बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


‘गल्ती गरेको भेटिए मलाई टुडिखेलमा झुण्ड्याए हुन्छ, मेरो नागरिकतामा शंका लागे अदालत जाउ’

प्रकाशित मिति । ५ फाल्गुन २०७९

आफुमाथि विभिन्न कम्पनीहरुको शेयर र ऋणपत्र निष्काशन गर्दा अतिरिक्त रकम मागेको आरोप लागेपछि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सोमबार दिउँसो पत्रकार अन्तरक्रिया कार्यक्रम राखे । खुमलटार स्थित आफ्नो कार्यालयमा स्थान अभाव भएको र अर्थ मन्त्रालयले खर्च कटौतीको नीति लिई होटेलमा कार्यक्रम गर्न रोक लगाएको भन्दै उनले ग्वार्कोमा रहेको एक कलेजमा कार्यक्रम तय गरे ।

अध्यक्ष हमालले आफ्नो भनाई र बोर्डमा आफु आएपछि भए गरेका सुधारका कामहरुको विवरण सहितको विज्ञप्ति बिहान नै सार्वजनिक गरिसकेका थिए। तर अन्तरक्रियामा पनि उनले बिहानै सार्वजनिक गरेका कामको विवरणलाई बुँदागत रुपमा थप विस्तृतमा जानकारी गराए। अध्यक्ष हमालले आफ्नोप्रस्तुतिको क्रममा हरेक नीतिले कोहि न कोहि दुखि नै हुने र राम्रो काम गर्न डराउनु नपर्ने बताए ।

हमालको प्रस्तुतिपछि बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले कसरी कम्पनीको सार्वजनिक निष्काशनको अनुमति बारे बोर्डले काम गरिरहेको छ भन्ने जानकारी दिए । मुक्तिनाथ श्रेष्ठ बोर्ड अध्यक्ष हमालको दाहिने र विनयदेव आचार्य हमालको देब्रेतर्फ बसेका थिए ।

बरियताको हिसाबमा आचार्य र श्रेष्ठ भन्दा सिनियर रहेका बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी भने कार्यक्रममा देखिएनन् । कार्यकारी निर्देशकको अनुपस्थितिको विषयमा पनि प्रश्न उठे पनि जवाफ भने आएन ।

त्यसपछि मर्चेन्ट बैंकर्सको पालो आयो। एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रियालाई ‘पेपर लेस’ बनाउन सकिएमा अनुमति प्रक्रिया केहि छिटो हुन्थ्यो कि भन्ने सुझाव दिए । मर्चेन्ट बैंकर्ससँग पनि अन्तरक्रिया कार्यक्रम भनिएपनि रायमाझी बाहेक अन्य कसैले केहि जिज्ञासा वा सुझाव राखेनन् । पत्रकारहरुले मर्चेन्ट बैंकर्सलाई पनि केहि प्रश्न उठाएको भए पनि कसैले पनि त्यसको जवाफ दिन आवश्यक ठानेनन्।

त्यसपछि पत्रकारको प्रश्नहरुको उत्तर दिने क्रममा बोर्ड अध्यक्ष हमालले बल्ल आफुमाथि लागेको आरोपबारे जवाफ दिए । जवाफको क्रममा उनले कानुनी राज्यमा हरेक कुराको कानुनबाट न्याय आउनु पर्ने बताए । उनले आफ्नो चरित्र हत्या गर्ने काम भएको बताए ।

उनले आफुले नेपाली नागरिकता बाहेक कुनै पनि देशको कुनै पनि कालखण्डमा अन्य कुनै पनि नागरिकता नलिएको बताए । उनले नागरिकता परको विषय भन्दै पीआर पनि नलिएको उल्लेख गरे । उनले आफुले नेपाल बाहेक अन्य कुन देशको नागरिकता लिएको भन्ने विषय पनि समाचारमा उल्लेख गर्न नसकिकेकोले आफ्नो चरित्र हत्या नगर्न आग्रह गरे ।

आज आफु ५६ वर्ष भएको र आफ्नो चरित्र बनाउन ५५ वर्ष लागेकोले यस बीचमा आफुले कुनै गलत काम गरेको भए सप्रमाण देखाउन उनले चुनौती दिए । उनले भने ‘यदि कसैले मबाट गल्ती गरेको भेट्टाउनु भए मलाई टुडिखेलमा लगेर झुण्ड्याए हुन्छ’।

उनले रवि लामिछानेको मुद्दाको स्मरण गर्दै सर्वोच्च अदालतले दोहोरो नागरिकता नहुने आदेश दिइसकेकोले कसैलाई आफ्नो नागरिकतामाथि शंका लागे अदालत जान आग्रह गरे । अदालतमा गए अदालतले एक दिन मै आदेश दिएर प्रष्ट पारिदिने उनको भनाई थियो । उनले आफ्नो छोरा थाईल्याण्डमा जन्मेको भए पनि छोराले नेपाली नागरिकता नै लिएको बताए । उनले भने ‘म मेरो मातृभूमिमा शौदा गर्दिन्न, मलाई विदेशमा काम गर्न दोहोरो नागरिकता लिनु पर्दैन’।

उनले विदेशमा रहंदा जहाँ जहाँ काम गरेको हो, त्यस समयमा काम गरेको संस्थाले नै आफ्नो भिसा, श्रम स्वीकृतिको ब्यबस्था गरिएकोले नेपाली नागरिकता बाहेक अन्य नागरिकता नभएको बताए ।

‘बागवान’को झल्को दिने ‘फूलबारी’

काठमाडौँ — रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’मा एउटा दृश्य छ । बलिहाङ (दयाहाङ राई) टिभीमा अमिताभ बच्चन अभिनित पारिवारिक फिल्म ‘बागवान’ हेर्दै बलिन्द्र आँशु झारिरहेका हुन्छन् । त्यतिकैमा उनलाई देखेर श्रीमतीले भन्छिन्, ‘होइन यो फिल्म पनि कत्ति हेर्न सकेको हौ !’

यही शुक्रबारदेखि प्रदर्शनमा आएको ‘फूलबारी’ हेरिसकेपछि उपेन्द्र सुब्बा र निर्देशक गुरुङलाई प्रश्न गर्न मन लाग्छ, ‘तपाईंहरुजस्ता सर्जकले बागवानकै थिमलाई नपछ्याउँदा पनि नेपाली पारिवारका कथा देखाउन सक्नुहुन्थ्यो होला नि ?

कमल किशोर मल्पानीको कथा र कन्सेप्टलाई सर्जक सुब्बाले पटकथामा उतारे, गुरुङले निर्देशन गरे । रिटायर्ड जिन्दगी बाँचिरहेका राज (अमिताभ बच्चन) र पूजा(हेमा मालिनी) ले चार छोराहरु सँगसँगै बस्न चाहने आफ्नो इच्छा प्रकट गर्छन् । छोराहरुले आमा र बुवालाई पालैपालो आफ्नो घरमा साथै राख्न त थाल्छन्, तर दुई बेग्लाबेग्लै घरमा छुट्टिएर बस्न बाध्य हुन्छन् ।

एकअर्कासँग छुट्टिनुको पीडा, परिवारको अपहेलना, रुखो वचन, बेवास्ता सहँदै गरेको समयमा आलोक (सलमान खान) को प्रवेश हुन्छ । आफू अनाथ रहँदा सहयोग गरेका दम्पतीलाई आलोकले अभिभावक सम्झेर प्रेम र वास्ता गर्न थालेको यो ‘बागवान’को कथासार हो ।

‘फूलबारी’ कथा पनि त्यस्तै रिटायर्ड जिन्दगी बाँचिरहेका जयनारयण शर्मा (विपिन कार्की) र उनकी पत्नी लक्ष्मी शर्मा (अरुणा कार्की)ले आफूले सन्तानको साथ पाउनुपर्ने समयमा सहनुपरेको पीडा, संघर्षको कथा हो । इलामको स्थानीय विद्यालयबाट भर्खरै अवकाश पाएका जयनारायण सरका तीन छोरा छन् ।

सबै आफ्नो काम, व्यवसाय र करिअरतिर व्यस्त । जेठो छोरा व्यवसायी, साइँलो छोरा अष्ट्रेलियातिर, कान्छो संगीतमा आफ्नो भविष्य खोज्दै । अन्य आम नेपाली परिवारको कथा झैं, यो परिवार दसैंमा मात्र एकसाथ हुन्छ । एक दिन एउटा समस्याले वृद्ध दम्पतीलाई सहरमा बस्ने छोराहरुको घर पुर्‍याउँछ । परिवारको साथ आवश्यक भएको बेला उनी दुई एक्लिन्छन् र त्यही समय सुलोचना (शिल्पा मास्के) उनीहरुको जीवनमा फर्किन्छिन् । आलोक, राज र पूजाको जिन्दगीमा खुसी दिन फर्किए झैं ।

कथासार मिल्दोजुल्दो देखिए पनि पटकथामा नेपाली समाज, परिवेश र संस्कृति समेटिएकाले ‘फूलबारी’को कथासँग धेरैले आफूलाई अन्तरसम्बन्धित गर्न पाउँछन् । सन्तानप्रति अभिभावकले गर्ने चाहना, आशा अनि जिम्मेवारीबीच छोराछोरीले गर्ने बेवास्ता, अपहेलना र अनादरको कथाले पक्कै दर्शकको मन हुँडल्छ ।

प्रौढ उमेरमा अभिभावकले आफ्ना सन्तानबाट चाहने प्रेम, वास्ताका कुरालाई दृश्यमा संवेदनशील ढंगबाट प्रस्तुत गरिएको छ । फिल्ममा पस्किएको अभिभावक र छोराछोरीबीचको भावनाले दर्शकलाई बाँधेर राख्छ । फिल्मको कथा सरल छ, पर्दामा सरल ढंगले बग्दै जान्छ ।

मौलिक संवादका पंचलाइन, जोस हेरमका सुन्दर खिचाइ, पात्रको भाव बुझाइदिने उत्तम न्यौपानेको साउन्ड डिजाइनले ‘फूलबारी’मा आम नेपालीले अपनत्व अनुभव गर्न पाउँछन् । कालीप्रसाद बास्कोटाको संगीतले मिठास भरिदिन्छ । बलिहाङ र जयनारायणबीचको छिमेकी सम्बन्ध निकै मर्मस्पर्शी शैलीमा प्रस्तुत छ । कति दृश्यमा दर्शकलाई जबर्जस्त रुवाउन उस्तै किसिमको पार्श्व ध्वनी प्रयोग गरिएको छ ।

यद्यपि कलाकारको अभिनयले त्यसको सन्तुलन भने जोगाइदिएको छ । जयनारायणको भूमिकामा गरिएको अभिनय, शारीरिक हाउभाउ, पूर्वेली लवजमा गरिएको मिहेनतले विपिनको अभिनयको गहिराइ प्रस्तुत गर्छ । अवकाशप्राप्त प्रौढ उमेरको भूमिकामा विपिन फिट देखिएका छन् ।

विपिनबाहेक उक्त चरित्रमा अन्य कोही अटाउँथेनन् भन्ने फेरि जयनारायणको भूमिकाबाट सावित गरिदिएका छन् । बलिहाङको भूमिकामा दयाहाङ पनि अब्बल देखिएका छन् । त्यस्तै, लक्ष्मीको शालीन स्वभावमा अरुणा, बुहारीको भूमिकामा प्रियंका कार्कीले गरेको अभिनय तारिफलायक छ ।

जेठो छोराको भूमिकामा देखिएका सोमनाथ खनाल अनि गायनमा संघर्ष गरिरहेका नव गायकमा अनुपम शर्मा उतिकै योग्य चरित्र चित्रण लाग्छन् । पर्दामा छोटो भूमिका पाएका अनुपमले आफ्नो अभिनय क्षमतालाई आफ्नो चरित्रमार्फत पस्किदिएका छन् ।

फिल्ममा थुप्रै चरित्र छन् । त्यसैले पनि चरित्र स्थापनामा लामो समय लगाइएको छ । फिल्मको केन्द्रीय द्वन्द्वलाई खासै मज्जाले प्रस्तुत गर्न नसक्दा पात्रहरुको सम्बन्धमा आउने आरोह-अवरोहलाई त्यही भावमा दर्शकले अनुभव गर्न सक्दैनन् । त्यसैले फिल्मको गतिलाई धिमा बनाइदिएको छ । ३० वर्षअघि बलिउड फिल्ममा देखाइने परिवार, छोराछोरी र संस्कारका कुरा फिल्ममा उठाइएको छ ।

कति दृश्य त सजिलै अनुमान गर्न सकिने किसिमका छन् । महिला चरित्र चित्रणमा कमजोरी भेटिन्छ । घर झगडाको प्रमुख कारकका रुपमा सासु-बुहारी सम्बन्धलाई देखाउनु परम्परागत (स्टेरियोटाइपिङ) शैलीबाट भने यो फिल्म पनि मुक्त बन्न सकेको छैन । ‘महिलाको दुष्मन महिला’ नै भन्ने भाष्यलाई फिल्मले स्थापना गराइदिन खोजेको छ । सुलोचनाको भूमिका भने त्यसअर्थमा बलियो लाग्छ ।

कुनै फिल्मबाट प्रभावित/प्रेरित हुन पाइन्छ । तर, निर्देशक सुब्बा र रामबाबुजस्ता संभावना बोकेका सर्जक अरुकै कथाबाट प्रेरित हुनु, उस्तै लाग्ने पटकथा कोर्नु सिर्जनात्मक क्षेत्रमा त्यत्ति राम्रो मानिँदैन । दुईले चाहेका भए, नेपाली समाजका थुप्रै पारिवारिक कथामा ‘फूलबारी’ बनाउन सक्थे ।

नेपाली समाजको आफ्नो कथाहरु भन्न सक्ने सर्जकबाट थिम मात्रै होइन शीर्षक(बागवान र फूलबारीको अर्थ) नै मिल्दोजुल्दो जुटाइएको फिल्म निर्माण गर्नुलाई भने संयोगका रुपमा मात्र हेर्न सकिन्न । बच्चाका नाममा सासु-बुहारीबीच भएको दृश्यमा बोलिएको केही दृश्य त फूलबारी र बागवानमा उस्ता-उस्तै लाग्छन् ।

आलोकले आफ्नो परिवारलाई खोज्न जाँदा ताला लगाइएको दृश्य सुलोचना पात्रसँग पनि मिल्न जान्छ । तर, त्यही हो फूलबारीको मेलोड्रामा नेपाली परिवेशसँग नजिक बनाइएको छ । रामबाबु शैलीका पेचिलो संवादले भने कथामा प्राण भरिदिएको छ । लामो समय शिक्षण पेसामा बिताएका जयनारायण र बलिहाङबीच परिक्षाको विषयमा भएको संवाद त्यसको ज्वलन्त उदाहरण हो ।


Last Updated on: February 17th, 2023 at 8:50 pm


१९३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया