मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


मुटुरोगसम्बन्धी सेवालाई विकेन्द्रीकरण गर्न जरुरी : राज्यमन्त्री कार्की

प्रकाशित मिति । १५ माघ २०७९ ।

काठमाडौ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटुरोगसम्बन्धी सेवाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छिन् ।

आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालका सेवाहरूलाई विकेन्द्रीकरण गरी प्रादेशिकस्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको बताइन् । उनले गंगालाल अस्पतालका संस्थाहरू प्रादेशिक अस्पतालमा सेवा युनिटको रूपमा स्थापना गर्न सरकारले पहल गर्ने उल्लेख गरिन् ।

राज्यमन्त्री कार्कीले १५ वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तारित गर्दै सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्नेगरी मुटुरोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने धारणा राखिन् ।

‘१५ वर्षमुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तारित गर्दै अब सम्पूर्ण रूपमा हरेक नागरिकले अनुभूत गर्ने गरी मुटुरोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ,’ उनले भनिन् ।

रेबिजको त्रासले घर बाराबार

रेबिजबाट एक व्यक्ति र पशु चौपायाको मृत्यु, गुल्मी दरबार र छिमेकी छत्रदेवका १ सय ३६ जनाले लगाए रेबिजविरूद्ध भ्याक्सिन

गुल्मी — गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीमा अहिले रेबिजको त्रास फैलिएको छ । एक महिलाको मृत्युपछि रेबिजको त्रास फैलिएको हो । त्यही त्रासले कोभिडकालमा जस्तै अहिले गाउँमा घर बाराबार हुन थालेको छ ।

रेबिज लागेको घरमा जान हुन्न भन्दै स्थानीयले घर बाराबार गर्न थालेका हुन् । सचेतना र सही सूचनाको अभावमा गाउँगाउँमा रेबिजको त्रास फैलिएको छ ।

रेबिज लागेर गुल्मी दरबार गाउँपालिकामा एक महिलाको मृत्यु भएको हो । रेबिजविरुद्धको खोप नलगाएकी गुल्मी दरबार गाउँपालिका–६ की ४३ वर्षीया एक महिलालाई पुस ९ मा रेबिजको लक्षण देखिएको थियो । ढिलामात्र टेकु अस्पताल पुगेकी उनको उपचार सम्भव नभएपछि पुस १२ मा मृत्यु भयो । गाउँमा अहिले पनि रेबिजको त्रास उस्तै छ ।

हाल, गुल्मी दरबारसँगै सिमाना जोडिएको अर्घाखाँचीको छत्रदेवमा कुकुरले पशु चौपाया र मानिसलाई टोकेर त्रास फैलिएको छ । मंसिर ११ देखि पुस १५ सम्म गुल्मीदरबार र छिमेकी अर्घाखाँचीको छत्रदेवका १ सय ३६ जनाले रेबिजविरुद्धको भ्याक्सिन लगाएका छन् ।

छत्रकोट–५ का अर्जुन कँडेलका अनुसार यही बीचमा गुल्मी दरबार–४ मा ढाड लतार्दै हिँडेको कुकुर आफैं मर्‍यो । स्थानीयले उक्त कुकुरलाई गाडे । छत्रकोटमा पनि कुकुर मरेको हल्ला चल्यो ।

रेबिजबाट महिलाको मृत्युमा गुल्मी दरबार गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक मुकेश थापाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल पनि बन्यो । न उक्त कार्यदलको प्रतिवेदन आयो, न पालिकाले जनचेतनाका कार्यक्रम नै गर्‍यो । छानबिनका लागि गठित कार्यदलले गाउँपालिकालाई प्रतिवेदन बुझाएको छ । तर अध्ययनकै चरणमा रहेको गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

फेरि पुसको तेस्रो साता गुल्मी दरबार–५ का अर्जुन कँडेलको भैंसी कुकुरजस्तै कराउने, आँखा राता हुने, मान्छे देख्दा उठिहाल्ने लक्षण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा फोन गरे । पशु चिकित्सक पुगेर उपचार गरे । तर, कुन रोग लागेको पुष्टि नहुँदै पुस २६ मा भैंसी मर्‍यो ।

त्यति नै बेला उनका भतिज बाबुराम कँडेलको भैंसीलाई पनि उस्तै लक्षण देखियो । अर्जुनले पशु चिकित्सक बोलाए । त्यो भैंसी पनि मर्‍यो । भेटेरिनरी अस्पतालको टोलीले रोग परीक्षणका लागि पोखरा पठायो ।

भैंसी रेबिजका कारण मरेको पुष्टि भयो । उता छत्रकोट गाउँपालिका–५, खर्ज्याङका डालप्रसाद पन्थीको एक साताको अन्तरमा २ वटा भैंसी मरे । शुक्रबार भेटेरिनरी अस्पतालको टोलीले परीक्षण गर्दा रेबिज पुष्टि भयो ।

‘एउटा भैंसी पहिल्यै मरेर गाड्नुभएको रहेछ, अर्को पनि मरेपछि गोठमै पुगेर परीक्षण गर्दा रेबिज देखियो,’ पशु चिकित्सक डा. मदन भण्डारीले भने । यही अवधिमै छत्रकोटका काशीनाथ ढकालको गाई पनि मर्‍यो ।

एक व्यक्ति र कतिपय पशु चौपायालाई रेबिज पुष्टि भएर धमाधम मृत्यु हुँदा पनि स्थानीय सरकार बेखबर जस्तै छन् । ‘३ लाखमा किनेका २ वटा भैंसी मरे, पीडामाथि छिमेकीहरूले घर बारेका छन्,’ छत्रकोट–५ का सिद्धिविनायक कृषि तथा पशुपक्षी फर्मका डालप्रसाद पन्थीको गुनासो छ, ‘रेबिज लागेको भैंसीबाट हामीलाई सर्छ कि सर्दैन ? सर्दैन भने छिमेकलाई नडराउनूस् भन्न हाम्रो सरकार किन आउँदैन ?’

रेबिज लागेर पशु चौपायाको मृत्यु भएका घर बराबार भइरहेकाले रेबिजको त्रास फैलिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले स्वीकार गरे । त्यसविरुद्ध स्थानीय तहले सचेतनाका कार्यक्रम गरिरहेको उनले बताए ।


Last Updated on: January 29th, 2023 at 2:01 pm


६७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया