
नेपालकै टप वकिल श्रेष्ठले सन्दीपको पक्षबाट बहस गर्दै, यस्तो छ वकिलहरुको बलियाे टीम
प्रकाशित मिति । २९ माघ २०७९ ।
काठमाडौंं । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा जोडिएका छन् । उनी सन्दीपको पक्षबाट बहस गर्ने वकिलहरुको टीममा आवद्ध भएका हुन् ।
काठमाडौं जिल्ला अदालतमा दायर भएको सन्दी,पविरुद्धको मुद्दामा भोलिबाट थुनछेक बहस सुरु हुँदैछ । सन्दीपले श्रेष्ठसहित हाइप्रोफाइलका वकिलहरुको बलियो टीम बनाएका छन् ।
वरिष्ठ अधिवक्ताहरु लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्,डारीले सन्दीपको पक्षबाट बहस गर्नेछन् । यसैगरी मुरारी सापकोटा र सरोज घिमिरे पनि टीममा छन् ।
यसअघि सुरुदेखि सन्दीपलाई सरोज घिमिरेले कानूनी सहयो,ग गर्दै आएका थिए । सन्दीपलाई म्याद थप गर्न अदालत लगिँदा घिमिरे र अर्की अधिवक्ता सुधा रिजालले बहस गरेका थिए । तर, रिजालले सञ्चारकर्मीसँग विवादित अभिव्यक्ति दिएपछि उनलाई सन्दीपको परिवारले टीममा राख्न चाहेको छैन ।
रिजालले सुरुमै सन्दीपको सहमति लिएर वकालतनामा लेखाए,की थिइन् । तर, अहिले सन्दीपका परिवारजनले उनलाई आफ्नो फि लिएर मुद्दा छोड्न अनुरोध गरेको बुझिएको छ ।
यसैगरी घिमिरे पनि तत्काल बहसमा उपलब्ध नहुने भएका छन् । उनी एउटा कार्यक्,रमका सिलसिलामा अमेरिका पुगेको बुझिएको छ । सन्दीपको थुनछेक बहस भोलि सुरु हुँदैछ ।
अनुभवी र खारिएका वकिलहरु हायर गर्न सन्दी,पले मोटो रकम खर्च गर्नुपरेको छ । सन्दीपका लागि वकिलहरुको चाँजोपाँजो र आर्थिक व्यवस्थापनको काम उनका दाजुले गरिरहेका छन् । सन्दीपका बुवाआमा भने चितवनमै छन् । स्वास्थ्यअवस्था राम्रो नभएकाले उनीहरु प्रायः छोरीको घरमा बसिरहेका छन् ।
जाहेरीकर्ताको तर्फबाट कतिजनाले बहस गर्छन् भन्ने निधो भइ,सकेको छैन । नाम र चर्चाकै लागि पनि ‘पीडित’ को तर्फबाट निःशुल्क बहसका लागि धेरै वकिलहरु खुट्टा उचालेर बसेका छन् ।
यद्यपि, अहिलेसम्म सुनीता रेग्मीको नाम,मात्र आएको छ । उनी वरिष्ठ अधिवक्ता हुन् । सपना मल्ल प्रधानले स्थापना गरेको एफडब्लुएलडी नामक एनजीओमा काम गर्ने उनी यसअघि निहारिका राजपूतको मुद्दामा बहस गर्न जनकपुर पुगेकी थिइन् ।
सन्दीप लामिछानेको बयान सकियो, बुध,बार थुनछेक बहस हुने
क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगल,बार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।
१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जा,हेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।
मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिम,को कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सोमबार दायर भएको रिटमा मंगलबार बयान र थुनछेक हुने भनिए पनि ब,यान सकिन दिनभर लागेपछि बुधबार मात्रै थुनछेक बहस हुने भएको हो । कार्यालय समय सकिएपनि सन्दीपको बयान साँझ ६ बजेसम्म नै गराएर मंगलबार बयान सकाइएको छ । अब बुधबार इजलास खुल्ने बित्तिकै थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।
गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशो,रीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।
जाहेरी परेको समयमा सन्दीप क्या,रेबियन लिग खेल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।
प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौँ आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा सन्दीपले किशोरीसँगै रात बि,ताएको बताए पनि करणी नभएको जिकिर गरेका छन् । यद्यपि किशोरीले भने सन्दीपले भदौ ६ गतेको बिहान (राति) ००ः२५ बजे र त्यसको एक घण्टापछि आफूमाथि दुईपटक जबरजस्ती करणी भएको जाहेरी र बयानमा उल्लेख गरेकी छिन् ।
मलाई कसैको उक्साहटमा फ,साइयो : सन्दीप लामिछाने – वकिल भन्छन्, ‘जन्मदर्ताको उमेरका आधारमा वकालत गर्छौँ’
क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।
१७ वर्षीया नाबालिगमाथि बला,त्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो ।
सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवारबाट थुनछे,क बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए । उनले आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको जानकारी दिए ।
उनले सन्दीपले बयानका क्रममा आफू,प्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको बताए । उनले किशोरीको बयान शङ्कास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने स्पष्ट पारे ।
उनले भने, ‘प्रहरीले नै ढिला ल्याउने काम गर्यो, त्य,सकारण नै ढिला सुरु भयो । बत्ती गएका कारण पनि केही बाधा आयो । आज बयान सकियो । थुनछेक बहस हुन पाएन, भोलिबाट थुनछेकको बहस सुरु हुन्छ ।
जबरजस्तीकरणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्साह,टमा लगाइएको छ, जुन अभियोग झुटो हो भनेर बयान गर्नुभएको छ र आफ्नो इन्कारी बयानलाई पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरू पनि पेस गर्नुभएको छ ।
प्रमाण भनेको पीडित भनेको व्यक्तिको हकमा जन्मद,र्ताको विषयवस्तु । जन्मदर्ताका प्रमाण केही भेटिएका छन् । बयान प्रमाणित हुन पाएको छैन, आज श्रीमान् चाँडै निस्किएका कारणले ।
पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त काग,जमा भएको ब्यहोरामा डाक्टरहरुको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिस्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ । त्यो बिरोधाभाषपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने की जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ ।’
सन्दीपमाथि गत भदौ ५ मा काठमाडौँको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ ।
पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
चिकित्सकको आन्दोलनले मर्कामा बिरामी
काठमाडौँ — चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् । अस्पतालहरुमा चिकित्सकहरु कालोपट्टी बाँधेर आन्दोलनमा छन् भने पालो कुरेर उपचार गराउन आएकाहरु त्यत्तिकै फर्कनु परेको छ ।
७९ वर्षीय जगरनाथ साह तेली आइतबार आफ्नो पत्थरीको उपचारका लागि बाराबाट आजै काठमाडौं आएका थिए । वीर अस्पतालमा चिकित्सकहरू कालोपट्टी बाँधेर आन्दोलनमा थिए । उनी कुनामा बसेर उँघिरहेका थिए ।
यता, बानेश्वरस्थित सिभिल अस्पतालमा छोरासँग जनकपुरबाट आएका ५६ वर्षीय तपेश्वर राय पनि आफ्नो उपचार नहुने भएपछि निराश देखिन्थे । बोनम्यारोको समस्या भएका उनी पनि पालो अनुसार आजै काठमाडौं आएका थिए । यी त प्रतिनिधि पात्र मात्र रहे । चिकित्सकको आन्दोलनले पीडितहरुमाथि झन् पीडा थपेको उपचार गराउन वीर अस्पताल परिसर आएकी एक जनाले गुनासो पोखिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठ्ठीचार्ज गरी घाइते बनाएको थियो ।
सोही घटनाको विरोधमा नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा जुट्न अनुरोध गरेको छ ।