सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


उच्च अदालतबाट पलले पाए सफाइ, भोलि रिहा हुने

प्रकाशित मिति । १४ फाल्गुन २०७९ ।

काठमाडौं, १४ फागुन । अभिनेता पूर्णविक्रम शाह(पल)ले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्। सफाइ पाएपछि उनी भोलि रिहाई हुनेछन्।

बाल यौ’न दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पललाई आज उच्च अदालतले सफाइ दिएको हो।

न्यायाधीशद्धय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।

तर पल शाहलाई उच्च अदालतले सफाइ दिएपनी सर्वोच्च जाने बाटो खुल्ला छ । सर्वोच्च पुगेपछि पल पुनः अभियुक्त ठहर हुने सम्भावना धेरै नै छ ।

नेपालमा समर्थक धेरै भए कानुनमा समेत प्रभाव पारेको देखिन्छ । यो एउटा खराब प्रवृती हो । ठुलाबडाले पनि गल्ती गर्छन र उनीहरुलाई नि सर्वसाधारण जस्तै कानुनको कठघरामा उभ्याउनुपर्छ भन्दै अहिले सारा नेपाली आक्रोशित भएका छन ।

सरकारवादी मुदा भएकोले सरकारी वकिल उच्चको फैसला पुनरावलोकन गर्न सर्वोच्च जाने तयारी गरेका छन ।

पल शाह र सन्दीप रिहाइको खबरले अहिले महिलाहरु असुरक्षित भएको महसुस गरिरहेका छन ।

पल शाह छुट्ने खबरले उत्साहित हुँदै पूजा शर्माले लेखिन् आज पानी पर्यो, सबै फोहोर पखा,लियो

पोखरा, १४ फागुन । कलाकार पल शाह छ ुट्ने खबरले सिने क्षेत्रमा खुशीयाली छाएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेसँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेसँगै जेलमुक्त हुन लागेका पल शाहकी नजिककी साथि पूजा शर्माले खुशी व्यक्त गरेकी छिन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान

यो पनि ‘ऋण ढिलोचाँडो तिर्ने नै थियौ, तर घरमा ताला लगाइदिंदा श्रीमतीले आ’त्मह’ त्या गरिन्’

धनगढी । जेठ १७ गते कैलालीको गौरीगंगा नगरपालिका–१, लठैयाकी रेशमा चौधरी (३४) आँगनमा बेहोस अवस्थामा भेटिएपछि ७३ वर्षीय ससुरा चारु चौधरीले हत्तपत्त गाउँले बोलाएर सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याए । उपचारमा जुटेका चिकित्सकले भोलिपल्ट बिहान ८ बजे रेशमाको मृत्यु भएको सुनाए ।

चिकित्सकका अनुसार, मृ’ त्युको कारण वि’ षादी सेवन थियो । डकर्मी काम गर्दै आएका रेशमाका श्रीमान् प्रदेशु चौधरी (४५) कैलालीकै चुरे गाउँपालिकामा काम गर्न गएका थिए । श्रीमती बेहोश भएको खबर पाएपछि आएका उनले कानुनी प्रक्रियापछि श’ व बुझे । त्यसयता घर कुरेर बसेका छन् ।

उनका अनुसार, रेशमाले वि’ ष खानुको कारण लघुवित्तको ऋण हो ।प्रदेशुका अनुसार, उनीहरूले लघुवित्त संस्थाबाट ऋण लिन थालेको १३ वर्ष भएको थियो । सुरुमा तीन सन्तान हुर्काउन र पछि ऐलानी जग्गामा रहेको घडेरीमा घर बनाउन चौधरी दम्पतीले लघुवित्तहरूसँग कारोबार गरेका थिए ।

पछिल्लो पटक घर बनाउँदा उनीहरुले युनिक नेपाल नामक लघुवित्त वित्तीय संस्थाबाट तीन लाख रुपैयाँ ऋण लिएका थिए । तीन वर्षमा तिर्ने गरी लिएको ऋणमा १ लाख ४० हजार रुपैयाँ तिर्न बाँकी रहेको हिसाब सुनाउँदै उनले भने, ‘को’ रोना महामारीपछि काम नपाउँदा सावाँ–ब्याजको किस्ता तिर्न सकिएको थिएन ।’

उनीहरूले अरू लघुवित्तबाट पनि ऋण लिएका छन् । तीन वर्ष पहिले सिकिस्त बिरामी भएका छोरा सुरेशलाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गराउँदा इन्फिनिटी लघुवित्तबाट तीन लाख कर्जा लिएका थिए । इन्फिनिटीको ऋण त ८२ हजार र त्यसको ब्याज मात्र थियो।’

प्रदेशु भन्छन्, ‘निको भएर मजदुरी गर्न सिन्धुली गएको १८ वर्षको छोरा उतै बितेपछि उसको मन सारै कमजोर भएको थियो ।’छोरीको बिहे गर्दा किसान लघुवित्तबाट पनि तीन लाख लिएका थिए । विभिन्न महिला समूहमा आबद्ध भएकाले रेशमाकै नामबाट कर्जा लिने गरेको बताउँदै,

उनले भने, ‘कान्छा छोराले बुहारी ल्याएपछि सामाजिक रीत अनुसार विवाह गर्न एउटा सहकारीबाट ५० हजार रुपैयाँ ऋण लिएका थियौं ।’ ऋणमाथि ऋण खाप्दै आएको रेशमा–प्रदेशु दम्पतीको घरमा (१७ जेठमा) युनिक नेपाल लघुवित्तले सूचना टाँसेर ताला मारिदियो ।

‘ऋण ढिलोचाँडो तिर्ने नै थियौं, तर उसले मौका नदिएर घरमा ताला लगाइदिंदा रेशमाले आ’ त्मह’ त्या गरिन्’ प्रदेशु भन्छन्, ‘म घरमा भएको भए उनलाई म’ र्न दिने थिइनँ ।’प्रदेशुका अनुसार रेशमा बितेपछि युनिक नेपालले सावाँ–ब्याज मिनाह गरेर किरिया खर्च दिएको छ । ‘इन्फिनिटी, किसान र पहलमानपुरका कर्मचारी चाहिं आइरहेका छन् ।’

उनी भन्छन्, ‘लघुवित्तको ऋणले मेरी श्रीमतीको ज्यान लियो । अब मैले कहाँबाट तिरौं ?’बिहे भइसकेका कान्छा छोरा गाडीका सहचालक छन् । चौधरी परिवारको आम्दानी भनेको सहचालकले पाउने तलब मात्र हो । घरजग्गै लिलाम गरेर असुल्न आग्रह गर्दा लघुवित्त कम्पनीहरूले नगद नै चाहिने अडानमा रहेको उनले बताए ।(साभार- अनलाईन खबरबाट)

प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने तय भएको थियो ।

प्रधानमन्त्री दाहालले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका छन् । परराष्ट्रमन्त्री पौड्याल आइतबार मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा तयारीमा थिइन् ।


Last Updated on: February 27th, 2023 at 12:32 am


३७० पटक हेरिएको

तपाईको प्रतिक्रिया