मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


आत्मदाह गरेका आचार्यको परिवारले ५० लाखको बीमा दाबी पाउने, प्रकृया अगाडी बढाउन कम्पनीको आग्रह

प्रकाशित मिति । १३ माघ २०७९ ।

काठमाडौं । नयाँ वानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट लगभगत ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी पाउने भएका छन् । आचार्यले २०७७ सालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए ।

यद्यपी आचार्यले आफ्नो सुसाइड नोटमा ‘बिर्तामोड झापा शाखा का रुद्र निरौला, बिकास श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेलहरु जसले बीमा गर्दिन भन्दा भन्दै जबरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख असुले ।’ भनेका छन् ।

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार आचार्यले बिर्तामोड झापा शाखाबाट ५० लाख रुपैयाँ बीमाङ्क बराबरको पोलिसी खरिद गरेका थिए । उनले भने ‘सामाजिक सञ्जालमा एक करोड भनिए पछि हामीले पोलिसी फाइल हेर्दा ५० लाख रुपैयाँको बीमा गरिएको पाइएको छ । सायद उहाँलाई यस विषयमा पुर्ण जानकारी थिएन ।’

आचार्यले पोलिसी खरिद गरे पछि लगातार दुई किस्ता बापतको बीमा शुल्क भुक्तानी गरेका थिए । तर पछिल्लो किस्ता बापतको बीमाङ्क रकम भुक्तानी गरेका थिएनन् । समयमा तेस्रो किस्ता भुक्तानी नगरेकाले उनको यो पोलिसी व्यतित बीमालेखमा गणना भइकेको थियो ।

नियम अनुसार बीमा पोलिसी खरिद गरेको दुई वर्षसम्म बीमितले आत्महत्या गरेमा दाबी भुक्तानी पाइदैन । तर पोलिसी खरिद गरेको तीन वर्ष पुगेकोले उनि दाबी पाउन योग्य भएको अर्यालले जानकारी दिए । आचार्यले धनफिर्ता ‘मनिव्याक’ पोलिसी खरिद गरेको हुँदा उनले वार्षिक रुपमा बीमाङ्कको ५ प्रतिशतका दरले दाबी पाउने व्यवस्था छ ।

सोहि अनुसार उनले यस अगाडी २ पटक ५ प्रतिशतकादरले फिर्ता पाइसकेका छन् । यस हिसावले उनले ५ लाख रुपैयाँ फिर्ता पाइसकेका छन् । उनको परिवारले दाबी पाउदा बीमाङ्क रकममा यो पैसा घटाइन्छ ।

कम्पनीले विर्तामोड शाखाबाट पोलिसी फाइल मगाएको छ । उक्त पोलिसी फाइल आइसके पछि मात्रै उनको परिवारले ठ्याक्कै कति रुपैयाँ पाउने भन्ने विषयमा जानकारी गराउनेछ । कम्पनीले दाबी भुक्तानी गर्दा नियम अनुसार आचार्यले भुक्तानी पाएको रकम घटाउनेछ । त्यस पछि बीमित आचार्यले तिरेको बीमाङ्क रकमको बोनस सहित जोडिनेछ । यस आधारमा आचार्यको परिवारले ५० लाख हाराहारीकै दाबी पाउने देखिन्छ ।

बीमा पोलिसीमा बीमित आचार्यले हकवालाको नाम आफ्नै श्रीमती नानुका अधिकारी राखेका थिए । अव आवस्यक कागजपत्र पुर्याएर दाबी भुक्तानीको प्रकृया पुरा गर्ने वित्तीकै उनले दाबी पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जानकारी दिए ।

आचार्यले गत मंगलबार फेसबुकमा आफुले आत्महत्या गर्नुको कारण सहित सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट सार्वजनिक गरेका थिए । सुसाइड नोट सार्वजनिक गरेर उनले नयाँ बानेश्वर स्थित संघीय संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार विहान उपचारको क्रममा ज्यान गएको थियो ।

इलाम स्थायी घर भएका आचार्य उद्यमी, व्यवसायी थिए । व्यवसायका क्रममा आइपरेका अनेकौ समस्यालाई सार्वजनिक गरेका आचार्य प्रति सबैले सहानुभुती राख्दै आएका छन् । आफ्नो असफलताको कथामा उनले सन नेपाल लाइफमा बीमा गर्दा बिर्तामोड झापा शाखाका रुद्र निरौला, बिकास श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेलहरुले आफुलाई जवरजस्ती बीमा गरिदिएको उल्लेख गरेका छन् ।

उनले जवरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख रुपैयाँ असुलेको आरोप लगाएका छन् । उनले बीमा कम्पनीका कर्मचारी र बीमितलाई यस्तो आरोप लगाए पनि उनको श्रीमती नानुका अधिकारीले लगभग ५० लाख रुपैयाँ दाबी पाउने भएकी छिन् ।

पाकिस्तानी रुपैयाँ इतिहासकै कमजोर

काठमाडौँ — पाकिस्तानी मुद्रा इतिहासकै कमजोर भएको छ । बिहीबार पाकिस्तानी बजारमा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर सावित भएको पाकिस्तानी रुपैयाँको मूल्यमा शुक्रबार झन् गिरावट आएको छ ।

शुक्रबार स्थानीय समयअनुसार बिहान साढे १० बजे १ डलरको सटही दर २६४ रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार पाकिस्तानी मुद्राको मूल्यमा ३.३६ प्रतिशतले गिरावट आएको हो ।

बिहीबार पाकिस्तानमा डलरको मूल्य २५५ रुपैयाँ पुगेको थियो जुन सन् १९९९ मा नयाँ सटही दर प्रणाली लागू भएपछिको सबैभन्दा कमजोर सावित भएको हो ।

बढ्दो महँगी र वैदेशिक मुद्राको सञ्चितिमा कमी भएकाले अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा निकै कमजोर बनेको हो । विदेशी मुद्राको सञ्चिति कम भएपछि र डलर बलियो हुन थालेपछि एक्सचेन्ज कम्पनिज एसोसियसन अफ पाकिस्तानले डलरको भाउ स्थिर राख्ने प्रयास गरेको थियो ।

सरकारले पनि बजारमा देखिएको अराजकता नियन्त्रणका लागि भन्दै अन्तरबैंक दर स्थिर राखेको थियो । एक्सचेन्ज कम्पनीले कालोबजारी, अन्तरबैंक र खुलाबजारमा देखिएको भाउको अन्तर अन्त्य गर्ने आफूहरूको उद्देश्य भएको जनाएका थिए । पाकिस्तानी अर्थमन्त्री इसहाक डारले नियुक्तिलगत्तै डलरको मूल्य २०० रुपैयाँभन्दा नबढ्ने दाबी गरेका थिए ।


Last Updated on: January 27th, 2023 at 1:44 pm


८३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया