
प्रकाशित मिति । २८ माघ २०७९ ।
काठमाडौ
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको बेला किन हिडेको भनेर सुरक्षाकर्मीले अस्पतालका डाक्टरलाई कुटपिट गरेका छन ।
प्रतिनिधि सभा विघटन देखि हरेक गतिविधिमा जनताको चाहाना बिपरित हिडेकी भण्डारीको सवारीमा बारबार प्रश्न उठेपनी उनी राजकीय शैलीमा जनतालाई शास्ती दिएर सवारीमा हिड्छिन ।
हिजो अरुको ज्यान बचाउने डाक्टरलाई नै कुटेपछी जनता आक्रोशित भएका छन । राष्ट्रपति भण्डारीको राजिनामा माग्दै सडक प्रदर्सन भैरहेक्क छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यो कुरा नियाअलीरहेका छन । प्रचण्डले राष्ट्रपतिले अति नै गरेको भनेर एमाले अध्यक्ष केओएए शर्मा ओलीलाई जानकारी गराइसकेका छन ।
देशैभरबाट बिरोध हुन थालेपछि भण्डारीले राजिनामा नदिए सरकारले महा अभियोग लाएर पनि हटाउन सक्ने कानुनी प्राबधान छ । एमाले अध्यक्ष ओलीले सहमति गरे सत्तारुढ दलले नै महा अभियोग लाउने र ओलीके नमाने कांग्रेस संग मिलेर महा अभियोग लाउने तयारीमा प्रचण्ड छन ।
के गर्दा हुन्छ पुरै पढेर सल्लाह दिनुहोस् ।
नागरिकलाई रैती नै ठान्ने ‘रमिता’
विशिष्टको सवारीसम्बन्धी कार्यविधिमै नरहेको अभ्यास
प्रहरीद्वारा कुटिएका ट्रमा सेन्टरका डाक्टर आईसीयू ‘अब्जर्भेसन’मा
काठमाडौँ — राष्ट्रपतिको सवारी व्यवस्थित गर्ने नाममा सरकारले सधैं सडक अवरोध गर्दै आएको छ, जबकि कुनै पनि ‘विशिष्ट’ को सुरक्षाका लागि आवागमन ठप्प बनाउने कानुन र कार्यविधि छैन । व्यस्त सडक घण्टौंसम्म खाली गराउँदा विद्यालयका बालबालिका, बिरामी, कर्मचारी र सर्वसाधारणले सधैं सास्ती खेप्नुपरेको छ । सहज सवारी चलाउन पटक–पटक जनस्तरबाटै माग हुने गरे पनि सुरक्षा निकायले भने बेवास्ता गर्दै आएका छन् ।
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासदेखि संसद् भवन नयाँ बानेश्वरसम्म जाँदा र फर्किंदा सडक खाली गराइएको थियो । नागरिकलाई दुवै सडकका पेटीबाट वारपार गर्न रोक लगाइएको थियो । रिसल्लासहितको सवारीमा राष्ट्रपति गाडीमा थिइन्, तर उनको गाडी बग्गीको पछि–पछि भएकाले यात्रा दिक्कलाग्दो गरी सुस्त थियो ।
विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ अनुसार ‘राजकीय भ्रमण, संसद्को बजेट अधिवेशन, संयुक्त संसद्को पहिलो बैठक, विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको निमन्त्रणामा हुने विदेश भ्रमण, नेपाल सरकारले तोकेको अन्य भ्रमण’ अति विशिष्ट सवारी हुन् ।
कार्यविधिमा भनिएको छ, ‘अति विशिष्ट सवारीका बेला ‘सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइनेछ ।’ सडक खाली गराएर सवारी गर्ने विषय कतै उल्लेख छैन । तर सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले ‘भक्ति प्रदर्शन गर्न’ सडक खाली गराउँदै आएका छन् । जसबाट राष्ट्रपतिसहित विशिष्टहरूप्रति नागरिक तहमा असन्तुष्टि चुलिँदो छ । तर, जनताबाट निर्वाचित विशिष्ट भने जनविरोध वास्ता नगरी राजामहाराजाजस्तै रमाउँदै आएका छन् ।
राष्ट्रपतिको सवारीमा निकट र भित्री सुरक्षा सेनाबाटै, मध्य सुरक्षामा सेना र प्रहरीबाट तथा बाहिरी सुरक्षामा निसानाबाज सेना खटाइएको हुन्छ । शीघ्र कारबाही टोली भनेर सेना र सशस्त्रलाई खटाइएको हुन्छ भने बाटो नियन्त्रणमा प्रहरी र सशस्त्र तैनाथ हुन्छन् ।
राष्ट्रपतिलगायत अति विशिष्टको सवारीबाट सडकमा अनावश्यक चाप नपरोस् भनेर केही वर्षअघि विकल्पमा बहस भए पनि सुधारको सुरुवात भएको छैन । ‘सवारीका बेला सडकको एउटा लेन मात्रै खाली गराउने, त्यो पनि सवारी सकिनेबित्तिकै पूरै सडक खुलाउने बहस भएका थिए । राष्ट्रपति विदेश जाँदा निवासबाट विमानस्थलसम्म हेलिकोप्टर प्रयोगको विषय पनि उठेको थियो । तर, यी सबै विषय थाती रहे,’ एक पूर्वसुरक्षाकर्मी भन्छन् ।
नेपाल प्रहरीका पूर्वएआईजी प्रद्युम्न कार्की व्यस्त सडक बन्द गराएर नागरिकलाई बाटो हिँड्नै नदिने र हिँड्न खोज्नेलाई लाठी प्रहार गर्ने प्रवृत्ति गलत भएको बताउँछन् । ‘विशिष्टको सवारी छ भन्दैमा नागरिक घण्टौं अडिएर बसिरहनुपर्ने होइन, कोही आपत्कालीन काममा पनि जानुपर्ने हुन सक्छ । सुरक्षाकर्मीले यस विषयमा ख्याल गर्नुपर्ने हो,’ उनी भन्छन् । घण्टौं सवारी बन्द भएर पुनः सुचारु गराउन खटिएका सुरक्षाकर्मीमा मानसिक र शारीरिक तनावले नकारात्मक परिणाम पनि ल्याउने गरेको उनको भनाइ छ ।
पूर्वगृह सचिव खेमराज रेग्मी नागरिकलाई घण्टौं सडकमा उभ्याएर राष्ट्रपति सवार हुनु पुरानै संस्कारको निरन्तरता भएको बताउँछन् । ‘विशिष्ट व्यक्तिहरूको आवागमन हुँदा सवारी व्यवस्थापन हुनुपर्छ तर राजामहाराजाको शाही ठाँट होइन, देश र परिवेश सुहाउँदो हुनुपर्छ,’ रेग्मी भन्छन्, ‘तर, हाम्रोमा गणतन्त्र/लोकतन्त्र आएपछि विशिष्ट भनाउँदाको ठाँट हटेन । यसले व्यवस्थाप्रति नै वितृष्ण फैलाउने जोखिम बढ्यो ।’
उनले आफ्नो सवारीका क्रममा नागरिकले पाएका सास्तीबारे ख्याल गरेर राष्ट्रपति आफैंले तामझाम होइन, जनताले दुःख नपाउने गरी सवारी व्यवस्थापन गर्नु भनेर भन्न नसकेको टिप्पणी पनि गरे । ‘यसले राष्ट्रपतिमा पनि शाही रवाफको भोक देखिएको छ,’ उनले भने ।
प्रहरीद्वारा ट्रमाका डाक्टरमाथि कुटपिट
‘दोषीलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी’
सदाझैं शुक्रबार पनि बिरामीको उपचारका लागि आएका डा. जनिथलाल सिंहलाई आफ्नै अस्पतालमा भर्ना गरिएको छ । बिरामी परेर होइन, प्रहरीले कुटपिट गरेकाले । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. सिंहलाई लाठी प्रहार गरेको हो । टाउको र हातमा चोट लागेपछि उनलाई ट्र्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ ।
ट्रमा सेन्टरका डाक्टर कुटिएको विरोधमा प्रदर्शन गर्दा प्रहरीसँगको झडपमा घाइते भएका स्वास्थ्यकर्मीलाई अस्पताल लगिँदै । तस्बिर : कान्तिपुर
शल्यक्रिया सकेर दिउँसो ४ः३० बजे घर जान निस्किँदा राष्ट्र्रपतिको सवारीका लागि बाटो रोकिएकाले डा. सिंह फुटपाथमा साइकल डोर्याएर गइरहेका थिए । ‘भीडका कारण अगाडि जान नसकेपछि एकछिन रोकिएँ तर प्रहरी जवानले साइकल अगाडि लैजान भने, अगाडि साइकल लैजान मिल्ने थिएन । मैले आफू ट्र्रमाको डाक्टर भएको र एकछिनमा सबै निस्केपछि जान्छु भनें,’ उनले भने, ‘पुलिसले कठालो समात्यो र लाठीले हान्न थाल्यो, पहिले दुइटै हातमा हान्यो । बचाउ गर्दा टाउकोमा पनि हान्यो र मेरो आईडी खोस्यो ।’
सहकर्मीलाई प्रहरीले घाइते बनाएको विरोधमा ट्रमा सेन्टर र वीर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी विरोध प्रदर्शनमा उत्रिएका थिए । उनीहरूमाथि पनि प्रहरीले बल प्रयोग गरेको थियो । घाइते भएका डा. जोफिर आलम पनि अस्पताल भर्ना भएका छन् ।
ट्र्रमा सेन्टरका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. ममता कोइरालाले डा. सिंहको अवस्था स्थिर रहेको र उनलाई आईसीयूकै अब्जर्भेसनमा राखिने बताइन् । डा. सिंहको टाउकोमा चोट लागेको, टाउको दुखाइ, वाकवाकीजस्तो लक्षण देखिएको उनले जानकारी दिइन् । ‘भोलि (शनिबार) टिमले स्वास्थ्य स्थिति हेरेपछि के गर्ने भन्ने निर्णय गरिनेछ,’ उनले भनिन् ।
नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ सर्जन डा. सिंहलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ । संघले २४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले दोषी सुरक्षाकर्मीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ अनुसार कडा कारबाही गर्न माग गरेको छ ।
संघले शुक्रबार अबेर राति विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकले परिचयपत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसरमै प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु अत्यन्तै दुःखद र अशोभनीय कार्य भएको जनाएको छ । ‘हामी भोलि आकस्मिक बैठक बस्दै छौं,’ चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कान्तिपुरसँग भने, ‘आफैं डाक्टर रहेको र काम सकाएर घर गइरहेको जनाउँदै परिचयपत्र देखाउँदा पनि टाउकोमा लौरो प्रहार गर्ने प्रहरीलाई कारबाही नगरिएसम्म हाम्रो विरोध जारी रहन्छ ।’