मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । ७ माघ २०७९

काठमाडौं : गत बिहीबारदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। पुस्कल शर्माको गीतमा एक युवती रोएकी छन्।

‘मुटु जलाइ जलाइ’ बोलको बेस्सरी चिच्याएर गायकी उनले ‘आउँछौ आउँदैनौं’ बोलको गीत गायक शर्माले गाउँदै गर्दा भने डाँको छोडेर रोएकी छन्।

कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्।

पहिलो गीत ‘मुटु जलाइ जलाइ’ बोलको गीतमा जोड–जोडले गीत मात्र गाएकी उनले त्यसपछिको गीतमा भने डाँको छोडेर रोइन्। उनले यसअघि राखेको टिकटक भिडियोमा पनि उनी यो गीत र गायक पुस्कल शर्माको फ्यान भएको पुष्टि हुन्छ।

आँचल नाथकी युवतीलाई गायक पुस्कल शर्माले समेत फलो गरेका छन्। उनले फलो गरेकोमा धन्यवादसमेत दिएकी छन्। उनको भिडियो भाइरल भएसँगै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेका छन् त कतिले संगीतमा भएको शक्तिको रूपमा यसलाई व्याख्या गरेका छन्।

भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्यालले भिडियो हेरेपछि संगीतको शक्ति देखेर आफू खुसी भएको बताएका छन्।

यस्तै कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमानसमेत गरेका छन्।

इन्दिरा रानामगर : बालबालिकाको अभिभावकदेखि उपसभामुखसम्म

जसले कटेरोको पुस्तकालयलाई विद्यालय बनाइन्

बिर्तामोड — डेढ दशकअघि इन्दिरा रानामगरले आफ्नो गाउँमा बाँसको बेराबाट बनेको सानो कटेरामा जुनकिरी पुस्तकालय स्थापना गरेकी थिइन् । गाउँमा पठन संस्कृतिको विकास गराउन स्थापना गरेको पुस्तकालय अहिले विद्यालयमा परिणत भएको छ । 

अर्जुनधारा नगरपालिका–११ देउनियाबस्तीमा आफ्नो नामको डेढ कट्ठा तथा दाजुहरू जगत र रणबहादुर रानामगरबाट एक कट्ठा गरी दुई कट्ठा दस धुर जमिनमा उनले पुस्तकालयलाई जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयका रूपमा विकास गरेकी हुन् ।

जहाँ जेल परेका अभिभावकका १९ बालबालिकासहित एक सय ७ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय स्थापनापछि चिया बगानमा मजदुरी गर्ने श्रमिकका र विपन्न दलित परिवारका बालबालिकाले अध्ययन गर्न पाएका छन् ।

बन्दी सहायता नेपालको संस्थापक रानामगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएपछि देउनीयाबस्तीमा खुसी छाएको छ । प्रतिनिधिसभाको दुवै पद सभामुख र उपसभामुखमा झापाली नेता नै निर्वाचित भएपछि जिल्लावासी थप उत्साहित बनेका छन् ।

चारआली जंगलनजिकैको देउनियाबस्तीमा करिब दुई सय घर परिवारको बसोबास छ । नजिकैको बुट्टाबारीमा सरस्वती मावि छ । तर, उक्त विद्यालय पूर्वपश्चिम राजमार्गदेखि दक्षिणपट्टि रहेकाले बाटो उत्तरका बालबालिकालाई विद्यालय जान सधैं सकस हुन्थ्यो । अभिभावक छोराछोरीलाई विद्यालय पठाउनै डराउँथे ।

‘गाउँमा यो समस्या देखिएपछि इन्दिरा दिदीले लाइब्रेरीलाई नै स्कुलका रूपमा अघि बढाउने सोच बनाउनुभयो । दाजुहरूसँग अलिकति जग्गा माग्नुभयो र, आफ्नो समेत जग्गा दान गरेर यो स्कुल स्थापना गर्नुभयो,’ जुनकिरी प्राविका प्रधानाध्यापक रञ्जित परियारले भने,‘अहिले यो स्कुलमा चिया बगानमा काम गर्ने मजदुर र विपन्न दलित परिवारका छोराछोरीले सहज रूपमा पढ्न पाएका छन् ।’

२०२७ असार १८ मा देउनियाबस्तीमा विपन्न परिवारमा जन्मिएकी रानामगरले शिक्षा प्राप्त गर्न निकै संघर्ष गर्नु परेको थियो । उमेर बितिसकेपनि विद्यालय जान नपाएको अवस्थामा स्थानीय शिक्षक तथा अगुवाको सहयोगमा १० वर्षको उमेरमा मात्र उनले विद्यालय टेक्ने अवसर पाएकी थिइन । एकै पटक कक्षा ५ बाट पढाइ सुरु गरेकी उनले अर्काको घरमा श्रम गरेर आफ्नो पढाइलाई अघि बढाएकी थिइन् ।

‘शिक्षा प्राप्त गर्न उहाँले जुन किसिमको दुःख गर्नुभयो । अरुलाई त्यस्तो दुःख नहोस् भनेर झापा र काठमाडौंमा दुइटा जुनकिरी प्राथमिक विद्यालय स्थापना गर्नु भएको छ,’ प्रअ परियारले भने ।

उनले २०६२ मा स्थापना गरेको जुनकिरी पुस्तकालयलाई २०६५ बाट जुनकिरी प्राविका रुपमा अघि बढाएका हुन् । रानामगर सन् २००५ मा पुरस्कृत ‘अशोका फेलो अवार्ड’ बाट प्राप्त रकम र विभिन्न दाताको सहयोगमा पक्की भवनमा आवाससहितको विद्यालय सञ्चालित छ ।

रानामगरले गृहजिल्ला झापामा उक्त विद्यालयसहित तीन वटा बाल गृह, एउटा छात्र गार्डेन र एउटा डे केयर सेन्टर सञ्चालन गरेकी छन् । अर्जुनधारा–३ खुदुनाबारी बालगृहमा ७, मनमाया आमा बालगृहमा ५, गंगा जोशी आमा बालगृहमा ५, जंगल गार्डेन छात्र होममा ९ र जुनकिरी डे केयर सेन्टरमा ७ जना बालबालिका छन् । उनीहरु सबै जेल परेका अभिभावकका बालबालिका हुन् । जुनकिरी डे केयर सेन्टर जिल्ला कारागारभित्र सञ्चालित छ ।

बालगृह र विद्यालयमा अध्ययनरत विद्यार्थीको पालनपोषणका लागि उनले जिल्लामा अढाइ बिघा जमिन खरिद गरेकी छन् । उक्त जमिनमा ती बालबालिकालाई सीपमूलक तालिम सिकाउने गरी कृषि उद्योग, कुखुरा, बाख्रा, माछापालन, धान र तरकारी खेती गरिन्छ ।

केसीको प्रश्न- ‘महिलालाई सभामुखमा किन नउठाउनुभएको?’

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरूले उपसभामुखका उम्मेदवारहरूको प्रसंसा गरेकोप्रति कटाक्ष गर्दै त्यसलाई कृत्रिम बखान भएको टिप्पणी गरेका छन् ।

महिलाहरू अहिले पनि बेचिने गरेको भन्दै महिला अधिकारका लागि महिला संगठनले नै काम गर्ने सक्ने उनले बताए । शनिबारको प्रतिनिधिसभामा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।

साथै दलहरूले सभामुखमा महिला उम्मेदवार नबनाएकोमा उनको गुनासो थियो । ‘उपसभामुखको अधिकार कति हुन्छ हामीले देख्या छैनौं र ? पुरुष समाजले कहिल्यै पनि महिला मुक्ति गर्दैन । अहिले दलहरूले उपसभामुखमा महिलाहरूको बखान गर्नुभएको छ । यो कृत्रिम बखान हो । यदि सक्षम भए सभामुखमा किन उम्मेदवार नबनाउनुभएको त ? महिला मुक्तिका लागि महिला संगठनले नै काम गर्ने हो ।’

केसीले आफ्नो दलको समर्थन कांग्रेसकी उम्मेदवार मुक्ता कुमारी यादवलाई रहेको भन्दै दलहरूले महिला र दलित समुदायलाई प्रमुख पदमा उम्मेदवार नबनाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

यस्तै उनले आफ्नो दलले महिलाविूद्ध महिला दलित विरुद्ध दलित उम्मेदवारलाई नै उम्मेदवार बनाउनु पर्ने अडान राखेको भए पनि राज्यले त्यस्तो नीति नलिएको भन्दै गुनासो गरेका थिए । ‘हाम्रो पितृसत्तात्मक मुलुकमा महिलाहरूलाई अहिले पनि व्यवहारमा दोस्रो दर्जाको नागरिक मान्ने चलन छ । संविधान बनाउँदाका बखत महिलाको प्रतिस्पर्धी महिला बनाउनुपर्छ । दलितविरुद्ध दलित उठाउनु पर्छ भनेर हाम्रो पार्टीले अडान राखेको थियो । तर अहिले त्यस्तो त भएन ।’

शनिबार संसद्‍मा उपसभामुखका लागि सत्ता साझेदार दलको तर्फबाट इन्दिरा रानामगर र विपक्षी दल कांग्रेसबाट मुक्ता यादव उम्मेदवार रहेका छन् । वहुमत दलहरूले भने रानामगरलाई समर्थन जनाएका छन् ।


Last Updated on: January 21st, 2023 at 6:21 pm


२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया