मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


हर्कलाई पर्यो फसाद, १७ वडा अध्यक्षले साइबर ब्युरोमा गरे उजुरी दर्ता, कोको फस्ने भए ?

प्रकाशित मिति । ८ फाल्गुन, २०७९ ।

काठमाडौ । सामाजिक सञ्जालमार्फत व्यक्तिगत चरित्र हत्या गर्ने समुह तथा व्यक्तिहरुविरुद्ध धरानका वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् । वडाअध्यक्ष भट्टराईले हिजो (बुधबार) नेपाल प्रहरीको काठमाण्डौंस्थित साइबर ब्युरोमा नै पुगेर उजुरी दर्ता गराएका हुन् ।

कार्यपालिका बैठकको बिषयमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच तिक्तता बढ्दै जादा मेयर हर्क साम्पाङका समर्थकहरुले वडाअध्यक्षहरुविरुद्ध सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुने गरि गालीगलौज तथा तस्विरहरु पोष्ट गर्ने गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी वडा नं १७ का अध्यक्ष भट्टराई निसानामा परेका छन् ।

उनी नगर कार्यपालिकाका प्रवक्ता पनि हुन् । मेयर साम्पाङसँगको विवादमा प्रवक्ताको हैसियतमा उनले नै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको धारणा र माग सञ्चारकर्मीहरु समक्ष व्यक्त गरेपछि उनी तारो बनेका हुन् ।

कार्यपालिका बैठकमा पनि मेयर साम्पाङले ल्याएको एजेण्डाबारे आफ्नो धारणा वा फरकमत भए प्रष्टसँग राख्ने गरेका छन् । त्यसले पनि मेयर साम्पाङका समर्थकहरु उनीप्रति सकरात्मक छैनन् ।

काठमाण्डौंमा रहेका वडाअध्यक्ष भट्टराईले टेलिफोन सम्पर्कमा राजनीतिक आलोचना र बहस सहने भएपनि मानवीय संवेदनाहिन टिप्पणी हुने, व्यक्तिगत चरित्र ह त्या गर्ने गरि म्यासेज पठाउने, फोटो इडिट गर्दै पोष्ट गर्ने र फोन गरेर गालीगलौज पनि गर्न थालेपछि साइबर ब्युरोमा उजुरी दिएको बताए । उनले भने,‘म्यासेन्जरमा अति नै गालीगलौज आयो ।

व्यक्तिगत चरित्र हत्या गर्ने गरि पोष्ट गर्ने, विना प्रमाण आरोपहरु लगाउने, फोनमा गाली मात्र गर्ने र फोन काट्ने, फेरि गर्दा सिमकार्ड नै फाल्ने गरेपछि कानुनी कारबाहीको प्रक्रियामा आएको हुँ ।’

वडाअध्यक्ष भट्टराईका अनुसार सामाजिक सञ्जाल फेसबुकमा भएको केही ग्रुपका एडमिन र केही व्यक्तिहरुविरुद्ध उजुरी दर्ता भएको छ । ‘व्यक्तिको नाम, गु्रप पनि गर्दा ६ जना जति छन् । अति नै हुनथालेपछि बाध्य भएको हो,’उनले भने,‘राजनीतिक आलोचना, बसह सहन्छौं, तर मानवीय संवेदनाहिन, उच्छृंखल कार्य हुन थाल्यो ।’

विगत तीन महिनादेखि धरानका मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीच तिक्तता बढ्दै गएको छ, र कार्यपालिका बैठक पनि बस्न सकेको छैन । मेयर साम्पाङले कार्यपालिका सदस्य अनुप देवानलाई बाहिर जानु भन्ने अभिव्यक्ति दिएपछि भाँडिएको बैठक त्यसयता ३ पटक बोलाइए पनि हुन सकेको छैन ।

मेयरले कार्यपालिका सदस्यको अपमान हुने गरि गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको माग छ भने मेयर साम्पाङ कुनै हालतमा माफी नमाग्ने अडानमा छन् ।

समस्याको निकास निकाल्न दुवै पक्षबीचमा संवादसमेत हुन सकेको छैन । यही बिषयले सामाजिक सञ्जालमा मेयर साम्पाङका समर्थक र राजनीतिक दलका कार्यकर्ताहरुबीच आरोप प्रत्यारोपको दोहोरी छ ।

मेयर हर्क साम्पाङलाई पुर्वमेयर मेन्याङ्बोको सुझाव: ‘तपाई संयमित हुनुपर्छ, एजेण्डामा विमति राख्दैमा अनुदार भैहाल्नुपदैन’ – ‘एक्लै हिडेर कोही पनि गन्तव्य पुगिदैन, एकले अर्काको सहयोग लिएर अघि बढ्नुपर्छ’

धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले वर्तमान मेयर हर्क साम्पाङलाई संयमता अपनाउन र वडाका सबै जनप्रतिनिधिहरुलाई साथमा लिएर अघि बढ्न सुझाव दिएका छन् ।

तीन दिने धरान उत्सवको तयारी बैठकमा २ जना वडाअध्यक्षहरु मात्र उपस्थित भएको देखेपछि पुर्वमेयर मेन्याङ्बोले मेयर साम्पाङलाई यस्तो सुझाव दिएका हुन् ।

नगर पिता सबैको अभिभावक भएकोले मेयर साम्पाङको काँधमा महत्वपुर्ण जिम्मेवारी र दायित्व भएको उल्लेख गर्दै पुर्वमेयर मेन्याङ्बोले वडाका सबै जनप्रतिनिधिहरुलाई साथमा लिने जिम्मेवारी पनि मेयर साम्पाङकै काँधमा भएको बताए ।

‘तपाई अलिकति संयम हुनैपर्छ, जनप्रतिनिधिहरुको आवाजलाई हृदयंगम गर्नैपर्छ,’उनले भने,‘कसैले सामान्य कमेन्ट गर्यो, तपाईको एजेण्डामाथि विमति राख्ने बित्तिकै ऊ प्रति अनुदार भैहाल्नुपर्ने जरुरी छैन । तपाई अभिभावक हो, अभिभावकलाई स्वभाविक हिसाबले आफ्नो कुरा राख्छन् ।’

मेयर र कार्यपालिका सदस्यहरुको विवादले धरान राजनीतिकरुपमा अस्वस्थ्य भएको पनि पुर्वमेयर मेन्याङ्बोले टिप्पणी गरे । धरान उत्सव तयारी बैठकमा सबैलाई आमन्त्रण गरेपनि राजनीतिक दलका प्रनिनिधि र वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु नआएको भन्दै पुर्वमेयर मेन्याङ्बोले मेयर, उपमेयर र केही वडाअध्यक्षहरुले मात्र पहल गरेर धरान उत्सव सफल नहुने पनि बताए ।

पुर्वमेयर मेन्याङ्बोले मेयर र कार्यपालिका सदस्य, वडाअध्यक्षहरुको दुरी बढ्दै गएमा कसैलाई पनि मन्तव्यमा नपुर्याउने पनि बताए । ‘तपाईहरु मात्र असफल हुने भए त केही छैन तर धरानेहरु नै असफल हुन्छौं भन्ने ठुलो चिन्ता छ,’उनले भने,‘कम्तीमा तपाईहरु विवेक प्रयोग गर्नुस् । मेयर साबले सबैभन्दा बढी प्रयोग गर्नुस्, वडाअध्यक्षहरुले पनि विवेक प्रयोग गर्नुस् ।’

पुर्वमेयर मेन्याङ्बोले कार्यपालिका बैठकमा कतिपय कुरामा लाज लाग्ने गरि केटाकेटीपन देखिएको पनि बताए । ‘बोर्ड बैठकमा एउटा सदस्यले एउटा प्रस्ताव राख्छ, त्यसमा विमती हुन्छ, र बैठक नै छोडेर हिड्छ ।

मेयरले बोर्ड बैठक डाँक्छ, आएर वडाअध्यक्षहरु आज नबस्ने भनेर उठेर हिड्नुहुन्छ,’उनले भने,‘धरानका राजनीतिकर्मीहरुको सँस्कार, सँस्कृति, अनुशासन, परम्परा यहीँ हो ? यस्तो खालको परम्पराले धरानको प्रतिष्ठा बढ्छ ? हाम्रो विका र निर्माण अगाडि बढाउन सकिन्छ ? किमार्थ सकिदैन ।’

एक्लै हिडेर कोही पनि गन्तव्यमा पुग्न नसकिने भन्दै पुर्वमेयर मेन्याङ्बोले एकले अर्कालाई सहयोग लिएर अघि बढ्न जरुरी रहेको बताए । ‘मेयर साबको सत्प्रयासलाई सबै नगरबासीले सहयोग गर्छन्, मैले के गर्नुपर्छ गर्छु ।

कावासोतीमा बस पल्टिँदा १९ घाइते

पूर्वी नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर कावासोती र लोकाहाबीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको जिल्ला प्रहरीले जनायो ।

नेपाली टिमको छनोट मंगलबार

काठमाडौँ — १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमको छनोट फागुन ९ गते मंगलबार गोकर्णमा हुने भएको छ । नेपाल एथलेटिक्स संघले दोस्रोपल्ट आयोजना गर्न लागेको च्याम्पियनसिपबारे स्थानीय प्राविधिक निर्देशक चन्द्रबहादुर गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘च्याम्पियनसिपमा व्यक्तिगत चार स्पर्धा र एक टिम हुनेछ र सबै स्पर्धामा नेपाली ५–५ खेलाडी सहभागी हुनेछन् ।’

क्रसकन्ट्रीमा नेपालीको प्रदर्शन र स्तरबारे उनले भने, ‘हामीले दक्षिण एसियालीस्तरमा पदक जितेको भए पनि एसियन च्याम्पियनसिपमा सफलता पाएको छैन ।’ टिम छनोटपछि दसदिने शिविर सञ्चालन गर्ने सोच भएको पनि उनले बताए । एसियन एथलेटिक्स एसोसिएसनको प्रतियोगिता ‘एसियन क्रसकन्ट्री च्याम्पियनसिप’ फागुन २३ गते गोकर्णमा हुनेछ, जसमा सिनियर महिला र पुरुषका १० किलोमिटर तथा २० वर्षमुनिका जुनियर पुरुषको ८ किमि र महिला जुनियरको ६ किमि समावेश छन् ।

‘सबै कुरा एउटै ठाउँमा र व्यवस्थित भएकाले प्रतियोगिता स्थलका रूपमा गोकर्ण छनोट गरिएको हो,’ नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले भने, ‘एसियन एथलेटिक्समा ४५ देश समावेश छन् । ती देशबाट २ सय ६० देखि ३ सय खेलाडी प्रतिस्पर्धा गर्न नेपाल आउन सक्ने एसियन एथलेटिक्सले जानकारी दिएको छ ।’ च्याम्पियनसिपको प्राविधिक पक्ष पनि एसियन एथलेटिक्सले सम्हाल्ने उनले बताए ।

च्याम्पियनसिप आयोजनामा ३ करोड ६५ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च हुने संघले जनाएको छ । ‘प्रदेश सरकारले नीति तथा कार्यक्रममै एसियन क्रसकन्ट्रीका लागि ३० लाख छुट्याएको छ,’ वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले भने, ‘एसियन एथलेटिक्सले २५ हजार अमेरिकी डलर (करिब ३२ लाख ८२ हजार रुपैयाँ) दिनेछ । सरकार, स्थानीय तह र निजी क्षेत्रबाट बाँकी बजेट ल्याउनेछौं ।’


Last Updated on: February 20th, 2023 at 7:59 am


३८६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया