मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


राष्ट्रपति चुनावमा राजनीतिले कुन कोर्स लिने थाहा हुन्छ : नेपाल

प्रकाशित मिति । ७ फाल्गुन २०७९ ।

‘नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले । पहिले त केके न गर्ला भन्ने लागेको थियो । नयाँ आए तर घाँडो भए । अदालतले मुद्दा लगायो, पदबाट हटे । त्यही पनि त्यहीँ पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ ।’

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्नसक्ने अवस्थामा ह रहेको दाबी गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्नसक्ने अवस्था पुगेको उल्लेख नेपालको भनाइ थियो ।

काठमाडौं कीर्तिपुरमा आइतबार आयोजित एकीकृत समाजवादीको अनेरास्ववियुको स्थायी कमिटी बैठक उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रपति निर्वाचनपछि मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्ने बताए ।
‘नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले ।

पहिले त केके न गर्ला भन्ने लागेको थियो । नयाँ आए तर घाँडो भए । अदालतले मुद्दा लगायो, पदबाट हटे । त्यही पनि त्यहीँ पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ । कुन दिन त्यो गठबन्धन भत्किने हो ?

ठेगान छैन,’ उनले भने, ‘त्यो गठबन्धनको सरकार भत्केपछि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सूरु भइसकेको छ । ढोक्सा थाप्ने भनेको त्यहीँ हो । त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो । त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो ? राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ ।’

मुलुकमा सबै पद हातमा लिएर राजनीतिमा आफ्नो एकाधिकार चलाउने प्रवृत्ति हावी हुने कि राजनीतिक सन्तुलन मिलाएर अघि बढ्ने भन्ने कुराको टुंगो छिट्टै लाग्ने पनि नेपालको भनाइ थियो । अहिलेको सत्तारुढ गठबन्धनमा परस्पर विरोधी विचारका पार्टी संलग्न भएको उनको भनाइ थियो ।

‘यो गठबन्धनमा राजतन्त्रलाई फेरी ल्याउनुपर्छ भन्ने तत्वहरू पनि छन्, प्रतिगामीहरू । संघीयता विरोधीहरू पनि छन् । अनि त्यहाँ वामपन्थीहरु पनि छन् । संविधान विरोधीहरू पनि छन् । संविधानका रक्षकहरू पनि छन्,’ उनले भने, ‘यो भन्दा पहिलाको गठबन्धन कस्तो थियो ?

कांग्रेस थियो संविधानको पक्षमा उभिने । वामपन्थीहरू थिए । गणतन्त्रको पक्षमा उभिने । यसरी वाम र लोकतान्त्रिक गठबन्धन थियो । तर चुनाव पनि नयाँ किसिमको शक्ति सन्तुलन भइदियो । पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिने कि नदिने भन्ने विषयमा त्यहाँ विवाद भयो । कांग्रेसमा सारा पद आफैले लिनुपर्छ भन्ने प्रवृत्ति देखियो । यसले गर्दा समस्या पर्‍यो । तर अहिले हामीले त्यहाँ देख्यौं ।’

अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरी मण्डलेहरू जाग्न लागेको बताए । उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दूर्गा प्रसाईंलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको बताए ।

‘अहिले फेरि मण्डलेहरू जाग्न थालेको छ । मेचीको पुलमा उभिएर गरेको कुरा देख्नु भयो तपाईंहरूले । मण्डलेहरूको रोग एमालेभित्र घुसेको छ । त्यहीँबाट एमाले केन्द्रिय सदस्य अझै पनि छन् कि कारबाही गरिसक्यो थाहा छैन । एमालेमा सम्मानपूर्वक बसिरहेकै छ,’ उनले भने, ‘त्यो भनेको चाहीँ कम्युनिष्ट पार्टीको निम्ति जालमर्दो कुरा हो ।

अर्थात् कतै त्यो कम्युनिष्ट पार्टीले यस्ता कुराहरूलाई पनि प्रोत्साहन दिइरहेको त छैन ? शंका खडा हुने परिस्थिति बनेको छ । कतै प्रतिगमनको सहयोगी त बन्न गइरहेको छैन भन्ने प्रश्न खडा भएको छ । त्यसो हुनाले नेपालको राजनीतिको तस्बिर अझै बेग्लै किसिमको देखिन्छ । समय समयमा कम्युनिष्ट पार्टीले आफ्नो शक्ति देखाएको छ ।’

नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीको रुपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मेयर बन्न उपमेयरको परीक्षा

छोरा नभई हुँदैन भन्नेहरुका लागि जवाफ भएकी छन् पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, भन्छिन्, ‘मैले यसैलाई मेरो जीवनको सफलता ठानेकी छु’

‘केही फरक काम गर्‍यो भने यो आफ्नो क्षमताले गरेको होइन भनेर कुनै पुरुषसँग नाम जोडिदिन्छन्,’ मानिसहरूको धारणाप्रति उनको दिक्दारी छ, केही कमजोरी भयो भने महिलाले के गर्न सक्थे भनेर खिसी उडाइहाल्छन्’

अछामको साविक कालिकास्थान गाविसका कुच्ची गाउँका ध्वजबहादुर चलाउने बन्डाली देवताका धामी थिए । त्यसैले उनलाई चोखोनितो बस्नुपर्ने, बाहिरफेर खानपिन गर्न नमिल्ने नियममा बाँधिनुपरेको थियो । उनका दौंतरीहरू कमाउन इन्डिया जान्थे । तर उनलाई धामी भएकै कारण घरबाहिरको यात्रामा बन्देज थियो । कतै गइहाले पनि आफैं पकाएर खानुपर्ने र नित्य पूजापाठ गर्नुपर्ने झन्झट बेहोर्नुपर्थ्यो ।

धामी भएकै कारण उनले मुग्लानको बाटो नरोजेर जीविका चलाउन खुद्रा पसल चलाएका थिए । खान–लाउनको दुःख नभए पनि ध्वजबहादुरलाई समाजले एउटै कुरामा प्रश्न गरिराख्थ्यो । त्यसैले त छोराको आशामा ध्वजपत्नी कोकिला चलाउनेले लगातार १० छोरी जन्माएकी थिइन् । तिनैमध्ये नवौं छोरी थिइन्, ३२ वर्षअघि जन्मिएकी अम्बिका चलाउने । यिनै अम्बिका अहिले पञ्चदेवल विनायक नगरपालिका प्रमुख छिन् ।

पढाउन थाले छोरी बिग्रन्छन् भन्नेदेखि पहिलो महिनावारी हुनेबित्तिकै ज्वाइँ खोज्नुपर्छ भन्ने चलन भएको समाजमा छोरी पढाएकामा ध्वजले अनेकन खिल्लीहरू सुन्नपर्‍यो । अम्बिकाले बाल्यकाल सम्झँदै भनिन्, ‘छोरीलाई पढाएर बिगार्ने भयो भनेर बुबाको कुरा काटेको सुन्थ्यौं ।’

गाउँ–समाजले जति नै कुरा काट्थे, अम्बिकाका दिदीबहिनीहरूमा केही गरेर देखाउनुपर्छ भन्ने भावना त्यति नै बलियो हुन्थ्यो । त्यही आत्मबलले काम गरेको हुनुपर्छ सायद, साविक कालिकास्थान गाविसको माथिल्लो कुच्ची गाउँमा उनकी दिदी शारदाले एसएलसी उत्तीर्ण गरिन् । उनी गाउँमा एसएलसी पास गर्ने पहिलो महिला थिइन् । अम्बिकाको मनमा पनि पढेर समाजलाई देखाउनुपर्छ भन्ने गहिरो ईख हुर्किएको थियो । त्यसैले त उनी गाउँ नजिकैको विद्यालयबाट पाँच कक्षा पास गरेपछि दैनिक आधा घण्टा हिँडेर छिमेकी गाउँको विद्यालय पुगेर पढ्न थालिन् ।

माओवादी द्वन्द्वको रापताप उनको गाउँमा छिर्न थालेपछि सुरक्षित भएर पढ्न सकिने अवस्था रहेन । बाबुको नेपाली कांग्रेसप्रति गहिरो आस्था भएकाले पनि उनको परिवारमा असुरक्षा बढायो । छोरीको पढाइ रोकिएला भनेर ध्वजले अम्बिकालाई बर्दियास्थित काकाको घरमा बसेर पढ्ने व्यवस्था मिलाए । उनले त्यहीँ बसेर १० कक्षासम्म पढिन् । एसएलसी भने अछामबाटै दिइन् ।

स्कुले जीवनमै अम्बिका जुनियर रेडक्रस सर्कलदेखि बाल क्लबहरूमा आबद्ध थिइन् । माओवादीको डरले गोप्य रूपमा गठन गरिएको नेविसंघको क्षेत्रीय समितिको कोषाध्यक्ष भइसकेकी थिइन् । राजनीतिक संगठनमा आबद्ध भए पनि उनको सपना भने सके स्टाफ नर्स नभए ओभरसियर बन्ने थियो । उनी छात्रवृत्ति कोटामा स्टाफ नर्सको परीक्षा दिन चितवन पनि पुगिन् । तर, नाम भने निस्केन । दोस्रो विकल्पका रूपमा ओभरसियर पढ्नका लागि प्रवेश परीक्षाको तयारी गरिन् । तर परीक्षाकै बेला माओवादीले आठ दिन नेपाल बन्द गरेपछि उनले जाँचै दिन सकिनन् ।

दुवै चाहना पूरा नभएपछि उनी गाउँमै प्लस टुमा भर्ना भइन् र लोक सेवाको तयारी गर्न थालिन् । खर्च चलाउन एउटा निजी स्कुलमा पढाउन पनि थालिन् । आफ्ना कुरा प्रस्ट राख्ने र बोल्न नहिचकिचाउने उनलाई समाजले बनाएको महिला र पुरुषबीचको विभेदको खाडल पुर्नॅपर्छ भन्ने लागिरहन्थ्यो ।

भन्छिन्, ‘छोरा र छोरीबीच समाजले गर्ने विभेदको भुक्तभोगी आफैं भएर पनि होला मलाई यो विषयमा छलफल भएको सुनें भने पनि बहस गर्न मन लागिहाल्थ्यो ।’ शान्ति प्रक्रिया सुरु भएपछि अम्बिका गाउँमा हुने विभिन्न छलफलमा भाग लिन्थिन् । सामाजिक संस्थामा आबद्ध हुँदै महिला अधिकार मञ्चको गाविसस्तरीय समितिमा अध्यक्ष र सामुदायिक वनको सचिवसमेत भइन् ।

स्नातक तह पढ्दै गर्दा २०६५ सालमा त उनी स्थानीय पञ्चदेवल क्याम्पसमा भएको विद्यार्थी संगठनको चुनावमा नेविसंघबाट सभापतिमा निर्वाचित भइन् । यही मोडले उनलाई लोक सेवाबाट राजनीतिको बाटोतिर मोडिदियो । त्यसको दुई वर्षपछि उनी २०६७ सालमा भएको पार्टीको महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भइन् । १९ वर्षमा महासमिति सदस्य भएकी अम्बिकाको राजनीतिक यात्रा रफ्तारमा थियो । २०७२ सालमा उनी नेविसंघको महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री र पछि महिला संघको केन्द्रीय प्रतिनिधि भइन् ।

संविधान जारी भएपछिको पहिलो स्थानीय तहको चुनाव २०७४ मा उनले पार्टीमा पञ्चदेवल विनायक नगरपालिकाको नगर प्रमुखको टिकट दाबी गरिन् तर पार्टीले पत्याएन । पार्टीभित्रै उनलाई समर्थन गरेजस्तो गर्नेहरू पनि उनको विपक्षमा उभिए ।

‘महिलाले मेयर जित्दैनन् । जितिहाले पनि चलाउन सक्दैनन् भनेर मलाई उम्मेदवार नै बनाएनन्,’ अम्बिकाले मन अमिलो पारिन्, ‘अनि मैले उपमेयरमै चित्त बुझाएँ ।’ उपमेयरमा निर्वाचित भएपछि उनले त्यसलाई जनप्रतिनिधिको काम सिक्ने अवसरका रूपमा सदुपयोग गरिन् ।

यहीबीचमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको सहमहामन्त्री भएकी उनी यसपालिको स्थानीय निर्वाचनमा भने नगरपालिकाको प्रमुखका रूपमा निर्वाचित भइन् । स्थानीय तहमा महिला प्रमुखका रूपमा चुनाव जित्ने उनी जिल्लाकै पहिलो थिइन् । आफूले पाएको सफलतालाई लैंगिक विभेदविरुद्धको उपलब्धि मान्छिन् उनी । ‘छोरा नभई हुँदैन भन्नेहरूका लागि म आफैं जवाफ भएकी छु,’ भन्छिन्, ‘मैले यसैलाई मेरो जीवनको सफलता नै ठानेकी छु ।’

जनप्रतिनिधिका रूपमा दोस्रो कार्यकाल भए पनि कार्यकारी अधिकारसहित स्थानीय तहमा काम गर्न पाएको चलाउनेको यो पहिलो अनुभव हो । यद्यपि उनी एउटा महिलाले जनप्रतिनिधिका रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौतीसँग परिचित छिन् ।

‘केही फरक काम गर्‍यो भने यो आफ्नो क्षमताले गरेको होइन भनेर कुनै पुरुषसँग नाम जोडिदिन्छन्,’ मानिसहरूको धारणाप्रति उनको दिक्दारी छ, ‘केही कमजोरी भयो भने महिलाले के गर्न सक्थे भनेर खिसी उडाइहाल्छन् ।’

आफ्नो कार्यक्षमता र चरित्रमाथि गर्ने टीकाटिप्पणीहरूलाई खुट्टामा कुल्चेर आफू अघि बढिरहेको उनले बताइन् । महिलालाई समाजले गर्ने फरक व्यवहारजस्तै स्थानीय तहलाई संघले गर्ने गरेकामा उनको चित्त बुझेको छैन । उनी भन्छिन्, ‘संघ र प्रदेशले ससर्त अनुदान बढाउने र वित्तीय अनुदान प्रत्येक वर्ष घटाइदिने गर्नाले भनेजस्तो काम हुन पाएको छैन ।’ अनेकन समस्या भए पनि पालिका प्रमुखमा महिला हुँदा सेवा प्रवाहको गुणस्तर वृद्धि हुनुका साथै सामाजिक मनोविज्ञान पनि बलियो भइरहेको उनको दाबी छ ।

‘म महिला भएका कारण महिलाका समस्या अनुभव गर्न सक्छु । एक गाग्रो पानी बोक्न घण्टौं हिँड्नुको पीडा, ९ महिनाको गर्भ जाँच गर्न उकालो चढ्नुको पीडा, छोराछोरी हुर्काउँदा भोग्नुपर्ने समस्या म अनुभव गर्न सक्छु,’ भन्छिन्, ‘त्यही पदमा पुरुष हुँदा ज्यादाभन्दा ज्यादा गरे हाम्रो दुःख अनुमानसम्म गर्छन् । अनुभव र अनुमान त अवश्य फरक छ ।’

नगर प्रमुख पदमा महिला हुँदा जिल्लाभरिका महिलाहरूमा महिलाले पनि चाहेमा गर्न सक्छन् भन्ने आत्मविश्वास जागृत भएको उनको अनुभव छ । पालिकालाई शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र पूर्वाधारको विकासका क्षेत्रमा आफ्नो कार्यकालमा उन्नत अवस्थामा पुर्‍याउने परिकल्पना उनको छ । अर्को निर्वाचनसम्म पालिकाको अनुहार फेर्ने संकल्पसहित आवधिक योजनासमेत निर्माण भइसकेको छ उनको नेतृत्वमा ।

कोभिडका कारण दुई वर्षसम्म थिलोथिलो भएको शैक्षिक गुणस्तर उकास्न स्वयंसेवक शिक्षकको व्यवस्था नगरपालिकाले गरेको छ । विपद् प्रतिरोधी विद्यालय बनाउनका लागि टिनको छानामुक्त विद्यालयको परिकल्पना पनि नगरले गरेको छ ।

महिला र बालबालिकाको पोषण तथा स्वास्थ्यलाई उनले प्राथमिकतामा राखेकी छन् । हजार दिनका सुत्केरी लक्षित कोसेली कार्यक्रम, घर–घरमा करेसाबारी, गाउँ–गाउँमा प्रयोगशाला र बर्थिङ सेन्टरसहितको स्वास्थ्य केन्द्रजस्ता अभियान उनको नेतृत्वमा सुरु पनि भएका छन् । कृषि र उद्यमको क्षेत्रमा पनि उनी केही फरक काम गर्न खोजिरहेकी छन् ।

‘उद्योग र व्यावसायिक कृषि गर्न चाहनेलाई तालिम दिने र लागत साझेदारी गर्ने नीति बनाएका छौं,’ भन्छिन्, ‘आर्थिक समुन्नतिका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समाजमा रहेका छुवाछुत, छाउपडी, विभेदजस्ता कुरालाई हटाउन हामी योजनाबद्ध ढंगले अघि बढिरहेका छौं ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक ‘नारी नेतृत्व’का सम्पूर्ण सामग्री :


Last Updated on: February 19th, 2023 at 3:42 pm


१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया