मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


भारतः पब्जी खेल्न नदिएको झोकमा छोराद्वारा आमाको हत्या, दुई दिनसम्म शव कोठाभित्रै

प्रकाशित मिति । ९ माघ २०७९ ।

एजेन्सी

चर्चित अनलाइन खेल पब्जी खेल्न नदिएको झोकमा भारतमा एक १६ वर्षीय किशोरले गोली हानी आफ्नै आमालाई मारेको घटना प्रकाशमा आएको छ।

घटना उत्तर प्रदेशको लखनऊमा पर्ने यमुनापुरम कोलोनीमा भएको प्रहरीले जनाएको छ।

एडिशनल डीसीपी कासिम आबिदीले समाचारसंस्था पीटीआईलाई भनेः “लखनऊको पीजीआई प्रहरी थानाअन्तर्गत पर्ने यमुनापुरम कोलोनीमा एक महिला दुई बच्चासहित बस्थिन्। उनका श्रीमान्‌ सरकारी जागिरको सिलसिलामा हाल पश्चिम बङ्गालमा छन्।”

“सोह्र वर्षका यी किशोर पब्जीको कुलतमा फसेका रहेछन्। किशोरका अनुसार उनकी आमाले पब्जी खेल्नबाट रोक्ने गर्थिन्। आइतवार सखारै उनले आफ्नो बुवाको लाइसेन्सप्राप्त पिस्तोलले आमाको हत्या गरे।”

हत्यामा प्रयोग गरिएको पिस्तोल प्रहरीले बरामद गरेको छ। क्षतविक्षत अवस्थामा महिलाको शव मङ्गलवार फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पोस्टमोर्टमका लागि शव अस्पताल पठाइएको छ भने किशोरलाई हिरासतमा लिइएको छ।

दुई दिनसम्म शव कोठाभित्रै

प्रहरीलाई उद्धृत गर्दै पीटीआईले जनाएअनुसार ती किशोरले आमाको हत्या गरेपछि शवलाई दुई दिनसम्म कोठाभित्रै राखेका थिए।

आमालाई गोली हान्ने बेला उनकी नौ वर्षीया बहिनी पनि त्यहीँ थिइन्। तर किशोरले घटनाबारे कसैलाई बताएमा ठिक नहुने भन्दै बहिनीलाई चेतावनी दिएका थिए।

शवबाट दुर्गन्ध आउन थालेपछि किशोरले ‘रूम फ्रेशनर’को प्रयोग गरेको बताइएको छ।

प्रहरी अधिकारी आबिदीले भनेः “शवबाट दुर्गन्ध आउन थालेपछि किशोरले आफ्नो बुवालाई घटनाबारे बताए। उनका बुवाले छिमेकीलाई बताए अनि छिमेकीहरूले प्रहरीलाई खबर गरे।”

प्रहरीका अनुसार सुरुमा ती किशोरले घटनाबारे झूटो कथा बुन्ने प्रयास गरेका थिए। हत्या आफूले नभई उनीहरूको घरमा आइरहने बिजुलीको काम गर्ने व्यक्तिले गरेको बताएका थिए।

तर ती व्यक्तिसँग सोधपुछ गर्दा किशोरले झूटो बोलेको थाहा भयो।

प्रतिबन्धित खेल

भारतले चीनमा विकसित ११८ वटा मोबाइल एपमाथि दुई वर्षअघि प्रतिबन्ध लगाएकोमा पब्जी पनि एउटा थियो। तर त्यो प्रतिबन्ध मोबाइल भर्सन अर्थात्‌ मोबाइलमा चलाउन मिल्ने मात्र प्रतिबन्धित रहेको पाइयो।

रिपोर्टहरूका अनुसार डेस्कटप भर्सन चाहिँ उपलब्ध थियो।

मोबाइलमा पनि पब्जी भर्चूअल प्राइभेट नेटवर्क अर्थात्‌ भीपीएनको प्रयोग गरी खेल्न सकिन्छ।

तस्करबाट मारिँदै गैंडा

आर्थिक वर्ष ०७७/०७८ मा ४ वटा, ०७८/०७९ मा २ र चालू आर्थिक वर्ष ०७९/८०मा २ गरी ८ वटा गैंडा तस्करीका लागि मारिएको निकुञ्जले जनाएको छ । तस्करीमा संलग्‍न भएको भन्दै निकुञ्जले गत वर्ष १३ जनालाई पक्राउ गरेको छ

काठमाडौँ — माघ ६ गते नारायणी नदीको किनारमा पर्ने मध्यबिन्दु नगरपालिकास्थित अमलटारी क्षेत्रमा दुईवटा गैंडा मृत अवस्थामा भेटिए । अन्दाजी १४ वर्षको पोथी गैंडाको खाग निकालिएको अवस्थामा र ४ वर्षको केटो गैंडालाई नदीमा मृत अवस्थामा भेटिएको थियो ।

निकुञ्जको टोलीले घटनास्थलमा पुगेर हेर्दा विद्युतीय धराप थापेर गैंडा मारेर खाग लगेको निष्कर्ष निकाल्यो । नजिकैको सिद्धेश्वर शिवालय मन्दिरबाट ब्याट्रीबाट करेन्ट प्रवाह गरेर गैंडा मारिएको हुनसक्ने अनुमान छ ।

अनुसन्धान टोलीले विभिन्न ठाउँमा तारका अवशेष भेटिएकाले ब्याट्रीभन्दा अन्यत्रबाटै विद्युत् ल्याएर गै‌ंडा मारिएको हुनसक्ने अनुमान गरेको हो । निकुञ्जले यो घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धान अगाडि बढाएको छ । तर घटना कसले गरायो भन्ने सम्बन्धमा छानबिन भइरहेको छ ।

पछिल्ला वर्षमा चितवनमा एकसिंगे गैंडाको तस्करी बढ्दै गएको छ । तीन वर्षयता चितवनमा चोरी सिकारी समूहबाट गैंडा मारिएका घटना बढ्दो क्रममा छ । यसबीचमा ८ वटा गैंडा मारिएका छन् । आर्थिक वर्ष ०७७/०७८ मा ४ वटा, ०७८/०७९ मा २ र चालू आर्थिक वर्ष ०७९/८०मा २ गरी ८ वटा गैंडा तस्करीका लागि मारिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

गैंडा तस्करीमा संलग्‍न भएको भन्दै निकुञ्जले गत आर्थिक वर्षमा मात्रै १३ जनालाई पक्राउ गरेको छ । ०७८/०७९को साउनमा ३, भदौमा ७, चैतमा १ र असारमा २ जना गरी १३ जनालाई गैंडा तस्करीको घटनामा पक्राउ गरेर मुद्दा दायर गरिएको तिवारीले जानकारी दिए ।

सो आर्थिक वर्षमा वन र वन्यजन्तु सम्बन्धीका घटनामा १ सय ७७ जना पक्राउ परेका छन् । यस्तै, १६ जना फरार रहेको निकुञ्ज कार्यालयले जनाएको छ । त्यसअघिको वर्षमा १३७ जना पक्राउ परेका थिए ।

चितवन निकुञ्ज क्षेत्रमा लामो समयदेखि रोकिएको गैंडाको तस्करी अघिल्लो ३ वर्षयतादेखि घटना बढ्दै जान थालेको हो । वन्यजन्तुको बाहुल्य भएको क्षेत्र र निकुञ्जको ठूलो क्षेत्र खुला हुँदा चोरी तस्करीका घटना बढेको निकुञ्जले जनाएको छ ।

चोरी सिकारी नियन्त्रणाका लागि नियमित गस्ती, पेट्रोलिङ, स्वीप अपरेसन, एम्बुसिङ, चेकजाँच, सीसी क्यामेरा जडान तथा सञ्चालन, सुराकी परिचालन, विशेष सर्च अपरेसन लगायत गतिविधिहरु सञ्चालन गरे पनि प्रभावकारी भने देखिएको छैन ।

निकुञ्जसँगै जोडिएको भारतीय सीमावर्ती क्षेत्र र सबै ठाउँमा सुरक्षा गस्ती राख्नका लागि मानवीय स्रोत नहुँदा समस्या भएको तिवारीले बताए । तस्करी नियन्त्रणका घटनामा स्थानीयको सहयोग बढी हुने भएकाले सचेतना आवश्यक रहेको उनले औंल्याएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले चितवनमा भएको पछिल्लो घटनाप्रति विभाग गम्भीर भएको भन्दै अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । तर वन्यजन्तु विभागको वार्षिक प्रतिवेदनमै निकुञ्जमा कर्मचारीबाटै चुनौती रहेको उल्लेख छ ।

कर्मचारीहरुमा व्यवसायिक कार्यकुशलताको कमीले गर्दा संरक्षणमा चुनौतीहरु रहेको विभागले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । वन पैदावार र वन्यजन्तुको चोरी सिकारी तथा अवैध व्यवापारले संरक्षणमा चुनौती रहेको उल्लेख छ ।

तेस्रो एसियाली गैंडा सम्मेलन निजकिँदै गर्दा नवलपरासीमा गैंडा मारिएको नयाँ घटना सार्वजनिक भएको हो।

यही फेब्रुअरी ३ देखि ५ सम्म चितवनमा एसिया क्षेत्रका गैंडा पाइने मुलुकहरुको सम्मेलन हुँदैछ ।एसियामा गैंडा पाइने राष्ट्र नेपाल, भुटान, इन्डिया, मलेसिया र इन्डोनेसियाका ५ वटा मुलुकका सरकारी र गैंडा संरक्षणमा काम गर्ने, आईयूसीएनका विज्ञ तथा अन्य संस्थाहरुको सहभागितामा गैंडा संरक्षणमा भएको नीतिगत एव संस्थागत प्रयासहरुको बारेमा छलफल हुने विभागका सूचना अधिकारी गणेश पन्तले बताए ।

यसबाहेक चितवनमा प्राकृतिक रुपमा ८१ वटा गैंडा मरेका छन् । ०७७/७८मा ३३, ०७८/०७९ मा ३७ र चालू आर्थिक वर्षको ७ महिनामा ११ वटा गैंडाको मृत्यु भइसकेको छ । यसमा प्राकृतिक, मानवीय, विद्युतीय धराप, जुधेर, बाघले खाइदिने तथा दलदलमा फसेर गैंडाको मृत्यु भएको छ ।

सम्मेलनमा संरक्षण गर्दा देखिने चुनौतीको पनि विश्लेषण र अगामी दिनमा गर्नुपर्ने प्रयासको बारेमा छलफल हुँदैछ । उक्त सम्मेलनमा चोरी सिकारी र तस्करी, गैंडाको बासस्थान, गैंडा मानव–सहअस्तित्व, जलवायू परिवर्तन र मिचाहा प्रजातिले संरक्षणमा पारेको प्रभाव, सरकारी तवरबाट भएका प्रयास र चुनौतीबारे सरकारी कर्मचारी र विज्ञहरुले छलफल गर्नेछन् ।

मध्यपश्चिम विश्वविद्यालयका प्रणाीशास्त्रका उपप्राध्यापक डा. पुष्पराज आचार्यका अनुसार वन्यजन्तु संरक्षणमा व्यवस्थापकीय पक्षमा मात्रै केन्द्रित हुने तर वन्यजन्तुको विज्ञानमा आधारित विषयमा काम हुने गरेको छैन । ‘ठूला स्तनधारी जीवहरुको संरक्षणमा धेरै नै प्रयासहरु भइरहेका छन् । यस्ता घटनाले अहिले अपनाइरहेको व्यवस्थापन र संरक्षणको मोडालिटीमाथि प्रश्न गर्ने ठाउँ पर्याप्त छन्,’ उनले भने ।


Last Updated on: January 23rd, 2023 at 7:53 pm


५२० पटक हेरिएको

तपाईको प्रतिक्रिया