
राजालाई भेट्न नदिइएको भन्दै स्ट्याटस लेखेर सिलवालले गरे आत्महत्या
प्रकाशित मिति । १२ माघ, २०७९ ।
काठमाडौं । पाँच दिन अगाडि सामाजिक सञ्जाल फेसबुकमा राजालाई भेट्न नदिइएको स्ट्याटस लेखेका सिलवाल बिहान मृत भेटिएका छन् ।
स्वतन्त्र नागरिक समाज हिन्दु राष्ट्र माहाअभियानका संयोजक हेमबिक्रम सिलवालले आत्महत्या गरेका छन् । उनले राजालाई पहिले भने भेटेका थिए । तर विगत ४ वर्ष यता भने उनले भेटन नै पाएका थिएनन ।
विगत लामो समयदेखि राजतन्त्र र हिन्दुअधिराज्यको पक्षमा लागेका सिलवालले सत्याग्रह समेत गरेका थिए । उनले राजाका सचिवहरुले भेट्न नदिएको भनेका छन् । ललितपुरको पाटनढोकामा श्रीमतिसहित बस्दैं आएका सिलवालले आत्महत्या गर्नुपूर्व ४ दिन अगाडी जीवनमा मैले ठूलो भूल गरे शीर्षकमा एउटा लामो स्टाटस लेखेका थिए । मृत्युबारे थप कारण भने खुलेको छैन् ।
विगत लामो समयदेखि राजतन्त्र र हिन्दुअधिराज्यको पक्षमा लागेका सिलवालले सत्याग्रह समेत गरेका थिए । उनले राजाका सचिवहरुले भेट्न नदिएको भनेका छन् । ललितपुरको पाटनढोकामा श्रीमतिसहित बस्दैं आएका सिलवालले आत्महत्या गर्नुपूर्व ४ दिन अगाडी जीवनमा मैले ठूलो भूल गरे शीर्षकमा एउटा लामो स्टाटस लेखेका थिए । मृत्युबारे थप कारण भने खुलेको छैन् ।
यस्तो थियो उनको स्ट्याटस- जिबनमा मैले ठुलो भुल गरे ! मैले राजनीति गर्नु राष्ट्र , राष्ट्रियता , प्रजातन्त्र , राजसंस्था र हिन्दुअधिराज्य भनेर देश र जनता भनेर हिड्दा मेरो सबै थाेक सकिएछ ! मेरो पिता पुर्खाकाे नास्व भनेर नेपाली हुनुमा गर्व लाग्न पनि छाैडयाे ! १४ बर्ष स्वतन्त्र नागरिक समाज भनेर समाजलाई जागरण र जागरुक बनाउने काम गरे तर मेरो समाजले मुल्यांकन गरेनन् !
भिमशेन थापाले पनि त्यसै आत्महत्या गरेको हाेइन रहेछ ! मल्ल कालमा भिम मल्लकाे श्रीमतीले त्यसै सराप दिएको हाेइन रहेछ ! नेपालमा देश र जनता भन्नेहरुकाे हालत यस्तै हुदा रहेछन ! हामी जस्तो जनमिनु नै बेकार रहेछ
देश भन्नु त मर्नु पर्ने रहेछ , जिउँदै मर्नु पर्ने रहेछ यहाँ काे बुद्धिजीवी , पत्रकार आमनागरिक चुनाव आए पछि मासु भात पैसामा बिक्दा रहेछन् ! मलाई स्व पुर्ब मान्त्री खुमबहादुर खड्काले भनु हुन्थ्यो भाइ नेपालमा चुनाव जित्न पैसा चाहिन्छ भन्थे मैले पत्याइन तर हाे रहेछ ! जनतालाई देश हाेइन मासु भात दारु पैसा भए पछि केही नचाहिदो रहेछ ! चुनाव नआउन्जेल नेतालाई गाली वेजति गर्ने ! चुनाव आए पछि मासु भात पैसामा भाेट हाल्ने !
हाम्रो समाज कसरी बिकास निकासकाे बाटोमा हिड्नु ! १२ बर्ष रामायण सुनाए सीता कस्काे जाेइ भन्दा रावर्णकाे भने झै भयो ! राजसंस्था , हिन्दुराज्यकाे मुद्दा लिएर हिड्दा सबैकाे ताराे ! तर राजाको सचिव मलाई राजा भेन दिदैन्न ! नेपालमा राजसंस्था र हिन्दुराज्य नल्याउन राजाको सचिव सागर तिमल्सिना र डा फडिन्द पाठक लागेका छन् !
राजाको नजिक भएर राजसंस्था खतम पार्ने ! राजालाई हामीले राम्रो सबै मिलाई राछाै भनेर झुठो आश्वासन दिने ! जस्ले देश बुझेको छ ! उसलाई राजा संग भेटघाट नगराओैने आफ्नो आफन्त आस्य पास्य आफ्नो भजन मन्डली लाई भेटाउने राजाकाे भन्दा नि आफ्नो गित गाउन लगाउने ! यस्तो पाराले नेपालमा राजसंस्था र हिन्दुराज्य कहिले आउदैन !
जसको बिहे हेर्नै नदे भनेझैं ! मैले राजा संग भेटेर कुरा गर्न खाेजेकाे ४ बर्ष भयाे ? सागरलाई भन्यो डाक्टर फडिन्द पाठकलाई देखाउछ ! याे कुमाई र जैसिले मलाई बिरालोले मुसा खेलाएझै खेलाए ! जैसि र कुमाई यति खराब हुदा रहेछन् !
मेरो जाहाज डुबाई दिए मेरो १४ बर्ष स्वतन्त्र नागरिक समाज ईस्थापना गरेर मुलुकलाई राजसंस्था र हिन्दुअधिराज्य मेरो पुर्खाकाे धर्म म सिपाहीकाे सन्तान भनेर मैले कमाएको पैसा १४ बर्षमा आन्दोलन धर्ना बिचार गाेष्टी बिराेध प्रदसंन र नेपाल सरकारलाई ज्ञापनपत्र दिएर जागरण कार्यक्रम गरेर संके आज म पैसा सकिएर जाेगी भए तर मलाई एक पटक राजा संग कुरा गर्ने बाताबरण मिलाई देउन भन्दा उले उ उले उ देखाए र मलाई बेकुफ बनाए ! म पैला मरे त ठिकै छद !
म भन्दा राजा ज्ञानेन्द्र पछि मरे भने आर्यघाटमा फुलमाला चडाऊला राजाकाे निजी सचिव सागर तिमल्सिनाले मलाई म राजा ज्ञानेन्द्रकाे निजी सचिव रहून्जेल तपाईं राजा भेट्टन दिन्न भने ? मेरो त राजा संग आस्था मात्र हाे ! मेराे बाटो छेकेर मलाई केफरक पर्छ र मैले देशको लागि राजसंस्था र हिन्दुराज्य हुनु पर्छ भनेर सत्यागर गरे मेरो घरमा चामल नभए र भाेकाे बस्या हाे ?
नेपाली समाजलाई मेरो प्रन १४ बर्षमा मैले कमाएको पैसा ४ करोड ५० लाख सिधा्याए तर मेरो आस्थामा चाेट राजाका सचिव सागर तिमल्सिना र डाक्टर फडिन्द पाठकले गरे तर धर्तीमा कलि छ केही छैन ! यिनिहरुकाे हिसाब किताब यमराजले गर्लान् ?
मैले गलती गरेको भए मलाई गर्लान् ! एउटा युवा देश जलिरहेछ राम्रो सबैकाे हाेस ! भनेर अघि बडछ भने सके साथ दिनु नसके खुट्टा तान्ने काम नगर्नु मलाई केफर पर्छ र देशलाई हानी नाैक्सानी नहाेस ! जय गुरु गाेरख !!! हेम बिक्रम सिलवाल संयाेजक स्वतन्त्र नागरिक समाज हिन्दु राष्ट्र माहा अभियान ।
हतारको बिहेले पछुतो
देशभर गर्भवतीमध्ये १५–१९ वर्ष उमेर समूहका १४ प्रतिशत, कर्णाली प्रदेशमा २१ प्रतिशत, मधेसमा २० प्रतिशत
काठमाडौँ — दुई वर्षअघि एसईई दिएपछि मुगु ताल्चाकी अस्मिता रावल र सदरमुकाम गमगढीनजिकै भामवाडाका सोविन्द्र रावलले भागी विवाह गरे । अस्मिता १६ र सोविन्द्र १८ वर्षका थिए । अहिले उनीहरू १६ महिनाकी छोरीको बाआमा भइसके ।
विवाह गरेपछि पढाइलाई निरन्तरता दिइरहेका भए पनि घरायसी मामला झेलिरहनुपर्दा बेलाबखत पछुतो भइरहन्छ अस्मितालाई । डेढ महिनाअघि उनकै घरको भेटमा भनिन्, ‘सानै उमेरमा बिहे गरियो, पहिला पढौंभन्दा दिमाग गएन । अहिले छोरी सम्हाल्नुपर्छ, घर सम्हाल्नुपर्छ, ढुक्कैले पढ्न भ्याइँदैन ।’
सासूससुरासितको संयुक्त परिवारबाट अलग भइसकेका छन् रावल दम्पती । ऐच्छिक नेपाली विषय लिएर कक्षा ११ मा पढिरहेकी उनी माइती अथवा सासूससुरालाई छोरी हेर्न लगाएर स्कुल जान्छिन् । सन्तानको सुख र घरव्यवहार धान्न उनका पति भने वैदेशिक रोजगारीमा जाने तरखर गर्दै छन् । ‘बुबाआमाले पनि खेतीपाती गरेरै जीवन बिताउनुभो, यस्तै भो,’ उनले भने, ‘अब हामीले छोरीको राम्रोको लागि पढाइ, लेखाइ गराउनुपर्यो, यहाँ रोजगारी नभएपछि विदेश जानैपर्ने भयो ।’
रावल दम्पतीको जस्तै उमेर नपुग्दैको विवाहले किशोरकिशोरीको शिक्षा प्राप्तिमा मात्रै होइन, उमेर नपुग्दै वयस्कहरूले जसरी सन्तान र परिवारको जिम्मेवारी सम्हाल्नुपर्ने हुदा सर्वाङ्गीण विकासमा नै अवरोध पुग्ने गर्छ । जनगणना–२०६८ अनुसार मुगु जिल्लामा कुल विवाहितहरूमध्ये ५७.०१ प्रतिशत १९ वर्षभन्दा कम उमेरका छन् ।
कम उमेरको विवाहदर बालकको तुलनामा बालिकाको दर झन्डै दोब्बर (६४.५२ प्रतिशत) छ । यहाँका विवाहित महिलाहरूले १५ देखि १९ वर्षको उमेरमै तीन सन्तान जन्माइसकेका हुन्छन् । हालै प्रकाशित ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२’ ले पनि १४ प्रतिशत महिला १५ देखि १९ वर्ष उमेर समूहका गर्भवती हुने गरेको देखाएको छ । प्रतिवेदन अनुसार १५ देखि १९ वर्षका गर्भवती किशोरीहरू सबैभन्दा बढी कर्णाली प्रदेशमा २१ प्रतिशत र मधेस प्रदेशमा २० प्रतिशत छन् । वाग्मती प्रदेशमा ८ प्रतिशत छ ।
२०७६ मा महिला, कानुन र विकास मञ्चले तयार पारेको ‘बालविवाहविरुद्धको अधिकार’ सम्बन्धि सामाग्रीमा नेपालमा बालविवाहको दर बासस्थान, भौगोलिक क्षेत्र, शैक्षिकस्तर, घरपरिवारको आम्दानीको स्तर, जातजातिका आधारमा फरक छ । मुख्य गरी ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी छ । बालविवाहले गर्दा गरिबी र घरेलु दासत्वको दुष्चक्र चलिरहन्छ । विवाहको असर बुझे पनि सहमति जनाउने क्षमता हुँदैन ।
मुलुकी अपराध संहिता-२०७४ ले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ । यसरी उमेर नपुगी विवाह गर्न/गराउन पाइँदैन । बालविवाह गरिसकेपछि गैरकानुनी हो भन्ने थाहा पाएकाहरू अपरिचितहरूसँग झट्टै खुल्दैनन् । अस्मिताले थपिन्, ‘पहिले ख्याल गरिएन, कानुन लाग्छ भन्ने बिहे गरिसकेपछि थाहा भयो ।
छोरी नि भइसकी बिहे फिर्ता गर्न मिलेन ।’ स्वास्थ्य सर्वेक्षणअनुसार अशिक्षित ३३ प्रतिशत र केही माध्यमिक शिक्षा लिएका ८ प्रतिशत महिलाहरूले १५ देखि १९ वर्षको उमेर समूहमा बच्चा जन्माउने सम्भावना बढी हुन्छ । ‘यसको असर महिलामा बढी हुन्छ, किनकि किशोरावस्थामै गर्भधारणपछि शिक्षा छुट्ने भो ।
महिलाको आर्थिक सशक्तीकरण हुन पाउँदैन, परनिर्भर हुनुपर्छ, यसले लैगिक हिंसा निम्त्याउँछ,’ महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा बालविवाहविरुद्धको अधिकारसम्बन्धी सामग्री लेखकहरूमध्येका सविन श्रेष्ठले भने, ‘विवाह दर्ता, बच्चाको जन्मदर्ता नहुने हुँदा कानुनी लडाइमा कठिनाइ भइदिन्छ । आङ खस्नेजस्ता प्रजनन स्वास्थ्य समस्याहरू हुन्छन्, मातृमृत्युको उच्च जोखिम हुन्छ ।’
मानव विकास सूचकांकसम्बन्धी दुई वर्षअघि प्रकाशित प्रतिवेदनअनुसार प्रदेशहरूमध्ये कर्णालीमा सबैभन्दा बढी लैगिक असमानता सूचकांक ०.५५८ छ । कर्णाली प्रदेशमै बाल मृत्युदरमा सबैभन्दा बढी कुपोषणले १५.१ प्रतिशत गर्दा हुने गर्छ ।
सातै प्रदेशहरूमध्ये मधेस प्रदेश र कर्णालीमा बहुआयामिक गरिबी बढी छ । राष्ट्रिय योजना आयोगको गत वर्षको बहुआयामिक गरिबी सूचकांक प्रतिवेदनअनुसार सातै प्रदेशमध्ये कर्णालीमा सबैभन्दा बढी गरिबी ३९.५ प्रतिशत छ । ७ वर्षअघि विवाह गरेका २६ वर्षीय रूपकर्ण थापा यही गरिबीको जालोमा छन् । खेतीकमाइले तीन महिना खान पुग्दैन । ग्रामीण पहुँच कार्यक्रमको सडक निर्माण योजनामा स्टोर किपरको कार्यअवधि सकिएपछि परिवारको पालनपोषणमा समस्या बल्झिएको छ ।
गमगढीदेखि पारि रुगाँ गाउँका थापाले १९ वर्षकै उमेरमा विवाह गरेका थिए । दुई छोरी र एक छोराका बाबु भइसके । कान्छी छोरी ३५ दिनकी भइन् । ‘घरपरिवार पाल्न, बच्चाको पढाइ खर्च जुटाउन मैले कमाउनुपर्छ, गाउँमा रोजगारी छैन, अब विदेश जाने सोचमा छु,’ उनले भने ।
उनले यसो भनिरहँदा सानै उमेरमा विवाह गरेर गल्ती गरेको भाव देखाउँथे । आठ वर्षअघि मुगुमा कार्यक्रम गर्न पुगेका संघसंस्थाका कर्मचारीहरूसित भेट्दा उनीहरूले आफूलाई पढ्न उक्साएको कुरा बेवास्ता गरेकामा दुःख माने । ‘यहाँ आएको सरहरूले पढ्न काठमाडौं जाऔं भन्नुभएको थियो, बिहे गरियो, पढाइ छुट्यो,’ थापाले भने, ‘अहिले पछुतो लागिरहेको छ ।
पढेको भए शिक्षक सेवातिर तयारी गर्न सकिन्थ्यो ।’ उनले एसईई उत्तीर्ण गरेका छन् । कक्षा ११ मा थिए तर पोहोर परीक्षा दिने बेलैमा आमा बितेपछि पढाइ रोकियो । उनकी श्रीमती २४ वर्षकी भइन् । उनले पनि पढाइलाई निरन्तरता दिन पाइनन् ।
श्रीपञ्चमीमा अक्षरारम्भ [तस्बिरहरु]
काठमाडौँ — प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।
प्रकाशित : माघ १२, २०७९ १०:१२
यसैगरी वसन्त पञ्चमीमा सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको थियो ।
ऋतु विज्ञानअनुसार चैत र वैशाखलाई शुद्ध वसन्त ऋतु मानिएको छ । तर पनि वासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रूख तथा बिरुवाहरूमा नयाँनयाँ पालुवाहरू देखिने, मानिसहरूको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुको भन्दा बेग्लै किसिमको हावा बहने र बाह्य वातावरणले समेत प्रमुदित रूप धारण गर्यो कि भन्ने भान पर्ने हुनाले यस दिनलाई वसन्त ऋतुको पहिलो दिन मानी वासन्तोत्सव गर्ने पनि परम्परा छ । यही कारणले गर्दा यस पर्वको अर्को नाम ‘वसन्त पञ्चमी’ रहेको हो ।