मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । १६ माघ ३०७९ ।

काठमाडौ

सर्वोच्च अदालतको संवैधानिक इजलासले आज रविको सांसद र मन्त्री पद खारेजी गरिदिएको छ। उनले अमेरिकी नागरिकता परित्याग गरेपनि नेपाली नागरिकता पूनः प्राप्तिको लागि प्रक्रिया अवलम्बन नगरेको भन्दै अनागरिक भनेको छ। यसैक्रममा पत्रकार प्रेम बाँनिया लेख्छन्, नेपालको सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै ‘पृथ्वीकै अनागरिक’ बाँचिरहेका स्टेटलेस अर्थात् राज्यबिहीन साथी रबिजी ।

तपाईंले देशमा परिकल्पना नै गर्न छुटेका विषयहरुसमेत उजागर गरेर देश र जनताकै लागि योगदान गरिरहनु भएको छ ! माँत्तिने वा आँत्तिने परिस्थितीबाट बाहिर आएर संयमता र धैर्यताका साथ यो खेलमा अगाडि बढ्नुभयो भने आजका यिनै ब्यवधान र अप्ठ्यारा गौंडाहरु तपाईंको मात्र होइन देशकै जीवनमा इतिहास बन्नेछन्, नजीर बन्नेछन् । ‘भोलि अर्को कोही राज्यबिहीन (स्टेटलेस) नबनोस्’का लागि आज तपाईं स्टेटलेस हुनु भनेको पनि परिवर्तनको एउटा क्रान्ति हो ।

फैसलाअनुसार कुनै समय एक साथ दुई वटा देशको नागरिक रहेको तपाईं अहिले कुनै पनि देशको नागरिक हुनुहुन्न ! यो आश्चर्य संसारका बिरलै मान्छेको जीवनमा मात्र हुन्छ, त्यो तपाईं बन्न पुग्नुभयो । तर, यो समय पनि छिट्टै पार हुनेछ ।

र, हामी मिलेरै परिवर्तनको यो ऐतिहासिक अठोटलाई पूरा गर्नेछौं । केही खत्तम भइसकेको छैन बरु झन् बलियो भएर अगाडि बढ्न तपाईंको जीवनको एउटा ‘फिल्म’ले खतरनाक उपकथा पाएको छ ! दुखी हुनुपर्ने रत्तिभर कारण छैन । हामी सँधै सँगै छौं ।

यद्यपि म अलिकति पछि फर्किन चाहन्छु जो बताएर तपाईंलाई आगामी दिनमा दूरदर्शिताका साथ अगाडि बढ्न सजिलो होस् । संसारमा कुनै पनि चिजबस्तु वा विचार एक प्राकृतिक विकासबाट सम्भव र सफल हुन्छ, मेरो मान्यता छ ।

त्यसैले ‘छिट्टै खाउँ, जल्दै मरुँ’ नगरी हतारपूर्वक सत्तामा जानु हुन्थेन भन्नेमा म आज पनि अडिग छु । जबकि तपाई/हामीलाई राम्रोसँग थाहा थियो र छ कि नेपालको अहिलेको संसदीय व्यवस्था भनेको एकले अर्कोलाई सिध्याउने र जसरी पनि सत्ताको ललिपप लिएर जनतालाई झुक्याउने ब्यवस्था हो ।

जब तपाईंको पार्टीको वा कसैको पनि बहुमत छैन, हुने खेल यस्तै हो, भयो । तर, स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै एकदम हतार गरेर जब तपाईं सत्तामा जानुभयो र जेजे गर्नुभयो वा बोल्नुभयो जस्तो कि, क्याबिनेटभित्रैको प्रतिपक्ष बन्नेदेखि पहिलो निर्णय निर्मला हत्याकाण्डको फाइल उतार्नेहुँदै भीभीआईपीका सुरक्षाकर्मी फिर्ता बोलाउने र क्रमश क्रसर उद्योगहरु बन्द गर्नेसम्म आइपुग्दा त तपाईंलाई तपाईंका आफ्नै निर्णयहरुमध्ये कुनै एकले वा ती सवै निर्णयहरुले नै स्वत सरकारबाट गलहत्याउने थिए ।

किनकी यस्तो अवस्थामा सरकारमा जानु भनेको अबगाल आर्जन गर्नु मात्र थियो । त्यसमाथि पनि तपाईं स्वयम्का लागि त झन् यो डरलाग्दो विषय थियो सत्ता । आज लाग्ला फरक विषयले तपाईंलाई सत्ताबाट बाहिर निकालिदियो तर यसभित्र पनि त्यही गन्ध छ र यदी यो विषय थिएन भने पनि हुनेवाला यस्तै-यस्तै थियो ।

सम्झिनुस्, त्यो चुनावी माहौल ! तपाईंको जीतको समय ! त्यो एक महिनाअघिको रबि लामिछाने र अहिले सत्तामा गएर फर्किएको रबि लामिछाने ।

अब यी दुई रबि लामिछानेहरु भए ! र, यी दुईबीच अब धेरै अन्तर परिसकेको छ ! यसको मतलब नेता हुनु भनेको दूरदर्शी हुनु हो, तपाईंले जाबो यति एक महिनाको दूरी पनि अनुमान गर्न सक्नुभएन र जनताको चित्त दुखाउनु भयो ! जबकि तपाईंलाई जति तपाईंको नागरिकता वा अरु विषयबारे यो दुनियाँका कुनै पनि वकिल, न्यायाधीश त के कसैलाई पनि थाहा थिएन एकातिर।

अर्कोतिर जनताले आफ्नो राजनीतिक छाक काटेर दिएका त्यो अपार मतको भारी पनि गर्हुंगो भएको थियो, त्यो देखिन्थ्यो । एक दिन छिट्टै भेटेर यी सवलाई केलाउँला तर यतिवेला तपाईं एउटा चरणमा हुनुहुन्छ र यसलाई पार लगाउनु छ ।

यसका लागि जम्माजम्मी एउटै बाटो छ त्यो हो नेपाली नागरिकता लिने प्रक्रियामा तत्काल जाने र उपनिर्वाचनको बाटोहुँदै परिवर्तनको बाटोमा पुन अघि बढ्ने । तर, सुनिरहेको छु, यो नागरिकताको विषयभन्दा पनि डरलाग्दो गरेर तपाईंको पासपोर्ट विषयको फैसला हुँदैछ ।

अब तपाईंले आफै जनतामाझ उभिएर भनिदिनु होला कि साँच्चै केके गर्नु भएको थियो ? जसले गर्दा जनताले सम्पूर्ण सत्य समयमै थाहा पाउन् । एक समालोचनात्मक साथी हुनुको नाताले यी सबै शब्दहरुको तात्पर्य, नेपालमा उदाउँदै गरेको नयाँ पुस्ताको आवाज असफल नहोस्, नहारोस् यो पुस्ता परिवर्तनको लडाईं र मैले भन्न खोजेको यही हो कि एक जुगमा आएको एक दिन खेर नजाओस् । जय स्वाभिमान !

‘चिफ कन्क्लेभ’ तयारी

काठमाडौँ — सेना दिवसको अवसरमा नेपाली सेनाले वर्तमान र पूर्वमानार्थ महारथीहरूलाई बोलाएर ‘चिफ कन्क्लेभ’ गर्ने भएको छ । त्यसका लागि भारतका वर्तमान र अवकाश प्राप्त मानार्थ महारथीहरूलाई बोलाइएको छ ।

नेपाली सेना स्थापना भएको फागुन ६ मा २ सय ६० वर्ष पुग्दै छ । ‘हामीले यस पटक विभिन्न कार्यक्रम गरिरहेका छौं, फागुन ७ मा हुन लागेको चिफ कन्क्लेभ पनि त्यसैमध्येको हो,’ सैनिक प्रवक्ता तथा सहायक रथी कृष्ण भण्डारीले भने । मानार्थ महारथीहरू फागुन ५ मा आएर तीन दिन बस्नेछन् । फागुन ७ मा सैनिक मञ्चमा परमाधिपति (राष्ट्रपति) सहित हुने कार्यक्रममा उनीहरू उपस्थित हुनेछन् ।

नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी रहँदै आएका छन् । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने प्रचलन छ ।

कन्क्लेभमा भारतबाट नेपाली सेनाका मानार्थ महारथीहरूसहित नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू (भारतीय सेनाका मानार्थ महारथीहरू) को उपस्थिति हुनेछ । जसमा हालका भारतीय सेनाध्यक्ष मनोज पाण्डेसहित अवकाश प्राप्त सेनाध्यक्षहरू विश्वनाथ शर्मा, शंकर रोय चौधरी, सुन्दरारञ्जन पद्मनावन, निर्मल चन्द्रर भिज, जोगेन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोजमुकुन्द नरवणे रहेका छन् ।

भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाश प्राप्त प्रधानसेनापतिलाई नयाँदिल्लीमा बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेको छ । नेपालले भने पहिलो पटक गर्न लागेको प्रवक्ता भण्डारीले बताए । ‘एक दर्जन मानार्थ महारथीहरूलाई निम्तो पठाइएको छ, भारतबाट को–को आउनुहुन्छ भन्ने केही समयपछि मात्र थाहा हुनेछ,’ उनले भने ।

सेनाका अनुसार नेपालबाट पहिलो पटक मानार्थ महारथीको दर्जा पाउने भारतीय सेनाका स्थल सेनाध्यक्ष केएम करिअप्पा हुन् । सन् १९५० मा नेपाल भ्रमणका क्रममा नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानित भएका थिए । उक्त परम्परा २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।


Last Updated on: January 30th, 2023 at 9:50 am


११९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया