सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । १८ माघ २०७९ ।

काठमाडौं । गायक शंकर क्षेत्री र भाइरल टेलरवाली भनेर चिनिएकी निशाले नयाँ म्युजिक भिडियोमा सहकार्य गरेका छन् । श्रीमती बबिता बानिया जेरीसँग कानुनी रुपमा अलग्गिएर बसेका शंकर क्षेत्री लामो समयपछि नयाँ गीत लिएर दर्शक सांगीतिक बजारमा फर्किएका हुन् ।

दुलहा दुलहीको पहिरनमा भेटिएका शंकर क्षेत्री र भाइरल टेलरवाली निशाले मिडियामा दोहोरी गाउँदै रमाइलो कुराकानी समेत गर्न भ्याए । उनिहरुले पर्दामा नभई वास्तविक जीवनमै बिहे गरेका जसरी मिडियामा कुरा गर्न समेत पछि परेनन् । भिडियो तल राखिएको छ हेर्नुहोस् ।

यो पनि/ अन्य समाचार- लोक गायिका टिका पुनको साङ्गीतिक साँझमा कलाकार देखि मन्त्री सम्म आउने! टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउने भएको छ । कार्यक्रमको आयोजक संस्था संस्था दर्पण संङ्गीतालयले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी माघ २१ गतेदेखि उक्त सांगीतिक साँझ कार्यक्रम सञ्चालनमा आउने जानकारी गराएको हो ।

कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा संस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने कार्यक्रमका संयोजक मोतिराम खड्काले बताए ।

टीका पुन साङ्गीतिक साँझमा गायिका टिका पुनलाई लोकप्रिय गायक राजु परियार लगायतका गायकहरुले साथ दिने बताइएको छ । आजको कार्यक्रमका प्रमुख अतिथि लोकदोहोरी गायक राजु परियारले टीका पुन साङ्गीतिक साँझ पहिलो र अविश्मरणीय हुने विश्वास दिलाए ।

‘टीका पुन साङ्गीतिक साँझ यो पहिलो हो । अविश्मरणीय पनि हुनेछ भन्नेमा म विश्वस्त छु । टीका पुनका उत्कृष्ट गीतहरुले त्यहाँ स्थान पाउने छ’ उनले भने । गायक परियारले टीका पुन साङ्गीतिक साँझमा आफ्नो तर्फबाट सबै किमिसका सहयोग रहने बताए ।

कार्यक्रमका अर्का वक्ता गायक अमृत खातीले टिका पुन साङ्गीतिक साँझले नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा ईँटा थप्ने बताए । टिका पुनका गीत मान्छेको भावना, मन र आस्थासँग जोडिएको भन्दै उनले यस कार्यक्रममा सहभागी भएर भव्य र सभ्य रूपमा सफल गराउन पनि सबैसँग आह्वान गरे ।

अर्का वक्ता लोकदोहोरी गायक कृष्ण कँडेलले टीका पुनलाई सबै क्षेत्रको सहयोग हुने बताए । टीका पुन साङ्गीतिक साँझलाई उनले सफलताको शुभकामना दिएका छन् । पुनका गीत सबैको रोजाइमा रहेको उनको भनाई छ । टीका पुन साङ्गीतिक साँझलाई एक ऐतिहासिक कार्यक्रम बनाइदिन पनि उनले सबै संगीतप्रेमी महानुभावहरुसमक्ष आग्रह गरेका छन् ।

साथै, फरक प्रसंगमा उनले मिडियालाई अझ सचेत भएर समाचार प्रकाशन प्रसारण गरिदिन पनि आग्रह गरे । सचिन परियारको घटनामा मिडियाले नराम्रा–नराम्रा शीर्षक राखेर प्रसारण गरेको भन्दै उनले गुनासो पोखे । ‘सचिनका बाबुले त केही भनेका थिएनन् तर मिडियाहरुले झगडा गरेको भनेर आयो,’उनले भने ।

टीका पुन एउटा युग हाँक्ने गायिका भएको उनको दाबी छ । उनले टिका पुनको आवाज राम्रो भएको भन्दै पुनलाई दुलर्भ प्रतिभाको धनी गायिकाको रुपमा चित्रण गरे ।

‘सुदूरपश्चिमदेखि सुदूरपूर्व सम्मका लोक भाका गाउने दुर्लभ मान्छे हुन् टीका पुन । नारायण रायमाझीसँग पनि गाउनुभएको छ । राजु परियारसँग पनि गाउनुभएको छ । उहाँले शम्भु राईसँग पनि गाउनुभएको छ । एउटा युग हाँक्ने गायिकालाई म तन, मन, धन र दिलैदेखि साथ दिन्छु,’ उनले भने ।

साथै, आफ्नो नेतृत्वमा रहेको इन्द्रेणी कार्यक्रम सेवा, सन्देश र मनोरञ्जनको त्रिवेणी भएको पनि सुनाए । आगामी एक सय वर्ष नेपालको लोक संस्कृति र मौलिक कला नमर्ने उनको दाबी छ । पहिले बुढापाकामात्रै आफ्नो फ्यान भएको र अहिले बच्चा, बृद्धदेखि युवालेसमेत आफूलाई साथ दिइरहेको उनले बताए । सो क्रममा टीका पुनले माघ २१ को कार्यक्रममा सहभागी भएर यसलाई भव्य र सभ्य रुपमा सफल गराइदिन सबै समक्ष आग्रह गरेकी छन् ।

हेर्नुस भिडियो

विवादले हुलाकी सडक निर्माण अलपत्र

रूख कटानमा निकुन्ज र आयोजनाबीच आरोपप्रत्यारोप, साढे १२ किमि सडक र ७ वटा पुल निर्माण सुस्त

पर्सा — चितवन राष्ट्रिय निकुञ्ज र हुलाकी राजमार्ग निर्देशनालयबीचको विवादले हुलाकी राजमार्ग निर्माणमा अवरोध भएको छ । काम नहुनुमा दुवै निकायले एकअर्कालाई आरोप लगाएपछि निर्माण अघि बढ्न नसकेको हो । निकुन्जले रूख काट्न अनुमति नदिँदा काम हुन नसकेको निर्देशनालयको योजना कार्यालय वीरगन्जको आरोप छ ।

तर, आफूले अनुमति दिँदा पनि निर्देशनालयले काम अघि बढाउन नसकेको निकुन्जको भनाइ छ । विवादकै कारण पर्सा र चितवनमा राजमार्गअन्तर्गत करिब साढे १२ किमि सडक र ७ वटा पुल निर्माण रोकिएको छ । पर्साको ठोरी गाउँपालिका र चितवनको माडी नगरपालिकामा लामो समयदेखि काम रोकिएको हो ।

निर्देशनालयको योजना कार्यालय वीरगन्जका प्रमुख दरोगा प्रसादले सडकमा परेका रूख कटान गर्न नदिँदा तथा पुल निर्माणमा प्रयोग हुने ढुंगा–बालुवा प्रयोग गर्नमा निकुन्ज प्रशासनले अवरोध गर्दा हुलाकी सडकको निर्माण नै अनिश्चित बनेको आरोप लगाए । ‘चितवनमा रियु, बगही, घाँघर, पतरी, मुगही, भालु र बाँदरमुढे खोलाको पुलमध्ये केहीको ठेक्का अवधि सकिएको र केहीको सकिन लागेको छ,’ उनले भने, ‘चितवनमै देवेन्द्रपुरदेखि बगही बसपार्कसम्मको ७.७ किमि सडक कालोपत्रे गर्ने ठेक्का पनि सकिन लागेको छ ।’

रियु खोलामा पुल निर्माणको ०७४ चैत २८ मा सम्झौता भएर ०७८ मंसिर ११ सम्म काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, काम सम्पन्न हुन नसकेपछि ठेकेदार लुम्बिनी/प्रकृति जेभीले आगामी चैत २४ सम्म म्याद थप गराए पनि हालसम्मको प्रगति ८० प्रतिशत मात्र छ ।

निकुन्ज प्रशासनले पुलको पूर्वतर्फको करिब एक दर्जन रूख काट्न नदिएपछि काम प्रभावित भएको उनले आरोप लगाए । करिब २ सय ४० मिटर लामो पुल १५ करोड १६ लाख रुपैयाँमा निर्माण गर्ने गरी ठेकेदार कम्पनीले सकार गरेका हुन् । बगही खोलामा १ सय ५ मिटर लामो पुल निर्माणको ठेक्का सपना/लोहनी ज्वाइन्ट भेन्चरको कम्पनीले ९ करोड ३१ लाख रुपैयाँमा सकार गरेका थिए । ०७४ असार २८ मा सम्झौता भई गत पुस २६ मा काम सम्पन्न गर्ने अन्तिम म्याद थियो । तर, करिब ६० प्रतिशत मात्र प्रगति भएको प्रसाद बताउँछन् ।

घाँघर खोलामा १ सय २० मिटर लामो पुल निर्माणको सम्झौता सपना/लोहनी जेभी कम्पनीले ०७४ असार २८ मा गरेका थिए । गत पुस २६ मा काम सम्पन्न गर्ने गरी ९ करोड ५२ लाख रुपैयाँको ठेक्कामा ६० प्रतिशत मात्र प्रगति भएको छ ।

कार्यालयले ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको छ । पतरी खोलामा करिब २० मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एन्ड ब्रदर्श कम्पनीले ३ करोड ८४ लाख रुपैयाँमा पाएको थियो । ०७५ फागुन ३० को सम्झौताअनुसार ०८० असार ३० सम्म (म्याद थप गरेर) काम सम्पन्न हुनुपर्नेमा जम्मा २६ प्रतिशत काम सम्पन्न भएको छ ।

कार्यालयले ठेकेदार कम्पनीलाई कारबाही सुरु गरेको छ । १ सय २० मिटर लामो मुगही खोलाको पुल निर्माणको ठेक्का सपना/लोहनी जेभी कम्पनीले ७ करोड ३५ लाख रुपैयाँमा पाएका छन् । ०७४ असार २८ मा सम्झौता भई यही माघ २७ (म्याद थप गरेर) सम्म काम सम्पन्न गरिसक्नुपर्नेमा ८५ प्रतिशत मात्र प्रगति भएको छ ।

१७ मिटर लामो भालु खोलाको पुल निर्माणको ठेक्का नागार्जुन/जेजे ज्वाइन्ट भेन्चर कम्पनीले पाएका छन् । ०७६ भदौ ६ को सम्झौताअनुसार आगामी चैत ३० सम्म काम सम्पन्न गरिसक्नुपर्छ । ६५ प्रतिशत काम सम्पन्न भइसक्दा निकुन्ज प्रशासनले ईआईए स्वीकृत नभएको भन्दै काममा रोक लगाएको प्रसादको आरोप छ ।

२० मिटर लामो बाँदरमुढे खोलाको पुल निर्माणको ठेक्का सपना/आरडी ज्वाइन्ट भेन्चर कम्पनीले पाएका हुन् । ०७४ असार १८ मा सम्झौता भई २०७९ पुस ३० सम्म काम सम्पन्न गरी सक्नुपर्नेमा ७५ प्रतिशत मात्र प्रगति भएको छ ।

पुलको इस्टिमेटमा त्रुटि तथा निकुन्ज प्रशासनले ढुंगा बालुवा प्रयोग गर्न नदिएपछि काम प्रभावित भएको छ । त्यसैगरी, देवेन्द्रपुरदेखि बगही बसपार्कसम्म ७.७ किमि सडक कालोपत्रे गर्ने ठेक्का बज्रगुरु/ढुकुचु निर्माण सेवाले ज्वाइन्ट भेन्चरमा पाएका छन् । ३८ करोड ३२ लाख रुपैयाँको यो ठेक्कामा हालसम्म ३० प्रतिशत मात्र प्रगति छ । ०७६ कात्तिक १४ को सम्झौताअनुसार ०८० असार ३१ सम्म सडकको काम सक्नुपर्छ ।

यो सडक खण्ड निर्माणको ठेक्कापछि सर्वोच्च अदालतले ईआईए रद्द गरी काममा रोक लगाएपछि काम प्रभावित भएको प्रसादले बताए । त्यसैगरी, पर्सातर्फ ठोरी गाउँपालिकामा करिब साढे ५ किमि सडक निर्माण अधुरो छोडेर गतवर्षको वैशाखमा ठेकेदार कालिका/बानियाँ जेभी कम्पनी फिर्ता भएको थियो ।

यहाँ पनि रूख काट्न निकुन्ज प्रशासनले अनुमति नदिएपछि काम प्रभावित भएको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख प्रसाद आफूले समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा एक पटक र माडी नगरपालिकामा तीन पटक निकुन्जका अधिकारीसँग बैठक गरे पनि निकास ननिस्केको बताए ।

निर्माण व्यवसायी महासंघका महासचिव तथा आरडी निर्माण सेवाका प्रबन्ध निर्देशक रोशन दाहालले निकुन्ज प्रशासनको दोहोरो चरित्रको कारण हुलाकी राजमार्गका अधिकांश निर्माण प्रभावित हुन पुगेको आरोप लगाए । बाँदरमुढे खोलामा पुल निर्माणको ठेक्का आफ्नो र सपना ज्वाइन्ट भेन्चर कम्पनीले पाएकोमा निकुन्जको धेरै बाधा अवरोधको बीच करिब ७० प्रतिशत काम सम्पन्न गर्न सकेको उनले बताए । ‘खोलामै रहेको ढुंगा र बालुवा प्रयोग गर्नसमेत निकुन्ज प्रशासनले अवरोध गर्छ,’ उनले भने, ‘केही दिन काम गर्‍यो, फेरि हस्तक्षेप गर्छ, यसरी काम गर्नै गाह्रो भएको छ ।’

चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले ठेकेदार र हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय प्रमुखको आरोप गलत रहेको जिकिर गरे । ‘निकुन्ज प्रशासनले कुनै पनि पुल र सडक निर्माणमा अवरोध गरेको छैन, बरु अनुमति र सहमति दिएर आवश्यक सहजीकरण गरिरहेको छ,’ उनले भने, ‘ठेकेदारले आफैं रकम खर्च गर्न सक्दैनन्, निर्माण कार्यमा प्रयोग गर्ने ढुंगाबालुवाको राजस्व तिर्न सक्दैनन् भने त्यो उनीहरूकै समस्या हो ।’


Last Updated on: February 1st, 2023 at 11:03 pm


१४९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया