहरू नै परोक्ष या अपरोक्ष रूपमा निजी अस्पतालमा लगानीकर्ता छन् ।

नेपालबाट ठूलो संख्यामा क्यान्सरका रोगीहरू दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालसहित भारतका विभिन्न अस्पतालमा जाने क्रम घट्न सकेको छैन । यसो हुनुका पछि स्वदेशभित्र स्तरीय सेवा उपलब्ध नहुनुभन्दा पनि जानकारीको अभाव र विभिन्न खाले कमिसनसहितका आर्थिक चलखेलहरू नै जिम्मेवार छन् ।

नेपालका निजी अस्पतालहरूमा क्यान्सर उपचार अस्वाभाविक रूपमा महँगो छ । सरकारले बिरामीलाई उपलब्ध गराउने १ लाख रुपैयाँ हात्तीको मुखमा जिराझैं बन्न पुग्छ । त्यसैले वीर, कान्ति, टिचिङ आदि सार्वजनिक अस्पतालहरूमा क्यान्सर उपचारको प्रबन्ध हुनुपर्छ ।

हालै सरकारी लगानीमा २०६८ सालदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्माणाधीन सुरेश वाग्ले स्मृति क्यान्सर अस्पताल स्वास्थ्यमन्त्रीले उद्घाटन गरे तर रेडियोथेरापीसम्म उपलब्ध छैन । वीरमा खरिद गरिएको अत्याधुनिक प्रविधि प्रयोगमै नआई बेकामे हुन पुग्यो ।

जनचेतना र रोकथाम

सरकारले विगतमा झैं रोगबारे सचेतता फैलाउने घोषणा गरेको छ । यसका माध्यमहरू बहुआयामिक र बहुपक्षीय छन् । धूमपान, मद्यपानका हानिहरूबारे सरकारी विज्ञापन या जानकारी औपचारिकताजस्तै प्रतीत हुन्छ । यिनको बिक्री–वितरणमा कमी आउन सकेको छैन । अम्मलीहरूको संख्या पनि बढिरहेको छ । अझ रक्सी पिउँदा धूमपान या सुर्तीसेवन गर्नु झनै हानिकारक हुन्छ ।

अन्य देशमा अल्कोहल, विकिरणीय, रासायनिक प्रदूषण, आनुवंशिक कारणले प्रकोपका रूपमा रहेका पाठेघर, स्तन, पाचन प्रणाली, थाइरोइडका क्यान्सरका रोगीहरू नेपालमा बढिरहेका छन् । मुखको क्यान्सरका बिरामी विकसित राष्ट्रहरूमा घटिरहे पनि यहाँ बढिरहेका छन् ।

यसो हुनुको मूल कारण गुट्खा, सुर्तीजस्ता हानिकारक वस्तुहरूको अत्यधिक प्रयोग नै हो । सुर्तीमा रहेका क्यान्सरयुक्त रसायनहरू सहजै तन्तु एवम् कोषमा पुग्छन् । यस्ता हानिकारक वस्तुहरूको बिक्री–वितरण र सेवनमा कमी ल्याउन राजनीतिक दलहरू र सरकार मात्र होइन, मेडिकल काउन्सिल, स्वास्थ्य निकाय, चिकित्सकका संघ–संगठन कसैको ध्यान नजानु दुःखद छ ।


Last Updated on: February 27th, 2023 at 10:19 pm


६९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया