मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रेम आचार्यको इलाम घरमा पुग्दा रुवाबासी, कलिला छोरीहरु एकोहोरो बारम्बार टोलाइरहन्छन (भिडियो सहित)

प्रकाशित मिति । १३ माघ २०७९ ।

काठमाडौं । आत्मदाहको प्रयासपछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले श्रीमानले मृत्युअघि फेसबुक स्टाटसमा उल्लेख गरेअनुसार नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध जाहेरी दर्ता गरेकी छन् ।

बिहीबार जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पुगेर नानुकाले नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएकी हुन् । स्टाटसमा प्रेमले आरोप लगाएकाहरू कसूरदार भएको दाबी गर्दै आवश्यक कानुनी कारबाहीसहित नानुकाले क्षतिपूर्तिको पनि माग गरेकी छिन् ।

जाहेरीमा काथबोर्ड इन्टरनेसनल कलेज, सान इन्टरनेसनल कलेज, सुजुकी सोरुम, इलाम सूर्योदय नगरपालिका–११ टेकबहादुर राईको साङपाङ डेरी, नेपाल ग्रामोध्योग कम्पनी र त्यहाँका सञ्चालक उपेन्द्र महतो एवं समताप्रसाद, गोल्यान एग्रो, अनिल बस्नेतको मेरो तरकारी डट कम, डाबर नेपाल प्रालि, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारमाथि जाहेरी दिइएको छ ।

तेस्तै उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

आज गठन गरिएको समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने छन् ।

आचार्यले आ त्म दा ह प्रयास गर्दा निधन भएका सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशिघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न समितिलाई निर्देशन दिइएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशिघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

भिडियो हेर्नुस

सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम ३६ महिनाभित्र सक्नुपर्ने

काठमाडौँ — निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार गरिदैँ छ । त्यसका लागि ३६ महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । कुल १५.५ किमि सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का भएको छ ।

८.४ किलोमिटर दूरी रहेको उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । उक्त खण्डको ठेक्का सम्झौता २०७९ मंसिर २७ मा भएको हो । ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ रहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता भीमार्जुन अधिकारीले बताए ।

सूर्यविनायक–साँगा खण्डको दूरी भने ७.५ किमि छ । उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीले २०७९ पुस २४ गते लिएको हो । ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेको छ । ‘यी दुवै खण्डको काम ठेक्का सम्झौता भएको मितिबाट ३६ महिनाभित्र सकिसक्नु पर्नेछ,’ प्रवक्ता अधिकारीले भने, ‘सवारी आवामगमन नरोकी काम गरिनेछ ।’ यो खण्डमा दैनिक सवारी चाप हुन्छ ।

साँघुरो सडकका कारण ट्राफिक जाम बढेपछि यो सडकलाई विस्तार गर्न लागिएको हो । ‘यो सडकमा सवारी चाप बढ्दो छ,’ उनले भने, ‘बढी ट्राफिक जाम साँगा खण्डमै हुने गरेको छ । सडक विस्तार भएपछि यो समस्या समाधान हुने अपेक्षा छ ।’ बीपी राजमार्ग सञ्चालनमा आएपछि यो खण्डमा सवारी चाप बढेको हो । कोटेश्वर ट्राफिक प्रहरीका अनुसार कोटेश्वरबाट लामा दुरीका सवारी मात्र दैनिक १ हजार बढी छुट्ने गरेका छन् ।

पद रिक्त भएको १ वर्षपछि राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्षको पद रिक्त भएको १ वर्षपछि निर्वाचन हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार ४ बजे बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्ने भएका हुन् ।

राष्ट्रिय सभा बैठक दैनिक कार्यसूचीको पहिलो नम्बरमा उक्त विषय राखिएको छ । ‘अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ मा उपाध्यक्ष निर्वाचनको व्यवस्था छ । जसको नियम १ मा भनिएको छ, ‘उपाध्यक्षको निर्वाचन अध्यक्षले तोकेको दिन र समयमा हुनेछ ।’

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूबीच कसलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने भन्ने सहमति नभएकाले निर्वाचन मिति र समय नतोकेको बताउने गरेका थिए । हाल सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ ।


Last Updated on: January 27th, 2023 at 4:12 pm


२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया