सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


धरानमा उपमहानगरले चलायो ‍डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप

प्रकाशित मिति । ९ माघ २०७९ ।

सुनसरी

सुनसरी — खोला किनारको सार्वजनिक ऐलानी, पर्ति जग्गामा पक्की घर बनाएको भन्दै धरान उपमहानगरपालिकाले वडा–५ स्थित अँधेरी खोला छेउमा बनेको एक तले पक्की घर डोजर लगाएर भत्काइदिएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरिएको भन्दै उपमहानगरपालिकाले मुना चौधरी लिम्बूको चारकोठे एक तले पक्की घर भत्काइदिएको हो । उपमहानगरपालिकाले त्यहाँ घर नबनाउन पत्राचार समेत गर्दा पनि अटेर गरी घर निर्माण गरेपछि भत्काएको जनाएको छ ।

उपमहानगरका अनुसार मुनाको घर खार खोला र अँधेरी खोलाको संगमस्थलमा बहुजातिय रंगशाला बनाउने निर्णय गरेको र सो क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएकाले भत्काएको हो । घर भत्काउने क्रममा झडप समेत भएको थियो । झडपमा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छ भने केही व्यक्ति सामान्य घाइते भएका थिए ।

उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले उपमहानगरपालिकाले संरक्षण गरी बहुजातिय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेकोले र पटक पटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण गरेकोले भत्काउनु परेको बताए ।

मुनाको घर भत्काउन आउँदा पूर्ववडाअध्यक्ष सन्तोष लिम्बू समेतले उक्त घर भत्काउन नहुने भन्दै प्रतिवाद गरेका थिए । उनले भने, ‘भत्काउने भए वडा ५ मा ८० प्रतिशत घर ऐलानीमा बसेका छन् ती पनि भत्काउनु पर्‍यो तर पहिलादेखि नै चर्चेको जग्गामा घर बनाएर बसेका सुकुम्बासीलाई व्यवस्थापन नगरी भत्काउनु हुँदैन थियो ।’

उनले नगरप्रमुख हर्क साम्पाङ फिल्डमा आएर स्थानीयसँग छलफल गर्नुपर्ने माग गरेका छन् । उनले पहिला खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग गरेका छन् ।

लामो समय अर्काको कोठा भाडामा बस्दै आएका मुना र उनका श्रीमान् नवीन ओख्राबो लिम्बूले पहिल्यैदेखि रोकेर राखेको करिब ८ धुर जग्गामा आफन्तबाट ऋण लिएर ६ लाख रुपैयाँमा ६ महिनाअघि सानो घर बनाएका थिए । ओख्राबोले भने, ‘हामीले सुकुम्बासी आयोगले सञ्चालन गरेको दर्ता नामावलीमा पनि नाम दर्ता गरेको उपमहानगरमै छ । अरुको घर भत्काएन तर हाम्रोमात्र किन भत्कायो ? मैले बुझ्न सकिनँ ।’

ओख्राबो पूर्ववडाध्यक्ष सन्तोष लिम्बूकोमा काम गर्छन् । चुनावको बेला हर्कराज साम्पाङ र कांग्रेसका सन्तोषबीच चुनावी लफडा, खोलाको गिटी बालुवा निकाल्ने विरुद्ध साम्पाङको अभियान चल्दा हिंसात्मक झडपमा सन्तोषको संलग्नताको मारमा ओख्राबो परेको स्थानीयले बताएका छन् ।

केही दिन अघिमात्र मुना चौधरी लिम्बूले वडा नं ५ को कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन् । तर उनको रिटमा अदालतले अन्तरिम आदेश भने दिएन ।

अदालतले कुनै आदेश जारी नगरेपछि डोजर लगाएर भत्काइएको हो । डोजर लगाएर भत्काएको बारेमा नगरप्रमुख साम्पाङसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

सुरु भयो ‘बिरालो वर्ष’

काठमाडौँ — तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आइतबार विविध कार्यक्रम गरी मनाइँदै छ । तामाङ समुदायका किशोरकिशोरीदेखि वृद्धवृद्धाहरू समेत काठमाडौंको टुँडिखेलमा भेला भएर सोनाम ल्होछार मनाउँदै छन् । ल्होछार काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्ला र बाहिर देशहरुमा पनि मनाइँदैछन् ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार यस वर्ष माघ ८ गते सुरु भएको छ । मञ्जुश्री पात्रोअनुसार आज २८५९ औं वर्ष सुरु भएको छ । यससँगै बाघ वर्ष पूरा भएर खरायो वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताहरूको भनाइ छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ ।

टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’का पर्याप्त प्रमाण र आधार भेटिए : सीआईबी

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको प्रमाण र आधार भेटेको छ । पुस ९ देखि २७ गतेसम्म भएको खेलामा स्पट फिक्सिङ भएको आधारहरु देखिएको सीआईबीले जनाएको हो ।

फिक्सिङको आशंका भएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखाएको छ ।

सीआईबीका एसपी सन्जय थापाले क्रिकेट खेलसँग सम्बन्धित व्यक्तिहरुबाट स्पट फिक्सिङमा संलग्न भएको सम्भावना देखिएको बताए । ‘अहिलेको अनुसन्धानले स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु देखिन्छन्,’ एसपी थापाले इकान्तिपुरसित भने, ‘थप अब समितिले प्रतिवेदन बुझाएपछि मात्रै भन्न सकिन्छ । ’

उनले खेलसँग जोडिएका व्यक्तिहरुको संलग्ना देखिएकाले ठ्याक्कै यही व्यक्तिहरु हुन् भनेर किटानी अहिले नै गर्ने बेला नभएको बताए । ‘अब प्रतिवेदनले अन्तिम रुप दिएपछि मात्रै यो यो मानिसहरु संलग्न भएका हुन् भन्ने देखिन्छ,’ उनले भने ।

उनले म्याच फिक्सिङ नदेखिएको तर स्पट फिक्सिङको पर्याप्त प्रमाण र आधारहरु देखिएको बताए ।

म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । यस किसिमको फिक्सिङमा ५/६ जना खेलाडी मात्रै नभएर म्याच अफिसियल्सहरुको पनि सम्झौता हुने एसपी थापाले जानकारी दिए ।

स्पट फिक्सिङमा खेलको कुनै समयमा हुने सट्टेबाजी रहेको उनले बताए । ‘स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ,’ एसपी थापाले भने,‘त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गर्छन् । स्पट फिक्सिजङ चाही टाइम अफ इन्टरभलममा हुने गर्छ । ’

छानबिन समितिले प्रतिवेदन बुझाएपछि सीआईबीले सोमबार वा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

उपसभामुख रानाले आज शपथ लिँदै

काठमाडौँ — नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छन् । रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्नेछिन् ।

प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन् । उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन् । मत विभाजन गराउँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो । एक सांसद भने तटस्थ बसेका थिए ।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया बस्तीकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् ।


Last Updated on: January 23rd, 2023 at 9:53 am


२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया