सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


समिक्षाले शर्मिला वाइबालाई मेसेज पठाउँदै भनिन, “बल्ल तँलाई ठिक्क परेछ, मलाइ मात्र भन्थिस नि” (भिडियो सहित)

प्रकाशित मिति । ४ फाल्गुन २०७९ ।

पछिल्लो समय शर्मिला वाइबा र ऋषि धमलाको काण्डले सामाजिक संजाल राँकिएको छ । शर्मिला वाइबाले केही दिन अगाडि ऋषि धमला लाई आफ्नो प्रेमी रहेको दावी गरेकी थिइन ।

त्यतिमात्र हैन उनले धमला संग विगत ११ वर्षको उमेरदेखि प्रेम सम्बन्ध रहेको कुरा समेत आरोप लगाएकी थिइन ।त्यसपछि उनले माफी समेत मागेकी थिइन ।र उनले आफुलाइ उक्साएको भरमा सो आरोप लगाएको बताएकी थिइन ।

यसबीच शर्मिला वाइबाले टिकटकमा लाइभ आएर गायिका समिक्षा अधिकारीले आफुलाइ मेसेज गरेर । मलाई मात्र भन्नू हुन्थ्यो नि तपाइँलाई पनि परेछ त आज । बल्ल ठिक्क पर्यो भनेर मेसेज गरेको समेत बताइन । उक्त भिडियो हामिले तल समावेस गरेका छौ ।

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने बताएकी छन्।सामाजिक संजालमा बिहिबार एक पोष्ट गर्दै उनले यस अगाडि २४ अक्टुबर २०२१ मा सार्वजनिक आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुनयमा लेखिएको बताएकी छन्।

उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिनँ। २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिएँ। अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु।’

गत २४ अक्टोबरमा उनले पल र आफ्नोबीच अभिभावकको सम्बन्ध भएको भन्दै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्रहत्या भएको बताएकी थिइन्। तर बिहिबारको पोष्टपछि उनले शो स्टाटस नै झुट भएको बताएकी हुन्।

मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समाचार र गसिफ लगातार बनाएपछि उनले फेसबुकमार्फत स्पष्टिकरणका रुपमा पल र आफूबीच कुनै सम्बन्ध नरहेको भन्दै २४ अक्टोबरमा एक पोष्ट गरेकी थिइन्।

हेर्नुस भिडियो

पर्यटकलाई चिढ्याउने कि रिझाउने ?

दोलखाको कालिञ्चोक देशकै एउटा महत्त्वपूर्ण पर्यटनस्थलका रूपमा स्थापित भइरहेको छ । कालिञ्चोक फेदैको कुरीमा निम्न, मझौला र अब्बल खाले होटल खुलेका छन् । आजकल कालिञ्चोक आउने पर्यटक ठगिएका सम्बन्धी गुनासो सामाजिक सञ्जालमा प्रशस्तै सुनिन्छ, यदाकदा सञ्चार माध्यममा पनि आउँछ ।

धार्मिक तथा पर्यटकीय स्थलका रूपमा सर्वत्र परिचित हुँदै गइरहेको क्षेत्रबारे यस्तो विषय आउनुले उक्त क्षेत्रको पर्यटन व्यवसायलाई नै कमजोर बनाउँछ । तसर्थ कालिञ्चोक घुम्न आउनेहरू आफू ठगिएको महसुस नगरून् भन्नेमा सर्तक हुनु आवश्यक छ ।

सर्वप्रथम पर्यटकले पहिल्यै दरभाउ बुझ्ने, मेनु हेरेर मात्र वस्तु र सेवा लिने गर्नुपर्छ । अर्को, कालिञ्चोकका पर्यटन व्यवसायीहरूले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्छ । कालिञ्चोक महँगो हुँदै गएको मलाई पनि अनुभव छ । खाना तथा बासको पनि पैसा बढी लिइन्छ । अझ मद्यपान गर्नेहरूका खल्ती रित्तिएको पत्तै हुँदैन ।

मनोरञ्जन मात्र होइन दर्शन गर्ने मनसायले आश्रय लिनेहरूलाई पनि कालिञ्चोक महँगो हुँदै गइरहेको छ । त्यसो त करिब ३ हजार ८ सय ४२ मिटर अग्लो कालिञ्चोकमा ढुवानी कठिन छ । बेंसी र राजमार्ग छेउछाउभन्दा ठण्डीमा व्यवसाय गर्दा अधिक कठिनाइ हुन्छ नै ।

चिसो छल्न विशेष लगानी गर्नुपर्ने भएकाले सेवा र वस्तुहरूको मूल्य स्वाभाविक रूपमा बढी पर्न जान्छ । तर, पर्यटकहरूले आफू ठगिएकै महसुस गर्नु, आफ्ना व्यथाहरू ओकल्नै पर्ने अवस्था आउनुका कारणहरू भने सबैभन्दा पहिला व्यवसायीहरूले खोजी गर्नुपर्छ ।

कालिञ्चोक मात्र होइन, त्यहाँको प्रवेशमार्ग अरनिको राजमार्गमा पनि ठगिएको महसुस गर्नेहरू छन् । अरू पर्यटकीय स्थानको हालत पनि उस्तै छ । राजमार्गका होटलहरूमा मूल्यसूची नभएकाले साहुजीले भनेको हिसाब तिरिन्छ । जोडजाडमा वास्ता गरिन्न ।

केही होटलले किस्तीभर विभिन्न प्रकार खान्की ग्राहकको टेबलमा राख्दिन्छन् । देख्दा गज्जब लाग्छ तर पैसा तिर्ने बेला खङ्ग्रङ्ङ परिन्छ । कतिपय स्थानमा बासी खाना पनि खुवाइन्छ । ती स्वास्थ्यकर र गुणस्तरीय हुँदैनन् । म आफैंले यस्तो अनुभव गरेको छु ।

अरनिको राजमार्ग छेउका रिसोर्टमा प्रतिव्यक्ति एक रातको २५ सयदेखि ३५ सय रुपैयाँसम्म तिरिन्छ । सामान्य होटलमा पनि शुल्क बढी नै हुने गर्छ । अझ सुनकोसी किनारका रिसोर्ट तथा होटलहरूको भाउ त झन् चर्को छ । कतिमा त व्यवस्थापन पनि राम्रो छैन ।

केही दिनअघि मेरो एक साथी अफिसका अरू कर्मचारीसँगै प्याकेजमा नगरकोट गएका थिए । होटलसँग ५० हजारको सम्झौता रहेछ । उनले एक बोतल नेपाली वाइन थप लिएछन् । भोलिपल्ट ७ सय ५० रुपैयाँ लेबल गरेको नेपाली वाइनको ३ हजार तिर्नुपरेछ ।

व्यवसायीका अनुसार उद्योगबाट अन्तःशुल्कसहित एक बोतल वाइन ४ सय रुपैयाँ जतिमा बाहिरिन्छ । तर, रिसोर्ट तथा होटल हेरी ६ हजार रुपैयाँसम्म तिनुपर्छ । पैसा तिर्नुपरे पनि सो अनुसार सुविधा र सन्तुष्टि मुख्य कुरा हो, जुन पर्यटकले विरलै अनुभव गर्ने गर्छन् ।

नेपाली पर्यटकले आफ्नो आर्थिक सामर्थ्य अनुसार स्वदेशका सानाठूला होटल र रेस्टुराँ चहारेकै हुन्छन् । ठमेलका डिस्को, डान्स र अन्य मनोरञ्जनस्थलमा सयको वस्तुलाई हजारसम्म तिर्नुपर्छ । किन्तु, यसबारे पर्यटकलाई पहिल्यै जानकारी हुन्छ । र, अतिरिक्त मूल्य भार बोक्न तयार भएरै मनोरञ्जन गरिन्छ ।

केही समयअघि राजधानीको ठमेलको एउटा होटलमा बस्दा साथीहरू सबैको खल्ती रित्तिने गरी बिल आएको थियो । अस्वाभाविक लाग्ने बिल लिएर ठगीको आरोप लगाएर प्रहरी चौकी नै पुग्नुपरेको थियो । उल्टो प्रहरीबाट ‘थाहा हुँदाहुँदै किन जानुभयो’ भन्ने जवाफ आयो । पोखरा, चितवनजस्ता पर्यटकीय स्थलका व्यथाहरू पनि यस्तै छन् । तर यसबारे खुलेर बाहिर आउँदैनन् ।

दुई–तीन दशकअघिसम्म कालिञ्चोकका साँघुरा गोठहरूले हजारौं पर्यटकलाई आश्रय दिन्थे । त्यहीँ गोठका रैथानेहरूको सहारामा हजारौं धार्मिक र प्राकृतिक पर्यटकहरू गीत गाउँदै, नाच्दै रातभर मज्जा लिन्थे ।

जनैपूर्णेका दिन हजारौं मानिस चरिकोटबाट करिब छ घण्टाको पैदलयात्रापछि कालिञ्चोक पुग्थे । रातभर गोठ, ओडार, कुटी र जंगलहरूमा आगो तापेर रमाइलो गर्थे । म आफैंले ती जात्राहरूमा, यस्तो परिवेशको मज्जा लिएको छु ।

समयसँगै फेरिएको कालिञ्चोकमा प्रशस्त सुविधा थपिएका छन् । तैपनि त्यो बेलाजस्तो मज्जा अहिले छैन । पर्यटकहरूका लागि सुविधासम्पन्न वातावरणसँगै त्यसको शुल्कलाई पनि ध्यान दिनुपर्छ । कसै गरी पनि पर्यटकलाई ठगिएको महसुस गराउनु हुन्न । त्यस्तै पर्यटन क्षेत्रमा सकारात्मक प्रचारको जरुरी हुन्छ ।

पछिल्ला दिनहरूमा सकारात्मकभन्दा नकारात्मक प्रचारबाजीले दोलखा छिर्नेबित्तिकै उमङ्गित हुने ठाउँहरू क्रमशः ओझेल पार्दै छन् । कालिञ्चोक बदनाम हुँदा दोलखाका चर्चित जिरी, शैलुङ, लामाबगर, दोलखा बजारको भीमेश्वर र रोल्वालिङजस्ता पर्यटन क्षेत्र ओझेलमा पर्दै छन् ।

कालिञ्चोकमा भूस्वामित्व विवादले तारे ब्रान्डका होटलहरू खुल्न सकेका छैनन् । गुठी र सामुदायिक वनको खिचातानी छ । दुई सरकारी निकायको द्वन्द्व समाधान नभएसम्म कालिञ्चोक व्यवस्थित हुन सक्दैन । लगानीहरूकर्ताहरू जहिल्यै त्रासमा छन्; मनग्गे लगानी गरेर थप जोखिम मोल्नुभन्दा जेनतेन चलाऊ पैसा कमाऊ भन्ने नीतिमा देखिन्छन् ।

वार्षिक करिब एक लाख स्वदेशी तथा विदेशी पर्यटकले यात्रा गर्ने चरिकोटदेखि कालिञ्चोकसम्मको सडकलाई हालसम्म पक्की नहुनुले तीनै तहका सरकारहरू पर्यटन उद्योगप्रति गम्भीर नभएको देखिन्छ । यसले पर्यटकको यात्रालाई असहज त बनाएकै छ, उनीहरू महँगोमा पनि पर्छन् ।

कच्ची सडकको फाइदा लिँदै सवारीसाधनहरूले सकेको भाडा उठाउने गरेका छन् । भाडादर तोकिदिने, त्यसको नियमन गर्ने निकाय मौन छन् । प्रहरीले पनि कालिञ्चोक चल्ने गाडीहरूको नम्बर मात्र टिप्छन् । नियामक निकायहरू नै कालिञ्चोकका होटल र केबलकारका ‘स्पोन्सर’ को पासोमा फस्ने गरेको सुनिन्छ ।

खासमा दोलखाका पर्यटकीय क्षेत्रहरू लामो समय राजधानीबाट दोलखा जोडिने लामोसाँघु–जिरी सडकको स्तरोन्नतिको सिकारमा परे । २०७२ सालको भूकम्पको झड्काले पर्यटन व्यवसायीको दाँत फुकालिदियो; कोभिड महामारीले थलै बसालिदियो । जारी विश्वव्यापी आर्थिक मन्दीको मार पनि परिरहेको छ ।

यो कठिनताका बीच दोलखाका पर्यटन व्यवसायीले इज्जत धान्न आत्मसमीक्षा गर्नैपर्छ । व्यापारमा नाफा लिनु धर्म हो, ठग्नु अपराध हो । नाफा अनुसार सेवा–सुविधा दिँदा उपभोक्ताले ठगिएको ठान्दैनन् । यो क्षेत्रका व्यवसायीले अण्डा खाइरहने कि कुखुरा भन्नेतर्फ विचार पुर्‍याउनुपर्छ । कमीकमजोरी सच्याएर कालिञ्चोकको पर्यटन फस्टाउने वातावरण बनाउने अन्ततः त्यहाँका लगानीकर्ताहरू नै हुन् ।

मानन्धर एमाले, दोलखाका उपाध्यक्ष हुन् ।


Last Updated on: February 17th, 2023 at 1:21 am


२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया