शुक्रबार १० चैत्र २०७९


“जन्मदिनमा धमलाले शर्मिलालाई सुनको सिक्री उपहार दिएका थिए, त्यसपछि एलिजाले थाहा पाइन”, डिल्लिराम (भिडियो सहित)

प्रकाशित मिति । ७ फाल्गुन २०७९

काठमाडौ

अहिले पछिल्लो समय ऋषि धमला र शर्मिला वाइबाको विषयले सामाजिक संजाल निकै नै तातेको छ । केहिदिन अघि मात्र सामाजिक अभियान्ता शर्मिला वाइबाले पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिर ल्याएकी थिइन ।

रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा बार्ह भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई एक सय तिन डीग्रीको ज्वोरो आएको बताएका थिए।

शर्मिला वाइबा ले हाल सालै ऋषि धमला सग खिचेका तस्बिर हरु सार्बजानिक गरेर उनी हरु बिच ११ वर्ष लामो प्रेम सम्बन्ध रहेको कुरा खुलाएकी थिइन । उनी धमला कि पत्नी क्यानडा जादा उनी धमलाको मा जाने र धमला पनि उनी को आउने गरेको कुरा खुलाएकी थिइन।

रविले १२ जना पत्रकार को पोल खुलाएको मा ऋषि धमला पनि एक जना परेका थिए । रबि लामिछाने ले पोल खुलाएसगै शर्मिला वाइबाले पनि आफू सग रहेको सम्बन्ध को बरेमा फेसबुक मा स्टाटस र अनलाइन मिडिया लाई अन्तरबार्ता दिएर जानकारी दिएकी थिइन ।

सर्मिला वाइबा ले भने फेसबुकमै फोटो सहित पोस्ट गरेर लेखेकी थिइन अब म निकाल्दिन्छु धमलालाई एकसय तीन को जोरो । नेपाली पत्रकारिता जगत मा हाल का निकै चर्चित ऋषि धमलालाइ यसरी आरोप लगाइ रहदा धमला पछ बाट भने कुनै पनि प्रतिकृया अहिले सम्म आएको भने छैन।

त्यसलगत्तै पुन्य गौतमले ऋषि धमलालाई फोन बार्ता गरेका थिए । यो कुरा दुई बिच भएको र धमलाले तिन चार दिन यो सम्बन्धी कुनै कुरा नबोल्ने बताएका थिए । त्यसपछि अन्ततः शर्मिला वाइबाले माफी मागेकी थिइन । त्यसपछि अहिले सामाजिक संजालका ब्यक्तित्व डिल्लिराम खनालले भनेका छन, “शर्मिला वाइबाको जन्मदिनमा ऋषि धमलाले वाइबालाई सुनको सिक्री उपहार दिएका थिए रे त्यसपछि एलिजा गौतमले थाहा पाएकी थिइन। ” बाँकी कुरा थाहा पाउन भिडियो हेर्नुहोला ।

भिडियो हेर्नुस

हाम्रो अर्थतन्त्रको मुख्य समस्या आर्थिक वृद्धि न्यून र अस्थिर हुनु हो । गत बीस वर्षमा चीन ८ दशमलव ६ एवं भारत र बंगलादेश ६ प्रतिशतको औसत वृद्धिदरमा अगाडि बढिरहेका छन्, जबकि नेपाली अर्थतन्त्र लगातार तीन वर्ष ७ प्रतिशतले वृद्धि भएको अभिलेख छैन ।

नेपाली अर्थतन्त्र समस्यामा छ भन्ने कुरा नौलो होइन । राष्ट्रपतिले संसदीय सम्बोधनमा आर्थिक पाटो प्रमुखताका साथ उठाउनुभएको थियो । प्रधानमन्त्रीले पनि पहिलो मन्त्रिपरिषद्को बैठकमा आर्थिक समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको पटक–पटक दोहोर्‍याउनुभएको छ । तर नेपालको अर्थतन्त्रको प्रमुख समस्याचाहिँ के हो ? यसको उत्तर कति गहिराइमा खोतल्ने भन्ने हुन्छ । यो लेख त्यसैको प्रयास हो ।

हाम्रो अर्थतन्त्रको मुख्य समस्या आर्थिक वृद्धि न्यून र अस्थिर हुनु हो । गत ६० वर्षमा औसत वृद्धिदर ३ दशमलव ८ प्रतिशत मात्र रह्यो । पञ्चायतकालका प्रथम दुई दशक करिब २ दशमलव ५ प्रतिशत रहेको वृद्धिदर अन्तिमको दशकमा अर्थतन्त्र खुकुलो बनाउने नीतिसँगै वृद्धिदर बढेर ४ प्रतिशत पुगेको थियो । प्रजातन्त्र आएपछि सुरुआतका केही वर्ष करिब ५ दशमलव ३ प्रतिशत वृद्धिदर भएकामा द्वन्द्वकालको दशकमा घटेर ४ प्रतिशतमै पुग्यो जुन शान्ति सम्झौता र संक्रमणकालसम्मै कायम रह्यो ।

२०७४ को चुनावपछिका वर्षहरूमा औसत वृद्धिदर ५ प्रतिशतको हाराहारीमा छ, जुन विकासशील देशका लागि अत्यन्त न्यून दर हो । गत बीस वर्षमा चीन ८ दशमलव ६ एवं भारत र बंगलादेश ६ प्रतिशतको औसत वृद्धिदरमा अगाडि बढिरहेका छन्, जबकि नेपाली अर्थतन्त्र लगातार तीन वर्ष ७ प्रतिशतले वृद्धि भएको अभिलेख छैन ।

न्यून र अस्थिर आर्थिक वृद्धिले दिगो विकास असम्भव छ । पक्कै पनि आर्थिक वृद्धि विकासको पूर्ण पर्याय होइन, तर तथ्य के हो भने, मानव विकास सूचकांक वा बहुआयामिक गरिबी सूचकांकजस्ता विकासका सूचकले सबै आर्थिक वृद्धिसँग सकारात्मक सहसम्बन्ध राख्छन् । किनभने आर्थिक वृद्धिले आवश्यक रोजगारी सृजना गर्छ र औसत मानिसको आम्दानी बढाउँछ । आर्थिक विकासले सामाजिक विकास ल्याउँछ र यस्तो समग्र विकासले नै राष्ट्रियता र सुरक्षा सुदृढ पार्छ । देश समृद्ध हुन्छ र देशवासी सुखी बन्छन् ।

आर्थिक वृद्धि कसरी हुन्छ त ? यसका लागि धेरैभन्दा धेरै वस्तु तथा सेवा उत्पादन गरेर विदेशी बजारमा बेच्नुपर्दछ । हुन त स्थानीय बजारमा बिक्री गरेर पनि आर्थिक वृद्धि गर्न सकिन्छ तर हाम्रो आन्तरिक बजार यति सानो छ कि त्यसले वृद्धिलाई चलायमान र दिगो बनाउन आवश्यक मात्रामा अधिशेष मूल्य (सरप्लस भ्यालु) दिन सक्दैन । त्यसैले हाम्रो आर्थिक नीतिको एकमना ध्यान निर्यातजन्य उत्पादनमै हुनुपर्दछ ।

तर हामीले किन त्यस्तो गर्न सकिरहेका छैनौं ? किनभने हामीले उत्पादनलाई चलायमान बनाउने आधारभूत यन्त्र नै तयार पारेका छैनौं । अर्को शब्दमा, उत्पादनका साधनहरूबीच तारतम्य मिलाउन सकेका छैनौं । आधारभूत रूपमा उत्पादन तीन साधनको प्रतिफल हो— पुँजी, श्रम र साधनको कुल उत्पादकत्व ।

उत्पादनका तीन साधनमध्ये श्रम नेपाललाई सबैभन्दा प्रतिस्पर्धात्मक लाभ भएको साधन हो । नेपाल युवा समाज हो । करिब आधा जनसंख्या २५ वर्षभन्दा मुनिको छ । जनसंख्याको ठूलो हिस्सा आर्थिक रूपमा सक्रिय जनशक्ति छ । करिब १० जनाले १ जना वृद्ध वा बालकलाई आर्थिक रूपमा सहयोग गर्नुपर्दछ । यसको अर्थ युवाहरूले गरेको आम्दानीको ठूलो हिस्सा बचतयोग्य हुन्छ जुन पुँजी निर्माणमा प्रयोग गर्न सकिन्छ । यो सकारात्मक पक्ष हो ।

तर श्रम एक्लैले उत्पादन गर्न सक्दैन । यसका लागि पुँजीसँग तारतम्य हुनुपर्छ । जस्तो— खेती गर्न किसानसँगसँगै कुटो–कोदालो वा हलगोरु वा ट्याक्टरको खाँचो पर्छ । कपडा सिलाउने कारखानामा कामदारसहित सिलाइ–कटाइ मेसिन चाहिन्छ । हवाई सेवा दिन पाइलट, विमान परिचालकसहित हवाईजहाज चाहिन्छन् । यी केही उदाहरण मात्र हुन् । अर्थतन्त्रको हरेक वस्तु तथा सेवाको उत्पादनको प्रक्रियामा यही नियम लागू हुन्छ ।

उत्पादनमा तेस्रो महत्त्वपूर्ण तत्त्व भनेको साधनको कुल उत्पादकत्व हो । यसमा मूलतः उत्पादनमा प्रयोग हुने प्रविधि तथा संस्थागत व्यवस्थाहरू पर्छन् । जति उन्नत प्रविधिको प्रयोग हुन्छ, उत्पादनको मात्रा र गुणस्तर उति बढ्दै जान्छ । हामी प्रविधिमा संसारका उन्नत प्रविधिभन्दा धेरै पछि छौं । यसको सकारात्मक पक्ष के हो भने, हामीले विकसित देशहरूले जस्तो आफैंले नयाँ प्रविधिको अन्वेषण गर्नुपर्दैन; प्रविधि किनेर चलाउने सीप सिके पुग्छ । थोरै उन्नत प्रविधिले पनि ठूलो मात्रामा उत्पादन सम्भव तुल्याउँछ र लागत कम गर्न मद्दत गर्छ । यसले उत्पादित वस्तुको प्रतिस्पर्धी क्षमता बढाउँछ ।

यसमा ध्यान दिनुपर्ने कुरा दुइटा छन् । पहिलो, मेसिन किनेर मात्र भएर भएन; चलाउने सीप पनि चाहियो । अर्थात्, उत्पादन गर्न श्रमको संख्याले मात्र पुग्दैन; गुणस्तर पनि आवश्यक हुन्छ । हाम्रा युवाहरू अर्थतन्त्रमा उपलब्ध रोजगारी गर्न वा उत्पादन क्रियाकलापमा भाग लिन इच्छुक र सक्षम छन् कि छैनन् ?

दुर्भाग्यवश, यहाँ हाम्रो सामाजिक र नीतिगत कमजोरी झल्किन्छ । एकातिर हाम्रोमा कोही विशेषज्ञ सेवाबाहेकका प्राविधिक सीप सिक्न गयो भने ‘पढ्न नसकेर गयो’ भन्ने प्रचलन छ । सीपमूलक तालिमलाई औपचारिक शिक्षाको मान्यता छैन । अर्कोतिर, पढेकाहरूमा पनि बजारलाई चाहिने आवश्यक सीप पाइँदैन ।

दोस्रो, उन्नत पुँजीले श्रमलाई प्रतिस्थापन गर्छ । जस्तो— ५ जनाले खन्ने खेत एउटा ट्याक्टरले जोतेपछि दुई जना त अझै पनि रोप्न, गोड्न, मल हाल्न खेतीपातीमै बसिरहनुपर्ला बाँकी तीन जनाले के गर्ने ? तीनमध्ये एक जनाले गाउँमै धान पिस्ने मिल खोलेर खाद्यान्न बिक्री केन्द्र खोल्न सक्छन्, अर्कोले सहरमा गएर कारखानामा वा अन्य काम गर्न सक्छन् ।

तर मिललाई चाहिने मेसिन किन्न वा कारखाना खोल्न पनि पुँजी आवश्यक पर्छ र त्यसलाई चलाउने सीप पनि । अर्थात्, नयाँ आर्थिक क्रियाकलाप गर्न अहिले उपलब्ध सीप, पुँजी र प्रविधिभन्दा थप र उन्नत सीप पुँजी र प्रविधि चाहिन्छ । सरल भाषामा भन्दा, हरेक श्रमिक थप पुँजीले अर्थतन्त्रमा वृद्धि ल्याउँछ ।

पुँजी भनेको अमूर्त वस्तु होइन । यसमा खोलानाला, भूमि, वन, पर्वत, बाटाघाटा, पुलपुलेसा, कलकारखाना, मेसिनरी, गाडी आदि पर्दछन् जसले वस्तु तथा उत्पादनलाई सघाउँछन् । यीमध्ये भूमि वा जंगल लगायत प्रकृतिबाट प्राप्त साधन प्राकृतिक पुँजी हुन् भने बाँकी भौतिक पुँजी । प्राकृतिक पुँजी पनि उत्पादनको महत्त्वपूर्ण साधन हो तर यसले केही सीमित र विशेष गरी अर्धतयारी वस्तुको उत्पादनमा भूमिका खेल्छ । आधुनिक अर्थतन्त्रमा मेसिनरी र पूर्वाधारजस्ता भौतिक पुँजीको आवश्यकता बढेर गएको छ ।

पुँजीको निर्माण कसरी हुन्छ त ? भौतिक पुँजीको निर्माणका लागि वित्तीय लगानी आवश्यक पर्छ । यसमा आन्तरिक र बाह्य लगानी दुइटै गर्न सकिन्छ । आन्तरिक रूपमा अर्थतन्त्रमा हुने बचतलाई नै लगानी गरेर पुँजी निर्माण गरिन्छ । माथि भनिएजस्तो, आर्थिक रूपमा सक्रिय जनशक्तिले आफ्नो आयबाट उपभोग गरेपश्चात् बाँकी रहेको हिस्सा बचत हो । आव २०७८–७९ मा कुल राष्ट्रिय खर्चयोग्य आयमा बचत जम्मा २६ प्रतिशत छ अर्थात् १०० रुपैयाँमध्ये ७४ रुपैयाँ हामी उपभोगमा खर्च गर्छौं ।

यो दर पनि विकासशील देशका लागि न्यून नै हो । त्यसमा पनि देशभित्रको आम्दानीबाट भएको बचत त एकतिहाइभन्दा कम छ । हाम्रो बचतको ७० प्रतिशत हिस्सा बाहिरी देशमा भएको आम्दानीबाट आउँछ । यसमा बाहिरी देशबाट आउने आम्दानीमा निर्यात, प्रत्यक्ष लगानी र सहायताको हिस्सा अत्यन्त कम भएकाले राष्ट्रिय बचतको ठूलो हिस्सामा वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको विप्रेषणको योगदान छ । विप्रेषण नहुँदो हो त यति आर्थिक वृद्धि हुने सम्भावना पनि कम थियो ।

बचतलाई लगानी गरी पुँजीमा परिवर्तन गर्ने काम वित्तीय प्रणालीको हो । हाल कुल बचतको करिब ९२ प्रतिशत स्थिर पुँजी निर्माण हुन्छ । यसबाट उपलब्ध स्रोतलाई प्रभावकारी लगानी गर्न वित्तीय क्षेत्रले काम गरेको प्रतीत हुन्छ । तर हाम्रो उत्पादन यति थोरै छ कि कुल आय अत्यन्त कम बचत छ । सम्पूर्ण वित्तीय क्षेत्र मिलेर पनि एउटा ठूलो स्तरको पूर्वाधार निर्माण गर्न गाह्रो छ ।

कुरा पुँजीको परिमाणको मात्र हैन, गुणस्तरको पनि हो । बल्लतल्ल गरेको बचतबाट आवश्यक स्तरको र प्रकृतिको पुँजी निर्माण भइरहेको छ भन्नेमा शंका छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी आधुनिक अर्थतन्त्रका लागी उन्नत पुँजी निर्माण आवश्यक हुन्छ ।

तर वित्तीय प्रणालीबाट ऋणको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा जाने गरेको तथ्य नौलो होइन । घर वा जग्गा किनेर राख्न ऋण दिनाले उत्पादनशील पुँजी निर्माण हुँदैन । त्यसै गरी सरकारी लगानीमा गरिने विकास कार्यक्रम अन्तर्गत बनेका बाटाघाटा र अन्य पूर्वाधारको गुणस्तरको त हामी भुक्तभोगी नै हौं ।

आन्तरिक बचतबाहेक बाह्य लगानीद्वारा पनि पुँजी निर्माण गर्न सकिन्छ । तर नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आउन निकै कठिन छ । प्रशासनिक प्रक्रिया त झन्झटिलो छ नै, समग्र अर्थतन्त्रमा जोखिम उच्च छ । बत्तीस वर्षमा २७ जना प्रधानमन्त्री हुने देशमा लगानी गर्न कोही आउँदैन । यस्तोमा पनि लगानी गर्ने भनेको कि त कानुनी छिद्रको प्रयोग गरेर नाफा कमाउनलाई वा अर्को कुनै संकुचित उद्देश्यले हो । त्यसैले अर्थतन्त्रमा राजनीतिक र सार्वभौम जोखिम नघटेसम्म न कुनै एकद्वार नीतिले काम गर्छ न ‘मेक इन नेपाल’ जस्ता आयातित कार्यक्रमले न विशेष आर्थिक क्षेत्र बनाउँदैमा लगानी भित्रिन्छ ।

निष्कर्षतः, अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व बढाउनु आजको आवश्यकता हो जसका लागि प्रभावकारी पुँजी निर्माण गर्न जरुरी छ । त्यसको तात्कालिक स्रोत भनेको आर्थिक नीति निर्माणमा संस्थागत सुधार अर्थात् प्रविधि, श्रम र पुँजीको सही मिश्रण गर्न सक्ने ज्ञान निर्माण गर्नु हो ।

यसका लागि अर्थतन्त्रको हरेक क्षेत्रबीच संयोजन आवश्यक हुन्छ । त्यसैले यो ज्ञानको निर्माण अर्थशास्त्री र क्षेत्रगत विशेषज्ञको सहायतामा उच्च राजनीतिक तहमा हुनुपर्दछ । यसबाट अहिलेकै नीतिगत अवस्थाले माथि उकासिने देखिँदैन । केही रचनात्मक, प्रयोगात्मक र केही तथ्यगत आधारमा मात्र संस्थागत व्यवस्थाहरूमा सुधार गर्न सकिन्छ । यसले तुरुन्तै परिणाम दिने मात्र हैन, उत्पादनका तीनवटै पाटालाई सकारात्मक रूपमा चलायमान बनाई दिगो आर्थिक विकासमा मद्दत गर्छ ।


Last Updated on: February 19th, 2023 at 11:30 am


तपाईको प्रतिक्रिया