
प्रकाशित मिति । ६ फाल्गुन, २०७९ ।
काठमाडौं
रबि लामिछानेकी श्रीमति निकिता पौडेलले आफ्ना पति रवि लामिछानेलाई नआत्तिन सुझाव दिएकी छिन् । चलचित्र विकाश बोर्डकी पूर्व अध्यक्ष समेत रहेकी निकिताले सामाजिक संजालमा रविको प्रशंसा गर्दै उनले भनेकी छिन् ।
“हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएका हौ । तिमीलाई भगवानले सँधै रक्षा गर्छन् । उनी अगाडी लेख्छिन् मेरो मान्छे, जनताको मान्छे हो।”
“आम -संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने। भगवानले सधै तिम्रो रक्षा गर्छन्।”, उनले भनेकी छिन् ।
त्यसैगरी उनले भनेकी छिन
ईश्वरको पुस्तकमा मेरो नाम छैन
हो, ईश्वरको मृत्यु भयो । ईश्वरको पनि मृत्यु हुन्छ भन्ने कि हाम्रा पुराणकारले बुझेका थिए अनि ब्रह्माको आयु तोकेका थिए कि आधुनिक युगमा नित्सेले बुझे र तिनको मृत्यु भएको डिस्कोर्स रचे ।
ईश्वरलाई गुहार्दागुहार्दै र तिनलाई पुकार्दापुकार्दै मेरो जीवनका सात दशक नाघे, तर तिनले मेरो शुभका निम्ति न कुनै सन्देश दिए न त कुनै सङ्केत नै । म त ईश्वरपीडित, रोगपीडित, परिवेशपीडित दुःखी मान्छे ! कस्तो मान्छे हुन पुगेछु म !
‘के म मान्छे त हुँ ?’ आफैंलाई नियाल्दै सोधें । लाग्यो ‘म मान्छे होइन, हुँ के त ?’ सायद मलाई चिनाउने कुनै पद शब्दकोशमै छैन ! म दुर्बोध प्राणी ! जीवनभर भाषा र साहित्यको खेती गरें, आफैंलाई उमार्ने, हुर्काउने, बढाउने र चिनाउने पदको बीज रोप्नै बिर्सेछु ।
मलाई लाग्यो– ईश्वरको पुस्तकमा मेरो नामै छैन । न तिनले मेरा सद्गुण र सदाचारको विवरण राख्ने जरुरत देखे न त मेरा परहित र परोपकारका कृत्यहरूलाई अंकित गर्ने आवश्यकता नै ठाने । कि त तिनको लेखनदास साह्रै लट्ठक हुनुपर्छ, जो यो बुझ्दैन कि कसैको नाम छुट्नु भनेको साह्रै ठूलो गल्ती हुनु हो कि भने साह्रै धूर्त, जो ईश्वरको महिमामा एकदमै ईर्ष्यालु छ र मजस्ताको नाम छुटाएर तिनको न्यायप्रणालीलाई नै खलबल्याइदिन्छ । के पनि सम्भव छ भने ईश्वर आफैं त्यस्तो चाहन्छन्, जसबाट कि मर्त्यलोकका मानिसहरू दुःखमा भुटभुटिनुपर्दा तिनको महिमाको जोडदारले गान गरिरहून् । अँ त मैले ईश्वरलाई त्यागिदिएँ । एउटा चोटिलो, साह्रै दुःखद दुर्घटना !
मेरो जीवनलाई चिर्ने गहिरो र धारिलो रेखा ! यदि कोही मलाई बुझ्न चाहन्छ भने मेरो जीवनको घोर क्राइसिसको यस अवस्थालाई बुझ्न प्रयत्न गरोस् । जीवनभर जसको उपासना गरियो उसैलाई छाड्नुपर्दा मलाई कति कष्ट भयो होला, जसलाई पहिल्याउने दुर्लभ पाठकको प्रतीक्षामा म बसिरहेको छु ।
म एक नयाँ पुस्तक लेख्दै थिएँ, जहाँ ईश्वरको चर्चा आवश्यक थियो । जब तिनको सूचीपत्रमा मेरो नाम, मेरो जीवनवृत्त केही छैन भने तिनलाई मेरो पुस्तकमा स्थान किन दिइरहूँ ? अँ मैले मेरो पुस्तकबाट ईश्वरलाई हटाएँ । लाग्यो, मेरो यो ठूलो बहादुरी हो, मानौं युद्धमा विजयी भएको बहादुरी ! शिर केही हलुका भयो ।
कैयौंपल्ट म मन्दिर गएको छु, भगवान्लाई फूलपाती र दक्षिणाहरू चढाएको छु, तिनका समक्ष नतमस्तक भएर तिनकै चरणकमलमा आफूलाई समर्पित गरेको छु, घरमा प्रार्थना गर्दा गर्दा म विह्वल भएको छु, आँखाबाट बर्सेका आँसुका धाराहरूमा पूरै भिजेको छु । त्यसबखत शरीरका स्नायुहरू कम्प महसुस गर्थे, देहले भूकम्पको धक्का महसुस गर्थ्यो । तिनको ध्यानमा लाग्दा मैले खानपानको समय बिर्सेको थिएँ, साथीलाई दिएको समय गुजारेको थिएँ, औषधि सेवनको नियमितता तोडेको थिएँ । तैपनि तिनले मलाई कहिल्यै पत्याएनन् ।
देवगुरु बृहस्पतिलाई भेटेर सोध्न मन लागेको थियो– के तपाईंले ईश्वरलाई नेपाली कला, कौशल, संस्कृति र साहित्यको शिक्षण दिनुभएन ? कि बिर्सनुभयो ? बाइकमा चढेर आंशिक पढाउन दौडने हेल्मेट शिक्षकहरूलाई पाठ्यक्रमको हेक्का नै हुँदोरहेनछ । हिजोआज देवगुरुलाई पनि कमाउने त्यही धन्दाले समातेजस्तो छ नत्र ‘एक हातले ताली बज्दैन’ भन्ने उखान ईश्वरको कानमा किन पारिएन ? ईश्वरले बिर्से कि देवगुरुले ? जब ईश्वरले मलाई विश्वास गरेनन् तब एकतर्फी विश्वासमा लागेर दानवहरूका निम्ति हँस्सीको पात्र बन्ने विचार मैले छाडें ।
दानवहरूभन्दा हुन् कि मूर्ख मनुष्यले दुःख नपाए कसले पाउनु ? ती हामीलाई गाली गर्दै हाम्रा शत्रुतिर लाग्छन् । न त ती हाम्रा निम्ति मन्दिर बनाउँछन् न त हाम्रो बलको मद्दत लिन इच्छा नै राख्छन् । यसैले ती सधैं हारिरहेकै छन् । जो केही दिँदैन, उसैतिर लाग्छन्, हामी दिन हात पसारिरहेछौं, डराएर भाग्छन्, हा हा मान्छे, तँ दुःख पाउन आएको होस्, दुःखमै तेरो जीवन बितिरहोस् ! एक दिन साथीले मलाई सोध्यो– तँ मलाई कस्तो ठान्छस् ?
‘छुचो मान्छे !’
‘संसारमा तैंले अरू कसैलाई छुचो देखिनस् ?’
‘धनी मान्छे छुचो हुन्छ’
माग्नेलाई एक मुठी मात्रै अन्न दियो भने पनि त्यसको दोब्बर/तेब्बर फइदा कसरी उठाउने भन्ने अंकगणित उसको मनमा घुमिरहन्छ । ऊ माग्नेमाथि दया त देखाइटोपल्छ, तर त्यो उसको देखाउने दाँत मात्रै हो । भित्री दाँतले ऊ गरिबलाई टोकिरहन्छ । श्रमिक र पुँजीपतिका बीचको विरोधको छाया त्यहाँ छ ।
साह्रै छुचो त ईश्वर नै हो । उसले अहिलेसम्म कसलाई के दियो ?
भन्न त मान्छे भन्ला– मैले यो पाएँ, त्यो पाएँ भनेर । ऊ भन्ला मैले ईश्वरलाई देखें, ऊ भन्ला ईश्वर दयालु छन्, मागेको दिन्छन् । यस्ता भनाइ पारदर्शी नभएकाले विश्वसनीय छैनन् । मुख छँदै छ, जिब्रो चलिहाल्छ, भन्न त के गाह्रो भो र ? व्यक्तिगत विश्वासलाई अरूमा थोपर्नु पो गलत ।
सबभन्दा छुचो खोज्नु पर्यो भने ईश्वरको नाम लिए पुग्छ, निर्दय, कृपण, शोषक ईश्वर !
म तिनका निम्ति आदरार्थीको मात्र प्रयोग आवश्यक ठान्दिन, कतै सामान्यार्थीलाई पनि स्थान दिन्छु । होच्याउन मात्रै आफ्नो प्रयोग भएको बुझ्दा सामान्यार्थी पदहरू दुःखानुभव गर्दा हुन्, आदरार्थीको जस्तै स्थान पाउँदा ती प्रसन्न नहुने कुरै भएन ।
भगवान्ले चाहेको भए ती मलाई दर्शन दिन सक्थे, मान्छेका बीच असहज लाग्दो हो त एकान्तमा तिनलाई म पर्खेर बस्थें, म प्रायः फुर्सदमा रहन्छु, त्यसबखत कुराकानी गर्न मिल्थ्यो । प्रत्यक्ष भेट दिन अप्ठेरो महसुस हुँदा शकुनको, सपनाको भर्च्युअल माध्यम अपनाएर सम्पर्क बनाउन कसले रोक्थ्यो र ? कति निष्ठुर छन् भगवान् !
कहिल्यै तिनी मेरासमक्ष देखा पर्नै चाहेनन् । तिनलाईजसरी भेटी चढाएर सत्तासीन नेताहरूको उपासना गरेको भए तिनीहरू मैकहाँ आउँदा हुन्, चिल्ला गाडीमा चढाएर लैजाँदा हुन्, स्वादिष्ट खाना खुवाएर र अभीष्ट वरदान दिएर मलाई सन्तुष्ट पार्दा हुन् । म त दुवै तर्फबाट ठगिएँ– नेताहरूबाट र भगवानबाट ।
मित्रहरू, अब के मैले ईश्वरको जप गरिरहनु उचित छ ? मैले ईश्वरलाई त्यागें किनभने तिनले मलाई त्यागे । अनीश्वरवादी/निरीश्वरवादी हुँदाको मजा अर्कै । न दमन न दवाव, नास्तिकका लागि यही त मुक्ति हो ।
मन्दिरहरूले परस्पर कुरा गरे होलान् र मजस्तो निक्खरो उपासकले ईश्वरलाई त्यागेको हुँदा दुःख प्रकट गरे होलान्, तिनका गजुरदार शिरका शिखरहरूमा प्रातःकालीन घामका किरणहरूले मुस्कान जगाउन सकेनन् होला, ती मन्दिरभित्रका मूर्तिहरूको रुन्चे मुखको आभास पाएर पुजारी कसिलो हातले तिनीहरूलाई धोइदिन व्यस्त भयो होला, मजस्ता नास्तिकको सम्झनाले प्रार्थना परायणहरूको मनमा पनि चसक पस्यो होला ।
के मेरो फेरि ईश्वरतिर प्रत्यावर्तन सम्भव होला ? अहँ, त्यो सम्भव हुने कुरै भएन । तिनलाई म यहीँबाट कडा शब्दमा भनिदिन्छु कि हे ईश्वर, तिमीले मबाट चाकरी पाउनसम्म पायौ, अब फेरि त्यसको आशा मबाट नगर । तिमी भनौला– तँ जावो एउटा नास्तिक भएर के फरक पर्छ र ? मेरा श्रद्धालुहरू निरन्तर बढिरहेकै छन् ।
ईश्वर, तिमीलाई छाड्दा म अवश्य खलबलिएँ, त्यो केवल क्षणिक थियो, केही कप चिया खाएर उड्ने छाँटको । मलाई गुमाउँदा तिम्रो मनले ठूलो आघात अनुभव गरेको हुनुपर्छ ।
अब के गर्छौ ? चियासिया खाने बानी छैन क्यार तिम्रो कि देवदारुमा अभ्यास छ ? भित्रैदेखि छटपटाएर रोइरहूँ । मान्छौ भने तिमी यतै आऊ । विरोधी भए पनि म तिमीसित हात मिलाउन हिच्किचाउने छैन, मसित गफगाफमा बसेपछि तिम्रो चिन्ता हावामा उडेर जानेछ, नास्तिकको षड्यन्त्र भनेर नझस्कनू नि ! पूर्वआस्तिक भनेर मख्ख पर्नू ।
त्यहाँ ऐस/आराममा मस्त रहँदा तिमीले आफ्ना घरहरू बिर्सेजस्तो छ । तिमीलाई म तिम्रै मन्दिरका घरघरमा पुर्याइदिन्छु र त्यहाँको स्थितिसित अवगत गराइदिन्छु । तिमी भोक लाग्छ कि भनेर चिन्ता नगर । श्रद्धालुहरूले चढाएका स्वादिष्ट उपहारहरू खान पाउँदा तौल बढेर चिनीले छोयो कि भन्ने सन्देह भएपछि यहाँ सस्तैमा त्यसको परीक्षण भइहाल्छ । चिकित्सककहाँ पुर्याउने जिम्मा मेरो भो । खाँदै र पर्यटनको मजा लिंदै घुम्न पाउँदा तिमी स्वर्गको एकनासे, वाक्क लाग्दो अवस्थामा परिवर्तन आएको महसुस गर्नेछौ ।
मैले यो बुझिसकेको छु कि तिमीलाई यता आउन कोभिड–१९ को भय छ । ईश्वरमा पनि कस्तो कातरता ! मानिसहरू त सामना गरिरहेका छन् भने तिमीजस्ता ईश्वरले डराउनु आश्चर्यलाग्दो कुरा हो । एन्टिजेन/पीसीआर परीक्षण गर्न यहाँ सजिलै छ । तिमी निर्धक्क आऊ । पर्यो भने क्वारेन्टिनमा/आइसोलेसनमा बस्ने व्यवस्था म मिलाइदिन्छु ।
कस्तो खोप दिने भन्ने निर्णय तिमी आफैंले गर्नुफर्छ – डेमोत्रेटिक कि कम्युनिस्ट ? भेरोसिल कि कोभिसिल्ड ? औषधिमा ठूलो राजनीति चल्दै आएको छ, तर विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएको खोपबारे तिमी शंका नगर । तिमीले अमेरिकी जोनसन एन्ड जोनसन खोप दिए पनि हुन्छ किनभने त्यो एकपल्ट दिए पुग्छ । एकपल्ट मात्रै दिइने हुँदा त्यो कडा छ भन्छन् । ज्वरो आइहाल्यो भने केही दिन सुतौला । नेपालमा स्वयं भगवान् खोप दिन आएको सुन्दा संसार आश्चर्यचकित हुँदो हो । मिडियाकर्मीहरू, सञ्जालकर्मीहरू तिमीलाई घेर्न आउँदा हुन् । साथी भएर गएको मेरो नाम पनि ठूलै अक्षरमा लेखिँदो हो, ठूलै दृश्यमा अंकित हुँदो हो, ठूलै आवाजमा घन्कदो हो । भगवान्को साथी भएको देखेर कैयौंकैयौं त मेरो चाकरीमा लाग्दा हुन् । तिनीहरूको याचक अनुहार दे
ख्दा म भित्रभित्रै लज्जित हुँदो हुँ ।
ईश्वरले मेरो मतलवै राखेनन् । ईश्वर, तिमी कति मतलबी ?
एक दिन पत्नीले प्रश्न गरिन्– तिमी मान्छेको ठूलो सम्पत्ति स्वतन्त्रता हो भन्छौ, त्यो स्वतन्त्रता प्राप्त हुन्छ कसरी ? मैले जवाफ दिएँ– बाधालाई निर्मूल गरेर । मेरी बाधक तिमी हौ, तिम्रो बाधक म हुँ, तिमी स्वतन्त्र हुन खोज्छयौ भने मलाई तिमी त्यसै गरी त्याग जसरी कि मैले ईश्वरलाई त्यागें ।
पुरुष कति खतरनाक हुन्छ भन्ने मलाई थाहा छ । तिमी मलाई छाड्न चाहन्छौ, म तिमीलाई यस जन्ममा त के, अर्को जन्ममा पनि छाड्न चाहन्नँ । तिमीलाई जसरी जन्मजन्मान्तरसम्म म साथमा राख्न चाहन्छु त्यसैगरी तिमीले त्यागेका ईश्वरलाई पनि म अनन्त जन्मसम्म पूजा गर्न छाड्दिनँ । पत्नीको यस कुराले मलाई झस्कायो । मैले त्यागेको ईश्वरलाई तिनले किन पूजा गर्ने ?
ईश्वर, आचार्य पतञ्जलिले प्राचीन युगमै तिम्रो विशेषाधिकारमा कटौती गरिसके । ईश्वरलाई तिनले श्रेष्ठ पुरुष माने, जसलाई लक्ष्यमा राखी योगसाधना गर्दा मान्छे आफैं श्रेष्ठ पुरुष बन्छ । तिनी मान्छेमै विद्यमान ईश्वरलाई खोतलेर देखाउन चाहन्थे ।
केही दिनअघिदेखि नै मेरो मनमा जे लाग्दै आयो त्यो अहिले सही सिद्ध हुन आयो– पक्कै ईश्वरको मृत्यु भएको हो, ठूलो दुर्घटना ! कहिलेसम्म शोक मनाऊँ ? के दुनियाँ तिनको किरियापुत्री भएर बस्न तयार होला ? तिनी धेरै अघिदेखि नै सिकिस्त भएको हुनुपर्छ नत्र गजुर फालिँदा, शिखर ढालिँदा, सम्पूर्ण मन्दिर नै भत्काइँदा, मूर्ति क्षतविक्षत पारिँदा, प्रार्थना र भक्तिभाव गर्दा तिनले कुनै न कुनै किसिमको प्रतिक्रिया देखाउनैपर्थ्यो ।
हो, ईश्वरको मृत्यु भयो । ईश्वरको पनि मृत्यु हुन्छ भन्ने कुरो अतीतमा कि हाम्रा पुराणकारहरूले बुझेका थिए र ब्रह्माको आयु तोकेका थिए कि आधुनिक युगमा नित्सेले बुझे र तिनको मृत्यु भएको डिस्कोर्स रचे ।
यस्तो रिक्तताको भयानक खाडललाई त्यत्तिकै राख्ने कि त्यसलाई भर्ने ? दुवै विकल्प हाम्रा समक्ष छन् । दोस्रो विकल्प अपनाउने हो भने यो आवश्यक छ कि हामी ईश्वरलाई पुनर्जन्म दिऔं, नदिने हो भने पहिलो विकल्पको खाडलमा भास्सिएर जाऔं । हिजोसम्म हामीलाई ईश्वरले बनाएका थिए, अब आजदेखि हामी आफैं नयाँ ईश्वरको रचना गर्ने प्रण गरौं । पुनर्जन्ममा अवतरित भएका नौला ईश्वर कस्ता होलान् ? तिनी छुच्चो हुनेछैनन्, दानी हुनेछन्, कसरी ? उनीसित कुनै कुराको पनि याचना नगरेर, माग नगरेर ।
वासुदेव कृष्णको ‘गीता’ भन्छ, ‘…स्वभावस्तु प्रवर्तते (५.१४) ।’ अर्थात् जब मान्छे काममा सक्रिय रहन्छ तब स्वभावकै अर्थात् प्रकृतिकै कार्यकारणभावको नियमले समृद्धि बर्सन थाल्छ मानौं भगवान् दानी भएर निस्के । वासुदेव कृष्ण हामीलाई केमा सचेत पार्छन् भने कार्यकारणभावमा आघात पुर्याउने कतिपय त्यस्ता शक्ति पनि हुन्छन्, जसले गर्दा काम र परिणामको सम्बन्ध टुट्न जान्छ, जसबाट अविचलित रहने उपाय हो अनासक्ति वा तटस्थता । एकदमै नियन्त्रित प्रयोगशालामा त सरोकारवालाको वा निकट व्यक्तिको प्रभाव पर्छ भन्ने मानिन थाल्यो भने खुला प्रयोगशालामा त घातक तत्त्वहरू घुमिरहेकै हुन्छन् ।
अतीतमा हाम्रा निर्माता भगवान् थिए, जो हामीलाई बनाएर हामीमाथि नै तानाशाही चलाउँथे, वर्तमानमा आएर अब हामी तिनका निर्माता हुन पुग्यौं, जो उदार प्रवृत्तिबाट चल्नेछन् । दानवहरूले ईश्वरको त विरोध गरे, हाम्रो उपहास पनि गरे । सुरा र सुन्दरीका भोका तिनीहरूलाई के थाहा कि मनुष्यहरूले धेरै प्रगति गरिसकेका छन् भन्ने । मान्छेले गरेको प्रगतिलाई भगवान्ले त पहिल्याउन सकेनन् भने ती दनवपुत्रहरूको मूढताले पहिल्याउन सक्ने कुरै भएन ।
हाम्रा ईश्वर ज्ञान, शक्ति, सौन्दर्य, उदारता, आनन्द, ऐश्वर्य आदि अनेक गुणले युक्त र परिपूर्ण हुन्छन् । ती प्रकृतिलाई, भौतिक जगत्लाई, जीवजन्तुलाई, मान्छेलाई, समाजलाई, राजनीतिलाई, उद्योग व्यवसायलाई, धर्तीदेखि अन्तरिक्ष र ग्रहसम्मका गतिविधिलाई स्वच्छ नियममा चल्न भित्रभित्रैबाट प्रेरणा दिइरहन्छन्, जो त्यसरी चल्दैनन् तिनको अन्ततः पतन भएर जाने निश्चिततामा तिनी अडिग रहन्छन्, तिनको कुनै हस्तक्षेप गर्ने इच्छा हुँदैन, वैधानिक भएर रहनुमा तिनी आफ्नो गौरव बुझ्छन् ।
हर एक क्षेत्रमा प्रगति गरेर मान्छेले आफ्नो स्वायत्तताको महत्त्व बुझिसक्यो । यसकारण, उसलाई ईश्वरको प्रत्यक्ष निगरानी आवश्यक पर्दैन । प्रत्यक्षतः दबाब दिनु मान्छेका प्रशंसा र सरापको भारी बोक्नु हो, जसबाट उनी माथि रहन चाहन्छन् । मान्छेले सीमा नाघ्नेका लागि महाभियोग तथा अदालती कारबाहीहरूको व्यवस्था मिलाएको छ, जसमा तिनी खुसी छन् । तिनी अन्तर्यामी, अन्तर्प्रेरक भएर हाम्रा साथी हुन आउँछन् । हामी तिनलाई, तिनका उत्तम गुणलाई आदर्श मानेर रोग, भोग, शोक, दुर्घटनाहरूसित लड्न अग्रसर भइहाल्छौं ।
अबका ईश्वर ती हुन्, जो हामीमाथि शासन गर्न होइन, हामीसित सहकार्य गर्न इच्छुक छन् । अमेरिकी दार्शनिक विलियम जेम्सको अभिमतमा ईश्वरको शक्ति सीमित छ, जसको खोज गर्दै सीमित शक्ति भएको मान्छे तिनलाई आन्तरिक सहयात्रामा ल्याउन चाहन्छ र पारस्परिक सहयोगले अशुभसित लढ्ने प्रयत्न गर्छ ।