बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


दोहोरो राहदानी सम्बन्धमा लामिछानेविरुद्ध उजुरी

प्रकाशित मिति । १७ माघ २०७९ ।

काठमाडौँ — विदेशी नागरिक रहेको बखत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली नागरिकको रुपमा नेपाली पासपोर्ट लिएको भन्दै उनीविरुद्ध उजुरी परेको छ । अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज पौडेलले मंगलबार नेता लामिछानेविरुद्ध अध्यागमन विभागमा उजुरी दिएका हुन् ।

‘अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले ऐन वा नियम विपरीत कुनै अपराध भए वा हुन लागेको छ भने तहकिकात र कारबाही गर्नु पर्दछ भन्ने व्यवस्था भएकोमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ विपरीतको दण्डनीय कार्य गर्ने रवि लामिछानेलाई अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम हदैसम्मको सजाय गरी पाऊँ,’ पौडेलले दिएको उजुरीमा उल्लेख छ ।

साथै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट माघ १३ गतेको फैसला अनुसार लामिछानेमाथि छानबिन गर्ने सम्बन्धमा सम्बन्धित निकायले कसरी छानबिन गरिरहेको छ भन्दै त्यसबारे उजुरीमार्फत् जिज्ञासा राखिएको छ ।

अध्यागमन विभागका महानिर्देशलाई सम्बोधन गर्दै दिइएको उजुरीमा लेखिएको छ, ‘लामिछानले आफू अमेरिकी नागरिक भएको बखतमा केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्नसक्ने नेपाली राहादनी प्राप्त गर्ने जुन कार्य गरेका छन् सो कानुनद्वारा बर्जित र दण्डनीय छ । अध्यागमन ऐनको दफा ५ विपरीत भई दफा १० अन्तर्गत दण्डनीय भएको हुँदा सो ऐनको दफा ८ बमोजिम तत्कालै र शक्तिशाली व्यक्ति हुन् भनी कुनै पनि मोलाहिजा नगरी छानबिन र कारबाही प्रक्रिया अघि बढाइ निज रवि लामिछानलाई कानुनको दायराभित्र ल्याउने कर्तब्य यहाँले पूरा गर्नु हुनेछ भनी यहाँलाई जानकारी दिन चाहान्छु ।’

उजुरीकर्ता पौडेलले नेता लामिछानेले विगतमा प्रयोग गरेका नेपाली र अमेरिकी नागरिकता र राहदानीको प्रतिलिपि समेत पेस गरेको जनाएका छन् । उजुरीकर्ता पौडेल र अधिवक्ता रविराज बसौलाको उजुरीकै आधारमा गत माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो ।

उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य रहेको ठहर गरेको थियो । त्यसपछि माई १५ गते नेता लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रक्रिया पूरा गरी नागरिकता पुन: प्राप्त गरेका थिए ।

तयारी खाजाको बेफाइदा

सहरी क्षेत्रका कतिपय अभिभावक समयाभाव त कहिले छोराछोरीले घरको खाजा खाँदैनन् भनेर तयारी खाजा नै पठाइदिने गर्छन् । तर, यसले पार्ने दीर्घकालीन असरबारे भने त्यति चिन्ता गर्दैनन् ।

मैले पढाउने विद्यालयको यूकेजीका आयुश मुखिया पेट दुख्ने गरेकाले नियमित विद्यालय आउँदैन थिए । पछि पेटको शल्यक्रिया नै गर्नुपर्‍यो । अहिले आयुशलाई तयारी खाजा नखान चिकित्सकहरूले सुझाएका छन् । घरको भन्दा बाहिरको खाजा उनको मात्र होइन प्रायः बालबालिकाको पहिलो रोजाइ हुने गर्छ । उनीहरू तयारी खाजा भनेपछि हुरुक्कै हुन्छन् ।

यसो हुनुमा अभिभावकको भूमिका पनि उत्तिकै छ । तिनले कतै जाँदा बालबालिकाका लागि कोसेलीका रूपमा तयारी खाजा लगिदिने गर्छन् । कतिपय अभिभावक छोराछोरीले घरको खाजा खाँदैनन् भनेर तयारी खाजा पठाउने गर्छन् । त्यसो त अधिकांश अभिभावकले घरेलु खाजाभन्दा तयारी खाजा नै बढी खुवाउने गर्छन् । ससाना विद्यार्थीहरूको बानी पनि यसैमा परेको छ । त्यसैले पनि तयारी खाजाको माग दिनप्रतिदिन बढ्दै छ ।

मैले पढाउने विद्यालयमा भने स्थापनाकालदेखि दिवा खाजामा साप्ताहिक मेनु बनाएर हलुवा, आलुदम, खीर, चना केराउको छोला तथा आटा र कोदोको मम खुवाउने गरिएको छ । अधिकांश बालबालिकाले पनि यस्तो खाजा मन पराउने गरेका छन् । तयारी खाजा ल्याउने विद्यार्थीले विद्यालयमा पाक्ने यस्ता नौलो परिकार कहिलेकाहीँ खाने गरेका छन् । कतिपय अभिभावकले कोदो वा फापरको रोटी, उसिनेको इस्कुस, अण्डा, सुक्खा रोटी, भुटेको भात लगायत खाजा पठाउने गरेका छन् । म पनि प्रायः विद्यालयकै खाजा खान्छु ।

विद्यार्थीलाई तयारी खाजा ल्याउन बन्देज गरे पनि बालविकास र शिशु कक्षाका अधिकांश विद्यार्थीका अभिभावकले यो कुरा मानेका छैनन् । सहरी क्षेत्रका कतिपय अभिभावक समयाभाव त कहिले छोराछोरीले घरको खाजा खाँदैनन् भनेर तयारी खाजा नै पठाइदिने गर्छन् । तर, यसले पार्ने दीर्घकालीन असरबारे भने त्यति चिन्ता गर्दैनन् । तयारी खाजाले स्वास्थ्यमा पार्ने असरबारे अभिभावक अनभिज्ञ भएकाले यसलाई पूर्ण रूपमा बन्देज गर्न सकिएको छैन । अर्को आक्रामक विज्ञापनले पनि यसको बजार फस्टाइरहेको छ ।

स्वास्थ्यविज्ञहरूले बालबालिकालाई घरेलु खाजा नै खुवाउनुपर्छ भनेर सल्लाह दिइरहेको वर्षौं भयो । त्यस्तै ‘स्वस्थ खाजा स्वस्थ दिमाग’ भन्दै आएको पनि निकै भयो । तर, अभिभावकको अल्छीपन तथा तयारी खाजाले पार्न सक्ने असरबारे अनभिज्ञ हुँदा छोराछोरीले खाने दिवा खाजाप्रति उदासीन देखिन्छन् । परम्परागत र ताजा खाजाले छोराछोरीलाई स्वस्थ र फुर्तिलो बनाउँछ भन्ने पक्षलाई त्यति महत्त्व नदिने अधिकांश अभिभावकले ‘दिउँसो जे खाए पनि हुन्छ भोक मेटाउनु त हो नि !’ भन्ने गरेको भेटिन्छ ।

छोराछोरीको स्वास्थ्यप्रति उदासीन अभिभावकहरूकै कारण स्वास्थ्यविज्ञहरूको सल्लाह–सुझाव ‘बालुवामा पानी खनाएसरह’ हुने गरेको छ । कतिपय साना विद्यार्थीहरू बिहान अबेरसम्म सुत्छन् र उठ्नेबित्तिकै विद्यालय जानुपर्ने हुँदा उनीहरूले घरको खाना राम्ररी खान पाइका हुन्नन् । दिउँसो भोकाएका हुन्छन् । यस्तो बेला परम्परागत र ताजा खाजाले मनमस्तिष्कलाई ऊर्जावान् मात्र बनाउँदैन विद्यार्थीहरूले मन लगाएर पढ्ने पनि गर्छन् । यो वास्तविकतालाई धेरै अभिभावकले नजरअन्दाज गरेको पाइन्छ ।

दिउँसोको खाजाको महत्त्व बुझेरै हुनुपर्छ, छिमेकी मुलुक भारतका कतिपय राज्यमा पाँच दशकअघिदेखि नै विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सुरु गरिएको थियो । तीनताक प्राथमिक तहमा पढ्ने मजस्ता धेरैले दिवा खाजा मात्रै हैन घर जाने बेला लिटो पनि खान्थ्यौं ।

पढाइभन्दा पनि दिउँसो रोटी अण्डा र बेलुकी लिटो खान नियमित विद्यालय जाने गर्थे । विद्यार्थीहरूले घरबाटै ससाना बटुका र कप ल्याउने चलन थियो । प्रधानमन्त्री इन्दिरा गान्धीको पालामा प्राथमिक तहका विद्यार्थीका लागि सुरु गरिएको दिवा खाजा अहिले माध्यमिक तहसम्मकाले पाउँछन् ।

भारत सरकारले गाउँटोलका आँगनबाडी अर्थात् बाल विकास केन्द्रहरूमा समेत दिवा खाजा कार्यक्रम सुरु गरेको धेरै वर्ष भयो । यसका लागि सहजकर्तासहित एक जना खाजा पकाउने सहयोगी उपलब्ध गराउँदा आँगनबाडीप्रति आकर्षण बढ्दै गएको देखिन्छ । हाम्रोमा पनि कछुवा गतिमै भए पनि दिवा खाजाको कार्यक्रम सामुदायिक विद्यालयहरूमा सुरु भएको छ ।

मोरङ जिल्ला अन्तर्गत विराटनगर महानगरका कतिपय सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । त्यहाँस्थित जनपथ माविमा शिशु कक्षादेखि ६ सम्मका झन्डै ४ सय ८० विद्यार्थीले दिवा खाजा खाने गरेका छन् । यसका लागि संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँका दरले बजेट दिने गरेको छ । यति पैसामा दिवा खाजा खुवाउन हम्मेहम्मे पर्छ ।

विद्यालयहरू आफैंले दैनिक ज्यालादारीमा सहयोगी व्यवस्थापन गरिरहेका छन् । स्थानीय उत्पादन र परम्परागत परिकार खुवाउन सके १५ रुपैयाँले पनि विद्यार्थीलाई दिवा खाजा खुवाउन सकिने कतिपय शिक्षक बताउँछन् । विगत केही वर्षदेखि विभिन्न सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावकहरूलाई दिवा खाजाका परिकारबारे अभिमुखीकरणका कार्यक्रम पनि समुदायस्तरमा भइरहेको छ ।

सरकारको दिवा खाजा नीतिले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएको देखिन्छ । हुँदाखाने अभिभावकलाई विद्यालयको दिवा खाजा कार्यक्रमले केही राहत दिलाएको छ ।

अर्कातिर यसको परिकारबारे चर्चा सुनिँदैन । यसमा पनि सम्बिन्धत विद्यालयले उत्तिकै ध्यान दिनुपर्छ । दिवा खाजाले विद्यार्थीहरूको सिकाइमा पनि सकारात्मक प्रभाव पार्छ । यसलाई कसरी गुणस्तरीय बनाउने भन्नेबारे छलफल आवश्यक छ । शिक्षकहरूले केही रकम थपेर विद्यालयमै खाने गरे दिवा खाजाको महत्त्व बढ्नेछ ।

सामुदायिक विद्यालयहरूले स्थानीय तथा परम्परागत अन्नबाट तयार गरिने खाजा विद्यार्थीहरूलाई दिने हो भने स्थानीय उत्पादन र सीपको प्रवर्द्धन हुनेछ । दिवा खाजाका परिकारबारे विद्यालयले अभिमुखीकरण कार्यक्रम गर्न सके समुदायमा पनि यसको महत्त्व स्थापित गर्न सकिन्थ्यो ।

यसका लागि विद्यालय व्यवस्थापन समिति लगायत प्रधानाध्यापकहरूले पनि चासो दिनु जरुरी छ । कतिपय विद्यालयमा दिवा खाजा खाएपछि विद्यार्थी नआउने समस्या कम भएको छ । यसको फाइदाका बारे सरोकारवालाहरू बुझाउन सक्नुपर्छ र थप प्रभावकारी कसरी बनाउने भन्नेबारे संघीय सरकारको ध्यान जानुपर्छ ।


Last Updated on: January 31st, 2023 at 8:10 pm


२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया