
जेरीको आँ’शु देखेपछि पूजा शर्माले रु’दै यस्तो भनिन, शंकरलाई दीइन गतिलो जवाफ (हेर्नुस भिडियो)
प्रकाशित मिति । ९ माघ २०७९ ।
काठमाडौ
लोक गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीको पछिल्लो व्यवहारले उनले आफूलाई भन्दा पनि आफ्नो गायनको आम्दानीलाई प्रेम गरेको छर्लंग भएको बताएकी छन् ।
बिहीबार काठमाडौँ जिल्ला अदालतमा शंकर क्षेत्रीसँग औपचारिक रूपमा सम्बन्ध टुङ्ग्याएकी जेरीले डिभोर्स रहर नभएर बाध्यता भएको बताएकी थिइन् ।
धेरै अगाडिदेखि आफुहरुको सम्बन्धमा चिसोपन आए पनि छोरी लगायत विभिन्न कारणले सम्बन्ध जोगाउँदै आएको प्रष्ट्याउँदै उनले दशकौँ लगाएर बनाएको इज्जतमा श्रीमान् शंकरको पछिल्लो व्यवहारले दाग लागेको बताइन् ।
मैले कमाएको पैसा श्रीमान् र उनको आमाको नाममा राख्नुपर्ने, उनीहरुको नाममा जग्गा जमिन किन्नुपर्ने वाध्यता थियो’ । हेर्नुस –
जेरी-शंकरको जोडी : कसरी पलायो दाम्पत्य सम्बन्धमा ऐंजेरु ?
सहमतिमै बिहे, सहमतिमै डिभोर्स
‘जेरी’ यस्तै एक पात्र हुन्, जसले लामो समययता आफू दुखी रहेर पनि अरुलाई खुशी बनाउँदै आइन्। आफ्नो मानसिक तनावलाई लुकाएर आफ्ना दर्शक स्रोतालाई भरपुर मनोरञ्जन गराइरहिन्। धेरैले सोचेका पनि थिएनन्, उनीहरूको सम्बन्ध यति छिट्टै दुर्घटनामा पर्नेछ।
जेरी-शंकरको जोडी : कसरी पलायो दाम्पत्य सम्बन्धमा ऐंजेरु ?
काठमाडौं। अरुलाई खुसी बनाउन मनोरञ्जन दिने कलाकारको व्यक्तिगत जीवन सधैँ खुसीमय नहुन सक्छ। कतिपय कलाकार आफूभित्रका पिर–व्यथा लुकाएर अरूलाई रमाइलो दिइरहेका हुन्छन्।
लोक तथा दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ यस्तै एक पात्र हुन्, जसले लामो समययता आफू दु:खी रहेर पनि अरुलाई खुसी बनाउँदै आइन्। आफ्नो मानसिक तनावलाई लुकाएर दर्शकस्रोतालाई भरपुर मनोरञ्जन गराइरहिन्।
३ कात्तिकमा जेरीका प्रशंसक र शुभचिन्तकका लागि अप्रत्याशित र दुखद खबर सुनाइन्। उनले फेसबुकमा लेखिन् ‘‘फिलिङ इम्पिटी एट काठमाडौं डिस्ट्रिक्ट कोर्ट।’’
जेरी र उनका पति शंकर क्षेत्रीको जोडीलाई पछिल्लो समय दोहोरी गायन क्षेत्रमै उदाहरणीय मानिन्थ्यो। प्राय लाइभ दोहोरी कार्यक्रममा उनीहरूको खोजी हुन्थ्यो। जेरीले आफूहरूबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन दोहोरी गाएकी थिइन्।
धेरैले सोचेका पनि थिएनन्, उनीहरूको सम्बन्ध छिट्टै दुर्घटनामा पर्नेछ। त्यसैले, करिब महिना दिन अगाडि उनीहरूको डिभोर्सको हल्ला चल्दा कमैले पत्याएका थिए।
तर, जेरीको फेसबुक स्ट्याटसले त्यो भ्रम चिर्दै भन्यो ‘दुईबिचको दाम्पत्य सबन्धमा ऐंजेरु पलायो। अब भिन्दाभिन्दै हुने तरखरमा मुद्दा जिल्ला अदालतमा पुग्यो।’’ करिब एक महिनादेखि भने उनीहरू अलग–अलगै बस्न थालिसकेका थिए।
कसैको विवाह वा सम्बन्ध विच्छेद नितान्त व्यक्तिगत मामिला हो। तर, सम्बन्ध विच्छेदका घटना नेपाली समाजमा ठूलै सामाजिक मुद्दा बन्दै आएको छ। नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित नाम जेरीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा रहिरहँदा चर्चा नहुने कुरै भएन।
जेरीको सम्बन्धमा दरार आएको खुलासा गरेसँगै सार्वजनिक रूपमा चर्चा सुरु भएको छ। कसैको विवाह वा सम्बन्ध विच्छेद नितान्त व्यक्तिगत मामिला हो। तर, सम्बन्ध विच्छेदका घटना नेपाली समाजमा ठूलै सामाजिक मुद्दा बन्दै आएको छ।
नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित नाम जेरीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा रहिरहँदा चर्चा नहुने कुरै भएन।
पाँच वर्ष ‘डिप लभ’, बिहे गर्नासाथ सम्बन्ध धरापमा
३ कात्तिकमा जेरी र शंकर समबन्धविच्छेदको कागज लिएर सहमतिमै जिल्ला अदालत जानु हठात् वा आवेशमा लिएको निर्णय थिएन। उनीहरूको दाम्पत्य जीवनमा ऐंजेरु पलाएको लामो समय भइसकेको थियो। गोर्खाकी जेरी र नेपालगन्जका शंकरले एक–अर्कासँग सम्झौता गरेर नै सम्बन्धको रथलाई साढे २ वर्षसम्म धकेलेका थिए। उनीहरूकै अनुसार त्यो भन्दाअघि उनीहरू पाँच वर्ष प्रेम सम्बन्धमा थिए।
जेरी र शंकर दुवैले आफ्नो करिअरमा फोकस गरिरहेका थिए। शंकर रोजगारीको लागि दुबई गएका थिए। जेरी नेपालमै लोकदोहोरी क्षेत्रमा सङ्घर्ष गर्दै थिइन्। चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा दोहोरी गीत गाएर जेरी हिट भइन्।
सामाजिक सञ्जालमार्फत दुवै जना नजिकिएपछि शंकर दुईवर्ष नपुग्दै स्वदेश फर्किए। तीन वर्षका लागि विदेश गएका शंकर दुई वर्ष नपुग्दै स्वदेश फर्कनुको कारण थियो नेपालमै बसेर केही गरौँ भन्ने जेरीको आग्रह। शंकर स्वदेश फर्किएपछि दुवैले सङ्घर्ष जारी राखे।
विवाहपछि जेरीकै सफलताको राप तापेर शंकर पनि दोहोरी क्षेत्रमा स्थापित भएको नजिकबाट चिन्नेहरू बताउँछन्। बिहे अघिसम्म शंकर दर्शक स्रोतका लागि अपरिचित थिए। दुवै जनालाई नजिकबाट चिन्नेहरू भन्छन् ‘‘वैदेशिक रोजगारीमा गएका शंकरलाई साङ्गीतिक क्षेत्रमा भित्र्याएकै जेरीले हो। जेरीसँग नाम जोडिएपछि शंकर थप चर्चामा आए।’’ अहिले उनीहरूको एक सन्तान छन्। छोरी दुई वर्षकी भइन्।
पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर बिहे गरेको जोडीको बिहे हुनासाथ किन सम्बन्ध धरापमा पर्यो ? धेरैको जिज्ञासा छ।
अर्कैसँग प्रेममा रहेका शंकर युटर्न हुने सम्भावना कति?
शंकरको मन फर्किन्छ कि भन्ने प्रतीक्षामा नै जेरी केही दिन सम्पर्कविहीन बनेको स्रोतको अनुमान छ। सम्बन्धमा शंकर बफादार नहुनु नै विवादको जड भएको चिन्नेहरू बताउँछन्।
जेरीलाई छाड्न लागेको भन्दै शंकरले सामाजिक सञ्जालमा गाली खाइरहेका छन्। उनैले डिभोर्सको मुद्दा दायर गरेका हुन्। तर, शंकरलाई गाली नगर्न जेरीले नै आग्रह गर्दै आएकी छिन्। जेरी सफल हुनुमा पनि आफ्नो हात रहेको दाबी गर्दै शंकरले आफूलाई नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै आएका छन्।
यदि, शंकर आफ्नो निर्णयबाट पछि हट्न चाहे भने डिभोर्स टर्ने सम्भावना छ। तर, त्यो सम्भावना भने न्यून छ। किनकि, जेरीसँग डिर्भोस गर्नुको पछाडिको कारण शंकर अर्कै युवतीसँग प्रेममा परेकाले हो भनिएको छ।
जेरी र शंकरले दरबारमार्गमा सञ्चालन गरेको जुनकिरी रोधी क्लबमै डेढ वर्षयता काम गर्दै आएकी एक युवतीसँग शंकर प्रेममा छन्। शंकरले अर्की युवतीसँग प्रेम गरेको थाहा पाएपछि जेरी आफैँ सेयरधनी रहेको जुनकिरी रोधीघरमा जान छाडिन्। वर्ष दिनयता उनले बागबजारमा चाहना रोधी घर नाम राखेर अर्कै दोहोरी सुरु गरेकी छन्।
शंकरले अर्की युवतीसँग प्रेम गरेको थाहा पाएपछि जेरी जुनकिरी रोधीघरमा जान छाडिन्। वर्ष दिनयता उनले बागबजारमा चाहना रोधी घर नाम राखेर अर्कै दोहोरी सुरु गरेकी छन्।
शंकरले भने त्यसलाई खण्डन गर्दै जेरीसँग विचार मिल्न छाडेकाले छुट्न चाहेको बताउँछन्। अहिले शंकरलाई गाली नगर्न आग्रह गर्दै आएकी जेरीले डिभोर्स भएको दिन सबै कुरा खोल्ने बताउँदै आएकी छिन्।
शंकरको चाहनाअनुरूप जेरीले सम्बन्ध विच्छेदमा सहमति जनाइदिइन्। अहिले काठमाडौं जिल्ला अदालतमा सहमतिमै सम्बन्ध विच्छेदको फाइल पेश भइसकेको छ। छठको बिदा सकिएर अदालत खुलेसँगै दुईजना कानुनीरूपमै अलग हुनेछन्।
डिभोर्सपछि विदेसिने सोचमा जेरी
केही दिनअघि आफ्नो जन्मदिनमा जेरीले शुभेच्क्षुकलाई थप दुखित तुल्याउने खुलासा गरिन्। त्यो थियो डिभोर्सपछि विदेशिने सोचमा रहेको खबर। केही युट्युब च्यानललाई अन्तरवार्ता दिँदै उनले भनेकी थिइन् ‘‘‘म वा उहाँमध्ये एक जना विदेश जाने निश्चित छ। सायद, म नै जान्छु होला।’’
जेरीबबिता बानियाँ ‘जेरी’शंकर क्षेत्री
हेर्नुस भिडियो