
प्रकाशित मिति । २९ माघ २०७९ ।
काठमाडौ । चर्चित तथा जनप्रिय गायिका एलिना चौहानले आफ्ना दर्शकहरुलाई लामो सन्देश लेखेकी छन । प्रकाश सुवेदीसंगको अन्तर्वार्तामा बोलेको छोटो क्लिपलाई लिएर रबी लामिछानेका समर्थकहरुले अनावश्यक आलोचना गरेपछि उनीले स्पष्टीकरण दिएकी हुन ।
अन्तर्वार्तामा रबी लामिछानेको फोटो देखाएर को हुनुन्छ भनेर सोधेको प्रश्नमा उनले रबी लामिछाने भनेको तर कस्तो रुपमा चिन्नु हुन्छ भन्ने प्रश्नमा भने चौहानले रबीको बारेमा व्यक्तिगत रुओअमा सबै जानकारी नभएको भनेर बताएकी थिइन ।
चौहानले कुनै गल्ती गरेकी थिइन तर रबीका केही अन्धभक्तहरुले उनीमाथि नानाथरी आरोप लाउँदै गालीगलोचमा उत्रिएका छन । रबी समर्थकले आलोचना गरेपनी सारा नेपालीले भने चौहानले कुनै गल्ती नगरेको बताएका छन ।
समाजिक संजाल फेशबुकमा कमेन्ट गर्नेहरुमा अधिकांशले रबी लामिछानेका समर्थकलाई अराजक भिडको संज्ञा दिएका छन । पुराना नेताहरुका समर्थकले कम्तिमा आलोचना सहने हिम्मत राख्छन तर रबीका समर्थकहरु कसैले केही भन्यो कि जनावर झै जाइलाग्छन भनेर आरोप लगाइरहेका छन ।
गायिका चौहानलाई ओअनि अनावश्यक आलोचना लाएपछी बाध्य भएर स्पष्टीकरण दिएकी छिन । स्पष्टीकरणमा पनि उनीले आलोचना गर्नेलाई धन्यवाद दिएर आफ्नो महानता देखाएकी छिन ।
हेर्नुस एलिना चौहानले लेखेको जस्ताको तस्तै स्टेटस
आदरणिय दर्शक महानुभावहरु🙏🙏🙏 नमस्कार
आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको कारण छु । पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ ।
उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि थिएं । रबि दाइ एक कुशल पत्रकार , समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं ।
मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन । टिकटिक तिर सानो clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं । भावनामा बगेर भन्दापनि कृपया पुरा interview
(https://youtu.be/9-4T20S-d4w )
हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला 🙏 एक पटक आंखा चिम्म गरेर सोच्नु त ? मैले त्यसरि गालि गर्नुपर्ने केहि गरेकि छु र? म हजुर हरुकै छोरि चेलि दिदि बहिनि हो त्यसैले त्यति तल झरेर गालि नगरिदिनुहोला ।
मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन । तरपनि मेरो कुराले कसैको भावनामा आंच पुगेको भए माफि चाहान्छु ।🙏🙏🙏
तपाइंहरुकि प्रिय गायिका
एलिना चौहान
दोरम्बामा सशस्त्र विद्रोहको सम्झना
रामेछाप — तत्कालीन माओवादीले २०५२ फागुन १ देखि संचालन गरेको सशस्त्र विद्रोहको क्रममा १२ जनाको मृत्यु भएको दोरम्बा गाउँ यतिबेला सुनसान छ । वाग्मती प्रदेश सरकारले ‘जनयुद्ध दिवस’का दिन सोमबार दोरम्बामा कुनै कार्यक्रम राखेको भने छैन ।
‘जनयुद्धका बेला हाम्रो सोच अनुसार कामै भएन दिवस सम्झेर मात्र के गर्नु ?’ स्थानीय माओवादी कार्यकर्ता श्याम लामा भन्छन्, ‘पहिलेदेखि मानिँदै आएको व्यवस्थामा माओवादी मिसिए, त्यो ऐतिहासिक दिन सम्झँदा व्यर्थ लाग्छ ।’
दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर २ मा पर्ने दोरम्बामा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका मेचमान योञ्जन पनि लामाकै लाइनका कुरा गर्छन् । ‘ती दिन कहालिलाग्दा र पेचिला थिए । सामान्यभन्दा सामान्य मानिसलाई हामीले सपना बाँडेका थियौं ।
सर्वसाधारणले जीवनस्तरमा केही परिवर्तन होला भनेर जनयुद्धमा लाग्ने र समर्थन गरेका थिए,’ योञ्जन भन्छन्, ‘तर सोच अनुसार काम भएन, परिस्थिति यस्तो होला भनेर लागेकै थिएन । हामी अल्मलियौं तैपनि केही परिवर्तन भएका छन् ।’
युद्धका बेला दोरम्बामा काहालिलाग्दो अवस्था थियो । गाउँमा मानिस थिएनन् । माओवादी र राज्यको उस्तै ज्यादति थियो । सेनाले दोरम्बामा भेला भएका २१ जना माओवादीलाई नियन्त्रणमा लिएर गोली हान्यो । त्यसको बदलामा माओवादीले सुराकीको नाममा ३ जना सर्वसाधरणको ज्यान लिए ।
गाउँका धेरै घरमा माओवादीको भोटे ताला लगाइदिए । केहीको सम्पत्ति लुटियो । केहीलाई सफाया गर्ने भन्दै रुख रुखमा सूचना जारी भयो । सेना र माओवादीको जगजगीले स्थानीयको भागाभाग भयो । गाउँमा कोही नौलो मानिस पुग्दा मानिसहरु तर्सने अवस्था थियो ।
कांग्रेसका नेता केशव लामा भन्छन्, ‘के सम्झनु त्यो दिन । सम्पत्ति भन्न पाइएन, घर परिवार भन्न दिएनन् धन्न बाँचियो ।’ उनको घरमा भएका सामान लगेर माओवादीले घर कब्जा गरेको घोषणा गरेका थिए भने बुबा डिकबहादुर तामाङलाई सफाया गर्ने चेतावनी सहितको सूचना टांस गरेका थिए ।
दोरम्बा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चामा पुगे पनि युद्धमा पीडित भएकाहरुलाई सामान्य रुपमै लिएको आरोप स्थानीयहरूको छ । सरकारले सहिद परिवारलाई छरछार गरेर पटकपटक गरी दिएको १० लाखभन्दा केही नपाएको गुनासो युवाराज मोक्तानका परिवारले गरे । ‘खै के दियो र सरकारले ? मोक्तानका आफन्तले भने, ‘कमाउने मानिस मरेपछि हामीले भोगेको विजोग कसले देखेको छ र ?’
वडा अध्यक्ष योञ्जन भने ‘जनयुद्ध’ले दोरम्बालाई बेग्लै पहिचान दिएको दाबी गर्छन् । स्थानको नाम जोकोहीले लिने गर्छ । दोरम्बा भन्ने बित्तिकै माओवादी युद्धको झझल्को आउँछ । ‘दोरम्बामा मारिएकालाई राष्ट्रिय सहिद घोषणा हुनु नै गर्वको कुरा हो’ योञ्जनले भने, ‘गाउँमा सालिक बनेका छन्, ‘योग्यता अनुसारको तालिम र शिक्षा मिलेको छ, हरेक वर्ष सार्वजनिक रुपमा सम्मान गरिएको छ, यो सानो कुरा हैन । योञ्जनले दाबी गरेझैँ दोरम्बा लगायत २०६० साउनमा मारिएका २१ जनाको सालिक बनाइएको छ ।’
अध्यक्ष योञ्जनले चुनावको क्रममा माओवादीको मात्र नभएर माओवादीबाट मारिएका सर्वसाधारणको पनि सालिक बनाउने घोषणा गरेका थिए । योञ्जन भन्छन्, ‘यो वर्ष सरस्वती लामा योञ्जनको सालिक निर्माण गरेको छु, आगामी वर्ष रेलीमाइको बनाउँछु । रेलीमाई माओवादीले सुराकीको नाममा सफाया गरेकी नेपालकै पहिलो महिला स्वास्थ्यकर्मी हुन् ।’
माओवादी सशस्त्र युद्धको अवधिमा दोरम्बा रामेछापको सबैभन्दा बढी युद्ध प्रभावित गाउँ हो । जिल्ला सदरमुकामभन्दा झण्डै १० कोष टाढाको उक्त बस्तीमा अहिले पुग्नेहरूले युद्धकै दिनहरू सम्झने गरेका छन् । ‘स्थानीय होमस्टेमा आउने जो कोहिले पनि दोरम्बा घटनाका बारेमा जानकारी माग्छ ’ होमस्टे संचालक मोमिन तामाङ भन्छन्, ‘दोरम्बाले बनाएको इतिहास अब कसैका लागि नौलो छैनझैं लागेको छ ।’
रामेछापकै बेथानमा भएको युद्धको क्रममा माओवादीका ३ जना र २ जना प्रहरी मारिएका थिए । माओवादीले त्यसैको सम्झनामा बेथानमा ‘वीरता दिवस’ मनाउने गरेको छ ।