
अष्ट्रेलियामा रहस्यमय बन्दै नेपाली युवाको मृत्यु
प्रकाशित मिति । ८ फाल्गुन २०७९
Tata box 1Laxmi bankEverygharअस्ट्रेलियामा गत शुक्रबार बेलुकी आफ्नै कोठामा ब्रिटिस केटी अमिलियासँग मृत भेटिएका नेपाली युवा ब्राजिल गुरुङको मृत्यु रहस्यमय बन्दै गएको छ।
सन् २०१४ को अक्टोबरमा डिपेन्डेट भएर अस्ट्रेलिया आएका ब्राजिल केहि महिनादेखि श्रीमतीसँग छुट्टिएर बसेका थिए। यसैबीच घटना रहस्यमय बनेको र मृतकमाथि एकोहोरो आरोप लागिरहको साथै बिना प्रमाण एकोहोरो समाचार आउनुले आफ्नो परिवारलाई मर्माहत बनाएको भन्दै ब्राजिलकी दिदी सानुले छानविनको दायरालाई फराकिलो बनाउन माग गरेकी छन्।
विशेषत: घटना घट्नु लगत्तै ब्रिटिस मिडियाले मृतकले अमिलियाको हत्या गरेर आफूले आत्महत्या गरेको भन्दै समाचार प्रकाशित गरेपछि मृतककी दिदी सानुले पोष्टमार्टम रिपोर्ट र अन्य प्रमाणबिनानै त्यस्तो अरोप लगाउनु आधारहिन भएको बताइन्। हात बाँधेको अवस्थामा आत्महत्या गरेको र भुइँमा लडिरहेको व्यहोराले पनि परिवारलाई यो भवितव्यमा अरु कसैको हात हुनसक्ने आशंका उब्जाएको उनले बताइन्।
बिहिबार राति १० बजे मृतकको पूर्व प्रेमीका इनेलेदीदी सानुलाई फोन गरेर ब्राजिल तनावमा रहेकोले जे पनि हुन सक्ने बताएकी थिइन्। दिदी सोनुले भाइलाई धेरैपटक फोन गर्दा नलागेपछि स्वयं इनेलाई समेत कोठामा गएर हेर्न अनुरोध गरेकी थिइन्। शुक्रबार साझ पाँच बजे ब्राजिलको घरबेटीलाई फोन गरेर भाइको अवस्था हेरिदिन आग्रह गरेकी थिइन्। घरबेटीले हुन्छ भनेका थिए तर राती १२ बजे भाइ कोठामा मृत अवस्थामा भेटिएको खबर आयो। दीदी सानुले पीडा छोप्दै भनिन्।
सानुले गभ्भीर हुदै भनिन्, ‘ब्राजिलसँगै रेस्टुरेन्टमा काम गर्ने अर्की केटी मर्सिडिजले ब्राजिलको फेसबुकमा मरिसकेपछि बदलाको भावनाले अपनत्व दर्शाउने खाले म्यासेज गरेकाले पनि घटनाक्रममा शंका गर्ने प्रशस्त ठाउँ रहेको छ।’
एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले भने, ‘एकोहोरा गलत समाचारले परिवार मात्र हैन सारा नेपाली समाज नै बदनाम हुन लागेको छ। त्यसैले सम्बन्धित सबै पक्षले धैर्यधारण गरेर सत्यतथ्यका आधारमा यसबारे बोल्नुपर्छ।’
सिड्नीमा ब्राजिलको दाहसंस्कार गरिएपनि उनको फोरेन्सीक रिपोर्ट भने आउन बाँकी नै रहेको छ।
गाउँपालिका पदाधिकारीहरूको माग- ‘स्थानीय सरकारको स्रोत र बजेट नखोसियोस्’
बुटवल — गाउँपालिकाका पदाधिकारीहरुले स्थानीय सरकारको स्रोत र बजेट खोस्ने काम नगर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छन् । जनताको ढोका अगाडिको सरकारले गर्ने ससाना काममा पनि माथिल्ला सरकारले हस्तक्षेप गर्दा कतै योजना दोहोरिने त कतै स्रोत नपुग्ने समस्या बढेको उनीहरुको गुनासो छ ।
आइतबार बुटवलमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै महासंघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेले विषय तोकेर ससर्त बाँडिने खुद्रे बजेटले गाउँपालिकालाई अपजस बेहोर्न बाध्य बनाएको बताइन् ।
‘विषयगत शिर्षकमा वडास्तरका खुद्रे बजेट दिनुभन्दा स्थानीय सरकारले तयार गरेका योजना कार्यान्वयन हुने गरी एकमुष्ठ बजेट विनियोजन गरियोस् । परिणाम आउन सक्छ,’ उनले भनिन् । स्थानीय सरकार संचालन ऐनले ठूला योजना संघ, मझौला प्रदेश र साना योजना स्थानीय तहले गर्ने भनिएको भन्दै उनले ऐन मिचेर योजना ल्याउन तत्काल रोक्नुपर्ने बताइन् ।
संघीयतको मूल कार्यान्यन स्थानीय तहबाट हुने भए पनि प्रदेश र संघमा समयमा कानुन बन्न नसक्दा अन्योल रहेको पदाधिकारीहरुले बताए । यसले स्थानीय तहको सेवा प्रवाह र जनताको सुविधामा समस्या परेको उनीहरुको गुनासो थियो । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष मधुकृष्ण पन्थले सिँचाइ, शिक्षा, जग्गाको वर्गीकरण जस्ता विषयवस्तु कानुनले नचिन्ने गरी जिल्लामा राख्दा त्यसको अर्थ नभएको बताए । उनले संघ र प्रदेशको समानिकरणको बजेट, ससर्त बजेटलाई वैज्ञानिकरण गर्न आवश्यक रहेको बताए ।
प्रशिक्षणका लागि धावक श्रेष्ठ इथियोपिया प्रस्थान
काठमाडौँ — अफ्रिकी राष्ट्र इथियोपियाको राजधानी एडिस अबाबामा ३५ दिने प्रशिक्षण लिनका लागि नेपाली धावक सन्तोषी श्रेष्ठ आइतबार प्रस्थान गरेकी छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धावक सन्तोषीलाई आइतबार बिदाइ गरिएको हो । सन्तोषीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) को महासचिव तथा एनआरएस स्पोर्ट्स फाउण्डेसनका फाउन्डर निलेन्द्रराज श्रेष्ठ, प्रशिक्षक रघु वन्तले एक कार्यक्रमकाबीच बिदाइ गरे ।
ग्लोबल स्पोर्ट्स कम्युनिकेसनको छात्रवृत्ति, एनआरएनए स्पोर्ट्स फाउण्डेसनको पहलमा सन्तोषीले इथियोपियामा प्रशिक्षणको अवसर पाएकी हुन् । सन्तोषी इयर्ली ट्रस्टको आर्थिक सहयोग र ग्लोबल स्पोर्ट्स एथलेटिक्स खेलाडीको व्यवस्थापनमा प्रशिक्षणमा जान लागेकी हुन् ।
सन्तोषीले विश्व च्यापियन तथा ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई प्रशिक्षण दिइसकेका मुख्य प्रशिक्षक टेसेमा अब्सहिरोसँग प्रशिक्षण लिनेछिन् । अब्सहिरोको प्रशिक्षण टोलीमा प्रशिक्षकद्वय टेस्हे गेमेचु र यालेमजेर्फ येहुअलाव रहेका छन् । सन्तोषी मार्च २२ मा इथियोपियाबाट नेदरल्याण्ड्स जानेछिन् ।
नेदरल्याण्ड्समा सन्तोषीको मेडिकल परीक्षण र प्रशिक्षण हुनेछ । नेदरल्याण्ड्सपछि सन्तोषी बेलायतको लण्डन पुगेर त्यहाँ प्रशिक्षण र केही प्रतियोगितामा सहभागिता जनाउने प्रशिक्षक वन्तले जानकारी दिए ।
बिदाइपछि सन्तोषीले आफू ग्लोबल स्पोट्र्ससँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन् । इथियोपियाको प्रशिक्षणले चीनमा आयोजना हुने एसियन गेम्समा आफ्नो प्रदर्शनमा सुधार हुने उनले विश्वास व्यक्त गरिन् । यस्तै राखेप सदस्यसचिव घिसिङले सन्तोषीको प्रशिक्षणमा राखेपले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमबीच सन्तोषीलाई नेपाल भेटनरी एसोसिएसनले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।