
प्रकाशित मिति । ३ फाल्गुन, २०७९ ।
काठमाडौ
रबी लामिछानेले नेपाली नागरिकता पाउनासाथ अब कसैलाई बाँकी नराख्ने घोषणा गरेका छन। नेपालमा कसैले के गरिरहेको छ सबै मलाई था छ अब एकएक गरि भित्र हाल्ने चेतावनी दिएका छन ।
भ्रष्टाचार गरेर थुपारेको सबै सम्पत्ति जफव गर्ने पनि उनले बताए । अब चुप लागेर नबस्ने उनले जानकारी दिए ।
रबी लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् ।
‘उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गर्नु भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने ।
लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो ।
यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । ०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए । तर‚ नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् ।
कानुनबमोजिम त्यसबेला नै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आएका थिए ।
त्यही नागरिकता प्रयोग गरेर उनले गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका थिए भने चितवन–२ बाट चुनाव जितेर सांसद र गृहमन्त्रीसमेत बनेका थिए । तर, उनको नागरिकताको विषयमा सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी पदमुक्त हुने फैसला गरेको थियो । फैसलापछि लामिछानेको गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमेको थियो ।
सर्वोच्चको फैसपापछि लामिछानेले आइतबारै जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता पुनः प्राप्ति गरेका हुन् ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए । सो रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमारसिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको थियो ।
नेपालको नागरिकता ऐन, २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा अथवा एकैसाथ नेपाली र विदेशी मुलुकको नागरिक हुने अवस्थामा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने प्रष्ट कानुनी व्यवस्था छ।
रबी लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । लामिछाने पुन: नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारी रहेको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।
रास्वपाले आइतबार दिउँसो साढे ३ बजे बैठक बोलाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नागरिकता नियमवालीको नियम ११ अनुसार नागरिकता पुन: प्राप्तिका लागि निवेदन दिएका थिए । निवेदनअनुसार उनले नागरिकता पुन: प्राप्त गरिसकेका छन् ।
अदालतको फैसलापछि लामिछानेले उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता, सांसद र पार्टी सभापतिबाट हट्नु परेको थियो ।
नेपालमा भेटिनेमध्ये धेरैलाई नसाको कुष्ठरोग
काठमाडौँ — हरेक वर्षझैं यो वर्ष पनि जनवरी महिनाको २९ तारिख कुष्ठरोग सचेतनाका लागि ‘आजै जागौं, कुष्ठरोग निवारण गरौं’ भन्ने नाराका साथ मनाइँदै छ । कुष्ठरोग अन्त्य गर्ने ध्येयले यो वर्ष मूलत: कुष्ठ रोगलाई निर्मुल गर्न सम्भव छ, केही गरौं, आजैदेखि जुटौं र पहुँच नपुगेकाहरुसम्म स्वास्थ्यकर्मीको पहुँच पुर्याउँ भन्ने उद्देश्य राखिएको छ ।
यस्ता सचेतना दिवसहरुले बिरामीको आत्माविश्वास बढाउन, पूर्ण उपचार लिन, जटिलता कम गर्न, रोग निर्मूल पार्न, सर्नबाट रोक्न र समाजमा हुने हेला तथा तिरस्कार र सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्न मद्दत गर्दछ । हाम्रो जस्तो स्रोत साधन सीमित भएको ठाउँमा कुष्ठ रोगलाई निर्मूल गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखे यसबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ ।
अहिले पनि जनमानसमा कुष्ठरोगबारेमा त्रास र केही हदसम्म अल्पज्ञान रहेको देखिन्छ । जनमानसमायस रोगबारे सचेतनाको कमी छ । साथै यस रोगबाट ग्रसित बिरामीलाई हेयको दृष्टिले हेरिनु तथा आर्थिक परिवेश यो रोगलाई निर्मूल गर्नका लागि मुख्य बाधक हुन् ।
संसारभरमा सन् २०२१ मा कुष्ठरोगका नयाँ बिरामी करिब १ लाख ४० हजार ५९४ जना देखिएका छन्, जसमध्ये करिब ६६ प्रतिशत बिरामी दक्षिण-पूर्वी एसियाका छन् । कुष्ठरोग निर्मूल र उन्मुलनका कार्यक्रमहरू चलिराख्दा अघिल्लो वर्षभन्दा यो वर्ष विश्वभर नै करिब १० प्रतिशतभन्दा बढी नयाँ बिरामीहरू पत्ता लागेका छन् । यस्तै नेपालमा पनि कुष्ठरोगका बिरामीहरूको संख्या शून्यमा झार्न सन् २०२१ देखि २०३० सम्मका लागि ‘रोड म्याप फोर जेरो लेप्रोस’ कार्यक्रम चलाइएको छ ।
सन् २०१० मा नेपालबाट कुष्ठरोग उन्मुलन भइसकेको घोषणा गरिए पनि यो पूर्णरुपमा हटिसकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा कुष्ठरोगका २२८५ नयाँ बिरामी रहेको देखिएको छ । यो संख्या अघिल्लो वर्षभन्दा धेरै हो, अघिल्लो वर्ष कुष्ठरोगका नयाँ बिरामी २१७३ जना थिए ।
यस वर्ष नयाँ बिरामीमध्ये ९८९ जना महिला छन्, ७३ जना बालक छन् र तीमध्ये १७० जनालाई हातखुट्टा/नसामा देखिने शारीरिक दुर्बलता र आखाँमा देखिने संक्रमण/ अन्धोपना देखिएको छ । करिब २३७३ कुष्ठरोगका बिरामी कुष्ठरोगको उपचारको क्रममै छन् । यस्तै उक्त रोगका बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशको बारा जिल्लामा देखिएका छन् भने सबैभन्दा कम वाग्मती प्रदेशमा छन् ।
माइक्रोब्याक्टेरियम लेप्री नामक किटाणुबाट सर्ने कुष्ठरोग दीर्घ संक्रामक रोग हो । लामो समयसम्म आफ्नो सान्निध्यमा रहेका व्यक्तिको श्वासप्रश्वासको माध्यमबाट यो अन्य मानिसहरूमा सर्दछ । तर‚ छुँदैमा, हात मिलाउँदैमा भने यो रोग सर्दैन । करिब ८० प्रतिशतमा यो रोग आफैं ठिक हुन्छ भने रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका करिब २० प्रतिशत मानिसहरूलाई उपचार आवश्यक पर्छ । उनीहरूमा यो रोग विभिन्न प्रकारबाट देखिन सक्छ ।
धेरै हदसम्म नेपाली समाजमा रहेको कुष्ठरोगको त्रास, यसले छालामा मात्र नभई, नसा, आँखा, हाडजोर्नी, अण्डकोष, कलेजो, मिर्गौला, मुटु र फोक्सोमाहाडजोर्नी, अण्डकोष, कलेजो, मिर्गौला, मुटु र फोक्सोमा गर्न सक्ने जटिलतासँग सम्बन्धित छ । हातखुट्टा र अनुहारका स्न्यायु, मांसपेसी र हाडजोर्नीमा पर्ने असरले कुष्ठरोगका बिरामीमा ल्याउने विरुपण यस रोगको सामाजिक तिरस्कारको कारण बन्ने गरेको छ ।
कुष्ठरोगको लक्षण अनुहारमा, ढाडमा, बस्ने ठाउँमा, हात खुट्टामा सेतो वा रातो रंग भएको लाटो फुस्रो दाग देखिने, दागमा कपाल नउम्रिने, पसिना नआउने र अनुहार तथा हात खुट्टामा गिर्खा आउने, नाकको आकृति बिग्रिने, नाकबाट रगत बग्ने, नाक बन्द हुने आदि हुन्छ । यस्तै हात खुट्टाका नसा कमजोर हुने, तातो चिसो थाहा नपाउने, हात, खुट्टा पोलिरहने, झमझम गरिरहने, हिँड्दा चप्पल फुस्किरहने आदि पनि कुष्ठरोगका लक्षण हुन सक्छन् । आँखीभुइँ, परेलीका रौंहरू झर्ने, आँखा बन्द गर्न नसक्ने हुने, आँखामा संक्रमण हुने, मोतिबिन्दु, जलबिन्दु हुने र अन्धोपना आउनेसम्म हुन सक्छ ।
कुष्ठरोगले सामान्यतया दीर्घरुपमा बिस्तारै छाला, नसा लगायत अंगमा असर गरिरहेको हुन्छ । तर, गर्भवती महिला, शल्यक्रिया गरेका बिरामी, घाउचोट लागेका बिरामी, दीर्घरोगी, कोभिड-१९ संक्रमित बिरामीहरूमा कुष्ठरोगको रियाक्सन देखिन्छ ।
कुष्ठरोगको रियाक्सनका कारण पहिला नै भएका डाबरहरू झन् रातो हुने‚ सुन्निने, हाडजोर्नीको नसामा पिप जमेर पक्षघात हुने, हातगोडा सुन्निने, दुख्ने, घाउ हुने, फोका बिमिरा आउने, ज्वरो आउने, जिउ दुख्ने आदि लक्षण देखिन सक्छन् । रियाक्सनको समयमै पहिचान गरी उपचार गरेमा यसबाट हुने अपांगताको रोकथाम गर्न सकिन्छ । कुष्ठरोगका बिरामीमा मृत्युदर निकै कम भए पनि मृत्यु हुनेमा फोक्सोको संक्रमण, क्षयरोग, र मिर्गौला फेल हुने समस्या देखिने गरेको छ ।
नेपालमा सबैभन्दा धेरैमा देखिने नसाको कुष्ठरोग अर्थात प्योर न्यूरिटिक लेप्रोसी हो । यसमा हात खुट्टाका छालाका नसाहरूमा असर परी छालामा छोएको थाहा नहुने, घाउ हुने र पक्षघात हुने आदि जस्ता लक्षण देखिने गरेको छ । यसरी घाउ भइरहेमा पक्षघातका कारण हात खुट्टाका औंलाहरू झर्दै जान्छन् ।
सांसदका आवाज जनतासम्म पुर्याउन छुट्टै संसद् टीभी चाहिन्छ : प्रदीप यादव
काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद प्रदीय यादवले छुट्टै संसद् टेलिभिजन च्यानलको माग गरेका छन् । सांसदका आवाजहरू जनतासम्म पुर्याउनका लागि छुट्टै संसद् टेलिभिजन चाहिने सांसद यादवको माग छ ।
मंगलबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा आफ्ना कुरा राख्दै मिडियामा सबै सांसदको कुरा नआउने उल्लेख गर्दै सांसद यादवले अन्य मुलुकमा जस्तै नेपालमा पनि संसद्को छुट्टै च्यानल हुनुपर्ने बताएका हुन् । उनले भारतको उदाहरणसमेत दिएका थिए । भारतमा पहिले लोकसभा र राज्यसभाका प्रत्यक्ष प्रसारण गर्ने छुट्टाछुट्टै टीभी च्यानल थिए । तर २०२१ देखि दुवै टेलिभिजन च्यानललाई गाभेर संसद् टीभी बनाइएको छ ।
सांसद यादवले केही सांसदका कुरा मात्र मिडियामा आउने भन्दै आफूहरूको आवाज निर्वाचन क्षेत्रसम्म पुर्याउनका लागि प्रतिनिधिसभा टीभीको आवश्यकता रहेको बताएका हुन् । उनले भने, ‘जनतासम्म आवाज पुर्याउनलाई प्रतिनिधिसभाको टीभी चाहिन्छ । सांसदले उठाएको आवाज आफ्नो निर्वाचन क्षेत्रसम्म पुर्याउन पनि यो चाहिन्छ । जसको मिडियामा पहुँच छ त्यसको मिडियामा आइहाल्छ ।’
मिडियाले सबै सांसदको कुरा नसमेट्ने भएकाले संसद् टीभीको आवश्यकता रहेको उनको भनाइ छ । उनले अगाडि भने, ‘हामी बोल्छौं तर ५/७ जना सांसदबाहेकको आवाज जाँदैन । संसद्मा बोल्न त धेरै बोल्हुन्छ तर मिडियामा थोरै सांसदको मात्र जान्छ हामीले बोलेका कुरा संसद्मा मात्र सीमित भयो ।’
नेपालमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टै टेलिभिजन च्यानल नभए पनि युट्युबमा भने प्रत्यक्ष प्रसारण भने हुन्छ ।
जनप्रतिनिधि सुविधाभोगी हुनु भएन : कांग्रेस उपसभापति गुरुङ
‘मुलुकलाई श्रीलंका हुनबाट बचाउन हामी सबै राजनीतिक दलहरु, जनप्रतिनिधि र उद्योगी व्यवसायीहरुले समेत सामूहिक प्रयास गर्नुपर्छ’
बुटवल — नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनप्रतिनिधिहरू सुविधाभोगी बन्न नहुने बताएका छन् । बुटवल उपमहानगरपालिकाको बुधबार आयोजित ६४ औं स्थापना दिवसमा उनले जनप्रतिनिधिहरू मुलुक र जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने र सरल बन्नुपर्ने बताए ।
मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले जनप्रतिनिधिहरु नै सुधार गर्नतर्फ लाग्नुपर्ने उपसभापति गुरुङको भनाइ थियो । ‘संघ, प्रदेश र स्थानीय सरकारबीचमा सहकार्य गरी अर्थतन्त्रलाई उकास्न प्रयत्न गर्नुपर्छ,’ उनले भने ।
उपसभापति गुरुङले मुलुक श्रीलंकाको बाटोमा जाने त हैन भन्ने आमचासो र चिन्ता रहेको भन्दै त्यस्तो अवस्था आउन दिन नहुने बताए । ‘मुलुकलाई श्रीलंका हुनबाट बचाउन हामी सबै राजनीतिक दलहरु, जनप्रतिनिधि र उद्योगी व्यवसायीहरुले समेत सामूहिक प्रयास गर्नुपर्ने देखिन्छ,’ गुरुङले भने ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले स्थानीय सरकारलाई बलियो बनाएमा मात्रै मुलुक समृद्ध बन्ने बताए । साथै संघीयता सफल पार्न स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुलुककै अगुवा सहर बनाउने योजनाका साथ अगाडि बढेको बताए ।