बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव : राजनीतिक दल र राजसंस्था सहकार्य गरौं

प्रकाशित मिति । ६ फाल्गुन २०७९ ।

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै उनले मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् ।

‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन’ पूर्वराजाले विज्ञप्तिमा भनेका छन् ।

बहुसंख्यक नेपाली जनताले चाहेको निर्णय स्वीकार्ने राजसंस्थाको परम्परा रहेको भन्दै पूर्वराजाले मुलुक प्रतिकुल अवस्थामा रहेकाले मौन रहन नसक्ने बताएका छन् ।

‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं’ उनले भने ।

पूर्वराजा शाहले पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्ट्राचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको बताएका छन् ।

राज्य सत्ताको बागडोर जजसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ ।

शामान्ती शाही शासन अन्त्यको लागि जसरी जनता सडकमा उत्रिएका थिए अब फेरि राजाले यस्तो कदम चाले पुनः जनता एकजुट हुनेमा शंका त छैन तर पनि राजाले यस्तो सोच राख्नु सामान्य रुपमा लिनु हुँदैन । अहिले सामाजिक संजालमा अब पुर्व राजाले अति गरे नागार्जुन बाट पनि अन्तै सार्नुपएने प्रतिक्रिया दिएका छन ।

२१ सौ शताब्दीमा पनि राजतन्त्र, राणाशासन र २२ से २४ से राज्य खोज्नु कुनै पनि हिसाबले ठिक होइन तर त्यस्तो सोच पलाउनेहरु जनताको लागि भन्दा नि आफुले जनतामाथी गरेको दमन गर्न नपाएकोमा रोइकराई गरेको चाहिँ बुख्न सकिन्छ ।

अभिलेख– सुखद एकता र दुःखद विभाजनको

लेखक ढाकाराम सापकोटाको किताब ‘नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म’ ले दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण, फुटका तथ्य, विवरण र घटनाक्रमलार्ई अभिलेख गरेको छ । किताबका नौ अध्याय र २८ परिशिष्टमा सान्दर्भिक दस्ताबेज र लिखत छन् । यी दस्ताबेज र लिखतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण, अन्तरद्वन्द्व र विभाजनका क्रममा भएका क्रियाकलापको तथ्यगत जानकारी गराउँछन् ।

किताबको सुरुमै नेपाल कम्युनिस्ट पार्टीको विकास र विभाजनबारे प्रकाश पारिएको छ । किताबमा लेखकले एक समय ३९ वटा कम्युनिस्ट नामका पार्टी वा समूह रहेको उल्लेख गर्दै हालैको विभाजनका विविध पक्ष बुझ्न सहज बनाएका छन् । दुई भिन्न प्रवृत्तिका दुई ठूला कम्युनिस्ट पार्टीबीचको अन्तरविरोध, सहकार्य र एकताको सन्दर्भमा लेखकले नेपाली राजनीतिको चुनावी पाटो एवं राज्य सञ्चालनको समेत विश्लेषण गरेका छन् ।

किताबमा जनताको बहुदलीय जनवादी कार्यक्रमको आधारमा संसदीय प्रतिस्पर्धात्मक राजनीतिक मार्गबाट अघि बढ्दै शक्तिशाली बनेको नेकपा (एमाले), ‘जनयुद्ध’ र हिंसात्मक बाटोबाट राजनीतिमा स्थापित नेकपा (माओवादी) को संघर्ष र एकताको चर्चा गरिएको छ । त्यसै सन्दर्भमा दरबार हत्याकाण्डदेखि १२–बुँदे सहमति, जनआन्दोलन, अन्तरिम संसद्, संविधानसभाको निर्वाचन, त्यसबीचका राजनीतिक गठजोड, अन्तविरोध र राज्य सञ्चालनका विभिन्न पक्षको विश्लेषण गर्दै कम्युनिस्ट पार्टीहरूको भूमिकामाथि विमर्श गरिएको छ ।

२०७२ सालमा नेपालको संविधान जारी भएपछि नेकपा (एमाले) र नेकपा (माओवादी) बीचको सम्बन्ध उतारचढावयुक्त थियो । त्यो सम्बन्धबीच पनि ०७४ को आम निर्वाचनमा दुवै पार्टीले संयुक्त उम्मेदवारी दिएर प्रतिनिधिसभामा झन्डै दुईतिहाइ स्थानमा विजय हासिल गरी अभूतपूर्व उपलब्धि प्राप्त गरेको प्रसंगलाई किताबमा उल्लेख गरिएको छ ।

आम निर्वाचनपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार र त्यसका सबल–दुर्बल पक्षको सम्यक् विवेचना गरिएको छ । नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीले निर्वाचनबाट ठूलो बहुमतका साथ सरकार निर्माण गरेको ऐतिहासिक सुनौलो अवसरको सदुपयोग वा दुरुपयोग के भयो ? देश र जनताका आवश्यकता एवं अपेक्षा के कति पूरा भए ?

यी विषयमाथि सरकारका कामकारबाहीका तथ्यगत विवरणको विश्लेषणात्मक प्रस्तुतिद्वारा प्रस्ट पारिएको छ । मार्क्सवादी सिद्धान्तअन्तर्गत द्वन्द्ववादी मान्यताअनुरूप अन्तरविरोधहरूको व्यवस्थापन नहुँदा उत्पन्न समस्या तथा सरकारका कामकारबाहीबाट सिर्जित थप जटिलताबारे बुझ्न सहज बनाइएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरणपश्चात् अघि सारिएका सैद्धान्तिक–वैचारिक आधार, पार्टी संगठन र जिम्मेवारीको संरचना तथा विवरणलाई लेखकले पार्टीको दिशा र अन्तर्य बुझिनेगरी विवेचना गरेका छन् । पार्टी एकीकरण हुँदाका वाचा र प्रतिबद्धतासँग अमिल्दा कामबाट छोटै समयमा मतभेद, विवाद र अन्तरविरोध उत्पन्न भएको विषयमाथि यहाँ चर्चा गरिएको छ ।

त्यसो हुनुका कारण, परिघटना, व्यवहारको चर्चाले नेपालको राष्ट्रिय राजनीतिको व्यक्तिपरक र स्वार्थी राजनीतिको प्रभावबाट कम्युनिस्ट पार्टी र त्यसका नेता कसरी ग्रसित रहेछन् भन्ने स्पष्ट चित्रण किताबमा छ । विगतमा सिद्धान्त, विधि, पद्धति, आदर्शबाट विचलित एवं सत्ता–शक्तिको स्वार्थबाट निर्देशित राजनीति पछ्याउने नेताहरूको प्रवृत्ति र व्यवहारबाट नेपाल कम्युनिस्ट पार्टीमा विभाजन भएझैं नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पनि अन्तरविरोध र विभाजनको सिकार हुन पुगेको विश्लेषण लेखकले विभिन्न तथ्य, घटनाक्रमका आधारमा गरेका छन् ।

२०७५ साल जेठ ३ मा पार्टी एकीकरण हुँदा तीन महिनामा संगठनात्मक एकीकरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै विगतको विभाजनको दुःखद इतिहास कहिल्यै नदोहोरिने वाचाका साथ गरिएको एकता प्रधानमन्त्रीको जिम्मेवारी आधा–आधा समय बाँडेर चलाउने भनी गरिएको गोप्य सहमति सार्वजनिक भएपछि कसरी चर्मरायो भन्ने कटु सत्यलाई लेखकले अभिलिखित गरेका छन् ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘एक जहाजका दुई चालक’ को मधुर सम्बन्ध आशंका, मतभेद र विवादका कारण बिग्रँदै गएपछि त्यसले पार्टी पंक्तिलाई मात्रै होइन राष्ट्रपतिजस्तो संस्थालगायत राज्य संयन्त्रलाई कसरी नकारात्मक किसिमले प्रभावित गर्‍यो र अन्ततः प्रधानमन्त्रीले प्रतिनिधिसभा नै विघटन गरे भन्ने वस्तुवादी विश्लेषण किताबमा गरिएको छ ।

पार्टी अन्तरविरोध, मतभेद र विवादको भुमरीमा परेपछि त्यसबाट बाहिर निस्कन नेतृत्वले देश र जनताको सर्वोपरि हित तथा कम्युनिस्ट पार्टीको भविष्यप्रति जिम्मेवार र चिन्तित भएर मतभेदलाई न्यून गर्दै पार्टी एकता जोगाउने काम गर्नुपर्नेमा त्यसविपरीत दिशातिर पाइला चालेको इतिहासको अप्रिय पाटो पुस्तकले उजागर गरेको छ । पारस्परिक विश्वास द्वन्द्व, अविश्वास र घृणामा रूपान्तरण भएपछि पार्टी विधानले निर्दिष्ट गरेको विधि, पद्धति र संरचनागत दायित्व अर्थहीन बनेर गुटगत गतिविधि कसरी तीव्र बनेका थिए भन्ने पुस्तकको विवरणले त्यसबेला नेकपाभित्रको स्थिति झल्काउँछ ।

दुई कित्तामा विभाजित समूहका बैठक र तिनका निर्णय, एकअर्काविरुद्ध देशव्यापी भएका सभा र प्रदर्शन, आरोप–प्रत्यारोप, संवैधानिक नियुक्तिले सिर्जना गरेको विवादको भुमरी, निर्वाचन आयोगमा पार्टीको आधिकारिताको दाबी–प्रतिदावी, सर्वोच्च आदालतमा प्रतिनिधिसभाको विघटनविरुद्धका रिट निवेदन, प्रतिनिधिसभाको पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षसमेत सम्मिलित संयुक्त सरकारका विविध पक्षको पर्दा पुस्तकले उघारेको छ ।

नेकपाभित्र अन्तरसंघर्ष तीव्र हुनुका साथै राष्ट्रिय राजनीति र सरकार सञ्चालन अन्योलग्रस्त भइरहेका बेला सर्वोच्च अदालतको परमादेशअनुसार २०७७ साल फागुन २३ मा प्रतिनिधिसभाको बैठक बस्ने दिन नै सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपाको वैधतालाई समाप्त गरेको परिघटनाको पृष्ठभूमिमा रहेको शक्ति प्रभाव र सत्ता स्वार्थको परिवेशको विश्लेषण गरिएको छ ।

अदालतको फैसलापश्चात् नेकपा भंग भई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अलगिने स्थिति सिर्जना भएपछि पार्टी नेतृत्वले एक भएर जानुभन्दा विभाजनलाई नै प्रश्रय दिएकाले नेपाल कम्युनिस्ट पार्टीले विगतमा भोगेको विभाजनको पीडादायी स्थितिको पुनरावृत्ति भएको विश्लेषण लेखकको छ ।

सात दशक लामो संघर्ष तथा अनेकौं आरोह–अवरोहको सामना गर्दै जनता र सरकार दुवैतर्फ सशक्त कम्युनिस्ट पार्टीको रूपमा स्थापित नेकपाको विघटन र यसको प्रभावको समुचित समीक्षा गरिएको छ । यसले कम्युनिस्ट पार्टी र यसको बहुमतको सरकारबाट जनताले गरेको अपेक्षा पूरा हुने जनताको आशामा तुषारापात भएको र देशले खोजेको परिवर्तन एवं राज्य सञ्चालनको व्यवस्थापन हुन नसकेकोतर्फ लेखकले औंल्याएका छन् ।

राष्ट्रिय राजनीतिमा राष्ट्रिय हितको सर्वोच्चता, जनताको सेवा, कानुनी शासन, विधि र पद्धतिसम्मत मार्ग अनुसरण गर्ने विषयमा आएको विचलनको प्रभाव नेपालका कम्युनिस्टहरूमा पनि रहेको र त्यसले नेकपाको शक्तिशाली सरकारको विघटन र पार्टी विभाजनजस्तो देश तथा कम्युनिस्ट पार्टीका लागि हानिकारक परिस्थिति सिर्जना भएको पुस्तकमा गरिएको विश्लेषणले छर्लंग पार्छ । लेखककै शब्दमा भन्ने हो भने, ‘कम्युनिस्ट पार्टीको नाम, दस्ताबेजमा कोरिएको सिद्धान्त र वास्तविक चरित्रका बीचमा रहेको विरोधाभासले गर्दा दस्ताबेजमा जति डरलाग्दा कम्युनिस्ट देखिँदै आएका थिए व्यवहारमा कहीं कतै त्यसको लेस मात्र पनि पाउँन गाह्रो भयो ।’

विभिन्न नामका कम्युनिस्ट पार्टीका दस्ताबेजहरू (विशेषतः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरण र विभाजनसँग सम्बन्धित दस्ताबेज), नेताहरूका लेख–रचनालगायतका सन्दर्भ सामग्री एवं सञ्चारमाध्यममा प्रकाशित तथ्य–विवरणको आधारमा लेखकले प्रस्तुति र विश्लेषणलाई प्रमाणिक तथा विश्वसनीय तुल्याउने अधिकतम प्रयत्न गरेका छन् ।

पुस्तक पढ्दै गर्दा विवाद र विभाजनको सन्दर्भमा कहीं नेकपा (एमाले) को नेतृत्वका कमी–कमजोरीलाई सतहमा देखाएर प्रहार भएको हो कि जस्तो लाग्छ भने कहीं नेकपा (माओवादी केन्द्र) को नेतृत्वका गलत क्रियाकलापमाथि प्रहार भएजस्तो प्रतीत हुन्छ । त्यस्तै माधवकुमार नेपाल र झलनाथ खनालको भूमिकाको विवेचनामा पनि भेटिन्छ । यसबाट तथ्य र सत्य जतिसुकै तितो र अप्रिय भए पनि वास्तविकताको पक्षमा उभिएर लेखकीय बौद्धिक अभ्यासलाई लेखकले जीवन्त बनाउने प्रयास गरेको महसुस हुन्छ ।

यद्यपि पुस्तक प्रकाशित दस्ताबेज र सामग्रीमा आधारित भएकाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरणबारे सुरुमा एउटै निर्वाचन चिह्न लिएर आम चुनावमा जाने भन्ने सहमति भंग हुनुको अन्तर्यजस्ता पक्ष यसमा छुटेका छन् । किताबमा नसमेटिएका केही पक्ष यस्ता छन्– सचिवालय नबनाउने निर्णयविपरीत त्यसको गठन, राष्ट्रिय हितको सन्दर्भमा ‘होली वाइन प्रकरण’ भनी चर्चित एसिया प्रशान्त क्षेत्रीय सम्मेलनबारे उत्पन्न मतभेद, एमसीसी र अमेरिकी राज्य साझेदारी कार्यक्रमबारे स्थायी कमिटीमा भएको बहस–विवाद, राष्ट्रियतासम्बन्धी विषयमा संसदीय समितिहरूले सरकारलाई दिएका निर्देशन, सर्वोच्च अदालतको नेकपा भंग हुने फैसलापश्चात् पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको दुई पक्षीय वार्ता, दसबुँदे सहमतिपश्चात् पार्टी एकताका लागि केपी शर्मा ओली र माधवकुमार नेपालका बीचका अन्तरंग वार्ता एवम् दुई अध्यक्षको व्यवस्था गर्दै पार्टी एकता जोगाउने भनी गरिएको सहमति तथा त्यसको उल्लंघन । छुटेका यी विषय भविष्यमा अभिलिखित होलान् नै ।

नेपाल कम्युनिस्ट पार्टी तथा कम्युनिस्ट आन्दोलनकै अभूतपूर्व विजय, सम्भावना र सुनौलो अवसरको दुःखद अन्त्यको समग्र परिवेश, घटनाक्रम र परिणतिलाई सिलसिलाबद्ध रूपमा जान्न–बुझ्न लेखकले महत्त्वपूर्ण सामग्री तयार गरी प्रस्तुत गरेका छन् । र, यसका राष्ट्रिय र बाह्य आयामको समेत खुलासा गरेका छन् । राष्ट्रिय जीवनलाई गम्भीर रूपमा प्रभावित गर्ने ऐतिहासिक घटनाक्रमलाई लिपिबद्ध गरेरै आजको पुस्ताले विगतबाट पाठ सिक्ने अवसर प्राप्त गर्न सक्छ भने भावी पुस्ताले इतिहासको प्रकाशमा वर्तमानलाई ठीकसँग बुझ्न सक्छ ।

देश र जनताको सर्वोपरि हितमा समर्पित हुन चाहने कुनै पनि विवेकी नेता, कार्यकर्ता र राजनीतिककर्मीले विगतका घटनाक्रमका सबल पक्ष ग्रहण गर्छ, दुर्बल पक्ष तथा वस्तुतथ्यले औंल्याएका कमीकमजोरीलाई विनम्रताका साथ हटाउँछ । यही मान्यतालाई मार्क्सवादको प्रयोगका सन्दर्भमा सफल क्रान्तिकारी नेताले व्यवहारमा आत्मसात् गर्नुका साथै सोहीअनुरूप अघि बढ्नु उपयुक्त हुने अनुभवजन्य निष्कर्ष निकालेको पाइन्छ ।

दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण र विभाजनको इतिहासलाई लिपिबद्ध गरी छोटै समयमा जनसमक्ष ल्याउने लेखकको परिश्रम सराहनीय छ । पुस्तक नेपाली राजनीति, कम्युनिस्ट आन्दोलन, राष्ट्रिय राजनीतिमा चासो राख्ने अध्येता, अनुसन्धानकर्ताका लागि उपयोगी, जानकारीयुक्त र संग्रहणीय छ ।


Last Updated on: February 18th, 2023 at 10:45 pm


१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया