सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । ११ फाल्गुन २०७९ ।

काठमाडौ । नेपालमा हा’डनाता सम्बन्धमा विवाह चल्दैन । का’नूनअनुसार यदी विवाह भयो भने पनि स्वतः ब’दर हुन्छ ।तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गि’र्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ ।

हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।विवाह लगत्तै बहिनीले न’क्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भा’रतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सि’फ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।पञ्जाबमा सम्बन्धको इज्जतलाई बे’वास्ता गर्दै नक्कली कागजपत्रको सहारामा दाजु-बहिनीले गरे विवाह, कारण थियो अस्ट्रेलियामा बस्ने ।

एउटी युवतीले अस्ट्रेलिया जाँदा आफ्नो असली भाइसँग बिहे गरिन् भन्ने खबर सुनेर मानिसहरु छक्क परे ।यो पूरै घटनामा सबैभन्दा अचम्मको कुरा यो छ कि उनको परिवारका सदस्यहरुको पनि सं’लग्नता देखिन्छ । प्रहरीका अनुसार यो ठ’गीको गम्भीर घटना हो ।

नक्कली कागजात रिपोर्टका अनुसार यो उपलब्धिपछि युवती न’क्कली राहदानी बनाएर अष्ट्रेलिया गइन् । युवतीलाई चि’नेकी एक महिलाले यस कार्यको बारेमा प्रहरीमा उ’जुरी गरेपछि यो कुरा बाहिर आएको हो ।प्रारम्भिक अनुसन्धानमा यस ष’ड्यन्त्रमा दाजुभाइका परिवारका सदस्य पनि सं’लग्न रहेको खुलेको छ ।

प्रहरीका अनुसार यही गाउँकी यी युवतीलाई विदेशमा बस्ने रहर थियो तर भिसा नपाएपछि उनले परिवारका सदस्यसँग मिलेर यो ष’ड्य’न्त्र रचेकी हुन् ।स्थानीय प्रहरी चौकीमा तैनाथ इन्स्पेक्टर जय सिंहले भने, ‘अनुसन्धानका आधारमा अहिलेसम्म थाहा पाएका छौँ कि युवतीका भाइ अस्ट्रेलियाको स्थायी बा’सिन्दा हुन्।

र उनको बहिनीले पहिले त्यहाँ बस्नका लागि न’क्कली कागजात बनाएर आएका थिए । गु’रुद्वाराबाट बनेको विवाहको प्रमाणपत्र लिएको थियो, त्यसपछि रजिष्ट्रारको कार्यालयबाट विवाह दर्ता गरिएको थियो ।

साथै नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

‘किसानलाई संरक्षण नगर्ने हो भने कृषि पेसा बचाउन सक्ने अवस्था छैन । वास्तवमा किसानलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाउनु पर्दछ । अनुदानमा नक्कली किसान खडा गर्नेलाई कारबाही गर्नु पर्दछ । मल, विउ र सिाचाईमा उपलब्ध गराउन हामीलाई के ले छेकेको छ ? यसमा हाम्रो ध्यान जान जरुरी छ,’ उनले भने ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई बेलैमा मल, बिउ र सिँचाईको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पुर्‍यायो ? भनी सरकारलाई प्रश्नसमेत गरे । उनले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरु मारमा पर्ने गरी कृषि अनाजहरुको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिए ।

‘कृषिमा अनुदान नदिनाले हाम्रा उत्पादन महँगा छन् । केही मात्रामा दिइएको कृषि अनुदान पनि वास्तविक किसानले पाउन मुस्किल छ । यदाकदा कसैले पायो भने त्यसभित्रको यथार्थता अर्कै छ,’ सांसद भण्डारीले भने, ‘खेती गर्ने बेलामा बिउ छैन । चाहिएको बेलामा मल छैन । सिँचाई गर्न पानी छैन । उत्पादन बेच्न बजार पाउन सकिँदैन । किसानहरु ऋणमा चुलुम्म डुबेका छन् । विचौलियाले असाधारण नाफा कमाउँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । यो अवस्था अन्त्य कसरी गर्ने, कहिले गर्ने ? हाम्रा संरचनाहरु सााँच्चै नै निकम्मा भएका छन् ? गम्भीर प्रश्न उठेको छ ।’

सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा उत्पादन महँगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे ।

यसैबीच कुनै समय राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु गौरवको विषय मानिन्थो। मुलुकको झन्डा बोक्ने खेलाडी सद्‍भावना दूतका रूपमा चिनिन्थे। मान र सम्मान थियो, राष्ट्रका गहना भनिन्थ्यो र वाहावाही हुन्थ्यो। तर पछिल्लो समय राष्ट्रिय खेलाडी नेपालका चर्चित गोल्डकप छोडेर विदेशमा हुने टोलकपमा पनि सहभागी हुने होडबाजी चलेको छ।

पछिल्लो दुई वर्षमा मात्र करिब दुई दर्जन राष्ट्रिय टोली र उमेर समूहमा मुलुकको प्रतिनिधित्व गरिसकेका खेलाडी अस्ट्रेलिया आइपुगेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ देखि ए डिभिजन फुटबल लिग आयोजना गर्ने तालिका सार्वजनिक गर्दैगर्दा राष्ट्रिय खेलाडीको डरलाग्दो पलायन देखिएको छ।

अधिकांश राष्ट्रिय फुटबलहरू राष्ट्रको नेतृत्व गर्न छोडेर अस्ट्रेलियामा हुने टोलकपमा सपना बुन्दै पलायन हुन थालेका छन्।

राष्ट्रिय टिमका नियमित डिफेण्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङ यसै साता ए डिभिजन लिग छोडेर अष्ट्रेलिया आएका छन्। एकाध खेलाडी भने विद्यार्थी भिसा र डिपेन्डेन्ड भिसामा अस्ट्रेलिया आएका छन्।

अर्का खेलाडी गौतम श्रेष्ठ पनि बिहिबार अष्ट्रेलिया आइपुगे। गोलकिपर नितिन थापा र स्ट्राइकर रञ्जन विष्टले पनि आगानी गन्तब्य अस्ट्रेलियानै रोजेका छन्। यी सबै खेलाडी नेपालका चर्चित क्लबहरूमा आवद्ध थिए।

खेलकुद संरचना बलियो नहुनु र खेलेर नै जीविकोपार्जन गर्न नसकिने अवस्थाका कारण प्रतिभाशाली तथा उदीयमान खेलाडी सुन्दर भविष्य खोज्दै अस्ट्रेलिया भासिने क्रम जारी छ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गरेका यू–२३ टिमका २० मध्ये ८ जना खेलाडी अष्ट्रेलियामा छन्।

सागमा स्वर्ण विजेता टिमका दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ र अभिषेक रिजाल यसअघिनै यहाँका सप्ताहन्त फुटबल खेल्न अस्ट्रेलिया आएका हुन्।

यति मात्र होइन यतिबेला राष्ट्रिय टोलीका प्रमुख ११ खेलाडी नै अस्ट्रेलियाको सप्ताहन्त फुटबलका लागि यता आएका छन् भन्दा फरक हुन्न।

अष्ट्रेलिया आइपुग्ने अधिकांश खेलाडीलाई यहाँका सप्ताहन्त फुटबल खेल्ने नेपाली क्लबले बोलाएका हुन्। खेलाडीहरू यहाँ आउँदै गर्दा सबक्लास ४०० भिसा अन्तर्गत आउँछन्।

उनीहरूलाई सिमित घेरामा मात्र आफ्नो क्षमता प्रर्दशन गर्ने अघिकार रहन्छ। यस्तो अवस्थामा पनि किन नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू धमाधम अस्ट्रेलिया आइरहेका छन् यो नौलो विषय बनेको छ।

नेपालमा नियमित फुटबल प्रतियोगिता नहुँदा राष्ट्रिय फुटबल खेलाडीले समेत आफ्नो भविश्य सुरक्षित पार्न विभिन्न बहानामा बिदेसिएको अस्ट्रेलियन नेप्लीज फुटबल संघका पूर्व अध्यक्ष डा राजु मानन्धरले बताए।

‘यता आएर स्तरीय फुटबल खेल्नु नराम्रो त होइन तर राष्ट्रिय खेलाडी यता आएर सप्ताहन्त फुटबलमा दिन बिताउनु भने राम्रो होइन। यसले नेपाली फुटबललाई नराम्रो असर पर्न जान्छ’, एन्फाका कोषाध्यक्षसमेत रहिसकेका मानन्धरले भने।

हिजो एक नेपाली क्रिकेटरले यहाँको बिसबास लिग खेल्दैगर्दा नेपालीको पहिचानसमेत उजेलिएको तर्क गर्दै मानन्धरले जथाभावी नेपाली राष्ट्रिय खेलाडी अष्ट्रेलिया भित्रिएकोमा चिन्ता व्यक्त गरे।

‘व्यवसायिक फुटबल खेल्न आएको भए हाम्रो शान र मान बढ्थ्यो। तर पछिल्ला दिनहरुमा जसरी ह्वात्तै नेपाली राष्ट्रिय खेलाडीहरू अस्ट्रेलिया आएका छन् यो नेपाली फुटबलको लागि राम्रो संकेत भने पक्कै होइन’, उनले भने।

नेपाली फुटबलरलाई यहाँको स्थानीय नेपाली क्लबले आफ्नो निम्तामा अस्ट्रेलिया बोलाएको हुन्छन् र केहि महिनापछि उनीहरू विद्यार्थी भिसामा स्थानान्तरण हुन्छन्।

अस्ट्रेलियाको अध्यागमन नीति अनुसार यसरी आउनेहरुले भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने भएकाले खेलाडीहरुको आकर्षण बढी देखिएको छ।

‘हामीलाई यहाँकै एक क्लबले एक महिनाको लागि खेल्न बोलाएको हो। नेपालमा यतिबेला फुटबल पनि भएको छैन त्यहीँ भएर हामी आयौं’, भर्खरै अष्ट्रेलिया आएका एक नेपाली राष्ट्रिय खेलाडीले सेतोपाटीसँग भने,‘नेपालमा नियमित लिग र अन्य प्रतियोगिताहरू हुने हो भने हामी यता आउने कुरै हुँदैनथ्यो।’

यसअघि नेपालबाट आएका राष्ट्रिय फुटबलरहरू जगजित श्रेष्ठ, शुलभ मास्के लगायतले यहाँको घरेलु लिगमा पनि प्रयास गरेका थिए। तर उनीहरू स्टेट लेभलभन्दा माथि पुग्न सकेनन्।

मास्केले त लामो समय डार्बिनमा व्यवसायीक फुटबल खेले र उतै घरजम गरे। हाल एडिलेडमा रहेका जगजित भने नेपाल र अस्ट्रेलिया गरिरहन्छन्।

स्थानीय सिड्नीको क्लब ग्रानभिल राइनोजका अध्यक्ष भीम बस्नेत नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघको कार्यअसक्षमताका कारण खेलाडी विदेशिनु परेको बताउँछन्।

यता सप्ताहन्त लिगमा समेत राष्ट्रिय टोलीका खेलाडी छपक्कै देखिन थालेपछि क्लब टिकाउन निकै मुश्किल भएको बस्नेतले बताए।

‘यहाँ पनि अनावश्यक प्रतिस्पर्धा चलेको छ। त्यसैका कारण राष्टिय खेलाडीहरू धमाधम भित्रिरहेका छन्’, उनले भने, ‘अस्ट्रेलियन नेप्लीज फुटबल संघ छ त्यसले यस्ता विषयमा सरोकार राख्नु जरूरी छ किनकि, यो नेपाली फुटबलसँग जोडिएको विषय हो।’

नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष तथा खेलकुदप्रेमी इथान शाक्य राष्ट्र, राष्ट्रियता झल्काउने गरी एउटा राष्ट्रिय खेलाडी अस्ट्रेलिया आउनु गौरवको विषय भए पनि पछिल्लो घटना शुभ संकेत नभएको जिकिर गर्छन्।

वर्षौंको लगानीबाट तयार भएको एउटा पुस्ता बाहिरिँदा अन्तर्राष्ट्रिय टिम निर्माणमा संकट आउने देखिन्छ।

‘फुटबलका नाममा टोलकप खेल्ने, विद्यार्थी बन्ने र फार्मतिर कमाइ गर्ने, प्रोटेक्सन भिसा हाल्ने हो भने त्यो मुलुकको बेइज्जत हो यो रोकिनुपर्छ’, पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेका इथानले भने, ‘यता आएका राष्ट्रिय फुटबलरको उपस्थिति हेर्दा व्यवसायीक होइन, विदेश अनि धनको मोह देखिएको छ। यो नेपाली फुटबल जगतको लागि शुभ संकेत होइन।’

अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज नेम्वाङ खेलाडीहरू उज्वल भबिष्यका लागि व्यवसायीक फुटबल खेल्न भनेर बिदेसिदै गर्दा आफूहरूले रोक्ने कुनै उपाय नभएको बताउँछन्।

‘कतिपय क्लबमा आवद्ध खेलाडीसमेत लिगको मुखमा छाडेर गएको सुनेको छु। हामीलाई त्यहाँ कुन फुटबल र कस्तो फुटबल खेल्न जादैछन् भन्ने थाहा हुँदैन’, उनले भने, ‘प्रगती र उन्नती गरेका छन् भने त्यो राम्रै कुरा हो। तर स्थानीय नेपाली सप्ताहन्त फुटबल खेल्न गएका हुन् भने त्यो उनीहरूको लागि सुहाउँदो होइन।’

उनले खेलाडीलाई अब पलायन हुनबाट रोक्ने जिकिर गरे।

‘हामी नेपालमै खेल्ने वातावरण बनाउँदैछौ, हिजो के भयो होइन अब राम्रो हुन्छ भन्ने सोचेर प्रतिभाशाली खेलाडीहरू मुलुक फर्कनुपर्छ’, पंकजले सेतोपाटीसँग भने।

अस्ट्रेलिया पलायन भएका नेपाली राष्ट्रिय खेलाडीहरू

हेमन गुरुङ, एनल न्यौपाने, सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, बिमल राना, सन्तोष तामाङ, शिव गुरूङ, राजन गुरुङ, नवीन गुरुङ, आकाश बुढामगर, रूमेश बर्तौला, अभिशेक रिजाल, हेमन्त थापामगर,

रेजिन सुब्बा, सुमन अर्याल, गौतम श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी, राजेन्द्र रावल, विश्व अधिकारी, नितिन थापा, अजित, राई, रोहित कार्की, सूर्य अधिकारी, रुपक लामा, त्रिदेव गुरुङ, मिक्छेन तामाङ, रवि थिङ, रन्जन विष्ट आदि।

नेल्टाको २७ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्‍न

काठमाडौँ — अंग्रेजी भाषाका शिक्षकहरूको पेशागत संगठन (नेल्टा) को उपत्यकामा आयोजित २७ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ललितपुरको जावलाखेलस्थित आयोजित तीनदिने उक्त सम्मेलनमा नेपालका ५८ जिल्ला र विश्वका २२ वटा देशबाट शिक्षक, प्राध्यापक र कूटनीतिज्ञहरुको सहभागिता थियो ।

कोभिड १९ को महामारीका कारण तीन वर्षपछि भौतिक रूपमा आयोजना गरिएको यस सम्मेलनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए । नेपालबाहेक अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, दक्षिण कोरिया, बंगलादेश, साउदी अरब, संयुक्त अरब इमिरेट्स, भारत, क्यानडा, किर्गिस्तान, उज्वेकिस्तान लगायत २२ देशबाट ८ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

यस वर्षको सम्मेलनको मुख्य थिम ‘रिइमेजिङ ल्याङ्वेज पेडागोजी : वेलबिइङ एण्ड इनोभेसन प्रस्पेक्टिभ’ रहेको थियो । सम्मेलनमा नेपाल लगायत विभिन्न देशका प्राध्यापक, शिक्षक र शिक्षासँग सम्बन्धित व्यक्तिहरुले शिक्षण पद्धति, सिकाइका अभ्यास, खोज, अनुसन्धानबारे प्रस्तुती दिएका थिए । यससँगै विभिन्न वर्कसप, इभेन्ट्स, अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सञ्चालन भएको थियो ।

सम्मेलनमा १ सय ७० वटा अंग्रेजी विषयमा गरिएका अध्ययन, अनुसन्धान तथा खोजलाई प्रस्तुत गरिएको थियो । यस्तै विश्वका उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक एवं विषय विज्ञले तीनवटा सामूहिक छलफल सत्र चलाएका थिए ।

नेल्टाका पूर्वअध्यक्ष डा चन्डिका भट्टका अनुसार सम्मेलनमा नेपाल तथा विदेशी विश्वविद्यालयका प्राध्यापकहरुले ६ वटा प्लेनरी छलफल गरिएको थियो । साथै शिक्षण विधि, अध्ययन, अनुसन्धान र खोजका विषयमा प्रस्तुति दिइयो ।

यस्तै काठमाडौं विश्वविद्यालयका प्राडा लक्ष्मण ज्ञवालीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू र विभिन्न संस्थामा कार्यरत शिक्षक, भाषाविद् तथा अभियन्ताहरूले प्रस्तुत गरेका कार्यपत्र प्रभावकारी भएको बताए । नेल्टा महोत्तरीका अध्यक्ष ज्ञानेन्द्र यादवले उक्त सम्मेलन शिक्षक, अनुसन्धानकर्ता र प्रशिक्षकहरुका लागि फलदायी भएको बताए ।

यस वर्षदेखि उत्कृष्ट नेल्टाका शाखाहरुलाई बेस्ट ब्रान्च अवार्ड पनि सुरु गरिएको छ । यस वर्ष झापा पहिलो, मकवानपुर दोस्रो र ललितपुरलाई तेस्रो उत्कृष्ट ब्रान्च घोषणा गरिएको छ । जसअन्तर्गत झापा नेल्टाले २ लाख, मकवानपुर नेल्टाले ढेड लाख र ललितपुर नेल्टाले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट पप्रोजल वापत नेल्टाका ब्रान्चहरुले यो रकम प्राप्त गरेका हुन् ।

तीनदिने सम्मेलनमा अक्सफोर्ड, क्याम्ब्रिज, राउट्लेज विश्वविद्यालय, ब्रीटीश काउन्सिल र रेलो (अमेरिकन दूतावास) आदिको पुस्तक तथा प्रकाशनहरूको प्रदर्शनी पनि भएको थियो । यस्तै अंग्रेजी शिक्षालाई समयानुकूल परिमार्जन गर्नका लागि यस सम्मेलनले नेपालका शिक्षकहरुलाई नयाँ कुरा, प्रविधि सिक्न प्रेरित गरेको नेल्टाकी केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवानले बताइन् ।


Last Updated on: February 23rd, 2023 at 10:54 am


७५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया