मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


डिभो’र्सपछि श्रीमतीलाई अंश नदिनका लागि आफ्नो ९ करोडको घर आफैं जला’ए….

प्रकाशित मिति । १४ माघ २०७९ ।

एजेन्सी

डिभो’र्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आ’गो लगाएका छन् ।

जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो । ती व्यक्तिले घरमा आ’गो लगाएपछि दमकल विभाग’लाई फोन पनि गरेनन् ।

यति’सम्म कि घरमा आयो लागेपछि त्यसको क्षति’पूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्य’न्त्रको खुला’सा एक्सेटर क्राउन कोर्टमा सुनुवाइको क्र’ममा भयो ।

पुलिस र दमकल विभागले अदालतलाई यो आगो आक’स्मिक नभइ जानीजानी लगा’इएको बताए । जाँच’कर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगा’एकोमा दोषी बताउँदै उनी एक्सेटर नजिकै केन’फोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामी’बाट असन्तुष्ट रहेको बताए ।

डेली’मेलका अनुसार यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आ’गो लगाउनु’भन्दा पहिले निकै म:दिरा पि’एका थिए ।

त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डर’लाई ब्लोट’र्चबाट आगो लगाए । आ:गो लगाए’पछि उनी आरामले कुर्सीमा बसे र फेरि मदिरा पिउन’थाले । छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर जलि’रहेको आफूले हेरि’रहेको बताएका थिए ।

जाँच’कर्ताहरुका अनु’सार घरमा १७ जूनमा आगो लगा’इएको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पाउण्डमा बेचिँदै थियो । तर, आगो लागे’पछि यो घर यति ख’राब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पाउण्ड’मा बेचियो ।

अदालतमा बताइए’अनुसार आगो लगाउनुभन्दा पहिले जोनले श्रीमती’लाई घर’भित्रका सामान निकाल्न पनि दिएका थिएनन् । जोनले आफू’माथि लागेको आरोप स्वीकार गरेका छन् ।

विदेशी कलेजको व्यवस्थापन

काठमाडौँ — लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको अनुमतिमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले विदेशमा रहेका अन्य कलेजको व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

शनिबार काठमाडौंमा इस्लिङट्न कलेज, लन्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेन्ड टिचर र आरभीआई ग्रुपबीचमा लन्डन बीए (अनर्स) बिजनेस प्रशासन कोर्स अध्ययन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बीए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्न चार निकायबीच सम्झौता भएको कलेजका अध्यक्ष सुलभ बुढाथोकीले बताए । विश्वविद्यालयले तयार गरेको पाठ्यक्रमका आधारमा म्यानम्यार र थाइल्यान्डमा अध्यापन हुनेछ । आगमी फेब्रुअरीबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।

आरभीआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग गर्ने सम्झौतामा उल्लेख छ । इस्लिङ्टन कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्ने उनले बताए ।

‘विद्यार्थी परामर्शदेखि भर्ना प्रक्रिया र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने व्यवस्था गर्नेलगायतको मुख्य भूमिका रहनेछ,’ उनले भने, ‘कलेजका संकाय पनि मूल्याङ्कन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देशअनुसार मार्किब प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुने हुनेछ ।’

अनलाइन शिक्षाका लागि प्लेटफर्मको रूपमा माई सेकेन्ड टिचरको प्रयोग गर्दै छ । माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइनेछ र तिनीहरूको असाइनमेन्टहरू पनि सोही प्लेटफर्ममा वितरण गर्ने माई सेकेन्ड टिचरका संस्थापक डा. बेन्सन सुङले जानकारी दिए ।

फुटबल मैदानमा मेयर बालेन्द्र

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । २८ औं महानगर दिवसको अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार महानगरका प्रतिनिधि र कर्मचारीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

प्रतियोगितामा मेयर बालेन्द्र शाहले पनि फुटबल खेलेका छन् । मेयर शाहको टिम प्रशासकीय अधिकृतको टिमसँग ६–१ गोलले पराजित भएको छ । फुटबल हेर्न उपमेयर सुनिता डंगोल समेत कार्यक्रममा उपस्थित थिइन् ।


Last Updated on: January 28th, 2023 at 10:51 pm


२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया