सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


गृहमन्त्री रविको पिर्के सलामीमा सुरक्षा पन्तको कवितामाफर्त ब्यङ्ग्य

प्रकाशित मिति । २५ पुस, २०७९ ।

काठमाडौ । नायिका सुरक्षा पन्तले गृहमन्त्री रवि लामिछानेले पिर्के सलामी लिएपछि सामाजिक संजालबाट कडा ब्यङ्ग्य गरेकी छिन् । सामाजिक संजालमा लामो कविता कोर्दै उनले पिर्का के रहेछ भनेर प्रश्न समेत गरेकी छिन् ।

कुनै समय टेलिभिजनमा पिर्के सलामीको चर्को बिरोध गर्दै आएका लामिछानोले मन्त्री भएपछि यही शैलीलाई फलो गरेका छन् । उनको यो शैलीको अहिले कडा आलोचना पनि भैरहेको छ । आलोचना गर्ने क्रममा सुरक्षाले पनि कवितामाफर्त पिर्के सलामीको बिषयमा कविता नै कोरेकी हुन् ।

“पिर्का”
के रहेछ पिर्काको कथा
जसले पनि बोलेको हुन्छ
के रहेछ हिमालमा
जो पनि चढेको देखिन्छ
पिर्का र हिमालमा केही त फरक हुन्छ

नत्र हिमाल चढेपछि
हिमालहरु,अरु,आँखा जुधाउँछन्
आफूतिर बोलाउँछन्
अनि गुनगुनाउँछन् आँटको गाथा
चिसो हावाले गाला चिमोट्छ यसरी
कति खेर! झरम जस्तो हुन्छ, तल्तिर
लाज लागेर नि !

केही त अलौकिक छ उचाइमा
पिर का!
ओर्लन जान्ने
ताल परे चढ्दिन जा!
भन्ने मान्छे
नभएर त पक्कै होइन?

यो त एउटा कालखण्ड, जसको घमण्ड!
कठै! बानी बन्दै हो
प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो
हामी आफै भन्दो हो?
“इतिहासको अगाडी कसैको केही लाग्दैन”

चुनि चुनि बुनि बुनि पठाएका
आफ्नै मुटुका टुक्रा उभिँदा पनि
पिर्का फित्तिकै भाँचिदैन।
मानौं!

स्वदेशी रोजगारी
स्कुल देखि पदमा पुग्छे हाम्री पियारी!
यता चढे उता बढे भने
खेतहरु बाँझो नहुने तयारी
के भो त अनि?

पिर्काहरु अझै बन्नु पर्छ ।
जुन हेर्दा मैदान जस्तो होस्
या होस् सूर्यमुखी फूल सरी
संरचना यसको फेरिनै पर्छ।
कम्तिमा पनि अन्जुली जस्तो त होस्
जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।

पूरा पढ्नुस

पिर्का”
के रहेछ पिर्काको कथा
जसले पनि बोलेको हुन्छ
के रहेछ हिमालमा
जो पनि चढेको देखिन्छ
पिर्का र हिमालमा केही त फरक हुन्छ
नत्र हिमाल चढेपछि

हिमालहरु,अरु,आँखा जुधाउँछन्
आफूतिर बोलाउँछन्
अनि गुनगुनाउँछन् आँटको गाथा
चिसो हावाले गाला चिमोट्छ यसरी
कति खेर! झरम जस्तो हुन्छ, तल्तिर
लाज लागेर नि !
केही त अलौकिक छ उचाइमा
पिर का!

ओर्लन जान्ने
ताल परे चढ्दिन जा!
भन्ने मान्छे
नभएर त पक्कै होइन?
यो त एउटा कालखण्ड, जसको घमण्ड!
कठै! बानी बन्दै हो
प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो
हामी आफै भन्दो हो?

“इतिहासको अगाडी कसैको केही लाग्दैन”
चुनि चुनि बुनि बुनि पठाएका
आफ्नै मुटुका टुक्रा उभिँदा पनि
पिर्का फित्तिकै भाँचिदैन।
मानौं!

स्वदेशी रोजगारी
स्कुल देखि पदमा पुग्छे हाम्री पियारी!
यता चढे उता बढे भने
खेतहरु बाँझो नहुने तयारी
के भो त अनि?
पिर्काहरु अझै बन्नु पर्छ ।

जुन हेर्दा मैदान जस्तो होस्
या होस् सूर्यमुखी फूल सरी
संरचना यसको फेरिनै पर्छ।
कम्तिमा पनि अन्जुली जस्तो त होस्
जसमा मुलको पानी, थपि थपि पिउन मिल्छ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाल धुम्बाराही पुगेको सभापति देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनीहरुबीच राष्ट्रपतिको चुनावबारे छलफल भइरहेको छ ।

एकीकृत समाजवादीको बुधबार नै बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका विषयमा संसद्‌‌मा रहेका सबै राजनीतिक दलसँग संवाद गर्ने निर्णय गरेको थियो ।

हवाई इन्धनको मूल्य घट्यो, टिकटको कहिले ?

काठमाडौँ — नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म घटाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले हवाई इन्धन आन्तरिकतर्फ २० र बाह्यतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि बोर्ड बैठकले मूल्य समायोजन गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर १९० रुपैयाँ थियो । त्यस्तै, हवाई इन्धन बाह्यतर्फ प्रतिलिटर १८७ रुपैयाँ ८५ पैसा (१.४२ अमेरिकी डलर) पर्ने जनाएको छ । यसअघि प्रतिलिटर २१७ रुपैयाँ २४ पैसा थियो ।

हवाई इन्धनको मूल्य भारी घटे पनि निगमलाई अझै आन्तरिकतर्फ लिटरमा २० र बाह्यतर्फ ७० रुपैयाँ नाफा छ । यो नाफा रकम खाना पकाउने एलपी ग्यासमा भइरहेको घाटामा समायोजन गरिएको निगमको दाबी छ । निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर ३५९ रुपैयाँ घाटा छ ।

निगम व्यवस्थापनले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा दुई प्रतिशतमात्रै समायोजन गर्न सक्छ, त्योभन्दा बढीका लागि सञ्चालक समितिबाट निर्णय गराउनुपर्छ । हवाई इन्धन र ग्यासको मूल्य घटबढ गर्ने अधिकार सञ्चालक समितिलाई मात्रै छ । वाणिज्य तथा आपूर्ति सचिवको सरुवाले मूल्य समायोजनमा ढिलाइ भएको निगमले जनाएको थियो । वाणिज्य सचिव निगम सञ्चालक समितिमा अध्यक्ष हुने प्रावधान छ ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि यहाँ पनि ह्वात्तै बढ्यो, मूल्य घटेर आए पनि बोर्ड बैठक बस्न नसक्दा हवाई इन्धनको मूल्य समायोजन हुन सकेको थिएन,’ निगमका एक अधिकारीले भने, ‘करिब ४ महिनाअघि नै मूल्य समायोजनको प्रस्ताव बोर्डमा पेस भएको थियो तर तत्कालीन वाणिज्य तथा आपूर्ति सचिव गणेश पाण्डेको सरुवा भएकाले सम्बोधन हुन सकेन,’ निगमका एक अधिकारीले भने, ‘त्यसपछि वाणिज्य तथा आपूर्ति सचिवमा तोयम राया आउनुभयो । चार महिनाको अवधिमा एक पटक मात्रै बोर्ड बस्यो । दोस्रो बैठक बस्ने तयारी भइरहँदा सचिवज्यूको सरुवा भयो । त्यसपश्चात् मूल्य समायोजन हुन सकेन ।’

राया अर्थ मन्त्रालयमा सरुवा भएपछि वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी आइतबारदेखि नै मधुकुमार मरासिनीले सम्हालेका छन् । आइतबारकै बोर्ड बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाह्य उडानका लागि महँगो शुल्क तिर्नुपरेको छ । निगमले इन्धनको मूल्य घटाएसँगै हवाई टिकटको मूल्य घटाउन वायु सेवा सञ्चालकलाई पनि दबाब परेको छ ।

वायु सेवा सञ्चालक संघ नेपालका महासचिव मनोज कार्कीले टिकटको मूल्य मंगलबारसम्म समायोजन गरिने बताए । ‘हवाई इन्धनको मूल्य घटेको बारेमा आधिकारिक पत्र पाएका छैनौं, सोमबार पत्र प्राप्त भएपछि वैज्ञानिक सूत्रअनुसार मूल्य समायोजन हुन्छ,’ महासचिव कार्कीले भने, ‘सम्भवतः मंगलबारबाटै हवाई टिकटको नयाँ मूल्य लागू गर्छौं ।’

कार्कीका अनुसार प्रतिलिटर २० रुपैयाँ मूल्य घट्दा काठमाडौंदेखि धनगढीको हवाईभाडा ८८५ रुपैयाँसम्म घट्छ । त्यस्तै, काठमाडौंदेखि नेपालगन्जको भाडादर ६५५ रुपैयाँ, काठमाडौं–सुर्खेतको हवाई भाडा ६९० रुपैयाँ, काठमाडौं–भद्रपुरको ६०० रुपैयाँ, काठमाडौं–विराटनगरको ४८५ रुपैयाँ, काठमाडौं–जनकपुरको २६० रुपैयाँ, काठमाडौं–सिमराको १८० रुपैयाँ र काठमाडौं–राजविराजको ४१० रुपैयाँ घट्ने संघले जनाएको छ ।

त्यस्तै, काठमाडौं–भरतपुरको २१५, काठमाडौं–पोखराको ३२० रुपैयाँ, काठमाडौं–भैरहवाको ४१० रुपैयाँ घट्ने कार्कीले बताए । ‘टिकटको मूल्य समायोजन गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आएपछि कार्यान्वयनमा जान्छ,’ कार्कीले भने ।

त्यस्तै, निगमले पेट्रोल/डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल १७२ रुपैयाँ र मट्टीतेल १७२ रुपैयाँ पर्नेछ ।


Last Updated on: February 23rd, 2023 at 7:28 am


१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया