मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


वैज्ञानिकको निष्कर्ष : च्याउको पनि दिमाग हुन्छ

प्रकाशित मिति । १० फाल्गुन २०७९ ।

काठमाडौ

बोटबिरुवामा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । तर वनस्पतीहरूले कुराकानी पनि गर्न सक्दछन् भन्यो भने के तपाईंले पत्याउनुहुन्छ ?

वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन् । च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् ।

अनुसन्धानका क्रममा च्याउसँग आफ्नो मस्तिष्क हुने र महसुस गर्ने चेतना पनि हुने प्रमाणित भएको छ ।

युनिभर्सिटी अफ वेष्ट इंगल्याण्डका शोधकर्ताहरूका अनुसार च्याउले आफ्नो मस्तिष्कलाई तेज बनाउनका लागि मानिस जस्तै निरन्तर सक्रिय रहेको हुन्छ ।

त्यस्तै क्वीन्सल्याण्ड युनिभर्सिटीले च्याउका विषयमा गरेको पछिल्लो अनुसन्धान हालै जर्नल अफ न्युरोकेमिस्ट्रीमा छापिएको छ । जस अनुसार हेलेसियम रियासिअस नामक च्याउमा एउटा यस्तो प्रोटिन हुन्छ जसले स्नायुको विकासमा काम गर्दछ । उक्त प्रोटिनलाई न्युरोट्रोफिन्स भनिन्छ । उक्त प्रोटिनयुक्त च्याउको सेवनले मानिसको मस्तिष्क विकासमा समेत काम गर्ने वैज्ञानिकहरुको ठहर ।

न्युरोट्रोफिन्सले स्नायुहरुको स्वास्थ्य मजबुत राख्ने काम गर्दछ र त्यसको विकासमा भूमिका खेल्दछ । यो पदार्थ च्याउको जरामा पनि पाइन्छ र एक अर्कासँग जोडिएको हुन्छ । त्यहीँ नै त्यो लगातार विकास भैरहेको हुन्छ जुन प्रक्रियामा मानिससँग मिल्दोजुल्दो हुन्छ ।

मानिसको सरीरमा पनि न्युरोट्रोफिनले मस्तिष्कको विकासमा अहम भूमिका खेलेको हुन्छ । यसको एउटा विशेष प्रकारलाई ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर भनिन्छ जुन बोल्न, सम्झिन तथा निर्णय गर्नमा निकै आवश्यक हुन्छ ।

खान लायक च्याउका प्रजातिहरुमा रहेका प्रोटिनले लगातार न्युरोनको विकासमा भूमिका खेलिरहेका हुन्छन् । वैज्ञानिकहरुका अनुसार च्याउहरु करिब ५० शव्द बोल्न सक्दछन् ।

उनीहरुका हरेक शब्दको लम्बाइ झण्डै साढे पाँच अक्षरको हुन्छ । यद्यपि मानिसले दैनिक कुराकानीमा करिब २० शब्दको प्रयोग गरेको हुन्छ ।

च्याउमा विद्युतीय तरंगको माध्यमबाट ती शव्दहरु एकबाट अर्कोसम्म पुग्दछन् । त्यसकै सहयोगमा च्याउहरूले मौसमी खतराको बारेका कुराहरु एक अर्कासम्म पुर्‍याँछन् ।

नेकपा एसको रणनीति : एमाले र कांग्रेस दुवैतिर ‘बार्गेनिङ’

काठमाडौँ — नेकपा एकीकृत समाजवादी (एस) ले राष्ट्रपति निर्वाचनमा एमाले र कांग्रेस दुवैतिर शक्तिका लागि बार्गेनिङ गर्ने रणनीति लिएको छ । बुधबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति बन्नुपर्ने, यदि त्यस्तो सहमति नभए सम्भावित समीकरणमा आफ्नो दल संसद्मा रहेका सबै राजनीतिक दलसँग संवादका लागि खुला रहने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा भएको शक्ति बाँडफाँटको विषयमा असमझदारी सिर्जना हुँदा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान लिइरहेका छन् । तर अर्को सत्ताघटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपति नबन्ने अवस्थामा राष्ट्रिय सहमतिबाटै राष्ट्रपतिका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको नाम अनौपचारिक रुपमा अघि सारेका छन् ।

ओलीले सोमबार मात्रै अध्यक्ष नेपाललाई भेटेर पार्टी एकता गर्ने शर्तसहित राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए । नेताहरूका अनुसार बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री दाहालसँगको भेटमा समेत ओलीले नेपाललाई राष्ट्रपति बनाउन राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रस्ताव गरेका छन् ।

यद्यपि प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिको अडान लिइरहँदा राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुने वा कुन दलको कस्तो पोजिसन हुने भन्ने निश्चित भइसकेको छैन । माओवादी केन्द्रले यसअघि नै राष्ट्रपतिमा एमालेभन्दा फरक दलको उम्मेदवारको खोजी हुनुपर्ने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री दाहालले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउन कांग्रेस नेताहरूलाई वचन नै दिइसकेको कांग्रेस नेताहरूको दाबी छ ।

राष्ट्रपति निर्वाचनबारे अन्योल सिर्जना भइरहेका बेला नेकपा एसले भने मध्यमार्गी बनेर एमाले र कांग्रेस दुवै दलसँग बार्गेनिङ गर्ने बाटो बनाएको हो । तर, पार्टी एकताकै तहसम्म भने अहिले सोच नबनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनले सकेसम्म राष्ट्रिय सहमति गरेर सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्नुपर्नेमा पार्टीको जोड रहेको समेत बताए । ‘हामीले सकेसम्म सर्वसम्मतरुपमा राष्ट्रपति चयन गरौं भनेका छौं । यदि राष्ट्रिय सहमति हुँदैन भने हामी जोसँग पनि सहकार्यका लागि तयार छौं, त्यस्तो सम्भावित समीकरणका लागि सबै दलसँग छलफल गर्न तयार छौं,’ उनले भने, ‘तर राष्ट्रपति निर्वाचनकै समीकरणमा सामेल हुने गरी कुनै पनि दलसँग हाम्रो पार्टी एकता हुँदैन ।’

एमालेले पार्टी एकताको शर्तसहित राष्ट्रपतिका लागि प्रस्ताव गरेको बाहिरिए पनि अध्यक्ष नेपालले बुधबार बसेको पार्टीको सचिवालय बैठकमा त्यसबारे उल्लेख नगरेको नेताहरूको दाबी छ । ‘अध्यक्षजीले बैठकमा अहिले भइरहेका राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभयो तर अहिलेसम्म हामीलाई कसैले पनि राष्ट्रपति बन्न प्रस्ताव गरेको भनेर सुनाउनुभएन,’ बैठकपछि नेता झलनाथ खनालले भने ।

बैठकले राष्ट्रपति निर्वाचनमा नेकपा एसको पनि भूमिका हुने र त्यसका लागि संसद्मा भएका सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

अध्यक्ष नेपालले मंगलबार मात्रै राष्ट्रपतिको निर्वाचनकै बेला बन्ने गठबन्धनहरूमा राजनीतिक पदहरूको बाँडफाँट हुँदा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताएका थिए । दाङमा मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालले भनेका थिए, ‘चाहना राख्ने बेग्लै कुरा हो ।

मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन, तर अब कुनै पनि गठबन्धन बन्दा पावर सेयरिङमा हाम्रो पार्टीको पनि भूमिका हुनुपर्छ । पावर सेयरिङमा भूमिका नभए अरूको निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’

निर्वाचनमा कांग्रेससहित पाँच दलीय गठबन्धनको बलमा प्रतिनिधिसभामा १० सिट जितेको नेकपा एस तत्कालीन गठबन्धनको शक्ति बाँडफाँटको हिस्सेदार त थियो, तर कांग्रेस र माओवादीबीचको सहमति भड्किएपछि प्रतिपक्षी कित्तामा पुगेको थियो । गठबन्धन टुटेर माओवादी अध्यक्ष दाहाल एमालेको सहयोगमा प्रधानमन्त्री बनेपनि कांग्रेससँग निरन्तर संवादमा रहेका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वातावरण बनाएका थिए ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेको नेकपा एसले प्रदेश सरकार र प्रदेशसभाका सभामुख र उपसभामुखमा पनि कांग्रेससँग सहकार्य गरेको थियो । कांग्रेस नेताहरू १० पुसपछि फेरि कांग्रेस र माओवादीबीच संवादको वातावरण बनाउनेमा नेपालको प्रमुख भूमिका रहेको बताउँछन् । त्यही संवादको निरन्तरताले अहिले प्रधानमन्त्री दाहाल फेरि कांग्रेससहितको पाँच दलीय गठबन्धन ब्युँताउन तयार भएको नेताहरूको दाबी छ ।

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहाल एमाले उम्मेदवारलाई नसघाउने निष्कर्षमा पुगिसकेको अवस्थामा नेपालले भने शक्ति बाँडफाँटमा हिस्सा हुनुपर्ने तर्क अघि सारेका हुन् । ‘एमालेले माधव नेपालको कार्ड फ्याँकेर अल्मल्याउन खोजेको हो ।

तर, त्यो कार्डले माधव नेपाललाई नै बार्गेनिङ गर्न सहज बनाइदिएको छ,’ कांग्रेसका एक नेताले भने, ‘उहाँ १० पुसपछि निरन्तर कांग्रेससँगै हुनुहुन्छ । त्यसैले अहिले एक्कासी एमालेको भर पर्नुहोला भन्ने लाग्दैन तर अब बन्ने गठबन्धनमा उहाँको बार्गेनिङ पावर भने बढेको छ । हिजोजस्तो अब १० सिटको दलभनेर पन्छाएर हिँड्न मिल्ने अवस्थाचाहिँ देखिरहेको छैन ।’

एमालेले नेपाललाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्न प्रस्ताव गरेको बाहिरिएपछि मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई उनकै निवासमा पुगेर भेटेका छन् । कोटेश्वरस्थित उनको निवासमा करिब डेढ घण्टासम्म देउवा र नेपालबीच संवाद भएको थियो । देउवानिकट एक नेताले नेपालले कांग्रेसबाटै राष्ट्रपति चुन्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएको तर शक्ति बाँडफाँटका विषयमा भने आफ्नो पार्टीको हिस्सेदारीको सुनिश्चितता खोजेको बताए ।

अध्यक्ष नेपालले तत्कालीन पाँच दलीय गठबन्धनमा प्रधानमन्त्रीका लागि दाबी गरेका थिए । त्यसबेला प्रधानमन्त्रीमा २–२–१ वर्ष आलोपालो गर्ने चर्चा समेत चलेको थियो ।

‘राष्ट्रपति निर्वाचनपछि बन्ने समीकरणबारे अहिले नै प्रष्ट छलफल नभएपनि नेपाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल सुरु भइसकेको छ, उहाँ हामीसँगै हुनुहुन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले भने, ‘हामी कांग्रेस नेतृत्वको पुरानै पाँच दलीय गठबन्धन ब्युँतिन्छ भन्नेमा ढुक्क छौं ।’


Last Updated on: February 22nd, 2023 at 8:29 pm


३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया